Top Navigation
Main Navigation
सोमबार, माघ १३, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
सोमबार, माघ १३, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • पुस २७ गते पृथ्वीजयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउनुपर्छ : अध्यक्ष लिङ्देन
पुस २७ गते पृथ्वीजयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउनुपर्छ : अध्यक्ष लिङ्देन
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज मंगलबार, पुस २०, २०७८

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पुस २७ गते पृथ्वी जयन्तीका दिनलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउन सार्वजनिक बिदा दिनुपर्ने बताएको छ। 

राप्रापा प्रदेश नं २ समितिद्वारा जनकपुरधाममा आयोजित प्रदेशस्तरीय आमसभामा अध्यक्ष लिङ्देनले  भने, “हामीले पृथ्वी जयन्तीका दिनलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउन र पुस २७ गते सार्वजनिक बिदा दिन प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छौँ।” 

सरकारले अहिलेसम्म राष्ट्रिय एकता दिवस मनाउन र सार्वजनिक बिदा दिन कन्जुस्याइँ गरिरहेको छ भन्दै अध्यक्ष लिङ्देनले यदि सार्वजनिक बिदाको घोषणा गरिएन भने आफ्नो पार्टी त्यही दिनदेखि देशव्यापी आन्दोलनमा जाने बताए। 

“पृथ्वीजयन्ती कुनै पार्टी र विचार विशेषको विषय होइन”, अध्यक्ष लिङ्देनले भने, “यो वाद र विचारभन्दा माथिको कुरा हो, त्यसैले यसलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउन कुनै कन्जुस्याइँ गर्नुहुँदैन।” 

पार्टीका कार्यक्रममा महात्मा गान्धी, माओ र लेनिनको तस्बिरमा माल्यापर्ण गर्ने र उनीहरुलाई आर्दश पुरुष मान्ने तर राष्ट्रिय निर्माता पृथ्वीनारायण शाहलाई आर्दश नमान्ने परम्परा हामीले देख्दैछौँ भन्दै अध्यक्ष लिङ्देनले भने, “त्यसबाट पनि ठूला पार्टी राष्ट्रिय एकता र राष्ट्रियताप्रति कति इमान्दार छन् भन्ने अनुमान लगाउन सक्छौँ।” राप्रपा राष्ट्रिय एकता, हिन्दू राष्ट्र र राजसंस्था कायम गराउने एजेण्डासहित अघि बढेको उनको कथन थियो। 

अध्यक्ष लिङ्देनले राजा र राजसंस्था राष्ट्रिय अस्तित्वको रक्षक भएकाले राजसंस्था पुनःस्थापनाका लागि आफ्नो पार्टी अघि बढिरहेको बताए। 

नेपाल पनि सिक्किमीकरणमा पर्नेसक्ने अध्यक्ष लिङ्देनले चिन्ता व्यक्त गरे भने त्यसैको रक्षाका लागि जनता जागरुक हुनुपर्ने उनको भनाइ थियो । 

धर्म निरपेक्षताका नाममा जबर्जस्ती धर्म परिवर्तन गराउने काम भइरहेको भन्दै अध्यक्ष लिङ्देनले यस्तै अवस्था रहिरहे भविष्यमा धार्मिक द्वन्द्व हुने खतरा रहेकाले सचेत हुनुपर्ने बताए। 

मुलुकमा रहेका ठूलाठूला उद्योगधन्दा कलकारखाना बन्द भएर देशमा बेरोजगारी बढेको प्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष लिङ्देनले मुलुक यतिबेला बेरोजगार उत्पादन गर्ने कारखानाजस्तै बनेको टिप्पणी गरे।  

सभामा राप्रापाका पूर्वअध्यक्ष डा प्रकाशचन्द्र लोहनीले हिन्दू राष्ट्र कायम गर्न र राजसंस्था फर्काउन सङ्घर्ष एकमात्र विकल्प रहेकाले त्यसका लागि तयार रहन अपिल गरेका थिए। 

