Top Navigation
Main Navigation
मंगलबार, असार ३१, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
मंगलबार, असार ३१, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • नगरप्रमुख मात्र होइन जनताले विश्वास गरेर काम गर्न पठाएको सेवक हुँ : मेयर न्यौपाने      
नगरप्रमुख मात्र होइन जनताले विश्वास गरेर काम गर्न पठाएको सेवक हुँ : मेयर न्यौपाने      
निशान बुढाथाेकी
निशान बुढाथाेकी आइतबार, पुस ११, २०७८

विसं.२०३६ सालदेखि निरन्तर रुपमा राजनीतिमा सक्रिय सहभागिता जनाउदै आएका तनहुँ जिल्लाको ब्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपाने नेपाल बिद्यार्थी संघ तनहुँको अध्यक्ष, काठमाडौ सम्पर्क समितिको जिल्ला अध्यक्ष, ब्यास नगरपालिकामा पहिलो पटक निर्वाचन हुँदा २०४९ सालमा नगर समिति गठन हुँदा पहिलो सभापति तथा  नेपाली कांग्रेसको निवर्तमान जिल्ला सभापति समेत रहिसकेका छन्। राजनीति भनेको मास्टर अफ साइन्स हो। राजनीति पेशा होइन, यो विशुद्ध समाज सेवा हो भन्न चुक्दैनन् मेयर न्यौपाने। मेयर न्यौपाने पेशाल कानुन व्यवसायी पनि हुन। जीवनको २३ वर्ष प्रिन्सिपल भएर काम गरिसकेका मेयर न्यौपानेसंग नामी साप्ताहिकको लागि लिइएको टेलिफोन वार्ता– 

विकास निर्माणका कामहरु कति भएको छ ?

यो अवधिमा यस नगरपालिकामा विकास निर्माणका प्रशस्त कामहरु भएका छन्। बजेटको सही सदुपयोग होस् भनेर हामी आफै जनप्रतिनीधिहरु फिल्डमा गएर ती कामहरु गरेको अवस्था छ। यहाँका प्रत्येक सर्वसाधारणको घरघरमा खानेपानी वितरण भइसकेको छ। सडकको काम पनि भइरहेको छ। सडक चौडा पनि भएका छन्। म यस नगरपालिकाको नगरप्रमुख मात्र होइन जनताले विश्वास गरेर काम गर्न पठाउनुभएको सेवक पनि हुँ। प्रत्येक कुनाकुनामा गएर म स्वयम् खटिएर काम गरेको छु। यसरी खटिनु भनेको मेरो आत्म सन्तुष्टि पनि हो। यद्यपि हिजोको ग्रामीण भेग आज विस्तारै शहरीकरण भएको अवस्थामा त्यही अनुसार मानिसहरुको इच्छा र चाहना पनि बढिरहेको हुन्छ। भौतिक पूर्वाधार विकासले मात्र पुग्दैन, आर्थिक समृद्धि र मानसिक सन्तुष्टि पनि चाहिन्छ भन्ने आम मानिसको धारणा रहेको छ। आर्थिक समृद्धिको लागि कस्ता खालका तालिमहरु दिन सकिन्छ, ती तालिमबाट आम जनताले कसरी आय आर्जन गर्न सक्छन् भन्ने कुरालाई पनि अगाडि बढाएको छु।  त्यसो त यहाँका दलित बालबालिकाको लागि पनि छात्रवृत्तिको व्यवस्था गरी निःशुल्क पढाउने व्यवस्था पनि गरेका छौं। यो क्षेत्रका अधिकांश मानिसहरु शिक्षित हुनुहुन्छ। जो शिक्षाबाट पछाडी पर्नु भएको छ उहाँहरुलाई पनि प्रौढ शिक्षा प्रदान गरी साक्षर बनाएका छौं। स्वास्थ्यको लागि पनि हामी अगाडि नै छौं। वृद्ध आमाबुवाहरुको लागि निःशुल्क स्वास्थ्य जाँचको व्यवस्था गरेका छौं भने, ल्याबको व्यवस्था पनि छ यस वडामा। यहाँ बस्ने सबै सर्वसाधारणहरुको के कस्ता रोगहरु छन् सबै विवरण राख्ने काम गर्दछ। खानेपानीको पनि सुविधा छ। अहिले जनप्रतिनीधि आइसकेपछिको अवस्थामा धेरै परिवर्तन भएको छ। प्रत्येक सडकहरु पिच, ढलान भएका छन्। 

धेरै वर्षपछिको सम्पन्न निर्वाचनले गर्दा सर्वसाधारण जनताले स्थानिय सरकार पाएका छन्, नियम कानुन बनाएर काम गर्दा कत्तिको गार्हाे भयो ? 

Nepal Oil Corporation

स्थानिय सरकार आएपछि सर्वसाधारण जनताको धेरै समस्याहरु रहेछन् भन्ने कुराको जानकारी भयो। करिब १९ वर्षपछि निर्वाचन हुँदा सर्वसाधारण जनताका आन्तरिक कलह, व्यक्तिगत कलह, साँधसिमानाका विवाद जस्ता थुप्रै समस्याहरुको बारेमा जानकार हुने मौका पायौं। गुम्सिएका यस्ता समस्याहरु हामीले समाधान गरिसकेका छौं। 

आय आर्जनको पाटोमा सबल र सक्षम बनाउन कस्तो व्यक्तिलाई कस्तो किसिमको तालिम हो यो ?

