Top Navigation
  • Contact
Main Navigation
सोमबार, असार १५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
सोमबार, असार १५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • संघर्षलाई अवसरको रुपमा बदल्न सक्नु पर्दछ : प्रधानाध्यापक लामिछाने
संघर्षलाई अवसरको रुपमा बदल्न सक्नु पर्दछ : प्रधानाध्यापक लामिछाने
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, माघ १, २०७८

काठमाडौं। पर्वत जिल्लाको विहादी गाउँपालिकामा वि.सं. २०२२ साल असार ३ गते जन्मिएका जित बहादुर लामिछानेले गाउँमै एसएलसी पास गरेर उच्चशिक्षाको लागि काठमाडौं आए। पढ्नमा अब्बल लामिछानेलाई बुवाले नै काठमाडौं पढ्न पठाएको बताए।

काठमाडौं आएर सरस्वती क्याम्पसमा भर्ना भएको र आइए पास भएपछि जागिरको सिलसिलामा काठमाडौंको विजेश्वरीस्थित गीतामाता माध्यमिक बिद्यालयमा छोटो समय मात्र पढाएको बताए।

त्यसपछि वि.सं. २०४४ सालमा काठमाडौंको बाफलस्थित ज्ञानाेदय माध्यामिक बिद्यालयमा पढाउनको लागि आबद्ध भएको बताए। करिब २५ वर्ष ज्ञानोदयमा शिक्षक भएर पढाएको सुनाए। 

अंग्रेजी विषय आफूलाई असाध्य मनपर्ने विषय भएकोले अंग्रेजी विषय नै पढाएको बताए। आफ्नो जीवनको करिब ३४ वर्ष यही शिक्षण पेशामा आबद्ध लामिछानेलाई कहिले पनि यो पेशामा आबद्ध हुन्छु भन्ने लागेको थिएन। 

काम गर्दै जाँदा यही पेशा नै सर्वोकृष्ट भएको बताउँदै उनी भन्छन्, "जीवनमा विभिन्न किसिमका अवरोध तथा चुनौतीहरु नआएका होइनन्, तर त्यसलाई समाधान गरेर अघि बढ्न सकेमा सफल हुन सकिन्छ। संघर्ष हरेकको जीवनमा आउँछन् आत्तिएर डराउनु हुँदैन, त्यही संघर्षलाई नै अवसरको रुपमा लिन सकियो अवसरले आफूलाई नै पछ्याउँछ।"

वि.सं. २०६८ सालमा जनपथ माध्यमिक बिद्यालयको प्रधानाध्यापक भएर बिद्यालय आउँदा सुधार गर्नुपर्ने उनीमाथि धेरै चुनौतीहरु थिए। त्यसो त उनी एकै पटक प्रधानाध्यापक भएर बिद्यालय प्रवेश गरेको भने होइन। काठमाडौंको कलंकी-१४ स्थित जनपथ माध्यमिक बिद्यालयमा बिहानको कक्षामा पढाउने काम गर्थे। त्यसैक्रममा पूर्व प्रधानाध्यापकले अवकाश लिएपछि सो जिम्मेवारी आफ्नो काँधमा आएको बताउँछन्।

वि.सं. २०६० सालमा काठमाडौं महानगरपालिकाले बाटो विस्तार गर्ने क्रममा सोल्टीमोडस्थित रहेको जनपथ माध्यमिक बिद्यालयको भवन भत्काइदिएको थियो। त्यसपछि विद्यालय भवन बिहिन हुन पुग्यो। करिब तीन ठाउँमा बिद्यालय सर्नु परेको कटु यथार्थता पनि लामिछानेले खुलासा गरे। आफू प्रधानाध्यापक भएर आएपछि सबैभन्दा पहिलो काम नै भवन निर्माण गर्ने थियो। त्यसको लागि धेरै प्रयास गरेको बताउँछन् प्रधानाध्यापक लामिछाने।

