Top Navigation
  • Contact
Main Navigation
आइतबार, साउन ३१, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
आइतबार, साउन ३१, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • पद र मर्यादाक्रममाथिको दम्भः  एउटा सामाजिक र मनोवैज्ञानिक विसंगति
पद र मर्यादाक्रममाथिको दम्भः  एउटा सामाजिक र मनोवैज्ञानिक विसंगति
शारदा बजगाईँ
शारदा बजगाईँ आइतबार, वैशाख २०, २०८३

मानव सभ्यताको विकासक्रममा समाजलाई व्यवस्थित गर्न ’पद’ र ’मर्यादाक्रम’ को अवधारणा ल्याइएको हो। प्रशासनिक सुगमता र जिम्मेवारीको बाँडफाँडका लागि यो आवश्यक पनि छ। तर, जब पद सेवा गर्ने माध्यम नभएर अहंकार प्रदर्शन गर्ने हतियार बन्छ, तब समाजमा ’दम्भ’ को विद्रुप रूप प्रकट हुन्छ।

लोकतान्त्रिक प्रणालीमा पद भनेको जनताले दिएको नासो र जिम्मेवारी हो। तर, हाम्रो सामाजिक मनोविज्ञानमा पदलाई ’शासक’ हुने लाइसेन्सका रूपमा बुझ्ने गरिन्छ। त्यसैले बुझ्न जरुरी छ पद जिम्मेवारीकी प्रतिष्ठा? दम्भको जड पद पाएपछि आफूलाई अरूभन्दा उच्च र विशिष्ट ठान्ने प्रवृत्तिले सेवाको उपेक्षा गर्दै फाइल रोकेर वा सेवाग्राहीलाई कुराएर आनन्द लिने प्रवृत्ति पदकै दम्भको उपज हो। 

यति मात्र कहाँ हो र मर्यादाक्रमको मोह र कुर्सीको लडाइँ नेपाल जस्ता विकासोन्मुख देशहरूमा मर्यादाक्रमको विवाद प्रायः चर्चामा रहन्छ। कतिऔँ नम्बरमा बस्ने, कत्रो आसन पाउने र कस्तो गाडी चढ्ने भन्ने कुरामै राज्यका उच्च ओहोदाधारीहरूको ध्यान केन्द्रित हुनु दुःखद पक्ष हो।

जब दम्भीहरूलाई प्रतिष्ठाको भ्रम हुन्छ मानिसहरू बिर्सन्छन् कि मर्यादाक्रम कार्यसम्पादनका लागि मात्र हो। न कि व्यक्तिको रगत वा वंशको श्रेष्ठताका लागि।शून्य योगदान, उच्च अहंकार  काममा सिन्को नभाँच्ने तर मर्यादाक्रममा एक तह तल पर्दा राजीनामा दिनेसम्मका हर्कतहरूले ’दम्भ’ को पराकाष्ठा देखाउँछन्। पद र मर्यादाक्रमको दम्भले व्यक्तिलाई मात्र होइन, सिंगो प्रणालीलाई नै क्षति पुर्‍याउँछ व्यक्ति व्यक्तिबीच

दूरी बढ्छ,शासक र शासितबीचको खाडल गहिरिँदै जान्छ। सिर्जनशीलताको अन्त्य हुन्छ।दम्भी व्यक्तिले अरूको सुझाव सुन्दैन, जसले गर्दा संस्थागत निर्णयहरू त्रुटिपूर्ण हुन्छन्। नैतिक पतन हुन्छ ।पद गएपछि यस्ता व्यक्तिहरू समाजमा एक्लिन्छन् र मानसिक तनावको सिकार हुन्छन्। यो बुझ्न जरुरी छ पद अस्थायी हुन्छ, तर तपाईंले गरेको व्यवहार र छोडेको छाप स्थायी हुन्छ।

दम्भ मुक्त सोचको  साँचो अर्थमा ’मर्यादा’ पदले होइन, व्यक्तिले गर्ने कार्य र उसको विनम्रतालेनिर्धारण गर्छ। विश्वका महान् नेताहरूलाई उनीहरूको मर्यादाक्रमले होइन, उनीहरूको सादगी र योगदानले चिनिन्छ। पद जति उच्च हुन्छ, व्यक्ति त्यति नै झुक्न सक्नुपर्छ। विनम्र हुन जान्नुपर्छ। जसरी फलले भरिएको हाँगा सधैँ भुइँतिर झुकेको हुन्छ।

त्यस्तै संस्कार परिवर्तन गरेर हामीले ’पद’ लाई सम्मान गर्ने भन्दा पनि ’पद्धति’ र ’काम’ लाई सम्मान गर्ने संस्कार बसाल्न जरुरि छ। पद एउटा अवसर हो, जुन आज छ र भोलि अर्कैको हातमा जान्छ। मर्यादाक्रम एउटा प्राविधिक व्यवस्था मात्र हो। त्यसैले, कुर्सीको ओझमा बसेर मानवता बिर्सनु र दम्भ पाल्नु एउटा भ्रम मात्र हो। अन्त्यमा, मानिसको वास्तविक मर्यादाले उसको चरित्र, नैतिकता र समाजप्रतिको उत्तरदायित्व मात्र उच्च राख्न सक्छ। दम्भ त्यागेर कर्ममा लाग्नु नै असल नागरिक र सफल नेतृत्वको पहिचान हो।

प्रकाशित मिति: आइतबार, वैशाख २०, २०८३  ०७:५७
प्रतिक्रिया दिनुहोस्
थप विचार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार सोमबार, साउन २५, २०८३
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं  शनिबार, साउन २३, २०८३
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ मंगलबार, साउन १९, २०८३
 खाद्यान्नमा आत्मनिर्भर हुने प्रमुख बालीमा ‘कोदो’
 खाद्यान्नमा आत्मनिर्भर हुने प्रमुख बालीमा ‘कोदो’ मंगलबार, साउन १९, २०८३
बालेन सरकारले तुरुन्तै एक्सन लिन जरुरी !
बालेन सरकारले तुरुन्तै एक्सन लिन जरुरी ! बिहीबार, साउन १४, २०८३
हरियो साउनको महिमा र यसको महत्व
हरियो साउनको महिमा र यसको महत्व शनिबार, साउन २, २०८३
जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य
जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य आइतबार, असार २१, २०८३
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? आइतबार, असार ७, २०८३
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’  बुधबार, असार ३, २०८३
लाेकप्रिय समाचार
  • नंः १ पत्रकार श्रेष्ठ पक्राउमा उपसभामुख ठाकुरको स्टाटस : जिब्रोमा ‘राक्षस’, पदीय मर्यादा खै ?
  • नंः २ अधुरा पुलमाथि डबल लेनको सपना: सिद्धिचरण लोकमार्ग
  • नंः ३ स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
  • नंः ४ पुष्पलाल स्मृती ब्याडमिन्टन सुरु
  • नंः ५ सत्ताको बहुमत, सदनमा अल्पमत
विचार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार NamiNews- नामीन्यूज
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं  शारदा बजगाईँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ NamiNews- नामीन्यूज
सूचना-प्रविधि
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्