Top Navigation
Main Navigation
शनिबार, साउन १८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, साउन १८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • ओलम्पिक कमिटीको १२औं साधारणसभा सम्पन्न 
ओलम्पिक कमिटीको १२औं साधारणसभा सम्पन्न 
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज मंगलबार, पुस १३, २०७८

काठमाडौ । नेपाल ओलम्पिक कमिटीको १२औं साधारणसभा सम्पन्न भएको छ। 

सातदोबाटो स्थिति ओलम्पिक भवनमा आयोजित कमिटीको १२औं साधारणसभालाई युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले उद्घाटन गरेको हो। 

सोही अवसरमा मन्त्री गहतराजले सर्वोच्च अदालतको आदेशले नेपाली खेलकुदमा दीर्घकालीन असर परेको बताउनु हुँदै देशको समग्र खेल क्षेत्रलाई प्रभावित पार्ने मुद्धालाई अग्रताधिकारमा राखेर हेर्नु पर्नेमा जोड दिएका थिए।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिवका विषयमा सर्वोच्च अदालतको आदेशबारे बोल्दै मन्त्री गहतराजले समस्याको चाँडै समाधान हुनु पर्ने बताएका हुन्। 

Nepal Oil Corporation

मन्त्री गहतराजले भने, ‘अदालतले जस्तो निर्णय गर्छ, सरकार त्यसको पालना गर्न तयार छ। तर यसको जति सक्दो चाँडै फैसला हुने अपेक्षा छ।’ 

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले त्यस अवसरमा खेलकुदको विषयमा तत्काल निर्णयमा पुग्ने काम हुनु पर्ने बताएका थिए। उनले भने, ‘खेलकुदका विषयमा निर्णय गर्न अदालतले विलम्ब गर्नु हुन्न।’ 

उद्घाटन सत्रमा नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले अहिले नेपाली खेलकुदमा अन्यौलता छाएको बताउनुको साथै त्यसको समाधान चाडो भन्दा चाडो आवश्यक रहेको बताउँदै उनले १३औं दक्षिण एसियाली खेलकुद (साग) पछि खेल संघलाई दिने भनिएको पुरस्कार राशि चाँडै उपलब्ध गराउनु पनि अनुरोध गरेका थिए।

महासचिव श्रेष्ठले भने ‘अहिले नेपाली खेलकुद अन्यौलग्रस्त रहे पनि मन्त्रालय अन्तर्गत कमिटी बनाएर आसन्न राष्ट्रिय खेलकुद र एसियाली खेलकुदको तयारी सुरु गर्नु पर्छ।’

त्यस्तै नेपाल ओलम्पिक कमिटीका पूर्व अध्यक्ष ध्रुवबहादुर प्रधानले लामो प्रयासपछि ओलम्पिक आन्दोलन ठीक दिशामा पुगेकोमा खुशी व्यक्त गरेका थिए। 

त्यसैअवसरमा १३औं दक्षिण एसियाली खेलकुद (साग) र त्यसको मानवीय तथा सामाजिक दृष्टिकोणबाट अध्ययन गरेर प्रकासशत पुस्तकको विमोचन गरिएको थियो। 

साधारण सभाको बन्द सत्रमा साधारण सभाले कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ सन् २०२१ को प्रगति विवरण पेस गर्दै सन् २०२२ का लागि कार्यक्रम पनि प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष रत्नकुमार टण्डनले आर्थिक वर्ष ०७७/०७८ को आयव्यय विवरण पेस गरेका थिए।

कोषाध्यक्ष टण्डनले सन् २०२२ का लागि अनुमानित बजेट पनि प्रस्तुत गरेका थिए। साधारणसभाले महासचिव र कोषाध्यक्ष दुवैको प्रतिवेदन पनि पास गरेको छ। 

नेपाल ओलम्पिक कमिटी अन्तर्गत रहेको विभिन्न कमिशनका अध्यक्षहरूले पनि आफ्नो प्रगति विवरण पेस गरेका थिए।

कार्यक्रममा कमिटीका सदस्य तथा मार्केटिङ कमिशनका अध्यक्ष गोपालसुन्दरलाल कक्षपतिले सन् २०२१ बाट नेपाल ओलम्पिक कमिटीले दिने भनेर घोषणा गरेको नौ फरक विधामा अवार्ड बारे जानकारी दिएका थिए।

