Top Navigation
  • ENEnglish
  •   E-paper
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • सम्वाद
  • विश्व परिवेश
  • ENEnglish
  •   E-paper
शनिबार, जेठ १४, २०७९
Nami News
  • गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • सम्वाद
  • विश्व परिवेश
Search Here
विचार
  • Home
  • विचार
  • संघर्षलाई अवसरको रुपमा बदल्न सक्नु पर्दछ : प्रधानाध्यापक लामिछाने
संघर्षलाई अवसरको रुपमा बदल्न सक्नु पर्दछ : प्रधानाध्यापक लामिछाने
Nami News
Nami News शनिबार, माघ १, २०७८

काठमाडौं। पर्वत जिल्लाको विहादी गाउँपालिकामा वि.सं. २०२२ साल असार ३ गते जन्मिएका जित बहादुर लामिछानेले गाउँमै एसएलसी पास गरेर उच्चशिक्षाको लागि काठमाडौं आए। पढ्नमा अब्बल लामिछानेलाई बुवाले नै काठमाडौं पढ्न पठाएको बताए।

काठमाडौं आएर सरस्वती क्याम्पसमा भर्ना भएको र आइए पास भएपछि जागिरको सिलसिलामा काठमाडौंको विजेश्वरीस्थित गीतामाता माध्यमिक बिद्यालयमा छोटो समय मात्र पढाएको बताए।

त्यसपछि वि.सं. २०४४ सालमा काठमाडौंको बाफलस्थित ज्ञानाेदय माध्यामिक बिद्यालयमा पढाउनको लागि आबद्ध भएको बताए। करिब २५ वर्ष ज्ञानोदयमा शिक्षक भएर पढाएको सुनाए। 

अंग्रेजी विषय आफूलाई असाध्य मनपर्ने विषय भएकोले अंग्रेजी विषय नै पढाएको बताए। आफ्नो जीवनको करिब ३४ वर्ष यही शिक्षण पेशामा आबद्ध लामिछानेलाई कहिले पनि यो पेशामा आबद्ध हुन्छु भन्ने लागेको थिएन। 

काम गर्दै जाँदा यही पेशा नै सर्वोकृष्ट भएको बताउँदै उनी भन्छन्, "जीवनमा विभिन्न किसिमका अवरोध तथा चुनौतीहरु नआएका होइनन्, तर त्यसलाई समाधान गरेर अघि बढ्न सकेमा सफल हुन सकिन्छ। संघर्ष हरेकको जीवनमा आउँछन् आत्तिएर डराउनु हुँदैन, त्यही संघर्षलाई नै अवसरको रुपमा लिन सकियो अवसरले आफूलाई नै पछ्याउँछ।"

वि.सं. २०६८ सालमा जनपथ माध्यमिक बिद्यालयको प्रधानाध्यापक भएर बिद्यालय आउँदा सुधार गर्नुपर्ने उनीमाथि धेरै चुनौतीहरु थिए। त्यसो त उनी एकै पटक प्रधानाध्यापक भएर बिद्यालय प्रवेश गरेको भने होइन। काठमाडौंको कलंकी-१४ स्थित जनपथ माध्यमिक बिद्यालयमा बिहानको कक्षामा पढाउने काम गर्थे। त्यसैक्रममा पूर्व प्रधानाध्यापकले अवकाश लिएपछि सो जिम्मेवारी आफ्नो काँधमा आएको बताउँछन्।

वि.सं. २०६० सालमा काठमाडौं महानगरपालिकाले बाटो विस्तार गर्ने क्रममा सोल्टीमोडस्थित रहेको जनपथ माध्यमिक बिद्यालयको भवन भत्काइदिएको थियो। त्यसपछि विद्यालय भवन बिहिन हुन पुग्यो। करिब तीन ठाउँमा बिद्यालय सर्नु परेको कटु यथार्थता पनि लामिछानेले खुलासा गरे। आफू प्रधानाध्यापक भएर आएपछि सबैभन्दा पहिलो काम नै भवन निर्माण गर्ने थियो। त्यसको लागि धेरै प्रयास गरेको बताउँछन् प्रधानाध्यापक लामिछाने।

प्रधानाध्यापक लामिछानेले भने, "तत्कालिन नेपाल सरकार सचिव बालानन्द पौडेल जो अहिले प्राकृतिक श्रोत साधनका अध्यक्ष पनि हुनुहुन्छ, उनको सहयोगमा काठमाडौं महानगरपालिकामा हामी डेलिगेशन गयौं र तत्कालिन कार्यकारी प्रमुखको पहलमा बिद्यालयको भौतिक निर्माणको लागि पहल गरिदिनु भयो।" 

त्यसपछि ०६९ सालमा बाँकी रहेको भवन निर्माण भयो। र करिब ५ वर्षको बिचमा यस बिद्यालयको ३२ कोठे भवन निर्माण भयो। बिद्यालयमा अहिले १२ कक्षासम्मको पढाई सञ्चालन हुँदै आएको पनि लामिछानेले वताए।

बिद्यालय एउटा रमणीय वातावरणमा हुनुपर्छ भन्ने मान्यता राख्ने प्रधानाध्यापक लामिछानेले बिद्यालयको प्राङगण वरिपरि विभिन्न प्रकारका बोट-विरुवाहरु लगाएका छन्। अरुको सम्मान गर्न जाने मात्र आफूले पनि सम्मान पाइन्छ उनको भनाई रहेको छ।

