Top Navigation
  • Contact
Main Navigation
सोमबार, असार १५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
सोमबार, असार १५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • पार्टीभित्र एउटा छुट्टै संघर्षको थालनी गर्नेछु : युवा नेता थुमराज उपाध्याय
पार्टीभित्र एउटा छुट्टै संघर्षको थालनी गर्नेछु : युवा नेता थुमराज उपाध्याय
प्रज्ज्वल घिमिरे
प्रज्ज्वल घिमिरे शुक्रबार, माघ २८, २०७८

विक्रम सम्वत् २०५३ सालमा सुदाडा आटीचौर बाजुरामा जन्मनुभएका थुमराज उपाध्याय सानै उमेरदेखि वाक कलामा निपुण हुनुहुन्थ्यो। वक्तृत्वकला प्रतियोगिताहरुमा उहाँको क्षमता देखेर निर्णायकहरु अचम्मित हुँदै उहाँलाई पुरस्कृत गर्न लालायित हुने गर्थे। आफ्नो अद्भुत क्षमताकै कारण राजनीतिमा लाग्न सबैको अनुरोध भएपछि उहाँ नेपाल विद्यार्थी संघबाट विद्यार्थी राजनीतिमा प्रवेश गर्न हौसिनु भएको थियो।

विक्रम सम्वत २०६८ सालमा नेविसंघको सदस्यता ग्रहण गर्दै २०७१ सालमा पोखराको गण्डकी मेडिकल कलेजको नेविसंघ इकाई सचिव हुनुभएका उहाँ अत्यन्त संयम् शान्ति धैर्यता र सकारात्मक सोचकासाथ राजनीति गर्न रुचाउँने व्यक्तिका रुपमा नेविसंघभित्र चिनिनुहुन्छ। 

हालसालै विश्व हिन्दु युवा संघको बाजुरा जिल्ला कार्य समितिको अध्यक्ष हुनुभएका उहाँ अहिले नेविसंघ बाजुरा काठमाडौ सम्पर्क समितिको सचिवका रुपमा पनि कार्यरत हुनुहुन्छ। पहिलो चोटि कोविडले सताएको वेला लकडाउनमा बाजुराबाट आएका विरामीहरुलाई स्वास्थ्यलाभका लागि सहजिकरण र विकट ठाउँहरुमा खाद्यान्न वितरण गरेर अत्यन्त सराहनीय काम गर्नुभएका नेविसंघका उदयमान तथा जुझारु युवा नेता थुमराज उपाध्यायसँग प्रज्वल घिमिरेले गरेको कुराकानीको संक्षिप्त अंश यहाँ प्रस्तुत छ। 

तपाईले राजनीति गर्नुको कारण वताइदिनुहोस् न ?

मेरा अग्रज र मैले सधै सम्मान गर्ने नेताहरु चाहिँ राजनीतिक परिवर्तनमा ज्यादा सक्रिय भए म चाहिँ राजनीतिको परिवतनका लागि राजनीतिमा लागेको हुँ। 

अलि प्रष्ट पार्नुहोस त ? के भन्न खोज्नु भएको हो ?

हाम्रा अग्रज र सम्मानित स्वर्गिय नेताहरु विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाले नेपालमा धेरै समय राणा शासन र पञ्चायतकालको सक्रिय राजतन्त्रलाई विस्थापित गराउँन खर्चेर प्रजातन्त्र र लोकतन्त्रको स्थापनाका लागि संघर्ष गरे तर अब हामीले चाहिँ उहाँहरुका कारण परिवर्तन भएर प्राप्त गरेको लोकतन्त्रको सदुपयोग गरेर इमान्दारितापूर्वक राजनीति गर्नुपर्छ भन्न खोजेको हो मैले। विगतमा राजनीतिक व्यवस्था परिवर्तनका लागि गरेको राम्रा कामहरु भजाएर राजनीति गर्ने संस्कारको अन्त्य हुनुपर्छ र इतिहासबाट काङ्ग्रेसका नेताहरुले गरेका राम्रा कामहरुबाट प्रेरणा लिँदै तर त्यसलाई मात्र राजनीतिको आधार नबनाई हामीले आफ्नो भूमिकालाई अझ प्रभावकारी बनाउन सक्नुपर्छ भन्ने मेरो मुख्य मान्यता हो। 

नेपालमा काङ्ग्रेसले विगतमा दिएको योगदान खाली राजनैतिक व्यवस्था परिवर्तनका लागि मात्र सिमित थियो भन्न खोज्नु भएको हो ?

