Top Navigation
  • Contact
Main Navigation
बुधबार, असोज १४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बुधबार, असोज १४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • अपाङ्गता व्यक्तिहरूको आवश्यकता
अपाङ्गता व्यक्तिहरूको आवश्यकता
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, माघ २४, २०७८

नेपाली समाज विविधायुक्त समाज हो। सन् २०१५ को विश्व बैङ्कको तथ्याङ्क अनुसार, नेपालको ग्रामीण जनसङ्ख्या कुल जनसङ्ख्याको ८१.३९ प्रतिशत रहेको छ। यो जनसंख्याको आयको प्रमुख स्रोत कृषि हो। यसर्थ पनि करिब ८० प्रतिशत भन्दा बढी जनसंख्या कृषिमा संलग्न छ र यो कुल गार्हस्थ्य उत्पादनको करिब ४० प्रतिशत हुन आउँछ।

यस तथ्याङ्कका आधारमा विश्लेषण गर्दा नेपालको कृषि प्रणाली व्यवसायीमुखी भन्दा पनि निर्वाहमुखी भएकाले उनीहरूसँग स्वास्थ्यमा खर्च गर्ने आर्थिक हैसियत कमजोर छ। यसर्थ, नेपालको स्वास्थ्य सेवा आम जनमुखी हुन सकिरहेको छैन। नेपाली समाजमा चरम वहिष्करणमा पारिएका विभिन्न वर्ग, जातजाति, क्षेत्र, लिङ्ग, समुदाय तथा समूह छन्।

विशेष गरी महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्तिहरू, लोपोन्मुख जातजाति तथा समुदाय राज्यको मूल प्रवाहबाट बाहिर छन्। फलस्वरूप उनीहरू राज्यद्वारा प्रदान गरिने हरेक प्रकारका सेवा सुविधाबाट वञ्चित छन्। सन् २०११ मा विश्व बैङ्क र विश्व स्वास्थ्य सङ्गठव्दारा संयुक्त रूपमा जारी गरिएको प्रतिवेदन अनुसार, विश्वको कुल जनसङ्ख्याको करिब १५ प्रतिशत जनसंख्यामा कुनै न कुनै प्रकारको अपाङ्गता रहेको छ।

तीमध्ये करिब ८० प्रतिशत अपाङ्गता भएका व्यक्तिहरू हाम्रो जस्तो अति कम विकसित अथवा विकासोन्मुख राष्ट्रहरूमा रहेको पनि त्यस प्रतिवेदनमा उल्लेख छ। नेपालको पछिल्लो जनगणना (२०६८) अनुसार, नेपालको कूल जनसङ्ख्याको करिब २ प्रतिशत अर्थात १.९४ प्रतिशत अर्थात् पाँच लाख १३ हजार ३२१ जना अपाङ्गता भएका व्यक्तिहरू रहेका छन्। यस तथ्याङ्कको महत्वपूर्ण तथ्य भनेको माथि भनिए जस्तै अपाङ्गता भएका कूल जनसङ्ख्याको ८९.३२ प्रतिशत ग्रामीण क्षेत्रमा बसोबास गर्छन्, १०.६८ प्रतिशत मात्रै शहरमा बसोबास गर्छन्। स्वास्थ्य सेवाको पहुँचको सन्दर्भमा भने दुवै (शहरी र ग्रामीण ) क्षेत्रका अपाङ्गता भएका व्यक्तिहरू वहिष्करणमा पारिएका छन्।

नेपालको स्वास्थ्य सेवाको संरचनालाई संक्षेपमा उल्लेख गर्नुपर्दा यो स्वास्थ्य मन्त्रालय हुँदै स्वास्थ्य विभाग, सरकारी अपस्तालहरू, क्षेत्रीय अस्पताल, जिल्ला जनस्वास्थ कार्यालय र प्राथमिक स्वास्थ्य केन्द्रहरू हुँदै ग्रामीण समुदायसम्म पुगेको छ । यसप्रकारको संरचनालाई अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य सेवासँगको सवाललाई विश्लेषण गर्नुपर्दा सबैभन्दा पहिले अपाङ्गता भएका व्यक्तिहरूको प्रकारलाई विचरण गर्नु आवश्यक हुन्छ।

अपाङ्गताको प्रकृतिका आधारमा शारीरिक अपाङ्गता भएका व्यक्तिहरू, दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरू, सुनाइ सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरू, श्रवण–दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरू, स्वर तथा बोलाइ सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरू, मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरू र बहु–अपाङ्गता भएका व्यक्तिहरू भन्ने गरिन्छ।

अशक्तताका आधारमा पूर्ण अशक्त अपाङ्गता, अति अशक्त अपाङ्गता, मध्यम अपाङ्गता र सामान्य अपाङ्गता भएका व्यक्तिहरू गरी चार वर्गमा वर्गीकरण गरिएको छ। अपाङ्गताको प्रकृति र वर्गीकरणलाई उल्लेख गर्नुको प्रमुख आशय सबै अपाङ्गता भएका व्यक्तिहरूको आवश्यकता एउटै हुँदैन भन्ने हो।

अर्थात्, प्रत्येक अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य सेवा सम्बन्धी आवश्यकता अरू अपाङ्गता भएका व्यक्तिसँग नितान्त फरक हुन्छ भन्ने हो। तर अफसोच ! हाम्रो विद्यमान स्वास्थ्य सेवा सम्बन्धीका नीति तथा कार्यक्रम अनि त्यसको कार्यान्वयन गर्ने निकायहरूले यसरी बुझेको पाइँदैन। जुन दुःखद कुरा हो। अपाङ्गता भएका व्यक्तिहरुको समस्यालाई सवैको एउटै प्रकारको समस्या हो भनेर एउटै बाँस्केटमा राख्नु र राख्ने गरिनु हुन्न। उनीहरुको अपाङ्गताको प्रकृतिलाई हेरेर संवन्धित निकायले सुनुवाइ गर्न र गराउन आवश्यक छ ।
 

प्रकाशित मिति: सोमबार, माघ २४, २०७८  ०८:५७
प्रतिक्रिया दिनुहोस्
थप विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प मंगलबार, भदौ ३०, २०८३
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... आइतबार, भदौ २८, २०८३
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शनिबार, भदौ २७, २०८३
रसुवाको बाढीले सिकाएको पाठ 
रसुवाको बाढीले सिकाएको पाठ  बिहीबार, भदौ २५, २०८३
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता आइतबार, भदौ २१, २०८३
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ आइतबार, भदौ २१, २०८३
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति आइतबार, भदौ १४, २०८३
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन आइतबार, भदौ १४, २०८३
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ...
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ... शनिबार, भदौ १३, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
  • नंः ५ इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्