Top Navigation
  • Contact
Main Navigation
सोमबार, असोज १२, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, असोज १२, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • नगरप्रमुख मात्र होइन जनताले विश्वास गरेर काम गर्न पठाएको सेवक हुँ : मेयर न्यौपाने      
नगरप्रमुख मात्र होइन जनताले विश्वास गरेर काम गर्न पठाएको सेवक हुँ : मेयर न्यौपाने      
दिनेश महर्जन
दिनेश महर्जन आइतबार, पुस ११, २०७८

विसं.२०३६ सालदेखि निरन्तर रुपमा राजनीतिमा सक्रिय सहभागिता जनाउदै आएका तनहुँ जिल्लाको ब्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपाने नेपाल बिद्यार्थी संघ तनहुँको अध्यक्ष, काठमाडौ सम्पर्क समितिको जिल्ला अध्यक्ष, ब्यास नगरपालिकामा पहिलो पटक निर्वाचन हुँदा २०४९ सालमा नगर समिति गठन हुँदा पहिलो सभापति तथा  नेपाली कांग्रेसको निवर्तमान जिल्ला सभापति समेत रहिसकेका छन्। राजनीति भनेको मास्टर अफ साइन्स हो। राजनीति पेशा होइन, यो विशुद्ध समाज सेवा हो भन्न चुक्दैनन् मेयर न्यौपाने। मेयर न्यौपाने पेशाल कानुन व्यवसायी पनि हुन। जीवनको २३ वर्ष प्रिन्सिपल भएर काम गरिसकेका मेयर न्यौपानेसंग नामी साप्ताहिकको लागि लिइएको टेलिफोन वार्ता– 

विकास निर्माणका कामहरु कति भएको छ ?

यो अवधिमा यस नगरपालिकामा विकास निर्माणका प्रशस्त कामहरु भएका छन्। बजेटको सही सदुपयोग होस् भनेर हामी आफै जनप्रतिनीधिहरु फिल्डमा गएर ती कामहरु गरेको अवस्था छ। यहाँका प्रत्येक सर्वसाधारणको घरघरमा खानेपानी वितरण भइसकेको छ। सडकको काम पनि भइरहेको छ। सडक चौडा पनि भएका छन्। म यस नगरपालिकाको नगरप्रमुख मात्र होइन जनताले विश्वास गरेर काम गर्न पठाउनुभएको सेवक पनि हुँ। प्रत्येक कुनाकुनामा गएर म स्वयम् खटिएर काम गरेको छु। यसरी खटिनु भनेको मेरो आत्म सन्तुष्टि पनि हो। यद्यपि हिजोको ग्रामीण भेग आज विस्तारै शहरीकरण भएको अवस्थामा त्यही अनुसार मानिसहरुको इच्छा र चाहना पनि बढिरहेको हुन्छ। भौतिक पूर्वाधार विकासले मात्र पुग्दैन, आर्थिक समृद्धि र मानसिक सन्तुष्टि पनि चाहिन्छ भन्ने आम मानिसको धारणा रहेको छ। आर्थिक समृद्धिको लागि कस्ता खालका तालिमहरु दिन सकिन्छ, ती तालिमबाट आम जनताले कसरी आय आर्जन गर्न सक्छन् भन्ने कुरालाई पनि अगाडि बढाएको छु।  त्यसो त यहाँका दलित बालबालिकाको लागि पनि छात्रवृत्तिको व्यवस्था गरी निःशुल्क पढाउने व्यवस्था पनि गरेका छौं। यो क्षेत्रका अधिकांश मानिसहरु शिक्षित हुनुहुन्छ। जो शिक्षाबाट पछाडी पर्नु भएको छ उहाँहरुलाई पनि प्रौढ शिक्षा प्रदान गरी साक्षर बनाएका छौं। स्वास्थ्यको लागि पनि हामी अगाडि नै छौं। वृद्ध आमाबुवाहरुको लागि निःशुल्क स्वास्थ्य जाँचको व्यवस्था गरेका छौं भने, ल्याबको व्यवस्था पनि छ यस वडामा। यहाँ बस्ने सबै सर्वसाधारणहरुको के कस्ता रोगहरु छन् सबै विवरण राख्ने काम गर्दछ। खानेपानीको पनि सुविधा छ। अहिले जनप्रतिनीधि आइसकेपछिको अवस्थामा धेरै परिवर्तन भएको छ। प्रत्येक सडकहरु पिच, ढलान भएका छन्। 

धेरै वर्षपछिको सम्पन्न निर्वाचनले गर्दा सर्वसाधारण जनताले स्थानिय सरकार पाएका छन्, नियम कानुन बनाएर काम गर्दा कत्तिको गार्हाे भयो ? 

