Top Navigation
  • Contact
Main Navigation
शुक्रबार, असोज ३०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शुक्रबार, असोज ३०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • मुलुकको समृद्धि, विकास र राष्ट्रियताका लागि पार्टी निर्विकल्प छ : अध्यक्ष ओली
मुलुकको समृद्धि, विकास र राष्ट्रियताका लागि पार्टी निर्विकल्प छ : अध्यक्ष ओली
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, पुस २६, २०७८

काठमाडौ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धि, विकास र राष्ट्रियताको पहरेदारीका लागि आफ्नो पार्टी निर्विकल्प भएको जिकिर गर्दै अन्य पार्टीमा रहेका नेता-कार्यकर्तालाई एमालेमा सामेल हुन आग्रह गरेको छ।

सङ्खुवासभाको खाँदबारीमा आयोजित एमालेको आठौँ जिल्ला अधिवेशनको उद्घाटन तथा पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले अन्य पार्टीमा रहेर त्यहाँको विचार र व्यवहारको परीक्षण गरेर एमालेमा प्रवेश गर्नेलाई नवप्रवेशीलाई कहिल्यै पश्चाताप नहुने ठोकुवा गरेको हो। “अब कोही पनि अल्मलिइरहनु पर्दैन। आउनुस्, एमालेमा हामी स्वागत गर्न चाहान्छौँ। एमाले मात्रै देशमा सामाजिक न्याय, समानता र परिवर्तन दिन सक्ने पार्टी हो।” 

अहिले आफूहरू जनतालाई अधिकार र सेवा दिन सक्ने हैसियतामा रहेको बताउँदै अध्यक्ष ओलीले भने, “हामी फेरि जनादेशबाट सरकारको नेतृत्वमा पुग्नेछौँ।” अध्यक्ष ओलीले  देशलाई स्वाभिमानपूर्वक सुशासन र विकासको बाटोबाट ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउन जनताले पुनः एमालेलाई सरकारको नेतृत्वमा स्थापित गर्ने विश्वास व्यक्त गरेका हुन्।  

अध्यक्ष ओलीले खाँदबारी-किमाथाङ्का सडकको बाँकी १४ किलोमिटर बाटो बनाउन आफ्नो नेतृत्वको सरकारले नेपाली सेनालाई जिम्मेवारी दिएको र विराटनगरदेखि किमाथाङ्कासम्म चल्ने अन्तर्राष्ट्रियस्तरको मार्ग चाँडै खुल्ने जनाए। 

सङ्खुवासभामा रहेको ९०० मेघावाट क्षमताको अरुण-३ जलविद्युत आयोजनाको आफूले प्रधानमन्त्री हुँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गरेको र जिल्लालाई यहाँका उत्पादन र रोजगारीको सम्भावनालाई उजागर गर्ने एमालेको अवधारणा रहेको बताए।

जिल्लामा विदुषी योगमाया आयुर्वेदिक विश्वविद्यालय खोल्न आफूले थालनी गरेको र त्यसले नेपालको आयुर्वेदिक चिकित्सा प्रणालीलाई विश्व सामु चिनाउन समर्थ हुने बताए।

शिक्षा तथा स्वास्थ्य पर्यटन, औषधालय र कृषि उत्पादन आदि क्षेत्रमा सङ्खुवासभा प्रचुर सम्भावनायुक्त जिल्ला भएकाले ती सम्भावनालाई उजिल्याउन एमाले नेतृत्वको सरकार बन्नुपर्ने बताउँदै अध्यक्ष ओलीले एमालेको काँधमा रहेको देश बनाउने अभिभारा पूरा गर्न नदिने बाधा-व्यवधान पन्छ्याउने गरी सहमतिमा आधारमा जिल्ला अधिवेशन सम्पन्न गराउन आग्रह गरे।

एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले गत स्थानीय तहको निर्वाचनमा प्रतिपक्षमा रहेर काँग्रेस र नेकपा (माओवादी केन्द्र) को तालमेलको मुकाबिला गरेको र आगामी निर्वाचनमा पनि एमाले एक्लैले जनताको साथ पाउने दाबी गरे । 

पूर्व अर्थमन्त्री पौडेलले खाँदबारी-किामाथाङ्का जोड्ने सडकका लागि प्राथमिकताका साथ बजेट निर्धारण गर्न तत्कालीन प्रधानमन्त्री ओलीले आफूलाई निर्देशन दिएको र आगामी दिनमा एमालेले एक बहुमत पाएमा विकास र समृद्धिका कामले गति पाउने विश्वास दिलाए। 

एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंले अनेक जालझेल र तिकडमबाट एमाले नेतृत्वको सरकार ढालिएको र जनताको समृद्धिको चाहनामाथिको प्रहार भएकाले आगामी निर्वाचनमा त्यसको जवाफ फर्काइने उद्घोष गरे। 

एमालेका स्थायी कमिटीका सदस्य एवं सांसद् राजेन्द्र गौतमले सङ्खुवासभामा एमालेप्रतिको लहर नयाँ ढङ्गले बढेको बताए भने कार्यक्रममा विभिन्न दलका तर्फबाट नेपाली कांग्रेसका जिल्ला उपाध्यक्ष अनन्त गौलीले अधिवेशन सफलताको कामना व्यक्त गरेका थिए। 

सो अवसरमा वडाध्यक्षसहित विभिन्न पार्टीबाट एमालेका प्रवेश गराइएको छ। प्रवेश गर्नेमा नेकपा (माओवादी केन्द्र) का जिल्ला सदस्य एवं चैनपुर नगरपालिका-८ का वडाध्यक्ष भरत खड्का, माओवादीका जिल्ला सदस्य सोमबहादुर जिमी, अनेरास्ववियु (क्रान्तिकारी) का केन्द्रीय सदस्य सुरेन्द्र्र खत्री, नेपाली कांग्रेसका जिल्ला नेता भीमबहादुर जिमी, राप्रपाको चैनपुर नगर कमिटीका अध्यक्ष ललित राईलगायत करिब २ हजार ५०० छन्। उनीहरूलाई अध्यक्ष ओलीले माला र टीका लगाएर पार्टी प्रवेश गराए। 

खाँदबारी नगरपालिका-१ स्थित टुँडिखेलमा उद्घाटन भएको अधिवेशनको बन्दसत्र खाँदबारी-३ कृषि बजारमा हुने जिल्ला अध्यक्ष जीतबहादुर घिमिरेले जानकारी दिए। 


 

प्रकाशित मिति: सोमबार, पुस २६, २०७८  २२:२३
##KPSharmaOli
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
जेनजी आन्दोलनका गम्भीर घटनाका मुद्दा फिर्ता लिनु गलत ?
जेनजी आन्दोलनका गम्भीर घटनाका मुद्दा फिर्ता लिनु गलत ? शुक्रबार, असोज ३०, २०८३
ग्यासमा सेनालाई प्रवेश दिँदा, निजी क्षेत्रलाई के सन्देश ? 
ग्यासमा सेनालाई प्रवेश दिँदा, निजी क्षेत्रलाई के सन्देश ?  बुधबार, असोज २८, २०८३
बदलिन खोजेको कांग्रेसले देखाएको नयाँ बाटो
बदलिन खोजेको कांग्रेसले देखाएको नयाँ बाटो सोमबार, असोज १९, २०८३
प्रधानमन्त्रीको ‘खुलामञ्च’ टिप्पणीः पद ठूलो भयो, बोली सानो
प्रधानमन्त्रीको ‘खुलामञ्च’ टिप्पणीः पद ठूलो भयो, बोली सानो सोमबार, असोज १९, २०८३
कांग्रेसको महाधिवेशनः दुईतिर फर्किएको पार्टी तितर–वितर
कांग्रेसको महाधिवेशनः दुईतिर फर्किएको पार्टी तितर–वितर आइतबार, असोज १८, २०८३
सरकारका १५ उपलब्धिको सूची: परिणाम खोइ ?
सरकारका १५ उपलब्धिको सूची: परिणाम खोइ ? शनिबार, असोज १७, २०८३
महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत चयन
महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत चयन बिहीबार, असोज १५, २०८३
मन्त्रालय घटाउने, स्वकीय बढाउने कुशासनको मार्गमा सरकार
मन्त्रालय घटाउने, स्वकीय बढाउने कुशासनको मार्गमा सरकार बुधबार, असोज १४, २०८३
कांग्रेसमा युवा लहर
कांग्रेसमा युवा लहर आइतबार, असोज ११, २०८३
लाेकप्रिय समाचार
  • नंः १ जसले कर्मलाई सधैँ निष्ठा सम्झियो... 
  • नंः २ ललितपुर उद्योग वाणिज्य महासंघमा रोकेश अवालेको उम्मेदवारी
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ सफ्टनेपद्वारा प्रतिपादित 'खेलरो' एपमा नेपाली क्रिकेट
  • नंः ५ दम्भ होइन, धैर्य र मधुरता प्रिय
विचार
दम्भ होइन, धैर्य र मधुरता प्रिय
दम्भ होइन, धैर्य र मधुरता प्रिय शारदा बजगाईँ
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा विदुर कटुवाल
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ?
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ? विदुर कटुवाल
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्