Top Navigation
  • Contact
Main Navigation
बिहीबार, साउन २८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बिहीबार, साउन २८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • छोटो समयमा धेरै काम, अब्बल दर्जामा मध्यपुर थिमि नगरपालिका
छोटो समयमा धेरै काम, अब्बल दर्जामा मध्यपुर थिमि नगरपालिका
दिनेश महर्जन
दिनेश महर्जन आइतबार, पुस ११, २०७८

मध्यपुर थिमि नगरपालिकामा जनप्रतिनीधि निर्वाचित भएर आइसकेपछि भए गरेका सामाजिक, आर्थिक, शिक्षा, स्वास्थ्य र पुननिर्माण लगायत भौतिक विकासका सम्बन्धमा मेयर मदनसुन्दर श्रेष्ठसंग नामी साप्ताहिकका लागि लिइएको विशेष अन्तरवार्ताको सारसंक्षेप–

मेयर साब ! तपाईले सवैलाई नोटिसेबल कामहरु के के गर्नुभयो ? 

निर्वाचनको बेला हामीले प्रतिबद्धता गरे अनुसार शिक्षाको कुरा गर्नुपर्दा शिक्षामा पनि नमुना रुपमा नै काम गरिरहेका छौं। सरकारी बिद्यालय र प्राइभेट बिद्यालयलाई समानान्तर रुपमा अगाडि बढाउने योजना थियो, त्यो अनुसार पनि हामीले कोशिस गरेर काम गरिरहेका छौं।  आधारभूत तहको सरकारी र प्राइभेट बिद्यालयलाई एक परीक्षा लिएर निःशुल्क प्रमाणपत्र वितरण गरिरहेका छौं। त्यस्तैे  छात्रवृत्ति वितरणमा प्राइभेट बिद्यालयको ५ प्रतिशत स्वामित्व ग्रहण गरेर परीक्षा नै संचालन गरी छात्रवृत्ति प्रदान गरेका छौं।

यसलाई पनि नमुनाको रुपमा लिन सकिन्छ। मध्यपुर म्हसिकाः भनेर स्थानिय पाठ्यक्रम लागू गर्याैं। अहिलेको अवस्थामा शिक्षामा मध्यपुर थिमि स्वर्णकाल भन्दा फरक नपर्ला। त्यस्तै स्वास्थ्यको पनि कुरा गर्दा मध्यपुर थिमि स्वास्थ्यमा अग्रणी स्थान तथा नमूनाको रुपमा अगाडि छ। नेपाल कोरिया मैत्री नगर अस्पताल यही मध्यपुर थिमि भक्तपुरमा अवस्थित छ। यस अस्पतालले  कोभिड–१९ को महामारीको अवस्थामा विशेष सेवा दिन सफल भएको छ भने, त्यो बेलादेखि हालसम्म दैनिक ७ सय भन्दामाथि विरामीहरुको लागि सेवा प्रदान गर्दै आइरहेको छ। अक्सिजन प्लान्ट अस्पतालले नै निर्माण गरेको अवस्था छ भने आफ्नै पि सि आर ल्याब संचालनमा छ। १५ वटा भेन्टिलेटरबाट कोभिड विरामीको उपचार भइरहेको अवस्था छ। त्यति मात्र नभई आफ्नै कोभिड एम्बुलेन्स र नन कोभिड एम्बुलेन्स संचालनमा छ। एमआरआई, सिटी स्क्यान संचालनको लागि पूर्वाधारको लागि २० करोड लगानी गर्दैछौं। नगरपालिकाले संचालन गरेको अस्पताल नमूनाकै रुपमा संचालन भइरहेको छ। सांस्कृतिक सम्पदाको संरक्षण सन्दर्भमा मध्यपुर थिमि नगरपालिका नेपालकै नमूना नगरपालिका वनाउन सफल भएका छौं। काठमाडौं उपत्यकामा अब्बल नगरपालिकाको रुपमा चिनाउने हाम्रो प्रयास सफल भएको छ। सम्पदाहरुको पुनःनिर्माण देखिने गरी नै हामीले विकास निर्माणका कामहरु गर्दै आइरहेका छौं। यस मध्यपुर थिमिमा २५ वटा पोखरीहरु रहेकोमा १५ वटा पुनः निर्माण भैसकेको छ। अहिले अन्तिम रुपमा निर्माण भएको बोडेको कमलपोखरी, जहाँ भूमाफियाहरुले कित्ताकाट गरेर आवादी गरेको ठाउँमा हामीले मुद्धा लडेर जितेका छौं र त्यही ठाउँमा पोखरी बनाएका छौं। मन्दिरहरु निर्माणमा साना ठूला गरी २३ वटा मन्दिर पुःन निर्माण गरेका छौं। ३७ वटा पार्टी पुनःनिर्माण गर्नुका साथै २५ वटा ढुङगे धारा निर्माण, ५ वटा विहार, ३ वटा परम्परागत दरबार निर्माण, सबै गल्लीहरुमा ढुङगा निर्माण गरेका छौं, यो सम्पदाको नमूनाको रुपमा काम गरिरहेकाछौं। १३ वटा पार्कहरु पुनःनिर्माण गरी फोहोरका डङगुर थुप्रिने ठाउँमा पार्क निर्माण भइसकेका छन्। छोटो समयमा धेरै कामहरु गरेको कारण नेपालमा एउटै मात्र नगरपालिका यो मध्यपुर थिमि नगरपालिकाले सन् २०२० मा एशियन टाउनस्केप अवार्ड समेत पाइसकेको छ। यी सबै कामको मूल्यांकन गरी यूएन हेबिट्याट जुन संयुक्त राष्ट्र संघको शहरी क्षेत्रमा काम गर्ने संस्थाबाट प्राप्त गरेका छौं। त्यसैगरी खेलकुदको क्षेत्रमा पनि काम गर्दै आइरहेका छौं। देशभरमा मेयर कपको प्रतियोगिता हुने भनेको मध्यपुर थिमि नै हो । जिम्याष्ट्रिक प्रतियोगिता, बुद्धिचाल, फुटवल,फुटशल, ब्याडमिन्टन, कराँते आदि धेरै प्रतियोगिता हुन्छ, धेरै विधाको प्रतियोगिता गर्दैछौं। मध्यपुर कराँते एकाडेमी हामी आफैले संचालन गरिरहेका छौं भने ३ वटा खेल मैदान निर्माण भइरहेका छन्। पूर्वाधार निर्माणमा पनि हामीले मध्यपुरको ८ मिटरसम्मको बाटो कालोपत्रे भइसकेको छ। यही नगरपालिका नजिकको बाटो निर्माण हुन बाँकी छ, विवादको कारण रोकिएको हो। यो पनि तुरुन्तै निर्माण हुन्छ। सम्पदाको लागि ३७ करोड रुपैया खर्च भएको छ भने कालोपत्रे र ढल व्यवस्थापनको लागि ६० करोड रुपैया यो ४ वर्षको अवधिमा खर्च भइसकेको छ। यसरी सबै विधा समेट्ने गरी विकास निर्माणका कामहरु सम्पन्न भएका छन् ।  त्यसो त अपाङगता भएकाहरुका लागि पनि नमूनाको रुपमा काम गर्दै आएकाछौं। अहिले मानव बिद्या गृह भन्ने छ जहाँ तीन तहका अपाङगता भएका मानिसहरुको लागि छुट्टा छुट्टै बिद्यालय संचालन गर्दै आएका छौं। त्यसै गरी श्रवण शक्ति नभएकाहरुका लागि हामीले रोजगारको व्यवस्था गरेका छौं। जुन नेपाल कोरिया मैत्री अस्पतालमा तीन जान जो श्रवण शक्ति छैन, उहाँहरु ४ जना काम गर्दै आइरहनुभएको छ । यसरी सबै क्षेत्रमा हामीले काम गर्दै आइरहेका छौं। 