हैन, मुख्य काम चाहिँ राजनैतिक व्यवस्था परिवर्तनका लागि मात्र थियो भन्न खोजेको हो मैले। २००७ सालदेखि अहिलेसम्म नेपाली काङ्ग्रेसको सकारात्मक भूमिकालाई नेपालको राजनीतिमा कसैले पनि नकार्न सक्दै सक्दैन। काङ्ग्रेस सरकारमा भएपनि प्रतिपक्षमा भएपनि सधै प्रभावकारी भूमिका निभाउन कहिल्यै पनि चुकेको छैन। देशलाई अप्ठ्यारो परेको वेलामा वीपीदेखि अहिले शेरवहादुर देउवासम्म आइपुग्दा पनि काङ्ग्रेसले डटेर लडिरहेको कुरालाई काङ्ग्रेसको विगत र अहिलेको व्यवहारले नै पुष्टि गर्दछ।

भरखरै सम्पन्न काङ्ग्रेसको महाधिवेशनको बारेमा केही भन्न चाहनुहुन्छ ?

महाधिवेशन सकारात्मक रुपले सम्पन्न भएको छ। युवाको भूमिकालाई काङ्गे्रसमा अधिक मात्रामा बढाउँनुपर्छ भन्ने कुरा त सही हो तर युवाहरुको सोचाई युवा जस्तो भएन भने युवक हुनुले खासै अर्थ राख्दैन भन्ने विचार सबैले राख्न जरुरी छ। अहिले काङ्ग्रेसमा युवा नेताहरुको सोचाई युवा जस्तो देख्दिन म। बरु शेरवहादुर देउवामा युवाभन्दा बढी जोश जाँगर र क्षमता प्रष्ट सँग देख्न सकिन्छ। शेरवहादुर देउवाको विरोध गर्नेहरुले उहाँले काङ्ग्रेसका लागि दिएको योगदान र संघर्षको मूल्याङ्कन नगरी खाली उहाँप्रति नकारात्मक धारणा राखेर उहाँले गरेका राम्रा कामहरु कहिल्यै नदेख्ने तर उहाँलाई वदनाम गराउँन उहाँले नगरेका कामहरुको दुष्प्रचार गरेर सधै उहाँको खोइरो खन्ने काम गरेको कुरालाई भर्खरै सम्पन्न काङ्ग्रेसको महाधिवेशनले पुष्टि गरेको छ।

त्यसोभए के युवाहरुको भूमिकालाई यो महाधिवेशनले सम्मान गरेको छ ?

छ, किन छैन। नेपाली काङ्ग्रेसले युवाहरुलाई स्थान दिएकोले नै त अब हुने तीनै तहको निर्वाचनमा काङ्ग्रेस युवाहरुको जोश र जाँगरका कारण राम्रो परिणाम ल्याउँने कुरामा ढुक्क छ। 

काङ्ग्रेसले बाटो बिर्सियो भन्छन् मानिसहरु आजकल, के काङ्ग्रेसले बाटो विर्सिएकै हो त ?  

काङ्ग्रेस आधुनिक युगमा आधुनिक ढङ्ले हिँडेको मात्र हो । काङ्ग्रेसले लोकतन्त्रलाई विर्सिएको एउटा मात्र प्रमाण देखाउनुस् त मलाई ? 

लोकतन्त्रलाई नविर्सिए पनि हिजो बोकेर हिँडेको परम्पराबादी शक्तिलाई छोडेन र काङ्ग्रेसले ?

परम्पराबादी शक्तिको नाममा अब राजसंस्थाको आवश्यकता र औचित्य आधुनिक नेपालमा देख्दिन म । नेपालमा पुनः सामन्तीहरुलाई पुनस्र्थापना गराउँनु भनेको आफ्नो खुट्टामा फेरी बञ्चरोले हान्नु हो। कमल थापा जस्तो राजसंस्थाप्रति समर्पित व्यक्तिले त धोका खाएका कारण निर्मल निवासप्रति निराश हुँदै एक्लिएर आफ्नो राप्रपा पार्टी परित्याग गरिसके भनेपछि अब हामीले राजसंस्थाको पुनस्र्थापनाको बारेमा कल्पना मात्र गर्नु पनि मुर्खता हुन्छ। बरु हामी सबै नेपालीको पहिचानलाई जोगाउँने सबै जातजातीको आ–आफ्नो विभिन्न चाडपर्व, जात्रा, धर्म, संस्कृति र रीतिरिवाजलाई हामीले कहिल्यै पनि छोड्नु हुँदैन। जुन हामीले छोडेका पनि छैनौ। 

विश्वेश्वरप्रसाद कोइराला र गिरिजाप्रसाद कोइरालाले नेतृत्व गरेको काङ्ग्रेसमा के भिन्नता देख्नुहुन्छ ?

