Top Navigation
  • Contact
Main Navigation
बुधबार, असोज ७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बुधबार, असोज ७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • लकडाउन गर्न जानेको सरकारले राहत दिन जानेन
लकडाउन गर्न जानेको सरकारले राहत दिन जानेन
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, भदौ २५, २०७७

कोरोनाको कहरमा सरकार कोरोना संक्रमणवाट बच्न र बचाउन भनेर लकडाउन गर्न कुनै कसर राख्न पछि परेका छैनन्। कसर वाँकी नराखेजस्तै नेपाली जनतालाई न्यूनतम आधारभूत आवश्यकता पूर्ति गर्न राहत सहयोग दिने कार्यमा भने चुकेकै छ । राहत सहयोग दिने कार्यलाई सरकारले दोश्रो फेजको लकडाउनमा त बालमतलव पनि गरेको पाइएन। बरु, नागरिक तथा व्यवसायीवाट कर उठाउन सरकार कम्मर कसेको देख्दा नेपाली जनता वाक्क दिक्क वनेका छन्। 

लकडाउन मात्र गर्न जानेको सरकारले कुनै राहत सहयोग उपलव्ध नगराएको देख्दा सवै तीन छक्क अठार दंग खाएका छन्। भारत लगायतका अन्य मुलुकले लकडाउनमा भोटरकार्डवाट आधारभूत राहत सहयोग दिएर जनता पालिरहेको अवस्थामा नेपालमा सरकारले रोगले बचाउन भन्दै भोकले मार्ने कार्य गरिरहेको भन्ने आरोप लाग्न थालेको छ । सरकारले बालमतलव नगरेपछि नागरिक आफै जागरुक बनेर टुंडिखेल, पशुपति, गोगंबु लगायतका स्थानमा निःशुल्क भोजन कार्यक्रम गरेर ठूलो उदाहरण पेश गरिरहेका छन्। सरकार भने चुप लागेर बसेका छन् । जुन विडम्बना हो । 
     
अर्कोतर्फ, सरकार कामभन्दा बढी कुरा गर्नमै व्यस्त छ। अरू सबै नागरिक पनि सरकारका कामकुराको विरोध गर्न र कुरा काट्नमै रमाइरहेका छन् । यो विषम परिस्थितिमा कुरा मात्रै काटेर बस्नु कसैका लागि पनि उचित समय होइन। कोरोना संक्रमणको समय नियन्त्रण हुन कति लाग्छ केही थाहा छैन । मौजुदा उत्पादनले धेरै समयसम्म हामीलाई पुग्दैन । अहिले काम केही नगरेर बस्यौं भने पछि यसले झन् विकराल समस्या निम्त्याउँछ। त्यसैले सबैले बेलैमा सोचेर काम गर्नु जरुरी छ।
     
यो संकटको घडीमा कोरोनाको त्राससँग सुरक्षित तवरले बसेर उत्पादनमुखी काम गर्नु हामी सबैको साझा दायित्व हो। हाम्रा जमिन बाँझा छन् । विदेश गएको हाम्रा नेपाली जनशक्ति अवसर मिल्नासाथ स्वदेश फिर्ता हुने समयको प्रतीक्षामा रहेका छन्। विप्रेषणले फस्टाएको हाम्रो घरेलु अर्थतन्त्र केही समयलाई डामाडोल हुने निश्चित छ। प्रकृतिले नै सिर्जना गरिएका समस्यासँग हामी सबै जुध्नुको अर्को उत्तम विकल्प छैन । संकटको समयमा सबैभन्दा पहिला आफू बाँच्नु अनि आफ्नालाई बचाउनु नै सबैभन्दा राम्रो सावधानी हो।
     
कोरोनाको त्रास समाप्त नहुने समयसम्म हामी पूर्णरूपमा घुमफिर गर्न सक्दैनौं । यो समयलाई अधिकतम रूपमा कृषिजन्य खेती गर्नमा अगाडि सरौं। निश्चितरूपमा सामाजिक दूरी कायम गरेर आआफ्ना खेतबारीमा काम गरौं । छिटो उत्पादन हुने खालका खेतीपाती लगाऔं। आफूलाई पुग्ने खाद्यान्न आफै उत्पादन गर्न सक्यौं भने हामी धेरै कुराबाट सुरक्षित बन्न सक्छौं। 
    
भूमिको उत्पादन स्तरअनुसार कतै अनाज बाली, कतै तरकारी खेती गरौं। वर्षौंवर्ष काम नगरेर बाँझिएका हाम्रा भूमिमा पनि अहिले कतै बाँकी नराखेर खेती गर्न सुरु गरौं। यसो ग¥यौं भने एक त काम गरेपछि सबैको शरीर निरोगी बन्छ, फूर्तिलो हुन्छ भने अर्कातिर त्यसबाट उत्पादन हुने अनाज खाएर हाम्रो जीविकोपार्जन चल्छ । बढी भएको उत्पादन बेचेर आफूलाई चाहिने अन्य सामान किन्न सक्छौं।
   
आत्मबल बलियो भयो भने कोरोनालाई जित्न सकिन्छ। खेतबारी र करेसाबारीमा मन फुकाएर काम गर्दा परि श्रम गर्ने बानीको विकास हुन्छ। शरीर स्वस्थ हुन्छ । रोगप्रतिरोधी क्षमताको विकास हुन्छ। आफूले फलाएका खानेकुरा खाँदा झन् संकटको यो घडीमा आनन्द आउँछ। कसैको कुरा काटेर, कसैको विरोध गरेर केही फाइदा हुँदैन। 
 

प्रकाशित मिति: बिहीबार, भदौ २५, २०७७  २१:२९
प्रतिक्रिया दिनुहोस्
थप विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प मंगलबार, भदौ ३०, २०८३
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... आइतबार, भदौ २८, २०८३
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शनिबार, भदौ २७, २०८३
रसुवाको बाढीले सिकाएको पाठ 
रसुवाको बाढीले सिकाएको पाठ  बिहीबार, भदौ २५, २०८३
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता आइतबार, भदौ २१, २०८३
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ आइतबार, भदौ २१, २०८३
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति आइतबार, भदौ १४, २०८३
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन आइतबार, भदौ १४, २०८३
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ...
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ... शनिबार, भदौ १३, २०८३
लाेकप्रिय समाचार
  • नंः १ चलचित्र चंगुलको ट्रेलर रिलिज
  • नंः २ १६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग
  • नंः ५ नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्