Top Navigation
Main Navigation
सोमबार, असार ३०, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, असार ३०, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • देशलाई सङ्कटको भुमरीमा लैजान खोजिँदैछ, सचेत होऔँ  : अध्यक्ष दाहाल 
देशलाई सङ्कटको भुमरीमा लैजान खोजिँदैछ, सचेत होऔँ  : अध्यक्ष दाहाल 
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, फागुन १, २०७८

काठमाडौ । नेकपा (माओवादी केन्द्र) ले विभिन्न कार्यक्रमको आयोजना गरी २७औँ ‘जनयुद्ध दिवस’ मनाएको छ। 

मधेश प्रदेश सरकारले प्रदेश राजधानी जनकपुरमा विशेष कार्यक्रमको आयोजना गरी सो दिवस मनाउँदैछ। 

माओवादीले २०५२ साल फागुन १ गते सशस्त्र सङ्घर्ष घोषणा गरेको दिनको स्मरणमा आज २७औँ जनयुद्ध दिवस मनाएको हो। सो दिनको स्मरणका आज माओवादीले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा एक कार्यक्रमको आयोजना गरेको छ।  

कार्यक्रमलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्दै जनयुद्ध र जनआन्दोलनले नयाँ एकता पैदा गरेकै कारणले नयाँ संविधान जारी हुन सफल भएको र एवं नयाँ राष्ट्रिय एकता कायम गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको बताउँदै उनले सबै प्रदेश सरकार र सङ्घीय सरकारले समेत जनयुद्ध दिवस मनाउन आग्रह गरेका हुन्।

Nepal Oil Corporation

उनले नयाँ राजनीतिक परिवर्तन र एकतालाई सुरुदेखि नै केही समूह र व्यक्तिलाई मन नपरेको र त्यसको बाछिटा हालसम्म पनि देखा परिरहेको उल्लेख गर्दै माओवादीका नेता तथा कार्यकर्ताको तेजोबोध गर्न कसरी सकिन्छ भन्नेमा केही मानिस दिनरात नभनी लागि परेको उनको भनाइ छ।  

जनयुद्धबाट प्राप्त भएका परिवर्तनलाई कमजोर पार्न सकिन्छ, स्वाधीनता र राष्ट्रियताको आन्दोलनलाई कमजोर पार्ने प्रयास भइरहेको उल्लेख गर्दै उनले प्राप्त अधिकार र राष्ट्रिय स्वाधीनताका पक्षमा थप सङ्कल्प गर्नुपर्ने आवश्यकता औँल्याए।  

उनले नयाँ ऊर्जासहित नयाँ एकता कायम गरेर अगाडि बढ्न सबै क्रान्तिकारी शक्तिलाई आह्वान गर्दै अध्यक्ष प्रचण्डले राजनीतिक सङ्कटको भुमरीमा देशलाई लैजान खोज्ने प्रवृत्तिका विरुद्ध उभिन आग्रह गरे। 

जनताको सचेत पहलका साथ गतवर्ष प्रतिगमनलाई परास्त गरेको स्पष्ट पार्दै उनले प्रतिगमन विरोधी गठबन्धनलाई टुटाउनका लागि प्रयास भइरहेको आशङ्का व्यक्त गरे। 

अध्यक्ष प्रचण्डले संविधानको रक्षा, राष्ट्रियताको सम्वद्र्धन गर्ने लक्ष्यका साथ सुरु भएको सहकार्य अझै अगाडि बढ्ने विश्वास व्यक्त गरे। 

उनले पाँच दलीय गठबन्धन कुनै परियोजना वा त्यससँग भएको सहमतिका आधारमा नबनाएको उल्लेख गर्दै राष्ट्रियताको सम्वद्र्धन, लोकतन्त्रको रक्षाका लागि प्रतिबद्ध हुनु नै देश र जनताको हितमा हुने स्पष्ट पारेका थिए। 

खास परियोजना गर्ने वा नगर्ने भन्ने आधारमा गठबन्धनको भाग्य र भविष्यका बारेमा कोही कसैले सोच्छ भने त्यो देश र जनताका लागि समेत राम्रो नहुने उनको भनाइ छ। 

सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आफूले सार्न लगाएको भनेर गलत प्रचार भएको उहाँको भनाइ थियो। उनले गलत मनसायका साथ गलत प्रचार हुने गरेको प्रति अध्यक्ष दाहालले दुःख व्यक्त गरे। 

फरक एक प्रसङ्गमा उनले सबै क्रान्तिकारी बामपन्थी शक्ति, माओवादी घटक तथा देशभक्त सबैलाई एकता, सहकार्यको मार्गमा अगाडि बढ्न आह्वान गरेका छ। 
 

प्रकाशित मिति: आइतबार, फागुन १, २०७८  १२:३१
##PushpaKamalDahal
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
तीन वटै तहका सरकारलाई अमरेशको प्रश्नै प्रश्न?
तीन वटै तहका सरकारलाई अमरेशको प्रश्नै प्रश्न? आइतबार, असार २९, २०८२
अख्तियार नाउको लागि अफिस खुल्या छ, भ्रष्टाचारीलाई कारवाही गर्दैन : अमरेशकुमार सिंह
अख्तियार नाउको लागि अफिस खुल्या छ, भ्रष्टाचारीलाई कारवाही गर्दैन : अमरेशकुमार सिंह बुधबार, असार २५, २०८२
विद्याका विरुद्ध ओली-देउवा एउटै मोर्चामा
विद्याका विरुद्ध ओली-देउवा एउटै मोर्चामा बुधबार, असार २५, २०८२
हिजो प्रतिपक्षमा हुँदा जीबी राईलाई पक्रेर ल्याउँछु भन्ने गृहमन्त्री आज कुन दुलोमा लुक्यो ? जीबी राई चाहियो यहाँ !
हिजो प्रतिपक्षमा हुँदा जीबी राईलाई पक्रेर ल्याउँछु भन्ने गृहमन्त्री आज कुन दुलोमा लुक्यो ? जीबी राई चाहियो यहाँ ! मंगलबार, असार २४, २०८२
त्रिवि सिनेट बैठक स्थगित गरेर प्रधानमन्त्री ओली पुल उद्घाटनमा 
त्रिवि सिनेट बैठक स्थगित गरेर प्रधानमन्त्री ओली पुल उद्घाटनमा  आइतबार, असार २२, २०८२
मन्त्रिपरिषदले गरेका निर्णयहरु
मन्त्रिपरिषदले गरेका निर्णयहरु सोमबार, असार १६, २०८२
युगीन कलाकार पवन जोशी महारथी ।। चिरिबाबु महर्जन नगरपिता ।। बिक्रम भक्त नेवाः तारा ।। न्हुछेकाजी नेवाः सूर्य ।।
युगीन कलाकार पवन जोशी महारथी ।। चिरिबाबु महर्जन नगरपिता ।। बिक्रम भक्त नेवाः तारा ।। न्हुछेकाजी नेवाः सूर्य ।। आइतबार, असार १५, २०८२
प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री पौडेल
प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री पौडेल मंगलबार, असार १०, २०८२
लाज पचेका नेताहरुलाई सुनिल शर्माको शब्दवाण
लाज पचेका नेताहरुलाई सुनिल शर्माको शब्दवाण आइतबार, असार ८, २०८२
Tourism Office Kathmandu
लाेकप्रिय समाचार
  • नंः १ मेरो कार्यकालमा आमूल परिवर्तन हुन्छ, त म भन्दिन, तर सकारात्मक परिवर्तनहरु भएको देख्न सक्नुहुनेछ : नगर प्रमुख श्रेष्ठ
  • नंः २ बिक्रम भक्त जोशी ।। एउटै कृतिवाट व्यापक चर्चामा आएका नेपाली लेखक ।।
  • नंः ३ उदयपुरकाे कुन पालिकामा एसइई नतिजा कस्ताे?
  • नंः ४ उदयपुरकाे त्रियुगा नदीमा बेपत्ता युवाकाे शव फेला
  • नंः ५ उदयपुरकाे त्रियुगा नदीमा नुहाउने क्रममा एक बेपत्ता
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्