Top Navigation
  • Contact
Main Navigation
आइतबार, असार १४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
आइतबार, असार १४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • सिमानामा काँडेतार अभियान : लिपुलेक सडक बारे सरकार र दलहरूको आधिकारिक अडान  के हो ?
सिमानामा काँडेतार अभियान : लिपुलेक सडक बारे सरकार र दलहरूको आधिकारिक अडान  के हो ?
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, माघ १, २०७८

काठमाडौ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भूमि लिपुलेकमा सडक विस्तार गर्ने घोषणा गरेको समाचारप्रति चलचित्र "काँडेतार" परिवार र "सिमानामा काँडेतार अभियान" को ध्यानाकृष्ट भएको छ। 

यसैगरी नेपाली भू-भागमा भएको हस्तक्षेपका विरुद्ध नेपाली काङ्ग्रेसका तर्फबाट महासचिवद्वय र एमाले एवं माओवादी केन्द्र दुवै पार्टीका परराष्ट्रमामला विभागका प्रमुखहरुद्वारा विरोध बक्तव्य आएका छन्। 

यस्ता प्रतिक्रिया झाडा टार्नका लागि मात्र हुन् र यसले दलको संस्थागत अडान मान्न नसकिने कुरामा हाम्रो अभियान प्रष्ट बुझ्दछ। नेपालको सार्वभौम अधिकार र भौगोलिक अखण्डतामाथिको हस्तक्षेप हुँदा व्यक्तिविशेषको नभई संस्थागत अडानको निर्णय र प्रतिकृया आउनु पर्छ। 

सरकारले कुन विधि र कुन माध्यमद्वारा प्रतिकृया दिदैंछ थाहा हुन आएको छैन। सदन चालु छ तर सुचारु छैन। प्रतिपक्षको अराजनीतिक हठका कारण "सदनलाई बोकाको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो" बनाउन खोजिदैंछ। 

दु:खको कुरा मुलुकको सार्वभौम अधिकार एवं भौगोलिक अखण्डतामाथि हस्तक्षेप एवं अतिक्रमण हुँदा सदन चालु गर्न प्रतिपक्ष तयार भएको छैन। सदन चालु नभएका कारण नेपालका जनप्रतिनिधिहरुका आवाज सुन्न सकिएको छैन। तिनीहरुले के कसरी बोल्छन् जनता सुन्न आतुर छन्। 

विशेषगरी पार्टीको विधिवत बैठक बसी गरेको निर्णय जनता सुन्न चाहन्छन्। जनताहरुले काँग्रेस, एमाले र माओवादीका टिकटके नेताहरुबीच भइरहेका दोहोरी र छेडछाडीलाई मजाकमात्र मानेका छन् र यस मुद्दालाई बराल्न र आफ्नो संगठन तथा नेतृत्वलाई चोखै राख्न गरिएका हरकत हुन् भन्ने प्रष्ट बुझेका छन्। 

यसर्थ सत्तासिन र सरकार आसिन दलहरु! सदन खोल्नुहोस्, पार्टीको औपचारिक बैठक गरी निर्णय गर्नुहोस्। सरकार, दलहरु र सदन सबैको प्रतिकृया तुरुन्तै आओस्, ताकी हामीहरुले राष्ट्रवादको सक्कली अनुहार हेर्नु पाऔं।

नेपाली जनताहरु स्वाभिमानी छन् र यसैले भारतीय पक्षबाट भएको अपमान र हस्तक्षेपलाई स्वीकार गर्न सक्दैनन्। यही मनोविज्ञानका कारण नेपालका केही नेता विशेषमा खास मौसममा राष्ट्रवादको खाँडो जाग्ने गर्छ। 

तर सरकारका आसिन र प्रतिक्षारत पार्टीहरुका नेताहरुको राष्ट्रवाद आवश्यक समयमा गायव हुने गर्छ। अहिले यस्तै भएको छ। राष्ट्रवाद चीर निन्द्रामा रहेको प्रतित हुन्छ। तर राष्ट्रवाद दृष्टि हो, यो सधैं जागा रहन्छ, सचेत रहन्छ र अभियानरत हुन्छ। यस्तै बुझ्ने मध्ये सिमानामा काँडेतार अभियान पनि एक हो।

