Top Navigation
  • Contact
Main Navigation
आइतबार, साउन २४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
आइतबार, साउन २४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • शेयर कारोबार मापक नेप्सेमा उच्च अंकको वृद्धि, पाँच कम्पनीको शेयरमा सर्किट
शेयर कारोबार मापक नेप्सेमा उच्च अंकको वृद्धि, पाँच कम्पनीको शेयरमा सर्किट
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, माघ १६, २०७८

काठमाडौ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अंकले वृद्धि भएको छ। 

शेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचकमा उच्च वृद्धि हुनुको कारण स्थानीय तहको निर्वाचनको मिति तय गर्नेलगायतका विषयमा प्रमुख राजनीतिक दलबीचको सहमतिलाई लिइएको छ।

सत्तारुढ गठबन्धनको शनिबार साँझ बसेको बैठकले आगामी जेठमा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको थियो। 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक १०५.५५ अंकले वृद्धि भई २ हजार ८८५..५३ मा पुगेको छ। 

ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक १९.८१ अंकले बढेर ५३८.५३ मा पुगेको छ। नेप्सेमा उच्चा अंकको वृद्धि भए पनि कारोबार रकम खासै वृद्धि भएको छैन। 

कूल २३१ कम्पनीको १ करोड २१ लाख ५५ हजार ४३२ कित्ता शेयर ६ अर्ब ३२ करोड ४२ लाख ७४ हजार ३९ हजार मूल्यमा कारोबार भएको छ। नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर उकालो लागेको छ।

बैंकिङतर्फ  ४६.९९, व्यापार १४६.३३, होटल तथा पर्यटन १४१.४८, विकास बैंक ३१८.२२, जलविद्युत् १८२.९, वित्त १५२, निर्जीवन बीमा ४३१.६१, उत्पादन १९७.७५, अन्य ८३.६९, लघुवित्त १७३.४६, जीवन बीमा ५४८.०६, सामूहिक लगानी कोष ०.२८ र लगानी ५.६९ अंकले उकालो लागेको छ।

आजको कारोबारपछि बजार पूँजीकरण ४० खर्ब ७७ अर्ब ७९ करोड ४६ लाख ५३ हजार ६०० बराबर पुगेको छ। कारोबारका आधारमा अपि पावर कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको २६ करोड १५ लाख ६१ हजार १३४ बराबरको कारोबार भयो।

दूरसञ्चार कम्पनी २३ करोड ६२ लाख ९ हजार ३०८, एचआइडिसिएल २३ करोड ३ लाख ९८ हजार ३७६, अरुण भ्याली हाइड्रोपावर २१ करोड ९६ लाख ३६ हजार ५०१ र माथिल्लो तामाकोशी १४ करोड ११ लाख ७० हजार ३४१ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन्।

नेप्सेका अनुसार विभिन्न पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। ती कम्पनीको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भएपछि सकारात्मक सर्किट लागेको हो। 

त्यसमा बिन नेपाल लघुवित्त, लिवर्टी इनर्जी, शिव श्री हाइड्रोपावर, नेपाल पूर्वाधार बैंक, बुद्ध भूमि नेपाल हाइड्रोपावर रहेका छन्। 

अरुण भ्याली हाइड्रोपावर ९.०२, हिमालयन ऊर्जा विकास कम्पनीका लगानीकर्ताले ८.८५ प्रतिशतले कमाएका छन् भने मञ्जुश्री फाइनान्सको ऋणपत्र ३.२३, एनआइसी एशिया सेलेक्ट फण्ड २.२३, मेगा म्युचुअल फण्ड एक १.९३, सानिमा लार्ज क्याप फण्ड १.९० र एनआइबिएल समृद्धि फण्ड दोस्रोका लगानीकर्ताले १.३६ प्रतिशतले गुमाएका छन्। 
 

प्रकाशित मिति: आइतबार, माघ १६, २०७८  १९:३२
##nepalstockexchange
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
२१औँ अडान डे सप्ताहव्यापी रूपमा उत्साहपूर्वक मनाइयाे
२१औँ अडान डे सप्ताहव्यापी रूपमा उत्साहपूर्वक मनाइयाे शुक्रबार, साउन २२, २०८३
पल्सरको २५ वर्षे यात्रा : कथा सुनाउनुहोस्, पल्सर जित्नुहोस् 
पल्सरको २५ वर्षे यात्रा : कथा सुनाउनुहोस्, पल्सर जित्नुहोस्  बुधबार, साउन २०, २०८३
काठमाडौं युथ कन्क्लेभ : युवालाई स्वदेशमै अवसर 
काठमाडौं युथ कन्क्लेभ : युवालाई स्वदेशमै अवसर  सोमबार, साउन १८, २०८३
अब घरभाडाको झन्झट अन्त्य, सबै व्यवस्थापन डिजिटल प्रणालीमा
अब घरभाडाको झन्झट अन्त्य, सबै व्यवस्थापन डिजिटल प्रणालीमा बुधबार, साउन १३, २०८३
“राईजिङ्ग स्टार-ग्रोथ” अन्तरराष्ट्रिय अवार्डबाट सम्मानित
“राईजिङ्ग स्टार-ग्रोथ” अन्तरराष्ट्रिय अवार्डबाट सम्मानित सोमबार, साउन ११, २०८३
जीएमडब्ल्युको रक्षा कवच ड्रागन अमोर ब्याट्री
जीएमडब्ल्युको रक्षा कवच ड्रागन अमोर ब्याट्री मंगलबार, साउन ५, २०८३
डुबेको उदयपुर सिमेन्ट उद्योगः सांसद गेलालको भ्रम र वास्तविकता
डुबेको उदयपुर सिमेन्ट उद्योगः सांसद गेलालको भ्रम र वास्तविकता बिहीबार, असार ३२, २०८३
गण्डकी प्रदेश पर्यटकीय पूर्वाधार विस्तार
गण्डकी प्रदेश पर्यटकीय पूर्वाधार विस्तार सोमबार, असार २९, २०८३
महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हब उद्घाटन
महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हब उद्घाटन शुक्रबार, असार २६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न
  • नंः २ राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान
  • नंः ३ पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ विश्वासको संकटमा नेपालको राजनीति
विचार
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं  शारदा बजगाईँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ NamiNews- नामीन्यूज
 खाद्यान्नमा आत्मनिर्भर हुने प्रमुख बालीमा ‘कोदो’
 खाद्यान्नमा आत्मनिर्भर हुने प्रमुख बालीमा ‘कोदो’ विदुर कटुवाल
सूचना-प्रविधि
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्