Top Navigation
  • Contact
Main Navigation
बुधबार, असोज १४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बुधबार, असोज १४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • सूर्यले लुकाएको प्रतिभा
सूर्यले लुकाएको प्रतिभा
प्रज्ज्वल घिमिरे
प्रज्ज्वल घिमिरे मंगलबार, माघ ४, २०७८

चटके
रमिता छ यहाँ रमिता
चटकेले भुलाएको छ सबैलाई
धेरै मानिसहरुलाई आकर्षित पार्दै
मीठो मीठो कुरा गर्छ 
कति लठ्ठ परेका छन् मानिसहरु
बिर्सिएका छन् संसार
भुलेका छन् स्वयम् आफूलाई
चटकेकै गर्छन् अभिसार
ध्यान केन्द्रित छ सबैको उसैमा
मानौं चटकेको मात्रै छ यहाँ संसार
प्रलोभन देखाउँने चटके नै
केन्द्रविन्दु भएको छ सबैको
मानौं उसको मात्र छ यहाँ व्यापार
अवल युवा बृद्ध वनिता सबै
उसैसँग रमाउँदै
उसले पर जा भने पर भाग्छन्
वर आ भने वर आउँछन्
आखिर चटक त चटक नै हो
उल्लु बनाउँने भ्रम जाल
मस्त छन् सबै हेरेर
भोटको लागि गरिएको यो कुटिल चाल

यो चटके शीर्षकको मीठो र यथार्थ नजिक पुगेको व्यङ्ग्यात्मक कविताको रचना गर्ने व्यक्ति हुन् मेरो पिता स्वर्गीय कमलप्रसाद घिमिरे। यो कमनीय कविताले ५० वर्ष अगाडिदेखिको नेपाल र नेपालीको तस्वीरलाई प्रष्टसँग झल्काइदिएको छ। स्वर्गीय कमलप्रसाद घिमिरेलाई नेपालमा पुराना केहि र थोरै नयाँ मान्छेले मात्र चिन्दछन्। 

यो क्रान्तिको नगर
शान्तिको नगर
विराटनगर

मलाई पूरा याद नभएको उहाँको यो कवितालाई स्वयम् विश्वेश्वरप्रसाद कोइरालाले समेत निकै प्रशंसा गरेको उहाँ वेलावेलामा सम्झना गर्दै विगतमा प्रवेश गरी रमाउँनुहुन्थ्यो। सानै उमेरदेखि कला साहित्य र पत्रकारितामा रुचि राख्ने उहाँ ज्यादै भावुक र कमलो मन भएकै कारण उहाँका बुबा आमाले उहाँको नाम कमल राखेको कुरा उहाँकै आमा हाटकेशरी घिमिरेले यो पंक्तिकारलाई भन्ने गर्नुहुन्थ्यो। पढाईमा ज्यादै जेहेन्दार भएकै कारण उहाँलाई कक्षा ४ बाट एकैचोटि कक्षा ६ मा विद्यालयका गुरुहरुले पढ्ने अनुमति दिएर सानैदेखिको उहाँको तिक्ष्णबुद्धिको उच्च मूल्याङ्कन गरेका थिए। 

उहाँले विराटनगरमा विद्यालयस्तरको अध्ययन पूरा गरी प्रविणता प्रमाणपत्र तह बनारसबाट मूल विषय अंग्रेजी लिएर प्रथम श्रेणीमा उतीर्ण गर्नु भएको थियो। नेपाली र अंग्रेजी दुबै विषमा राम्रो दख्खल भएका स्व. कमलप्रसाद घिमिरेले विराटनगरमा सानै उमेरदेखि नेपाली कांग्रेसका लागि सक्रिय हुदै विक्रम सम्वत २००७ सालको क्रान्तिमा गिरिजाप्रसाद कोइरालाको सहयोगी भएर कठिन परिस्थितिको सामना गर्दै प्रजातन्त्रका लागि संघर्ष गरेकै कारण टंकप्रसाद आचार्यको संयोजनमा सरकारले सर्लाही जिल्लामा तीन विघा जग्गा राजनीतिज्ञ पीडितको रुपमा उहाँलाई उपलब्ध गराएको थियो। नेपाली कांग्रेसलाई सघाउँने क्रममै वहाँले विराटनगरबाट फिलिङ्गो नामक दैनिक पत्रिका प्रकाशन तथा सम्पादन गर्नुभएको र पछि उक्त पत्रिकालाई काठमाडौबाट पनि प्रकाशन तथा सम्पादन गर्नुभएको थियो। 

