Top Navigation
Main Navigation
बिहीबार, पुस १०, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
बिहीबार, पुस १०, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • आवश्यकता, पहिचान र समन्यायिक रुपमा वित्तीय सङ्घीयता कार्यान्वयनमा आएन
आवश्यकता, पहिचान र समन्यायिक रुपमा वित्तीय सङ्घीयता कार्यान्वयनमा आएन
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, फागुन २३, २०७८

काठमाडौ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले खर्चकोे आवश्यकता, पहिचान र समन्यायिक बाँडफाँटमा जोड दिएको छ।

प्रतिनिधिसभा अर्थ समितिको बैठकमा आयोग अध्यक्ष बालानन्द पौडेलले सङ्घ, प्रदेश र स्थानीय तहले सम्पादन गर्ने कार्यको गुणस्तर र परिणामको मानक स्थापित गर्न आवश्यक रहेको बताएको हो। उनले भने, “मुलुकमा यस वर्ष कति सडक निर्माण हुने विषयको तय केन्द्रबाट भए पनि कुन सडक, कहाँ बनाउने भन्ने छनोट प्रदेश र स्थानीय तहलाई दिइनुपर्छ। विकासका न्यूनतम मानक सबै स्थानीय तहमा पुग्नपर्छ।”

वित्तीय सङ्घीयता कार्यान्वयनका सवालमा आयोगको सिफारिसलाई अवज्ञा गरी शशर्त अनुदान घटाउन पर्नेमा उल्टै बाँड्ने तयारीमा सरकार रहेको जनाउँदै आयोगले प्रदेश र स्थानीय तहबाट औपचारिकरुपमा बजेट अपुग भएको भन्ने गुनासो हालसम्म कहीँकतैबाट प्राप्त नआएको जानकारी दिइयो। एकीकृत कानुन निर्माणका लागि भगिरथ प्रयास गरे पनि सरकारले कानुनको मस्यौदा तर्जुमाका लागि सहमति नदिएको समेत आयोगको गुनासो छ।

समितिका सभापति कृष्णप्रसाद दाहालले वित्तीय सङ्घीयता लागू गर्ने सम्पूर्ण अधिकार रहेको आयोग स्वयम् कानुनको अभावमा काम गर्न नसक्ने परिस्थितिमा रहनु सुखद् पक्ष नभएको टिप्पणी गरे। उनले भने, “स्थानीय तहलाई उपलब्ध हुने शशर्त अनुदान घटाउन पर्नेमा बढेर गएको अवस्थाले वित्तीय सङ्घीयता ठीक ढङ्गबाट अघि बढेको छैन भन्ने सङ्केत गरेको छ, स्थानीय तहमा आर्थिक स्रोतको पहिचान, सङ्कलन र सदुपयोग हुन सकेको देखिन्न।”

कतिपय प्रदेशले यातायातबाट उठेको राजस्व स्थानीय तहलाई तथा स्थानीय तहले  नदीजन्य ढुङ्गा, गिट्टी, बालुवाबाट उठेको कर प्रदेशलाई उपलब्ध नगराएको घटना कानुनी राज्यको अवधारणाविपरीत भएको टिप्पणी गरियो। 

आयोगले दोहोरो राजस्व अधिकार क्षेत्रभित्र परेकामा त्यस्ता कर, राजस्व उठाउने र बाँड्ने सन्दर्भमा थप स्पष्टता हुनुपर्ने तथा राजस्व र अनुदान बाँडफाँटलाई बजेट, खर्च, प्रगति विवरण, कार्यसम्पादन, कामको प्रभावकारिता र जवाफदेहीतासँग जोड्न पर्ने रायसुझाव दिएको छ।

समिति सदस्य सत्या पहाडीले राजस्व बाँडफाँटमा वित्तीय अनुशासन पालना र न्यायिक वितरण नभएकाले ठूलो सुधारको खाँचो औँल्याए। आयोगले राजस्व बाँडफाँट तथा अन्तर–सरकारी अनुदान उपयोगका उद्देश्यमा प्रष्टता कायम गर्दै खर्च गर्नुपर्ने तथा तीन तहका सरकारका वित्तसम्बन्धी कामको प्रभावकारिता अभिवृद्धिका लागि संस्थागत, संरचनागत र सङ्गठनात्मक एव प्राविधिक पक्षमा प्रयाप्त सुधारमा जोड दिएको छ।

अर्का सदस्य पदम गिरीले स्थानीय तहले ल्याप्टप, सवारी साधान, पोसाक मात्र नभई राजनीतिक स्वार्थबाट बजेट खर्च र वितवरण गर्ने कार्य भएकाले वित्तीय अनुशासन कायम गर्ने सिलसिलामा गम्भीर प्रश्न उठेको बताए। अन्तरसरकारी वित्तीय हस्तान्तरणलाई समन्यायिक, वस्तुगत र यथार्थपरक बनाउन  स्थानीय तहसम्मको खण्डीकृत, स्तरीकृत र अद्यावधिक तथ्याङ्क उपलब्ध हुनपर्नेमा पनि आयोगले जोड दिएको छ।

