Top Navigation
Main Navigation
सोमबार, मंसिर २३, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
सोमबार, मंसिर २३, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • जाडोमा ज्यान जोगाउनै गाह्रो
जाडोमा ज्यान जोगाउनै गाह्रो
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, पुस १७, २०७८

पत्याउनै गाह्रो हुने गरेर यो बर्षको पुस १४ गते बुधवार असारे झरी जस्तो नै दिनभर झरी नै प¥यो। पुसको अत्यन्त चिसो मौसममा दिनभर असारे झरी जस्तो मौसम बनेपछि धेरैको जीवन शैलीमा नै नकारात्मक असर पारेको थियो। यो प्रक्रिया पुस–माघको जाडोमा हरेक बर्ष खेप्दैआएको भएतापनि यो बर्ष अलि कठिन हुने नै अनुमान गरिएको छ। बर्षेनी तराईको शीतलहर शुरु भएयता सिरहा, सप्तरी, धनुषा, रौतहटलगायत तराईका जिल्लामा वर्षेनी धेरै जनाको मत्यु भएको खबर आउने गर्छन्। 

त्यसको निरन्तरता यो बर्ष पनि शुरु भैसकेको छ। यसरी मत्यु हुनेमा सबैभन्दा बढी बालबालिका र वृद्धवृद्धा हुने गरेका छन्। जाडोबाट बच्न आगो र हिटर ताप्ने प्रचलन यो जाडोमा अत्याधिक नै रहेको छ। आगो ताप्दै गरेको आगो अनियन्त्रित भएर आगजानी हुने खबरहरू सुनिन्छ। रातको समयमा आगो बालेर सुत्दा आगजनी भएको, निसासिएर र जलेर निधन भएका घटनाहरू पनि हरेक वर्ष भइरहेकै छन्। पछिल्लो चरणमा ग्यास गिजरले ज्यान लिएका घटना पनि आउन थालेका छन्। नुहाउने क्रममा ग्यास गिजरकै कारण घाइते हुने, बेहोस हुने र मत्यु हुने संख्यामा निकै वृद्धि भएको पाइन्छ।

जाडोमा कठ्यांग्रिनु वा चिसोपानीले नुहाउँदा हुन सक्ने स्वास्थ्यका प्रतिकूल असरबाट जोगिन जरुरी हुन्छ। यसका लागि कोठा न्यानो बनाउनु तथा तातोपानीले नुहाउनु आवश्यक हुन्छ। आगो बाल्ने, कोइला÷कोल बाल्ने, हिटर चलाउने अनि नुहाउन तातोपानी प्रयोग गर्नुपर्ने बाध्यता हुन्छ। कोठा तातो बनाउँदा होस् या तातोपानीले नुहाउँदा मत्यु समेत हुनसक्छ। यी मृत्युका कारण तिनै मेसिन तताउनलाई बालिएको आगो हुने गरेका छन्। 

हावा पास हुन सकेन भने पनि यस्तो घटना हुन्छ। पहिला आगोले डढेर निधन हुने धेरै थिए। अहिले कार्बन मोनोअक्साइड पोइजन भएर मृत्युको संख्या बढ्न थालेका छन्। ग्यास गिजरले पानी तताउने क्रममा ग्यास बल्ने र कार्बन मोनोअक्साइड उत्पादन हुन्छ भने विचार गर्नुपर्छ। 

त्यसैले ग्यास गिजर भएको वाथरुममा हावाको आवतजावत हुने भेन्टिलेसन वा झ्याल खुला हुनुपर्छ। विद्युत् हिटर वा सोलार पद्दतिले पानी तताउँदा हावा पास हुने भेन्टिलेसन हुनुपर्दछ। यो सावधानी ग्यास गिजरको प्रयोगको अवस्थामा मात्रै होइन, कोठा तताउन ग्यास हिटर चलाउँदा, चारकोल वा कोइला बाल्दा पनि उत्ति नै सावधानी अपनाउनु पर्छ। यसो गर्न सकेमा जाडोमा न्यानो पनि बन्न सकिन्छ। ज्यान जोगाउन पनि सकिन्छ । अन्यथा ज्यान तताउने नाममा ज्यान जाने धेरै संभावना हुन्छ। तसर्थ, सवै यो जाडोमा होशियार हुन आवश्यक छ।
 

प्रकाशित मिति: शनिबार, पुस १७, २०७८  १८:१०
##ColdSeason #WinterSeason
प्रतिक्रिया दिनुहोस्
थप विचार
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव बुधबार, मंसिर ४, २०८२
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन बिहीबार, कात्तिक १४, २०८२
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा मंगलबार, असोज २८, २०८२
‘बा’ को चुरी फुरी
‘बा’ को चुरी फुरी बिहीबार, असोज २३, २०८२
हुलाक टिकटमा मनाेमानी, सरकाेकारवाला माैन
हुलाक टिकटमा मनाेमानी, सरकाेकारवाला माैन बिहीबार, असोज ९, २०८२
अतिवाद आफैंमा गलत हुन्छ  
अतिवाद आफैंमा गलत हुन्छ   मंगलबार, भदौ १७, २०८२
लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग 
लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग  आइतबार, भदौ १५, २०८२
आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस    
आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस     बिहीबार, भदौ १२, २०८२
धर्म र अध्यात्मबीच भिन्नता र यथार्थता
धर्म र अध्यात्मबीच भिन्नता र यथार्थता बुधबार, भदौ ११, २०८२
लाेकप्रिय समाचार
  • नंः १ १३ बुँदे प्रस्ताव पारित गर्दै अडानको दोश्रो पूर्ण बैठक सम्पन्न
  • नंः २ लुकेका लोकप्रिय कथाहरू लोकार्पित
  • नंः ३ महाधिवेशन कार्यतालिकामा नेता गच्छदारको भूमिका
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ केन्द्रीय कार्यसमिति बैठकले गर्यो यी महत्वपूर्ण निर्णयहरु
विचार
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव अच्युतप्रसाद नेपाल
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन अच्युत प्रसाद नेपाल
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्