Top Navigation
  • Contact
Main Navigation
बिहीबार, साउन २८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बिहीबार, साउन २८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • आत्मविश्वासी र आत्मनिर्णयका ऊर्जावान वडा अध्यक्ष चिनीकाजी महर्जन
आत्मविश्वासी र आत्मनिर्णयका ऊर्जावान वडा अध्यक्ष चिनीकाजी महर्जन
दिनेश महर्जन
दिनेश महर्जन शनिबार, माघ १५, २०७८

काठमाडौं महानगरपालिका वडा नंबर २२ का वडा अध्यक्ष चीनिकाजी महर्जन आत्मविश्वासी अनि आत्मनिर्णयका प्रखरधनी लोकप्रिय तथा जनप्रिय वडा अध्यक्ष हुन्। जसको सोचमा केवल विकास र जनसेवा मात्र रहेको छ। स्पष्टवक्ता, बौद्धिक व्यक्तित्व, युवा नेता जसले विकास निर्माणका प्रशस्त काम गरिसकेका छन्। समाज परिवर्तनका संवाहक ऊर्जनशील वडा अध्यक्ष चिनीकाजी महर्जनसंग नामी साप्ताहिकका लागि लिएको अन्तरवार्ताको सारसंक्षेप:–

निर्वाचित भएको साढे चार वर्षभन्दा बढी समय बितिसकेको छ, योजना अनुसार के कति कामहरु भएका छन् ?

निर्वाचित हुनुअघि घोषणा पत्रमा जुन किसिमको प्रतिबद्धताहरु भएका थिए, त्यही प्रतिबद्धता अनुसार नै कामहरु पूरा भएका छन्। कस्तो अवस्थामा निर्वाचित भएका थियौं भने स्थानिय निकायमा १५ वर्षभन्दा बढी जनप्रतिनिधि विहिन भइसकेको अवस्था थियो। कर्मचारीबाट अर्जेन्ट काम बाहेक अरु विकास निर्माणका कामहरु भएको थिएन। त्यस्तो अवस्थामा निर्वाचित भएर आउँदा १५ वर्ष अघिदेखिको काम र विकास निर्माणका कामहरु प्रसस्त थिए। तरपनि, हामीले जनताको माग, इच्छा र चाहना अनुसार सबै कामहरु सम्पन्न गरेका छौं। प्रतिबद्धता अनुसार विकास निर्माणका कामहरु पनि भएका छन्। अहिलेको संविधानले हामीलाई धेरै अधिकार दिएको छ। जस्तै शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा हामीले उल्लेख्य विकास गर्ने मौका पाएका छौं। काम गर्दै जादा धेरै कुराहरु पनि सिक्दै गएको अवस्था छ। हाम्रो वडामा यो पार्टी त्यो पार्टी भन्ने छैन, वडामा एक अर्कालाई साथ र सहयोग गर्ने भावना छ। यद्यपि यो भन्दा अगाडिको र्निाचनमा म वडा सदस्य भएर काम पनि गरिसकेको छु। त्यसकारण पनि काम गर्न सजिलो भएको छ।

पहिले र अहिलेको अवस्थामा काम गर्न कत्तिको सहज छ ?

पहिले र अहिलेको अवस्थामा धेरै परिवर्तन भइसकेको छ। बजेटको आकारमा पनि परिवर्तन भइसकेको छ। म आफू कस्तो खालको मान्छे हो भने जनताको सेवा गर्न पाउँदा आफूलाई निकै गौरवान्दित महशुस गर्छु। यहाँका स्थानिय जनतालाई कसरी सर्व सुलभ रुपमा सेवा सुविधा दिन सकिन्छ त्यसको बारेमा अध्ययन गर्छु र सोही अनुरुप काम गर्छु। पहिला पनि म सामाजिक सेवा गर्दै हिडेको र स्थानिय तहमा वडा सदस्यको रुपमा काम गरिसकेको कारण मलाई प्रत्येक सर्वसाधारणको समस्याको बारेमा अवगत छु। काम गर्न सजिलो पनि छ। स्थानिय सर्व साधारणको साथ र सहयोगले पनि अगाडि बढ्न सजिलो भएको छ। 

महिलाको लागि कस्तो खालको तालिमहरुको व्यवस्था गर्नु भएको छ ?