कमिटीले आगामी वर्षदेखि पत्रकारिता अन्तर्गत छापा, मल्टिमिडिया, फोटो पत्रकारिता भिजुअल मिडिया, खेलतर्फ पुरुष र महिला, प्रशिक्षकमा पुरुष र महिला तथा खेलतर्फ उत्कृष्ट संघलाई अवार्ड दिने भएको छ भने ओलम्पिक आन्दोलनमा टेवा पुर्‍याउनेमध्येमा पनि ३ विधामा सम्मान गरिनेछ। 

अध्यक्ष श्रेष्ठले ओलम्पिक कमिटी आउने दिनमा अझ व्यवस्थित, पारदर्शी र उत्तरदायी हुने बताउँदै खेल संघलाई पनि त्यसैअनुसार विकास गर्न अनुरोध गरेका थिए।

अध्यक्ष श्रेष्ठले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) का निर्देशन अनुसार अबका दिनमा खेल संघ तीन महत्त्वपूर्ण पक्ष लैगिक समानता, खेलकुदमा हिंसा र खेलमिलोमतोमा सजग तथा सचेत रहनु पर्ने पनि बताएका थिए। 

उनले भने, ‘नेपाली खेलकुदमा हामी आफैले महिला सहभागिताको संख्या बढाउनु छ। यस्तै खेलकुदमा हुने हिंसा, विशेषतस् यौन उत्पीडन तथा सम्भावित खेल मिलोमतोविरुद्ध हामी चनाखो हुनु पर्छ।’

प्रकाशित मिति: मंगलबार, पुस १३, २०७८  १८:०१
##NepalOlympicCommittee
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
सर्वाधिक राशीको सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप शुरु  
सर्वाधिक राशीको सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप शुरु   मंगलबार, असार ३, २०८२
सूर्य नेपाल च्यालेन्ज प्रो-एमको उपाधि प्रो रामे मगर टिमकाे कब्जामा
सूर्य नेपाल च्यालेन्ज प्रो-एमको उपाधि प्रो रामे मगर टिमकाे कब्जामा शनिबार, जेठ ११, २०८२
कोर्स रेकर्ड सहित सूर्य नेपाल च्यालेन्जकाे उपाधि शुक्रलाई 
कोर्स रेकर्ड सहित सूर्य नेपाल च्यालेन्जकाे उपाधि शुक्रलाई  शुक्रबार, जेठ १०, २०८२
सूर्य नेपाल च्यालेन्ज : शुक्रको अग्रता कायमै
सूर्य नेपाल च्यालेन्ज : शुक्रको अग्रता कायमै शुक्रबार, जेठ १०, २०८२
चार दिने सूर्य नेपाल च्यालेन्ज शुरु
चार दिने सूर्य नेपाल च्यालेन्ज शुरु मंगलबार, जेठ ७, २०८२
लामाले जिते कार्ल्सबर्गको कोपनहेगन ट्रीप
लामाले जिते कार्ल्सबर्गको कोपनहेगन ट्रीप सोमबार, वैशाख २२, २०८२
गोरखा ब्वाईज क्लबले चुमे 'युवा कप-२०२५ उपाधि'
गोरखा ब्वाईज क्लबले चुमे 'युवा कप-२०२५ उपाधि' बिहीबार, चैत १४, २०८१
पूजा र कविता एक्स्ट्राटेक रङ्गशालाको ब्राण्ड एक्बेसडरमा नियुक्त
पूजा र कविता एक्स्ट्राटेक रङ्गशालाको ब्राण्ड एक्बेसडरमा नियुक्त सोमबार, फागुन १९, २०८१
यु-१९ क्रिकेटःमहिला टिमको बन्द प्रशिक्षण सुरु
यु-१९ क्रिकेटःमहिला टिमको बन्द प्रशिक्षण सुरु बिहीबार, पुस ११, २०८१
लाेकप्रिय समाचार
  • नंः १ निडर अनि हक्की पत्रकार चेम्जोङ ‘उदयपुरको इतिहास’  खाेज्दै
  • नंः २ 'जनै हराएको मान्छे' फिल्मको अफिसियल गीतभिडियो ‘मसुरीको दाना’ सार्बजनिक
  • नंः ३ विश्वविख्यात प्रोटोन ब्राण्डको शोरुम पोखरामा
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ शिला आले र शर्मिला गुरुङले ल्याए “हाम्रा पालामा” तीजगीत 
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्