स्थानिय सरकार आएपछि सर्वसाधारण जनताको धेरै समस्याहरु रहेछन् भन्ने कुराको जानकारी भयो। करिब १९ वर्षपछि निर्वाचन हुँदा सर्वसाधारण जनताका आन्तरिक कलह, व्यक्तिगत कलह, साँधसिमानाका विवाद जस्ता थुप्रै समस्याहरुको बारेमा जानकार हुने मौका पायौं। गुम्सिएका यस्ता समस्याहरु हामीले समाधान गरिसकेका छौं। 

आय आर्जनको पाटोमा सबल र सक्षम बनाउन कस्तो व्यक्तिलाई कस्तो किसिमको तालिम हो यो ?

साबुन बनाउने तालिम, कुसन बनाउने, बेकरी तालिम, कौसी खेती, पुतली बनाउने, सिलाइ बुनाईदेखि विभिन्न खालका तालिमहरु दियौं। यी तालिमहरु केवल समय बिताउनको लागि मात्र दिएको जस्तो लाग्छ, के ती तालिमहरुले पक्कै पनि ती महिला दिदीबहिनीहरुले आय आर्जनको क्षेत्रमा फड्को मार्नु भएको छ त ? बजारसम्म पुर्याउने अवस्था छ त ? त्यही कारण अब चाँही नीतिगत रुपमा कस्तो व्यक्तिलाई कस्तो तालिम दिने हो उहाँहरुबाट आयो भने सहज हुन्छ। को व्यक्ति छ त्यस्तो, जसले तालिम लिएपछि काम गरेर परिवार पाल्न सकोस्। यसको लागि इच्छा शक्ति पनि हुनुपर्छ। यसमा महिला पुरुष जो पनि हुन सक्छ। तालिम लिइसकेपछि म यो काम गर्छु भन्ने भावना पनि हुनुपर्छ। हामीले यस्ता व्यक्ति हरु खोजेर तालिमहरु दिइरहेका छौं। 

यस क्षेत्रमा विभिन्न जातजाति भाषाभाषीहरुको बसोबास रहेको छ, स्थानिय सर्वसाधारणको साथ र सहयोग कत्तिको पाउनु भएकोछ ? 

यस्ता कस्तो छ भने स्थानिय सर्वसाधारणको साथ र सहयोग विना त हामी विकास निर्माणका कामहरु सम्पन्न गर्न सक्दैनौं। हामी जुनसुकै काम पनि उपभोक्ता समिति मार्फत जान्छौं। उपभोक्ता समिति भन्ने बित्तिकै उहाँहरुको प्रत्यक्ष सहभागिता हुने नै भयो। जति पनि सम्पदाको कामहरु भए, ती सबै जनसहभागिताबाट सम्पन्न भएको छ। जब उहाँहरुको प्रत्यक्ष जनभागिता हुन्छ, त्यसमा अपनत्व बढी हुन्छ। 

अबको खास योजनाहरु के के छन् ?

खासमा भन्नुपर्दा आफूले जिम्मा लिएको काम राम्रोसंग सफलता पूर्वक सम्पन्न गर्ने योजना छ। र योजना अनुसार कामहरु पनि सुचारु भइरहेका छन्। सर्वसाधारण जनताको हितको लागि सदैव काम गरिरहने इच्छा छ। 

-नामी साप्ताहिकबाट
 

प्रकाशित मिति: आइतबार, पुस ११, २०७८  १४:२१
प्रतिक्रिया दिनुहोस्
थप विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प मंगलबार, भदौ ३०, २०८३
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... आइतबार, भदौ २८, २०८३
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शनिबार, भदौ २७, २०८३
रसुवाको बाढीले सिकाएको पाठ 
रसुवाको बाढीले सिकाएको पाठ  बिहीबार, भदौ २५, २०८३
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता आइतबार, भदौ २१, २०८३
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ आइतबार, भदौ २१, २०८३
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति आइतबार, भदौ १४, २०८३
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन आइतबार, भदौ १४, २०८३
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ...
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ... शनिबार, भदौ १३, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ३ बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्