Top Navigation
  • Contact
Main Navigation
शुक्रबार, असोज १६, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शुक्रबार, असोज १६, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • पाटन दरबार स्क्वायरमा भूकम्प सुरक्षा दिवस कार्यक्रम
पाटन दरबार स्क्वायरमा भूकम्प सुरक्षा दिवस कार्यक्रम
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, पुस १४, २०७८

काठमाडौ । नेपाल सरकारले २४औँ भूकम्प सुरक्षा दिवस मूल समारोहको मुख्य कार्यक्रम ललितपुर महानगरपालिकाको पाटन दरबार स्क्वायरमा गर्ने भएको छ।

यस वर्ष भूकम्प दिवसको नारा ‘बहुप्रकोपीय विपद्मा भूकम्प सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ भन्ने रहेको छ।

गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा गृहमन्त्रालमा भएको भूकम्प सुरक्षा दिवस, २०७८ मूल समारोह समितिको बैठकले भूकम्प सुरक्षा दिवसको मूल कार्यक्रम पाटनमा गर्ने  निर्णय गरेको हो। प्रधानमन्त्री शेरबहादुर देउवा सो समारोहमा प्रमुख अतिथि रहने छ।

विसं १९९० माघ २ गते महाभूकम्पबाट भएको क्षति र सम्झना स्वरुप विसं २०५५ देखि हरेक वर्ष सोही दिन भूकम्प सुरक्षा दिवस मनाइँदै आएको छ। 

भूकम्पबाट कसरी सुरक्षित हुने भन्ने सन्दर्भमा जनचेतना दिलाउन स्वास्थ्य मापदण्डको पालना गर्दै मुलुकभर यही पुस २६ देखि आगामी माघ १६ गतेसम्म विभिन्न कार्यक्रम गरी भूकम्प दिवस भव्यताका साथ मनाउन लागिएको हो।

ललितपुर महानगरपालिकाका नगर प्रमुखको संयोजकत्वमा व्यवस्थापन उपसमिति र सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशकको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरिएको छ। 

भूकम्प सुरक्षा दिवसको नारासहितका पोष्टर मुलुकभरका निजी, सामुदायिक तथा सरकारी विद्यालयमा पठाई विभिन्न शैक्षिक एवं चेतनामूलक कार्यक्रम गरिने भएको छ। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र स्थानीय पालिकालाई सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रालयमार्फत प्रदेशस्तर र पालिकास्तरमा विभिन्न कार्यक्रमसहित दिवस मनाउन सबै प्रदेश सरकारलाई पत्राचार गर्न अनुरोध गर्ने निर्णय गरिएको छ।

बैठकले जिल्ला प्रशासन कार्यालयलाई भूकम्प सुरक्षा दिवस, विभिन्न कार्यक्रम आयोजना राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट परिपत्र गर्ने निर्णय गरेको छ। 
 

प्रकाशित मिति: बुधबार, पुस १४, २०७८  १३:१८
##PatanDurbarSqare
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत चयन
महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत चयन बिहीबार, असोज १५, २०८३
मन्त्रालय घटाउने, स्वकीय बढाउने कुशासनको मार्गमा सरकार
मन्त्रालय घटाउने, स्वकीय बढाउने कुशासनको मार्गमा सरकार बुधबार, असोज १४, २०८३
कांग्रेसमा युवा लहर
कांग्रेसमा युवा लहर आइतबार, असोज ११, २०८३
प्रधानमन्त्री बालेन्द्र शाह स्वदेश फर्किए
प्रधानमन्त्री बालेन्द्र शाह स्वदेश फर्किए शनिबार, असोज १०, २०८३
विश्वमञ्चबाट नेपालको जलवायु चेतावनी
विश्वमञ्चबाट नेपालको जलवायु चेतावनी शनिबार, असोज १०, २०८३
राष्ट्रपति बनेर फर्किइन्, अब ओलीपछि एमालेको नेता
राष्ट्रपति बनेर फर्किइन्, अब ओलीपछि एमालेको नेता शुक्रबार, असोज ९, २०८३
 प्रधानमन्त्रीको अमेरिका यात्राः सलामी हट्यो अनि थिति  पनि ?
 प्रधानमन्त्रीको अमेरिका यात्राः सलामी हट्यो अनि थिति  पनि ? बुधबार, असोज ७, २०८३
नेतृत्व हस्तान्तरणमा ओलीद्वारा अस्वीकार
नेतृत्व हस्तान्तरणमा ओलीद्वारा अस्वीकार मंगलबार, असोज ६, २०८३
संसदको बरण्डाबाट फाइभस्टार होटल तत्काल हटाइयोस्
संसदको बरण्डाबाट फाइभस्टार होटल तत्काल हटाइयोस् सोमबार, असोज ५, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
  • नंः ५ महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत चयन
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्