Top Navigation
  • Contact
Main Navigation
सोमबार, असार १५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
सोमबार, असार १५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • अमरगढीलाई २०९६ सम्म पूर्ण स्मार्ट सिटी बनाउँने मेयर ओझाको अठोट
अमरगढीलाई २०९६ सम्म पूर्ण स्मार्ट सिटी बनाउँने मेयर ओझाको अठोट
दिनेश महर्जन
दिनेश महर्जन शनिबार, माघ ८, २०७८

विसं.२०५१ सालबाट राजनीतिमा सक्रिय सहभागिता जनाउँदै आएका अमरगढी नगरपालिका डडेल्धुराका मेयर विपिन ओझा जनप्रिय, लोकप्रिय, विकासप्रेमी, स्पष्टवक्क्ता, जसले विकास निर्माणका प्रसस्त कामहरु गरिसकेका छन्।

मेयर ओझा हरेक सर्वसाधारणको मन मुटुमा राज गर्न सफल भइसकेका छन्। सर्वसाधारणलाई हरेक किसिमको सेवा सुविधा उपलब्ध गराउनु पर्छ भन्ने भावनाका मेयर ओझा हरेक काम गर्दा पारदर्शी हुनुपर्ने मान्यता राख्छन्।

बिद्यार्थी आन्दोलनबाट राजनीतिमा होम्मिएका ओझा स्वतन्त्र बिद्यार्थी यूनियनको उपसभापति, सभापति हुँदै पार्टी राजनीतिमा प्रवेश गरेको बताउंछन्। त्यस्तै, लामो समय अनेरास्ववियूको काम गर्दै केन्द्रिय सदस्य,महाकाली ईन्चार्ज भएर काम गरिसकेको जानकारी पनि उनले दिएका छन्। करिब साढे ४ वर्षको अवधिमा घोषणापत्रमा उठान गरेअनुसारका विकास निर्माणका कामहरु प्रसस्त भएको बताउँछन्।

मेयर ओझा भन्छन्–"ठूला प्रोजेक्टका कामहरु जस्तै रंगशाला निर्माण, बसपार्क निर्माण, सपिङ कम्पेक्सका कुराहरु, एकिकृत पर्यटन सूचना केन्द्र, सिंगो सुदूरपश्चिमको पर्यटन विकासका निमित्त डडेल्धुरामा जुन सूचना केन्द्र बनाउँछौं। त्यसले गर्दा हरेकको लागि सूचना प्रवाह गर्न सजिलो हुन्छ। साथै सडक विस्तारको कुरा त्यसमा पनि तीन तहको चक्रपथको कुराहरु त्यसमा हाम्रा ग्रामिण भेगका सम्पूर्ण सडकहरु लिंक गर्ने कामहरु निर्माणाधिन अवस्थामा छन्। निर्वाचित हुनु अघि र निर्वाचित भइसकेपछि कुनै पनि बहुवर्षिय योजनाहरु थिएनन्। अहिले कम्तिमा पनि १२ ओटाभन्दा बढी बहुवर्षिय योजनाहरु छन्। हिजोको दिनमा जनताका बिचमा जुन किसिमको प्रतिबद्धता जनाएका थियौं, त्यही अनुसार अमरगढीको विकासको खाका कोर्दा र समग्र अध्ययन गर्दा अमरगढी स्मार्ट सिटीमा सूचिकृत भइसकेपछि त्यसमा २७७ अंक प्राप्त गरेको थियौं। यो भनेको विभिन्न २७ किसिमका विकास हो।”

मेयर ओझाले अगाडि बताए–"त्यसो त स्मार्ट सिटी हुनको लागि ८० प्रतिशत क्रस हुनुपर्छ। त्यसकारण २०८५ सम्म बेसिक स्मार्ट सिटी बनाउने र २०९६ सम्म पूर्ण स्मार्ट सिटी बनाउँछौं। हामीले बनाएको प्यान अनुसार ५ वर्षे  आवधिक  १० वर्षे मध्यकालिन र २० वर्षे दिर्घकालिन योजना अनुसार अगाडि बढेका छौं। ठूला पूर्वाधारका कामहरु, एक परिवार एक धारा, सरसफाइका कुराहरु, त्यस्तै सिंचाइका कुराहरु, हिजोको दिनमा ४ वटा स्वास्थ्य संस्था थिए भने आजको मितिसम्म आइपुग्दा १३ वटा स्वास्थ्य संस्थाहरु निर्माण भइसकेको अवस्था छ। शैक्षिक संस्थाहरुको विकासको कामहरु भएका छन्। प्रत्येक वडामा एक एक वटा आधारभूत स्वास्थ्य संस्था छन्। कुनै वडाका सर्वसाधारणलाई स्वास्थ्य संस्थासम्म पुग्न एक घण्टाभन्दा बढी लाग्न सक्छ त्यस्तो अवस्थामा हामीले नगर स्वास्थ्य क्लिनिक स्थापना गरेका छौं। यसले पनि धेरै नै सजिलो भएको छ। पर्यटनको क्षेत्रमा पनि विकास भएको छ।”