आयोगका सचिव भरत सुवेदीले सङ्घ, प्रदेश र स्थानीय तहको खर्च जिम्मेवारीमा थप स्पष्टता हुनुपर्ने देखिएको बताए। संवैधानिक निकायका रुपमा रहेको आयोगको सिफारिस तथा सुझावलाई सङ्घीय एकाइले संविधानको भावना र मर्मअनुरुप अवलम्बन, अनुशरण र कार्यान्वयन गर्न पर्ने विषयलाई टड्कारो रुपमा पालना गर्न पनि सुझाव दिइएको छ।

समिति सचिव डा सुरेन्द्र अर्यालले ऐनको कन्टेन्ट मात्र होइन, वित्तीय सङ्घीयताको प्रभावकारी कार्यान्यनमा बाधक देखिएका कानुन सुधारका लागि पहिचान र पहल आवश्यक रहेको विचार प्रकट गरे। सिफारिस कार्यान्वयनको अवस्थाको विवरण प्रस्तुत गर्दै सङ्घ, प्रदेश र स्थानीय सरकारले परिचालन गर्नसक्ने आन्तरिक ऋणको सीमा तथा ऋण उठाउन लिएको लक्ष्य र उठाएको रकम सीमाभित्रै रहे तापनि बजेटमा ऋण उठाउने उल्लेख गरिएको तर प्रदेश र स्थानीय तहबाट हालसम्म उठाएको नदेखिएको जानकारी दिइयो।

कतिपय प्रदेशले क्षेत्रगतरुपमा शर्त तोकी सशर्त अनुदान उपलब्ध गराउन पर्नेमा स–सना क्रियाकलापको नाम नै किटान गरी अनुदान स्थानीय तहलाई हस्तान्तरण गरेकोसमेत तथ्य तथ्याङ्क प्रस्तुत गरियो।

प्रकाशित मिति: सोमबार, फागुन २३, २०७८  ०८:३५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कुलमान घिसिङले भने, देशलाई ठोस परिणाम दिन जनताले नयाँ शक्तिलाई छान्नुपर्छ
कुलमान घिसिङले भने, देशलाई ठोस परिणाम दिन जनताले नयाँ शक्तिलाई छान्नुपर्छ शनिबार, पुस ५, २०८२
जेनजी सरकारको सय दिन :  के के भए उपलब्धिहरु
जेनजी सरकारको सय दिन : के के भए उपलब्धिहरु शनिबार, पुस ५, २०८२
आजको मन्त्रीपरिषद् बैठकले गर्यो ११ महत्वपूर्ण निर्णयहरु
आजको मन्त्रीपरिषद् बैठकले गर्यो ११ महत्वपूर्ण निर्णयहरु मंगलबार, पुस १, २०८२
मन्त्रीपरिषदकाे बैठकले गरेका चार निर्णयहरु
मन्त्रीपरिषदकाे बैठकले गरेका चार निर्णयहरु सोमबार, मंसिर ३०, २०८२
मन्त्रीपरिषद् विस्तार : चार मन्त्रीले लिए सपथ
मन्त्रीपरिषद् विस्तार : चार मन्त्रीले लिए सपथ शुक्रबार, मंसिर २७, २०८२
श्रद्धा श्रेष्ठ मन्त्री पदमा नियुक्त, आजै पद बहाली
श्रद्धा श्रेष्ठ मन्त्री पदमा नियुक्त, आजै पद बहाली शुक्रबार, मंसिर २७, २०८२
मन्त्रीपरिषद्काे बैठकले के के निर्णयहरु गरे ?
मन्त्रीपरिषद्काे बैठकले के के निर्णयहरु गरे ? मंगलबार, मंसिर २४, २०८२
महाधिवेशन कार्यतालिकामा नेता गच्छदारको भूमिका
महाधिवेशन कार्यतालिकामा नेता गच्छदारको भूमिका बुधबार, मंसिर १८, २०८२
केन्द्रीय कार्यसमिति बैठकले गर्यो यी महत्वपूर्ण निर्णयहरु
केन्द्रीय कार्यसमिति बैठकले गर्यो यी महत्वपूर्ण निर्णयहरु सोमबार, मंसिर १६, २०८२
लाेकप्रिय समाचार
  • नंः १ गायिका तथा निर्माता सत्यकला राई सम्मानित
  • नंः २ बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेड र लेमन ट्री होटल्सबीच फ्रेन्चाइजी सम्झौता
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ कुलमान घिसिङले भने, देशलाई ठोस परिणाम दिन जनताले नयाँ शक्तिलाई छान्नुपर्छ
  • नंः ५ आजको मन्त्रीपरिषद् बैठकले गर्यो ११ महत्वपूर्ण निर्णयहरु
विचार
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव अच्युतप्रसाद नेपाल
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन अच्युत प्रसाद नेपाल
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्