यो ४ वर्षको अवधिमा प्रसस्त मात्रामा विकास निर्माणका कामहरु भएका छन्, महिलाको क्षेत्रमा कसरी काम गर्दै आईरहनु भएको छ ?

महिलाको क्षेत्रमा पनि हामीले काम गर्दै आइरहेका छौं। महिलाहरुको लागि धेरै तालिमहरु दिदै आएका छौं। महिला दिदीबहिनीहरुले तालिम धेरै भयो प्रमाण–पत्रहरु चाङ धेरै भयो भनेपछि हामीले अलि फरक ढंगबाट काम गरेका छौं। डल्ला साबुन बनाउने, स्विटर बनाउने, डल बनाउने, सिलाइबुनाइ, ब्युटीपार्लर,बेकरी जस्ता धेरै तालिमहरु संचालन भएका छन्। तालिम मात्र होइन अब आय आर्जनका काम पनि गर्नु पर्छ भनेर हामी अगाडि बढ्रिहेका छौं। अहिले बढ्दो शहरी करणले गर्दा यो मध्यपुर थिमिमा घरहरु धेरै निर्माण भएका कारण कौसी खेतीलाई पनि जोड दिएका छौं। लगभग १ सय जना भन्दा बढीले कौशी खेतको तालिम लिसक्नुभएको छ भने अर्को समुह पनि तयारी अवस्थामा छ  तालिमको लागि। तालिम मात्र दिने होइन यसबाट आय आर्जनको लागि प्रोत्साहन पनि गर्दै आएका छौं।  यसमा चाँहि हरेक समुहका महिलाहरु पर्नु हुन्छ। सीपमूलक तालिम जस्तै अटोमोबाइल्स्का तालिमहरु, काष्ठकलाका मूर्ति बनाउने तालिमहरु, परम्परागत पर्खाल निर्माण तथा गारो लगाउने तालिमहरु प्नि महिलाहरुका लागि संचालन गर्दै आएका छौं। 

यस क्षेत्रमा विभिन्न जात जाति भाषा भाषिहरुको बसोबास रहेको छ, स्थानिय सर्वसाधारणको साथ र सहयोग कतिको पाउनु भएको छ ? 