"स्थानिय अभिभावकको चाहना अनुसार नै आफूले पनि बिद्यालय सञ्चालन गराइरहेका छौं," प्रधानाध्यापक लामिछाने भन्छन्, "सूचना प्रविधिमा पनि उत्तिकै पहुँच पुर्याउन पर्छ भनेर कम्युटर ल्याब, स्मार्ट बोर्ड, सीसी क्यामेराहरु लगायत अन्य आबश्यक शैक्षिक सामग्रीहरु खरिद गरेर बिद्यार्थीहरुको लागि सुविधा उपभोग गराएका छौं।"  

प्रकाशित मिति: शनिबार, माघ १, २०७८  १६:२५
##JitBahadurLamichhane
प्रतिक्रिया दिनुहोस्
hopefd hopefd
थप विचार
चार स्वतन्त्र मेयरको जित-दलिय राजनीतिलाई चर्को झाप्पड
चार स्वतन्त्र मेयरको जित-दलिय राजनीतिलाई चर्को झाप्पड शनिबार, जेठ १४, २०७९
स्थानीय सरकारका लागि - स्वतन्त्र उम्मेद्वारी अभियान
स्थानीय सरकारका लागि - स्वतन्त्र उम्मेद्वारी अभियान सोमबार, वैशाख २६, २०७९
वाह्य तथा आन्तरिक पर्यटकहरुलाई ठग्ने क्रम रोकौं 
वाह्य तथा आन्तरिक पर्यटकहरुलाई ठग्ने क्रम रोकौं  मंगलबार, वैशाख १३, २०७९
सार्बजनिक यातायातमा सहचालक र चालकको मनपरी भाडादर
सार्बजनिक यातायातमा सहचालक र चालकको मनपरी भाडादर आइतबार, वैशाख ११, २०७९
मेयर मंगलप्रसाद थारुको मङ्लगमय कार्य
मेयर मंगलप्रसाद थारुको मङ्लगमय कार्य शनिबार, चैत ५, २०७८
अजयमेरु गाउँपालिका गुनासो रहित गाउँपालिका : अध्यक्ष भट्ट
अजयमेरु गाउँपालिका गुनासो रहित गाउँपालिका : अध्यक्ष भट्ट शनिबार, फागुन २१, २०७८
जनतासँग गरिएका प्रतिबद्धता अनुरुप नै कामहरु भएका छन् : उपाध्यक्ष भाँड
जनतासँग गरिएका प्रतिबद्धता अनुरुप नै कामहरु भएका छन् : उपाध्यक्ष भाँड मंगलबार, फागुन १७, २०७८
चोभारको सुख्खा बन्दरगाह सञ्चालनमा आउँछ : कार्यकारी निर्देशक गजुरेल
चोभारको सुख्खा बन्दरगाह सञ्चालनमा आउँछ : कार्यकारी निर्देशक गजुरेल मंगलबार, फागुन ३, २०७८
पार्टीभित्र एउटा छुट्टै संघर्षको थालनी गर्नेछु : युवा नेता थुमराज उपाध्याय
पार्टीभित्र एउटा छुट्टै संघर्षको थालनी गर्नेछु : युवा नेता थुमराज उपाध्याय शुक्रबार, माघ २८, २०७८
लोकप्रिय
  • नंः १ सूर्योदय नगरपालिकामा सूर्यध्वजा ढल्यो, कलम चम्कियो
  • नंः २ भरतपुरमा रेणु दाहालको अग्रतामा अझ तिव्रता
  • नंः ३ ५ हजार ७ सय ३३ मतले रेणु अगाडि 
  • नंः ४ मेयर र उप-मेयर जित्ने शक्तिशाली र साहसिक महिला
  • नंः ५ सार्वजनिक यातायातमा भाडा पुनः वृद्धि 
विचार
चार स्वतन्त्र मेयरको जित-दलिय राजनीतिलाई चर्को झाप्पड
चार स्वतन्त्र मेयरको जित-दलिय राजनीतिलाई चर्को झाप्पड Nami News
स्थानीय सरकारका लागि - स्वतन्त्र उम्मेद्वारी अभियान
स्थानीय सरकारका लागि - स्वतन्त्र उम्मेद्वारी अभियान Nami News
वाह्य तथा आन्तरिक पर्यटकहरुलाई ठग्ने क्रम रोकौं 
वाह्य तथा आन्तरिक पर्यटकहरुलाई ठग्ने क्रम रोकौं  Nami News
सूचना-प्रविधि
बुटवल ट्राफिकचोकमा डिशहोम फाईवरनेट शोरुम
बुटवल ट्राफिकचोकमा डिशहोम फाईवरनेट शोरुम Nami News
बागफाटा, महेन्द्रनगरमा डिशहोम फाईवरनेट शोरुम विस्तार
बागफाटा, महेन्द्रनगरमा डिशहोम फाईवरनेट शोरुम विस्तार Nami News
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा टेलिकमको ‘आइसिटी डे अफर’
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा टेलिकमको ‘आइसिटी डे अफर’ Nami News
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief Email: [email protected]
Nirman Chamling Rai Editor Contact No: 9840021942 Email: [email protected]
Like us on Facebook
Nami News
© Nami News - 2022 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्