यस अभियानले सबैको सार्वभौमिक समानताको सम्मान गर्ने पञ्चशीलको सिद्धान्तको अवलम्बन गरियोस् र नेपालको सार्वभौम अधिकार एवं भौगोलिक अखण्डतामाथि हस्तक्षेप एवं अतिक्रमण नहोस् भन्ने गर्दछ। यसै सन्दर्भमा यो अभियानले हाल भारत सरकारबाट लिपुलेक क्षेत्रमा भैरहेको बाटो विस्तारले नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप भएको ठान्दछ र भारतीय कार्यको कडा विरोध गर्दछ। 

यसैगरी सत्तासिन दलहरु र सरकारमा आसिन तथा प्रतिपक्षमा रहेका सबैदलहरुलाई औपचारिक अडानरनिर्णय र सरकारलाई आफुँले गरिरहेका पहल तथा प्रतिकृया सार्वजनिक गर्न आव्हान गर्दछ।

सिमानामा काँडेतार अभियान किन ?

१. नेपालका सँधियार मुलुकहरुबीच बैज्ञानिक रुपमा सिमाङ्कन गराउन। 
२. जंङ्गे पिलर र रिफ्रेन्स पिलरहरुको सुरक्षार्थ सरकारलाई निरन्तर दवाव दिन। 
३. सीमाको विवाद समाधान गर्न।
४. आवागमनमा ऐतिहासिकता र परम्परालाई मध्यनजर गर्दै नियमित गर्न। 
५. सीमा अतिक्रमण हुँदा सरकारलाई उपयुक्त प्रतिक्रिया दिनेगरी सजग हुने अवस्थामा राख्न।
६. सीमाक्षेत्रका बसोबास गर्ने नेपाली नागरिक माथि हुने जघन्य आक्रमण रोक्न तथा सीमाना वारपार गर्ने 
    नेपाली माथि भइरहने बाधा–ब्यवधानको अन्त्य गर्न।
७. आतंकवादी गतिविधी, लागु पदार्थ तथा औषध ओसारपसार, चेलीबेटी बेचबिखन, तस्करी लगायतका 
    क्रियाकलापहरु रोक्न।
'सिमानामा काँडेतारको औचित्यता तथा महत्वलाई बुझौं, सिमानामा काँडेतार राख्न गरिएका सबै खालका अभियानमा सरिक होऔं।'

चलचित्र 'काँडेतार'  र 'सिमानामा काँडेतार अभियान' को तर्फबाट।
- नायक, निर्माता तथा निर्देशक - नवल खड्का

प्रकाशित मिति: शनिबार, माघ १, २०७८  १७:०९
##NawalKhadka
प्रतिक्रिया दिनुहोस्
थप विचार
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? आइतबार, असार ७, २०८३
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’  बुधबार, असार ३, २०८३
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग 
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग  मंगलबार, असार २, २०८३
भ्रष्टाचार ठूला फाइलमा मात्र होइन: स-साना नियतमा लुकेको रोग    
भ्रष्टाचार ठूला फाइलमा मात्र होइन: स-साना नियतमा लुकेको रोग     शनिबार, जेठ १६, २०८३
Fishing Cat Conservation Beyond Protected Areas
Fishing Cat Conservation Beyond Protected Areas बिहीबार, जेठ १४, २०८३
मुसहरको नाममा अझै विभेद 
मुसहरको नाममा अझै विभेद  सोमबार, जेठ ११, २०८३
भोजभतेरको रवाफ र भोको पेटको चित्कार
भोजभतेरको रवाफ र भोको पेटको चित्कार शनिबार, जेठ ९, २०८३
सजिलो राजनीतिको भर्‍याङ ‘समाजसेवा’
सजिलो राजनीतिको भर्‍याङ ‘समाजसेवा’ सोमबार, जेठ ४, २०८३
‘एक पटक बोलिदेउन बालेन सरकार’
‘एक पटक बोलिदेउन बालेन सरकार’ शुक्रबार, जेठ १, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नगरस्तरीय परीक्षामा ४ जीपिए ल्याउने दुई विद्यार्थीलाई त्रियुगा नगरपालिकाद्वारा सम्मान
  • नंः २ फेसबुकमा ‘देश हरायो’ ले रास्वपा सांसद लामालाई प्रश्न–देश कसरी हरायो ?
  • नंः ३ पत्रकारको क्षमता बढाउँदै नेपाल प्रेस इन्स्टिच्यूट
  • नंः ४ उदयपुरगढी गाउँपालिकाको ६४ करोड ७७ लाख १९ हजार रुपैयाँको बजेट सार्वजनिक
  • नंः ५ उदयपुरका स्थानीय तहको बजेट : आकार ठूलो, आम्दानी सानो
विचार
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? शारदा बजगाईँ
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’  विदुर कटुवाल
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग 
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग  शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्