थप प्रकाश पार्दै भन्छन–"शहिद भीमदत्त पन्त जसले हिजोको दिनमा उहाँले क्रान्तिको लागि जुन किसिमको एजेण्डाहरु उठान गर्नु भएको थियो। धनी र गरिब बीचको वर्गिय असमानता, लै‌गिक विभेद, जसको जोत उसको भोग कि त जोत–हलो कि त छोड थलो यदि होइन भने छैन तिम्रो भलो भन्ने उहाँको जनमुखि नारा थियो। समाजवादका कुरा गर्दा उहाँको वास्तविक समाजवादी झल्को दिने क्रान्ति थियो। शहिद भीमदत्त पन्त जन्मेको वडालाई आदर्श वडाको रुपमा विकास गर्ने सोही अनुसार त्यहाँका संरचनालाई निर्माण गर्ने योजना पनि छ। सोही अनुसार काम भएका छन्। यहाँका केही ऐतिहासिक तथा पर्यटकिय महत्वका अमरगढी किल्ला, उग्रतारा मन्दिरको पनि विकास र निर्माण हुँदै छ। अमरगढीमा करिब १ दर्जन भन्दा पर्यटकिय स्थलहरु छन्।”

सीपमूलक तालिमा र थप अन्य कुरामा मेयर ओझाको भनाई यस्तो छ–"त्यसो त महिलाहरुको लागि पनि विभिन्न किसिमका तालिमहरु संचालन भएका छन्। ग्रामिण तहका महिलाहरु जसलाई आत्मनिर्भर बनाउनको लागि हरदम प्रयास भइरहेको छ। जबसम्म आश्रित भइरहन्छन् तबसम्म बाहिर आएर आत्मनिर्भर हुन सक्दैनन्। त्यसैकारण आय आर्जनको लागि प्रात्साहित गरेका छौं। डडेल्धुरामा आलु खेती राम्रोसंग उत्पादन भएको छ। महिलाहरुको सहभागिता पनि सक्रिय रहेको छ। प्लाष्टिक टनेल पनि वितरण भएको छ। यसबाट पनि प्रसस्त आम्दानी भएको छ। जसले गर्दा आफ्ना बालबालिकालाई राम्रोसंग शिक्षा दिन सकेका छन्। गुडिया, चुरा पोते बनाउने, सिलाई कटाई, अगरबत्ति बनाउने, ब्यूटी पार्लर, तरकारी उत्पादन गर्ने जस्ता विभिन्न किसिमका तालिमहरु दिएका छौं र उहाँहरुको आय आर्जन पनि भएको छ। तालिम तालिममा मात्र सिमित भएको छैन, त्यसबाट प्रसस्त आम्दानी पनि भएको छ।”

-नामी साप्ताहिकबाट
 

प्रकाशित मिति: शनिबार, माघ ८, २०७८  ०८:३२
##BipinOjha
प्रतिक्रिया दिनुहोस्
थप विचार
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? आइतबार, असार ७, २०८३
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’  बुधबार, असार ३, २०८३
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग 
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग  मंगलबार, असार २, २०८३
भ्रष्टाचार ठूला फाइलमा मात्र होइन: स-साना नियतमा लुकेको रोग    
भ्रष्टाचार ठूला फाइलमा मात्र होइन: स-साना नियतमा लुकेको रोग     शनिबार, जेठ १६, २०८३
Fishing Cat Conservation Beyond Protected Areas
Fishing Cat Conservation Beyond Protected Areas बिहीबार, जेठ १४, २०८३
मुसहरको नाममा अझै विभेद 
मुसहरको नाममा अझै विभेद  सोमबार, जेठ ११, २०८३
भोजभतेरको रवाफ र भोको पेटको चित्कार
भोजभतेरको रवाफ र भोको पेटको चित्कार शनिबार, जेठ ९, २०८३
सजिलो राजनीतिको भर्‍याङ ‘समाजसेवा’
सजिलो राजनीतिको भर्‍याङ ‘समाजसेवा’ सोमबार, जेठ ४, २०८३
‘एक पटक बोलिदेउन बालेन सरकार’
‘एक पटक बोलिदेउन बालेन सरकार’ शुक्रबार, जेठ १, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नगरस्तरीय परीक्षामा ४ जीपिए ल्याउने दुई विद्यार्थीलाई त्रियुगा नगरपालिकाद्वारा सम्मान
  • नंः २ फेसबुकमा ‘देश हरायो’ ले रास्वपा सांसद लामालाई प्रश्न–देश कसरी हरायो ?
  • नंः ३ पत्रकारको क्षमता बढाउँदै नेपाल प्रेस इन्स्टिच्यूट
  • नंः ४ उदयपुरगढी गाउँपालिकाको ६४ करोड ७७ लाख १९ हजार रुपैयाँको बजेट सार्वजनिक
  • नंः ५ उदयपुरका स्थानीय तहको बजेट : आकार ठूलो, आम्दानी सानो
विचार
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? शारदा बजगाईँ
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’  विदुर कटुवाल
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग 
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग  शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्