स्मरण रहोस् जसमा संभवत पहिलो चोटि आफ्नो पत्रकारिताको शुरुवात् नेपालको सबैभन्दा पुरानो भनेर उल्लेख गरिने व्यक्तित्वहरु प्रख्यात साहित्यकार तथा राजनीतिज्ञ राजेश्वर देवकोटा र चर्चित उपन्यासकार धनुषचन्द्र गोतामेले सम्वाददाताका रुपमा काम गरेका थिए। 

विक्रम सम्वत् २०५१ सालमा यो पंक्तिकारद्वारा रचित भट्टराईको सिंगापुर र गिरिजाको गोरखपुर नामक पुस्तकको विमोचनका लागि अनुरोध गर्दा राजेश्वर देवकोटा जस्तो ठूलो राजनैतिक र साहित्यिक व्यक्तित्वले फिलिङ्गोको छोराले लेखेको पुस्तक म विमोचन गरिहाल्छु नि भनेर मेरो बुबा कमलप्रसाद घिमिरेको नाम नै उहाँको पत्रिका फिलिङ्गोबाट सम्बोधन गरेको मलाई हिजै जस्तो लाग्छ।

तर दुर्भाग्य फिलिङ्गो जस्तो तात्कालिन अवस्थामा लोकप्रिय दैनिक पत्रिकालाई तात्कालिन सरकारका परराष्ट्र तथा गृहमन्त्री तुलसी गिरीको अगुवाईमा २०१८ सालमा सिद्राको व्यापार शीर्षकको सम्पादकीयका कारण गर्न प्रतिबन्ध लगाएको र त्यसैगरी उहाँकै सम्पादनमा प्रकाशित अर्को चर्चित दैनिक पत्रिका नयाँ नेपाललाई पनि २०२३ सालमा प्रकाशन गर्न तात्कालिन सरकारले प्रतिबन्ध लगाएको थियो। उक्त कुरा गृष्मवहादुर देवकोटाद्वारा लिखित नेपालको छापाखाना र पत्रपत्रिको इतिहास नामक पुस्तकमा उल्लेख गरिएको छ।

यसरी तत्कालिन सरकारहरुले आफ्नो राजनीतिसँग सम्बन्धित समाचारमूलक पत्रिकाहरुलाई प्रकाशन गर्न प्रतिबन्ध लगाएकोले उहाँ निराश हुँदै विहान नामक साहित्यिक पत्रिका सम्पादन तथा प्रकाशन गर्न बाध्य हुनुभएको कुरा बेलाबेलामा भन्ने गर्नुहुन्थ्यो। 

यसैक्रममा प्रख्यात साहित्यकार भवानी भिक्षुको अनुरोधमा उहाँले रोयल नेपाल एकेडेमी गद्य साहित्य विभागको विशेषाङ्क प्रकाशन योजना अन्तर्गत रोयल नेपाल एकेडेमी विशेषाङ्क सम्पादन गर्नुभयो। जसलाई एउटा ऐतिहासिक विशेषाङ्कको रुपमा अहिले पनि महत्वकासाथ प्रज्ञाप्रतिष्ठानमा संग्रह गरि राखिएको छ। उक्त विशेषाङ्कमा प्रधान सम्पादकका रुपमा स्वयम् स्वर्गीय कमलप्रसाद घिमिरे, विशेष सम्पादकका रुपमा प्रशिद्ध साहित्यकार भवानी भिक्षु, सम्पादकमा यादव खरेल र अतिथि सम्पादकका रुपमा उहाँकै सहोदर भाइ साहित्यकार तथा चर्चित प्रगतिशील कवि भवानी घिमिरेले काम गर्नु भएको थियो। 

उहाँकै प्रेरणाले उहाँको भाइ भवानी घिमिरेले साहित्यिक पत्रिका भानु को सम्पादन तथा प्रकाशन गर्नु भएको कुरा स्वयम् भवानी घिमिरेले मलाई बताउनुहुन्थ्यो र भानु पत्रिकाको लोगो पनि आफ्ना दाजु कमलप्रसाद घिमिरेले नै बनाईदिएको कुरा पनि उहाँले मलाई भन्ने गर्नु हुन्थ्यो। र पछिल्लो समय भवानी घिमिरेले दाजुको लेख्ने क्षमता मैले तँ मा देखेको छु त्यसलाई निरन्तरता दिनु भनेर धेरै चोटि भन्ने गरेको याद पनि मलाई आईरहन्छ। यसरी पत्रकारिता र साहित्यमा ज्यादै रुचि राख्ने कमलप्रसाद घिमिरे राष्ट्रियताको मामलामा पनि ज्यादै नै सजग भएकै कारण उहाँले राजा महेन्द्रसँग बारम्बार भेट्ने अवसर पनि पाउनु भएको थियो।