स्थानिय सर्वसाधाारणको साथ र सहयोग विना त हामी विकास निर्माणका कामहरु सम्पन्न गर्न सक्दैनौं। हामी जुनसुकै काम पनि उपभोक्ता समिति मार्फत जान्छौं। उपभोक्ता समिति भन्ने बितिकै उहाँहरुको प्रत्यक्ष सहभागिता हुने नै भयो। जति पनि सम्पदाको कामहरु भए, ती सबै जनसहभागिताबाट सम्पन्न भएको  छ। जब उहाँहरुको प्रत्यक्ष जनभागिता हुन्छ। त्यसमा अपनत्व बढी हुन्छ। 

स्थानिय तह धेरै वर्ष जनप्रतिनिधि विहिन बनेको अवस्थामा निर्वाचित भइसकेपछि कस्ता खालका समस्याहरु लिएर आउनु भयो ?

धेरै वर्ष स्थानिय निकाय जनप्रतिनिधि विहिन भएको अवस्थामा जब निर्वाचित भएर हामी आयौं, त्यति खेर सामान्य समस्याहरु पनि पेन्डिङ अवस्थामा थिए । जनप्रतिनिधि आएर गरिहाल्छन् नि भन्ने थियो। चाङ धेरै थियो। बजेट बनाएपनि कामहरु भएका थिएनन्। नीतिगत रुपमा हिम्मतकासाथ गर्नुपर्ने निर्णयहरु प्नि भएका थिएनन्, जुन हामी आएपछि सम्पन्न भएका छन्। अर्कोतिर १० हजारजति घरधुरीका नक्शा पास गर्ने काम रोकिएको थियो। म आफै पनि प्राविधिक भएको कारण आफै जिम्मा लिएर नक्शा पास गर्ने काम गरेँ, नीतिगत रुपमा लगभग ४ हजारदेखि ४५ सय वटा नक्शाहरु पास भइसकेको छ। विकास निर्माणका कामहरु बजेट परिचालन गरेर अहिले अनुभूति हुने गरी देखिने गरी नै भएका छन्।  राजनीति सेवा हो कहिले पनि पेशा रुपमा लिनु हुँदैन! विना स्वार्थ काम गरेमा  हरेक काममा सफलता पाउन सकिन्छ ।   

आगामी योजनाहरु के के छन् ?

धेरै कामहरु त भइसकेका छन्, केही योजनाहरु धेरै बाँकी छन्। अहिले जति पनि कामहरु हामीले गर्दै आइरहेका छौं, ती कामहरु यही समय हुँदैमा सम्पन्न गर्ने योजना छन्। अझ पनि विकासका योजनाहरु धेरै छन्। उपत्यका प्राधिकरणबाट ल्याएर जग्गा एकिकरणका काम बल्ल १÷२ वटा मात्र  आयोजना संचालन गर्दैछौं। व्यवस्थित शहरीकरणको लागि ६ वटा आयोजनाहरु बाँकी छन्। नगरपालिकाले आफ्नै पहलमा रिङरोड बनाउने योजना छ। आगामी स्थानीय निर्वाचनमा फेरि जनताको माझमा गई नगर प्रमुखको रुपमा फेरि पनि काम गरी बाँकी रहेका सम्पूर्ण कामहरु गर्ने सम्पन्न गर्ने योजना छ। 

-नामी साप्ताहिकबाट

प्रकाशित मिति: आइतबार, पुस ११, २०७८  १३:२२
##MadanSundarShrestha
प्रतिक्रिया दिनुहोस्
थप विचार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार सोमबार, साउन २५, २०८३
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं  शनिबार, साउन २३, २०८३
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ मंगलबार, साउन १९, २०८३
 खाद्यान्नमा आत्मनिर्भर हुने प्रमुख बालीमा ‘कोदो’
 खाद्यान्नमा आत्मनिर्भर हुने प्रमुख बालीमा ‘कोदो’ मंगलबार, साउन १९, २०८३
बालेन सरकारले तुरुन्तै एक्सन लिन जरुरी !
बालेन सरकारले तुरुन्तै एक्सन लिन जरुरी ! बिहीबार, साउन १४, २०८३
हरियो साउनको महिमा र यसको महत्व
हरियो साउनको महिमा र यसको महत्व शनिबार, साउन २, २०८३
जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य
जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य आइतबार, असार २१, २०८३
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? आइतबार, असार ७, २०८३
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’  बुधबार, असार ३, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ विश्वासको संकटमा नेपालको राजनीति
  • नंः ३ सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
  • नंः ४ २१औँ अडान डे सप्ताहव्यापी रूपमा उत्साहपूर्वक मनाइयाे
  • नंः ५ आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता
विचार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार NamiNews- नामीन्यूज
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं  शारदा बजगाईँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ NamiNews- नामीन्यूज
सूचना-प्रविधि
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्