साबुन बनाउने तालिम, कुसन बनाउने, बेकरी तालिम, कौसी खेती, पुतली बनाउने, सिलाइ बुनाईदेखि विभिन्न खालका तालिमहरु दियौं। यी तालिमहरु केवल समय बिताउनको लागि मात्र दिएको जस्तो लाग्छ, के ती तालिमहरुले पक्कै पनि ती महिला दिदीबहिनीहरुले आय आर्जनको क्षेत्रमा फड्को मार्नु भएको छ त ? बजारसम्म पुर्याउने अवस्था छ त ? त्यही कारण अब चाँही नीतिगत रुपमा कस्तो व्यक्तिलाई कस्तो तालिम दिने हो उहाँहरुबाट आयो भने सहज हुन्छ। को व्यक्ति छ त्यस्तो, जसले तालिम लिएपछि काम गरेर परिवार पाल्न सकोस्। यसको लागि इच्छा शक्ति पनि हुनुपर्छ। यसमा महिला पुरुष जो पनि हुन सक्छ। तालिम लिइसकेपछि म यो काम गर्छु भन्ने भावना पनि हुनुपर्छ। हामीले यस्ता व्यक्ति हरु खोजेर तालिमहरु दिइरहेका छौं। 

यस क्षेत्रमा विभिन्न जातजाति भाषाभाषीहरुको बसोबास रहेको छ, स्थानिय सर्वसाधारणको साथ र सहयोग कत्तिको पाउनु भएकोछ ? 

यस्ता कस्तो छ भने स्थानिय सर्वसाधारणको साथ र सहयोग विना त हामी विकास निर्माणका कामहरु सम्पन्न गर्न सक्दैनौं। हामी जुनसुकै काम पनि उपभोक्ता समिति मार्फत जान्छौं। उपभोक्ता समिति भन्ने बित्तिकै उहाँहरुको प्रत्यक्ष सहभागिता हुने नै भयो। जति पनि सम्पदाको कामहरु भए, ती सबै जनसहभागिताबाट सम्पन्न भएको छ। जब उहाँहरुको प्रत्यक्ष जनभागिता हुन्छ, त्यसमा अपनत्व बढी हुन्छ। 

अबको खास योजनाहरु के के छन् ?

खासमा भन्नुपर्दा आफूले जिम्मा लिएको काम राम्रोसंग सफलता पूर्वक सम्पन्न गर्ने योजना छ। र योजना अनुसार कामहरु पनि सुचारु भइरहेका छन्। सर्वसाधारण जनताको हितको लागि सदैव काम गरिरहने इच्छा छ। 

-नामी साप्ताहिकबाट
 

प्रकाशित मिति: आइतबार, पुस ११, २०७८  १४:२१
प्रतिक्रिया दिनुहोस्
थप विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो सोमबार, फागुन १९, २०८१
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप आइतबार, माघ २७, २०८१
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन शनिबार, पुस १३, २०८१
बीआरआई प्राेजेक्ट नेपालका लागि अवसर कि चुनौती ?
बीआरआई प्राेजेक्ट नेपालका लागि अवसर कि चुनौती ? बिहीबार, असोज १०, २०८१
बढ्दो महिला हिंसा, हत्या र रोकथामका उपाय
बढ्दो महिला हिंसा, हत्या र रोकथामका उपाय मंगलबार, असोज ८, २०८१
मिसन २०८४ पहिलो हुने मात्र, सोचमा नयाँ छैन भिजन
मिसन २०८४ पहिलो हुने मात्र, सोचमा नयाँ छैन भिजन शनिबार, असोज ५, २०८१
प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान बुधबार, असोज २, २०८१
हामीले कृषिमा के सुधार गर्न सक्छौँ ?
हामीले कृषिमा के सुधार गर्न सक्छौँ ? मंगलबार, भदौ ४, २०८१
नजिकैबाट सगरमाथा हिमालको दर्शन गर्ने मौका पाएको त्यो क्षण
नजिकैबाट सगरमाथा हिमालको दर्शन गर्ने मौका पाएको त्यो क्षण शनिबार, साउन २६, २०८१
Tourism Office Kathmandu
लाेकप्रिय समाचार
  • नंः १ मेरो कार्यकालमा आमूल परिवर्तन हुन्छ, त म भन्दिन, तर सकारात्मक परिवर्तनहरु भएको देख्न सक्नुहुनेछ : नगर प्रमुख श्रेष्ठ
  • नंः २ बिक्रम भक्त जोशी ।। एउटै कृतिवाट व्यापक चर्चामा आएका नेपाली लेखक ।।
  • नंः ३ उदयपुरकाे कुन पालिकामा एसइई नतिजा कस्ताे?
  • नंः ४ उदयपुरकाे त्रियुगा नदीमा बेपत्ता युवाकाे शव फेला
  • नंः ५ उदयपुरकाे त्रियुगा नदीमा नुहाउने क्रममा एक बेपत्ता
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्