Top Navigation
  • Contact
Main Navigation
सोमबार, असोज १२, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, असोज १२, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • सात बर्ष जेलजीवनवाट राजनीति बुझेका जनकपुरधाम उपमहानगरपालिकाका मेयर शाह 
सात बर्ष जेलजीवनवाट राजनीति बुझेका जनकपुरधाम उपमहानगरपालिकाका मेयर शाह 
दिनेश महर्जन
दिनेश महर्जन शनिबार, पुस १७, २०७८

प्रदेश नम्बर २ को अस्थाथी राजधानी जनकपुरधाम उपमहानगरपालिका धनुषा जिल्लामा पर्दछ। यहाँ नेपालको प्रसिद्ध जानकी मन्दिर पनि छ। यस नगरलाई मैथली संस्कृतिको केन्द्र मानिन्छ। जनकपुर धार्मिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ। यहाँ जानकी मन्दिर जुन १३५ वर्ष पुरानो मानिन्छ। जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले वि सं. २०२९ सालदेखि निरन्तर रुपमा राजनीति गर्दै आएका छन्।

आफ्नो बिद्यार्थी जीवन अर्थात् कक्षा ८ देखि नै राजनीतिमा संलग्न छन्। जीवनको विभिन्न कालखण्डमा करिब ७ वर्ष जेलजीवन बिताएपछि नजिकबाट राजनीति बुझ्ने मौका पाएको बताउँछन्–मेयर साह। आफ्नो अधिकारको कुरा गर्दा पनि जेल कोचिनु पर्दाको क्षणले आफूलाई राजनीतिमा रुचि बढेको बताउँछन् ।

त्यसो त यो ५ वर्षको अवधिमा विकास निर्माणका प्रसस्त कामहरु भएको बताउँछन्। बाटोघाटो, सडक निर्माणदेखि हरेक क्षेत्रमा शत्प्रतिशत काम गर्न सफल भएको बताउँछन्। खोलानाल मुक्तक्षेत्र अभियान चलाएर काम गरिरहेको बताउँछन्। निर्वाचन हुनुभन्दा अगाडि हामीलाई विभिन्न ठाउँमा गएर विभिन्न खालका प्रश्नहरु सोध्नु हुन्छ, ती प्रश्नहरुको जवाफ दिएर योजना अनुसार हामी काम गर्छौं भनेर हामी प्रतिबद्धता जाहेर गछौं। त्यही ठाउँमा कति सर्वसाधारणहरुले पनि यदि तपाईले जित्नु भयो भने हाम्रा कामहरु गर्नुहुन्छ भनेर सोध्नु हुन्छ, त्यसै कारण हामीले हाम्रो प्रतिबद्धता अनुसार काम गर्नु पर्ने हुन्छ र हामीले काम पनि गरिरहेका छौं भन्छन् मेयर साह।

साँच्चै भन्ने हो भने हामीले विकास निर्माणका कामहरु धेरै नै गरिसकेका छौं। बाटोहरु पनि चोक चोक गल्ली गल्लीमा गरिसकेका छौं भने ब्लक छाप्ने कामहरु पनि सम्पन्न भइसकेका छन्। चोक चोक जहाँ अध्यारो हुने ठाउँहरु छन् त्यहाँ पनि बत्तीहरु राखेर अहिले सर्व साधारणको लागि सजिलो भएको छ। पानीको अभाव भएको ठाउँमा पानीको सुविधा तथा ढल व्यवस्थापन नभएको ठाउँमा ढल व्यवस्थापन भएको छ। स्थानिय जनताको हरेक समस्यालाई हामीले सम्बोधन गरेका छौं। कुनै पनि समस्यालाई  समाधान गर्नु हाम्रो कर्तव्य पनि हो।

यद्यपि बिशेष गरी महिलाको लागि हामीले विभिन्न किसिमका तालिमहरु दिने गरेको, साथै महिला हिंसा सम्बन्धि विभिन्न तालिमहरु दिने गरेको बताउँछन्। र  ती तालिमहरु लिइसकेपछि महिला दिदी बहिनीहरुले लाभ समेत लिएको बताउँछन्। हुन त कोभिड महामारीले धेरै काममा बाधा पुर्याए पनि फेरि काम सुचारु रुपमा संचालन भएको बताउँछन्। एक त पिछडिएको मुलुक त्यसमा पनि समस्याले ग्रस्त भएको ठाउँ विस्तारै हामीले समाधान गर्दै आएका छौ।

