Top Navigation
  • Contact
Main Navigation
बुधबार, असोज १४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बुधबार, असोज १४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • कोरोनाको नयाँ संस्करण-सर्वसाधारणको लापरवाही
कोरोनाको नयाँ संस्करण-सर्वसाधारणको लापरवाही
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, पुस ११, २०७८

कोरोनाभाइरस अर्थात कोभिड-१९ को महामारीले विश्व आक्रान्त भएको पनि दुई बर्ष वित्न लागिसकेको छ। यो महामारीले विश्वलाई हल्लाइराखेको छ। यसको निराकरणको नाममा कोरोना विरुद्धका विभिन्न खोपको विकास भएर लाउने क्रम जारी पनि रहेको छ। यद्यपि, दुई बर्षयता कोरोनाभाइरसको एक पछि अर्को गरेर नयाँ नयाँ संस्करण आएको आयै गरेको कारण विश्व हैरान भएको छ ।

झण्डै एक वर्ष अगाडि भारत तथा नेपालमा विध्वंस मच्चाएको र हाल विश्वव्यापी फैलिएको ‘डेल्टा भेरियन्ट’ पछि हाल यो नयाँ भेरियन्ट ‘ओमिक्रोन’ विश्वव्यापी चासोको विषय बनेको हो। 

दक्षिण अफ्रिकामा पहिलो पटक देखिएको बी ११ ५२९ नाम दिएको यो नयाँ भाइरस २४ नोभेम्बरमा पहिलो पटक विश्व स्वास्थ संगठन (डब्ल्यूएचओ) मा रिपोर्ट गरिएको थियो। डब्ल्यूएचओमा व्यापक छलफलपछि २६ नोभेम्बेरमा यो भाइरसलाई ‘ओमिक्रोन भेरियन्ट’ भनेर नामाकरण गरिएको हो। यसलाई ‘भेरियन्ट अफ कन्सर्न’ अन्तर्गत राखिएको छ।

तीव्र गतिमा फैलनु, फरक लक्षण देखिनु, घातकता बढ्नु, जनस्वास्थका मापदण्ड प्रभावहीन हुनु, हाल उपलब्ध निदान गर्ने प्रविधि, खोप तथा उपचारमा समस्या देखिनु आदि मध्येमा एक वा सो भन्दा बढी लक्षण देखिएमा यो भाइरसलाई ‘भेरियन्ट अफ कन्सर्न’ अन्तर्गत राखिने गरिन्छ।

डब्ल्यूएचओका अनुसार प्रारम्भिक नतिजा अनुसार ओमिक्रोन भेरियन्टले अरु ‘भेरियन्ट अफ कन्सर्न’ अन्तर्गत राखिएका भाइरसहरु भन्दा पुनः संक्रमण गर्न सक्ने क्षमता बढी देखाएको भनिएको छ। दक्षिण अफ्रीकाको धेरै प्रान्तहरुमा यो भेरियन्ट तीव्र गतिमा फैलिएको छ भने, कोरोनाको ‘एस जिन’ हाल प्रयोगमा आइरहेको रिएजेन्ट पिसिआर प्रविधिले पत्ता लगाउन नसक्ने भनिएको छ। 

दक्षिण अफ्रिकाका प्रान्तहरुमा तीव्र गतिमा ‘ओमिक्रोन भेरियन्ट’ फैलिएको भनिएको छ। दक्षिण अफ्रिकामा ३५ प्रतिशतले मात्र पूर्ण खोप लगाएको र बाँकीले नलगाएको कारण पनि यो भेरियन्टले तिब्र आक्रमण गरेको हो कि भन्ने अनुमान पनि गरिएको छ। लक्षित जनसंख्यालाई खोप लगाएको भए तीव्र गतिमा फैलने वा अस्पताल भर्ना गराउन ‘ओमिक्रोन भेरियन्ट’ सक्षम हुन्थ्यो वा हुँदैन थियो भन्ने अझैपनि कुनै यकिन भएको भने छैन्।

यसले गर्दा पनि लक्षित जनसंख्यामा दुई मात्रा पूर्ण खोप लगाइसकेका देशमा ‘ओमिक्रोन भेरियन्ट’ ले कसरी प्रभाव पर्छ भन्ने नतिजा अवको लागि महत्वपूर्ण हुनेछ। त्यस्तै, सबैभन्दा महत्वपूर्ण जान्नु पर्ने भनेको हाल प्रयोगमा आइरहेका खोपहरु यो भाइरसविरुद्ध कति प्रभावकारी छ, रहने छ भन्ने पनि हो। खोप उत्पादक कम्पनीहरुले प्रभावकारिताको बारेमा युद्धस्तरमा अनुसन्धान अगाडि बढाइरहेका छन्। 

‘ओमिक्रोन भेरियन्ट’ बारेमा धेरै जानकारी आउन बाँकी नै रहेको विज्ञहरुको विभिन्न भनाई प्रकाशमा आइरहेको छ। तर पनि यो भेरियन्टको जिनमा अत्यधिक मात्रामा म्यूटेसन देखिएको र त्यसमा पनि अझ ‘स्पाईक प्रोटिन’ समेतमा हुँदा वैज्ञानिकहरुले विगतमा देखिएका ‘भेरियन्ट अफ कन्सर्न’ अन्तर्गत पर्ने भाइरसहरु भन्दा बढी जोखिम हुन सक्ने अनुमान गरेका छन्। यसकारण, विभिन्न देशहरुले अन्तरदेशीय यातायातमा कडाई गरेका छन्। नेपालले पनि अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने यात्रुहरुमा विशेष निगरानी राख्ने भनिसकेको छ। यद्यपि, व्यवहारमा भने अझै त्यस्तो देखिएको छैन्। 

सार्वजनिक यातायात तथा सार्वजकि सभाहरुमा धेरैले कतिपय स्वास्थ्य मापदण्ड पालना गरिरहेको पाइदैन। सार्वजनिक यातायातमा कुनै सामाजिक दूरी कायम गरेको पाइदैन। मास्क लगाउन पनि कतिले छाडिरहेको वर्तमान अवस्थामा यो कोरोनाको नयाँ भेरियन्टले धेरैको ज्यान लिने हो कि भन्ने डर कायमै रहेको छ। हामी आफै सचेत नभएसम्म कुनै रोगको निदान हुन सक्दैन। तसर्थ, हामी आफै सचेत हुनु आवश्यक छ।
 

प्रकाशित मिति: आइतबार, पुस ११, २०७८  १७:२५
प्रतिक्रिया दिनुहोस्
थप विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प मंगलबार, भदौ ३०, २०८३
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... आइतबार, भदौ २८, २०८३
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शनिबार, भदौ २७, २०८३
रसुवाको बाढीले सिकाएको पाठ 
रसुवाको बाढीले सिकाएको पाठ  बिहीबार, भदौ २५, २०८३
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता आइतबार, भदौ २१, २०८३
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ आइतबार, भदौ २१, २०८३
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति आइतबार, भदौ १४, २०८३
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन आइतबार, भदौ १४, २०८३
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ...
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ... शनिबार, भदौ १३, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
  • नंः ५ इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्