यसैक्रममा उहाँले स्वर्गीय राजा महेन्द्रलाई नेपालमा प्राय विद्यालयहरुमा भारतीय भाषामा पठनपाठन हुने गरेकोले नेपाली भाषामा पठनपाठन गर्न गराउन पहल गरिदिनु अनुरोध गर्दा राजा महेन्द्रले तात्कालिन शिक्षामन्त्री लक्ष्मीप्रसाद देवकोटासँग भेटेर कुरा गर्न सल्लाह दिएपछि उहाँले आफ्नो कुरा लक्ष्मीप्रसाद देवकोटासँग राख्दा देवकोटाले नेपालका सबै विद्यालयहरुमा नेपाली भाषामा पठनपाठन गराउने व्यवस्था गर्न अनिवार्य गराएका थिए। 

जीवनको उत्तराद्र्धमा चिठीको माध्यमद्वारा होमियोप्यथिक चिकित्साशास्त्रको समेत अध्ययन गर्नु भएको धेरै समय नलगाई एकैछिनमा जस्तो र जुन विषयमा पनि लेख, कविता र कथा सजिलैसँग लेख्न सक्ने स्वर्गीय कमलप्रसाद घिमिरेले नेपाल जागरण साप्ताहिक, गोरखापत्र र कान्तिपुर दैनिकमा पनि नियमित रुपले केही समय लेख नलेख्नुभएको होइन तर आफ्नो लेख रचनाको संरक्षण नगर्ने लथालिङ्गे बानीका कारण उहाँका जम्मा साना राष्ट्रहरुको सहअस्तित्वको प्रश्न र झापामा मैले के देखेँ शीर्षकको पुस्तक मात्र प्रकाशित भयो। र सिक्किममा नेपाली भाषाबाट प्रशारण हुने रेडियोबाट पनि उहाँद्वारा रचित एकाध गीतहरु प्रशारण भयो। 

आफूसँग धेरै प्रतिभा भएरपनि र पारिवारिक साथ हुँदाहुँदै पनि आफू ओझेलमा पर्नुको मुख्यकारण स्त्रीमोह र त्यसकै कारण उत्पन्न अव्यवस्थित जीवनशैली अनि लथालिङ्गे चालाका कारण आफ्नो लेख रचनाहरुको संरक्षण नहुनु नै थियो भनेर स्वयम् आफ्ना साथीभाइहरुसँग कहिलेकाहि स्वीकारेको पनि यो पंक्तिकारले नसुनेको र नदेखेको होइन। 

उहाँका कविता, गीत, लेख र कथाहरुलाई उहाँले माया गरेर नहराई संरक्षण गरि प्रकाशन गरेको भए सायद नेपाली साहित्यका पाठकहरुले एउटा छुट्टै साहित्यिक रसास्वादनको आनन्द लिन पाउने थिए। तर दुखको कुरा आफ्नै मानवीय कमजोरीहरुका कारण उहाँलाई भाग्यले पनि ठग्यो र नेपाली साहित्यका पाठकहरुले पनि एउटा ठूलै घाटा व्यहोर्नु पर्यो। 

प्रकाशित मिति: मंगलबार, माघ ४, २०७८  ०८:१६
प्रतिक्रिया दिनुहोस्
थप विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प मंगलबार, भदौ ३०, २०८३
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... आइतबार, भदौ २८, २०८३
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शनिबार, भदौ २७, २०८३
रसुवाको बाढीले सिकाएको पाठ 
रसुवाको बाढीले सिकाएको पाठ  बिहीबार, भदौ २५, २०८३
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता आइतबार, भदौ २१, २०८३
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ आइतबार, भदौ २१, २०८३
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति आइतबार, भदौ १४, २०८३
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन आइतबार, भदौ १४, २०८३
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ...
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ... शनिबार, भदौ १३, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
  • नंः ५ इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्