राप्रापाका पूर्वअध्यक्ष डा लोहनीले हिमाल, पहाड र तराईलाई जोड्ने एकमात्र संस्था राजसंस्था र हिन्दू राष्ट्र भएकाले त्यसलाई फर्काउन आफ्नो पार्टी ठोस एजेण्डाका साथ अघि बढेको बताउँदै सम्पूर्ण जनतालाई एकताको सूत्रमा बाँधेर अघि बढ्ने एकमात्र पार्टी आफ्नो पार्टी रहेको दाबी गरे।  

राप्रापा प्रदेश नं २ का अध्यक्ष भरत गिरीको अध्यक्षतामा आयोजित कार्यक्रममा राप्रापाका महामन्त्री भुवन पाठक, नेता कृष्णप्रताप मल्ल, केन्द्रीय सदस्य डा राजेश गिरी, मोहन यादव, महामाया सिंहलगायतले बोलेका थिए। 

सोही अवसरमा विभिन्न पार्टी परित्याग गरी आएका नेता कार्यकर्तालाई अध्यक्ष लिङ्देनले फूलमाला लगाएर पार्टी प्रवेश गराएको थियो। 

प्रकाशित मिति: मंगलबार, पुस २०, २०७८  १९:४०
##rastriyaprajatantraparty
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
चार मन्त्रीद्वारा प्रधानमन्त्री कार्कीलाई किन धोका ?
चार मन्त्रीद्वारा प्रधानमन्त्री कार्कीलाई किन धोका ? आइतबार, माघ १२, २०८२
आज राष्ट्रियसभा सदस्यकाे लागि मतदान हुँदै
आज राष्ट्रियसभा सदस्यकाे लागि मतदान हुँदै आइतबार, माघ १२, २०८२
निर्वाचन स्वच्छ र निष्पक्ष भए नेकपा पहिलो शक्ति बन्छ: प्रचण्ड
निर्वाचन स्वच्छ र निष्पक्ष भए नेकपा पहिलो शक्ति बन्छ: प्रचण्ड आइतबार, माघ १२, २०८२
देशभर प्रतिनिधिसभा निर्वाचन: तीन हजार ४०६ उमेदवार मैदानमा
देशभर प्रतिनिधिसभा निर्वाचन: तीन हजार ४०६ उमेदवार मैदानमा शनिबार, माघ ११, २०८२
आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने
आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने शुक्रबार, माघ १०, २०८२
१६५ क्षेत्रमा करिब तीन हजार उम्मेदवारी
१६५ क्षेत्रमा करिब तीन हजार उम्मेदवारी मंगलबार, माघ ७, २०८२
उदयपुरका दुवै निर्वाचन क्षेत्रमा नेकपाको भव्य उम्मेदवारी दर्ता
उदयपुरका दुवै निर्वाचन क्षेत्रमा नेकपाको भव्य उम्मेदवारी दर्ता मंगलबार, माघ ७, २०८२
६० हजार मतको लक्ष्य छ, कम्तीमा ५० हजार भोट पाउँछु: सागर ढकाल
६० हजार मतको लक्ष्य छ, कम्तीमा ५० हजार भोट पाउँछु: सागर ढकाल मंगलबार, माघ ७, २०८२
प्रतिनिधिसभा निर्वाचनकाे आज उम्मेदवारी दर्ता 
प्रतिनिधिसभा निर्वाचनकाे आज उम्मेदवारी दर्ता  मंगलबार, माघ ७, २०८२
लाेकप्रिय समाचार
  • नंः १ ६० हजार मतको लक्ष्य छ, कम्तीमा ५० हजार भोट पाउँछु: सागर ढकाल
  • नंः २ १६५ क्षेत्रमा करिब तीन हजार उम्मेदवारी
  • नंः ३ आज हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाइँदै
  • नंः ४ उदयपुरका दुवै निर्वाचन क्षेत्रमा नेकपाको भव्य उम्मेदवारी दर्ता
  • नंः ५ ६३ दलका ३ हजार २१३ समानुपातिक उम्मेदवार
विचार
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ विदुर कटुवाल
सत्य आफैमा एउटा ठूलो तन्त्र हो
सत्य आफैमा एउटा ठूलो तन्त्र हो प्रज्ज्वल घिमिरे
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्