प्रधानाध्यापक लामिछानेले भने, "तत्कालिन नेपाल सरकार सचिव बालानन्द पौडेल जो अहिले प्राकृतिक श्रोत साधनका अध्यक्ष पनि हुनुहुन्छ, उनको सहयोगमा काठमाडौं महानगरपालिकामा हामी डेलिगेशन गयौं र तत्कालिन कार्यकारी प्रमुखको पहलमा बिद्यालयको भौतिक निर्माणको लागि पहल गरिदिनु भयो।" 

त्यसपछि ०६९ सालमा बाँकी रहेको भवन निर्माण भयो। र करिब ५ वर्षको बिचमा यस बिद्यालयको ३२ कोठे भवन निर्माण भयो। बिद्यालयमा अहिले १२ कक्षासम्मको पढाई सञ्चालन हुँदै आएको पनि लामिछानेले वताए।

बिद्यालय एउटा रमणीय वातावरणमा हुनुपर्छ भन्ने मान्यता राख्ने प्रधानाध्यापक लामिछानेले बिद्यालयको प्राङगण वरिपरि विभिन्न प्रकारका बोट-विरुवाहरु लगाएका छन्। अरुको सम्मान गर्न जाने मात्र आफूले पनि सम्मान पाइन्छ उनको भनाई रहेको छ।

"स्थानिय अभिभावकको चाहना अनुसार नै आफूले पनि बिद्यालय सञ्चालन गराइरहेका छौं," प्रधानाध्यापक लामिछाने भन्छन्, "सूचना प्रविधिमा पनि उत्तिकै पहुँच पुर्याउन पर्छ भनेर कम्युटर ल्याब, स्मार्ट बोर्ड, सीसी क्यामेराहरु लगायत अन्य आबश्यक शैक्षिक सामग्रीहरु खरिद गरेर बिद्यार्थीहरुको लागि सुविधा उपभोग गराएका छौं।"  

प्रकाशित मिति: शनिबार, माघ १, २०७८  १६:२५
##JitBahadurLamichhane
प्रतिक्रिया दिनुहोस्
थप विचार
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? आइतबार, असार ७, २०८३
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’  बुधबार, असार ३, २०८३
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग 
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग  मंगलबार, असार २, २०८३
भ्रष्टाचार ठूला फाइलमा मात्र होइन: स-साना नियतमा लुकेको रोग    
भ्रष्टाचार ठूला फाइलमा मात्र होइन: स-साना नियतमा लुकेको रोग     शनिबार, जेठ १६, २०८३
Fishing Cat Conservation Beyond Protected Areas
Fishing Cat Conservation Beyond Protected Areas बिहीबार, जेठ १४, २०८३
मुसहरको नाममा अझै विभेद 
मुसहरको नाममा अझै विभेद  सोमबार, जेठ ११, २०८३
भोजभतेरको रवाफ र भोको पेटको चित्कार
भोजभतेरको रवाफ र भोको पेटको चित्कार शनिबार, जेठ ९, २०८३
सजिलो राजनीतिको भर्‍याङ ‘समाजसेवा’
सजिलो राजनीतिको भर्‍याङ ‘समाजसेवा’ सोमबार, जेठ ४, २०८३
‘एक पटक बोलिदेउन बालेन सरकार’
‘एक पटक बोलिदेउन बालेन सरकार’ शुक्रबार, जेठ १, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नगरस्तरीय परीक्षामा ४ जीपिए ल्याउने दुई विद्यार्थीलाई त्रियुगा नगरपालिकाद्वारा सम्मान
  • नंः २ फेसबुकमा ‘देश हरायो’ ले रास्वपा सांसद लामालाई प्रश्न–देश कसरी हरायो ?
  • नंः ३ पत्रकारको क्षमता बढाउँदै नेपाल प्रेस इन्स्टिच्यूट
  • नंः ४ उदयपुरगढी गाउँपालिकाको ६४ करोड ७७ लाख १९ हजार रुपैयाँको बजेट सार्वजनिक
  • नंः ५ उदयपुरका स्थानीय तहको बजेट : आकार ठूलो, आम्दानी सानो
विचार
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? शारदा बजगाईँ
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’  विदुर कटुवाल
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग 
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग  शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्