वीपीले मुलुकको विकासका लागि र जनताका भलाईका लागि एउटा गहकिलो खाका कोरे भने गिरिजाबाबुले त्यसैलाई निरन्तरा दिँदै नयाँ ढङ्गबाट मुलुकलाई हाँके। तर समय र परिस्थिति अनुसार नेतृत्वको परिणामहरु फरक फरक आयो। 

अबको काङ्ग्रेस कस्तो हुन्छ ?

युवाको मागहरु सम्बोधन गर्दै जनताका एजेण्डाहरुलाई साथ लिएर पुराना गल्ती कमी कम्जोरीहरुलाई सच्च्याएर जनताका चाहनाहरु पूरा गर्न कटिबद्ध हुँदै देशको उन्नतीमा अब काङ्ग्रेस अघि बढ्छ। 

नेविसंघको अवस्था चाहिँ कस्तो देख्नु भएको छ तपाईले अहिले ?

नेविसंघको अध्यक्ष राजीव ढुङ्गाना पार्टीको केन्द्रिय सदस्य भइसक्नु भएकोले नेविसंघलाई अब चलायमान बनाउँन छिटो भन्दा छिटो नयाँ नेतृत्वको चयनमा सबैले ध्यान दिनुपर्छ किनभने युवाहरुको सक्रिय नेतृत्व विना संसारको कुनैपनि राजनीतिक दल बलियो र सफल भएको छैन। 

नेविसंघले नयाँ नेतृत्व पाइसकेपछि कसरी अगाडि बढ्नुपर्छ ?

पहिलो कुरा त नेविसंघको नेतृत्व लिने मान्छे आफै पनि विद्यार्थी हुनुपर्छ। विद्यार्थीहरुका मागहरुलाई प्रभावकारी ढङ्गले सम्बोधन गर्नका लागि विभिन्न कलेजहरुमा सङ्गठन विस्तार हुनुपर्छ र एकताबद्ध भएर विद्यार्थीको हकहितमा अघि बढ्न सक्नुपर्छ। 

अब तपाईँको काङ्ग्रेसमा कस्तो भूमिका हुन्छ ?

जनताको समस्याहरु पहिल्याउँदै समाधानका लागि पार्टीभित्र एउटा छुट्टै संघर्षको थालनी गर्नेछु। 


 

प्रकाशित मिति: शुक्रबार, माघ २८, २०७८  १८:२७
प्रतिक्रिया दिनुहोस्
थप विचार
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? आइतबार, असार ७, २०८३
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’  बुधबार, असार ३, २०८३
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग 
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग  मंगलबार, असार २, २०८३
भ्रष्टाचार ठूला फाइलमा मात्र होइन: स-साना नियतमा लुकेको रोग    
भ्रष्टाचार ठूला फाइलमा मात्र होइन: स-साना नियतमा लुकेको रोग     शनिबार, जेठ १६, २०८३
Fishing Cat Conservation Beyond Protected Areas
Fishing Cat Conservation Beyond Protected Areas बिहीबार, जेठ १४, २०८३
मुसहरको नाममा अझै विभेद 
मुसहरको नाममा अझै विभेद  सोमबार, जेठ ११, २०८३
भोजभतेरको रवाफ र भोको पेटको चित्कार
भोजभतेरको रवाफ र भोको पेटको चित्कार शनिबार, जेठ ९, २०८३
सजिलो राजनीतिको भर्‍याङ ‘समाजसेवा’
सजिलो राजनीतिको भर्‍याङ ‘समाजसेवा’ सोमबार, जेठ ४, २०८३
‘एक पटक बोलिदेउन बालेन सरकार’
‘एक पटक बोलिदेउन बालेन सरकार’ शुक्रबार, जेठ १, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नगरस्तरीय परीक्षामा ४ जीपिए ल्याउने दुई विद्यार्थीलाई त्रियुगा नगरपालिकाद्वारा सम्मान
  • नंः २ फेसबुकमा ‘देश हरायो’ ले रास्वपा सांसद लामालाई प्रश्न–देश कसरी हरायो ?
  • नंः ३ पत्रकारको क्षमता बढाउँदै नेपाल प्रेस इन्स्टिच्यूट
  • नंः ४ उदयपुरगढी गाउँपालिकाको ६४ करोड ७७ लाख १९ हजार रुपैयाँको बजेट सार्वजनिक
  • नंः ५ उदयपुरका स्थानीय तहको बजेट : आकार ठूलो, आम्दानी सानो
विचार
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? शारदा बजगाईँ
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’  विदुर कटुवाल
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग 
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग  शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्