त्यसो त जनताको इच्छा र चाहना अनुसार काम गर्न सबैभन्दा जनप्रतिनिधिले निर्वाचनमा जादा जुन प्रतिबद्धता गरेका थिए, ती प्रतिबद्धता अनुसार प्राथमिकता अनुसार जानुपर्छ। सामान्यतया मानिसको न्यूनतम आवश्यकता शिक्षा, स्वास्थ्य, बाटो घाटो खानेपानी, वातावरण लगायतका आवश्यकताहरु जुन बढी महत्वपूर्ण छ त्यसमा ध्यान दिनुपर्छ। कुरा काम गर्दा जहिले पनि व्यक्तिगत निर्णयभन्दा सामुहिक निर्णयबाट काम गर्न सकियो भने विवादरहित ढंगबाट काम गर्न सकिन्छ र जनताले पनि हाम्रो प्रतिनिधित्व, जनप्रतिनिधिले गरेको छ भन्ने अनुभव गर्न सक्छन् भन्छन् उनी। सबैभन्दा प्रमुख आवश्यकता के हो शिक्षा, स्वास्थ्य वा खानेपानी हो कि कि भूक्षय? सबै रकम त्यही खर्च गरेर भएपनि त्यहाँका नताको गाँस, बाँसको सुरक्षा गर्नुपर्छ। 

विगतमा धेरै वर्ष स्थानिय तह जनप्रतिनिधि विहिन भएको र अहिले स्थानिय जनताले आफ्नो अभिभावक पाएको बताउँछन्। विगतमा स्थानिय तहमा जनप्रतिनिधिहरु नहुँदा त्यतिखेर स्थानिय निकाय भन्ने गरिन्थ्यो, र त्यो स्थानिय निकायमा धेरै जनतासंग जोडिएका विकास निर्माणका कामहरु भन्दा अहिले स्थानिय तह जुन राज्यको पुर्नसंरचना भइसकेपछि निर्वाचनको समयमा जनतासंग जुन किसिमको वाचा गरेका थियौं, अब सिंहदरबारको अधिकार घरघरमा हुन्छ र स्थानिय तहमा विकास निर्माणका कामदेखि लिएर स्थानिय जनताहरुको  सेवा सुविधा कुराहरुमा विकेन्द्रिकरण गरेर स्थानिय तहलाई बलियो बनाउनु पर्छ भनेर हामीले निर्वाचनको समयमा पनि भनेका थियौं र राज्यको पुनर्संरचनाले पनि त्यो कुरालाई स्थापित गरेको यो वर्तमान समयमा स्थानिय तहको भूमिका धेरै रहेको छ।

तथापि स्थानिय तह ऐन अन्र्तगत जति धेरै जुन हिजोको दिनमा भने अनुसार जनताको लागि सेवा सुविधा पर्याप्त मात्रामा पुर्याउन नपुगेको अनुभव हामीले गरेका छौं। म के भन्न चाहन्छु भने स्थानिय तहलाई जति धेरै अधिकार सम्पन्न र मजबुत बनाउन सक्यौं भने स्थानिय तहमा नेपाली जनताले त्यति नै मात्रामा छिटो छरितो रुपमा सेवा सुविधा पाउन सक्छन्। त्यसकारण हिजोको दिनमा भन्दा आज स्थानिय तहमा काम गर्न सजिलो भएको मेयर साह बताउँछन्। 

-नामी साप्ताहिकबाट

प्रकाशित मिति: शनिबार, पुस १७, २०७८  १०:२९
##LalKishorShah
प्रतिक्रिया दिनुहोस्
थप विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प मंगलबार, भदौ ३०, २०८३
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... आइतबार, भदौ २८, २०८३
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शनिबार, भदौ २७, २०८३
रसुवाको बाढीले सिकाएको पाठ 
रसुवाको बाढीले सिकाएको पाठ  बिहीबार, भदौ २५, २०८३
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता आइतबार, भदौ २१, २०८३
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ आइतबार, भदौ २१, २०८३
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति आइतबार, भदौ १४, २०८३
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन आइतबार, भदौ १४, २०८३
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ...
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ... शनिबार, भदौ १३, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ३ बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्