जनसंख्याको हिसाबले हेर्ने हो भने आधा भन्दा बढी जनसंख्या महिलाले ओगटेको छ। तर पनि सामाजिक, राजनितिक रुपमा उहाँहरुको समर्थन र सम्मान भइरहेको अवस्था छैन। हुन त राज्य व्यवस्थामा  पोलिसि मेकरहरु पनि पुरुष नै भएको कारण पनि यस्तो हुन सक्छ। थोरै बजेटमा घरेलु शिपहरुसंग सम्बन्धित कुराहरु झोल साबुन बनाउने, अचार बनाउने, मिठाई बनाउने, डल बनाउने, सिलाई बुनाई, कटाई, बेकरी, पार्लर लगायतका तालिमहरुको व्यवस्था गरिएको छ। तर महिला सशक्तिकरणमा जुन खालको  नीतिगत रुपमा सैद्धान्तिक रुपमा प्रशिक्षित गर्ने कुरामा चाँहि माथिबाट नै मार्गदर्शन नमिलेको कारण यस्तो भएको हो। महिलाहरुलाई चाँहि अचार बनाउने, केक बनाउने जस्ता घरेलु काम मै अल्झिनु परेको अवस्था छ। 

काठमाडौं महानगरपालिका-२२ मा खानेपानी तथा ढल व्यवस्थापन विकास कार्यमा के कस्तो प्रगती भइरहेको छ ?

वास्तवमा भन्नुपर्दा नेपालको राजधानी काठमाडौं महानगरपालिको वडा नम्बर २२ नेपालकै पहिलो अर्गनाइजेशन शुरु भएको प्रशस्त सेवा सुविधा भएको वडा हो। वि.सं. १९९० सालको भूकम्पपछि यो शहरलाई पश्चिमा शैलीमा विकसित गरिएको छ। दमकल गुडाउन मिल्ने सडक, मान्छेहरु हिड्ने छुट्टै सडक, गाडीहरु गुड्ने छुट्टै सडकको विकास गरिएको छ। न्यूरोडदेखि जुद्धशालिक, पाको, इन्द्रचोक, धर्मपथ, खिचापोखरी यि ठाउँहरु भनेको नेपालमा सबैभन्दा पहिला व्यवस्थित ढंगले विकसित भएको ठाउँ हो। वि.सं.१९९३ सालमा निर्माण भएको पूर्वाधारहरु अहिले जिर्ण बनेको अवस्था छ। ढल व्यवस्थापन, खानेपानी, शहरी पूर्वाधारहरु अहिले जिर्ण भइसकेको छ। त्यो संगै खानेपानीको पनि समस्या छ। यि सबै व्यवस्थित तरिकाले निर्माण कार्य भएको छ।

पर्यटनको दृष्टिकोणले पनि निकै महत्वपूर्ण छ के भन्नुहुन्छ ?

नेपालको राजधानी काठमाडौं शहर नै एक पर्यटकिय शहर हो। २ हजार वर्ष पूरानो वस्ती हो यो। तेबहालमा संकटा मन्दिर जुन १३ सय वर्ष पूरानो मन्दिर, महाँकाल, धर्मचक्र महाविहार जस्ता विभिन्न पर्यटकिय स्थलहरु छन्। त्यो भन्दा पनि यो शहर बढी व्यापारिक केन्द्र विन्दु भएको शहर हो। सबैभन्दा बढी मोबाइल पसल भएको शहर, सबैभन्दा बढी धातु विक्रि हुने ठाउँ सुनचाँदी, हिरा, तयारी पोशाक विक्रि हुने शहर, ३ सयभन्दा बढी सहकारी भएको वडा, क वर्गको २१ वटा  बैंकहरुको शाखा कार्यालय, ५० भन्दा बढी विकास बैक, फाइनान्स र १० हजारभन्दा बढी व्यापारिक केन्द्र भएको वडा हो। यो पर्यटकिय दृष्टिले महत्व त हो नै र आर्थिक केन्द्र विन्दु पनि हो। 

प्रकाशित मिति: शनिबार, माघ १५, २०७८  ०९:५६
##ChiniKajiMaharjan
प्रतिक्रिया दिनुहोस्
थप विचार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार सोमबार, साउन २५, २०८३
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं  शनिबार, साउन २३, २०८३
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ मंगलबार, साउन १९, २०८३
 खाद्यान्नमा आत्मनिर्भर हुने प्रमुख बालीमा ‘कोदो’
 खाद्यान्नमा आत्मनिर्भर हुने प्रमुख बालीमा ‘कोदो’ मंगलबार, साउन १९, २०८३
बालेन सरकारले तुरुन्तै एक्सन लिन जरुरी !
बालेन सरकारले तुरुन्तै एक्सन लिन जरुरी ! बिहीबार, साउन १४, २०८३
हरियो साउनको महिमा र यसको महत्व
हरियो साउनको महिमा र यसको महत्व शनिबार, साउन २, २०८३
जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य
जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य आइतबार, असार २१, २०८३
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? आइतबार, असार ७, २०८३
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’  बुधबार, असार ३, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ विश्वासको संकटमा नेपालको राजनीति
  • नंः ३ सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
  • नंः ४ २१औँ अडान डे सप्ताहव्यापी रूपमा उत्साहपूर्वक मनाइयाे
  • नंः ५ आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता
विचार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार NamiNews- नामीन्यूज
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं  शारदा बजगाईँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ NamiNews- नामीन्यूज
सूचना-प्रविधि
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्