Top Navigation
  • Contact
Main Navigation
शनिबार, भदौ २७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, भदौ २७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • नेपाली सेना टिम च्याम्पियन
नेपाली सेना टिम च्याम्पियन
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज मंगलबार, फागुन २४, २०७८

काठमाडौ । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब प्रथम वीर गणेशमान सिंह राष्ट्रिय फेन्सिङ्ग प्रतियोगितामा टिम च्याम्पियन बन्न सफल भएको छ। 

सेनाले ६ स्वर्ण, २ रजत र ६ कास्य पदककासाथ टिम च्यामिपयन बनेको हो। दोश्रो एपिएफ रह्यो। एपिएफले ३ स्वर्ण, ५ रजत र ८ कास्य पदक प्राप्त गर्याे भने तेश्रो स्थानमा रहेको बागमती प्रदेशले ३ स्वर्ण, ५ रजत र ३ कास्य प्राप्त गरेको छ।

वीर गणेशमान सिंह स्पोर्टस् कमिटि र नेपाल फेन्सिङ्ग संघको संयुक्त आयोजनमा भएको प्रतियोगिताको महिला फ्वाईल तर्फ एपिएफकी मन्दिरा थापाले स्वर्ण हात पारिन्। 

थापाले फाईनलमा चिरप्रतिद्वन्दि सेनाकी रमा सिंहलाई १५-१२ को झिनो अन्तरले पराजित गर्दै रजतमा खुम्चियकी छन् भने तेश्रो स्थानमा सेनाकी मनिषा राई र बागमतीकी अञ्जु तामाङ्ग रहेका छन्।

त्यस्तैगरी पुरुषको टिम फ्वाईलतर्फ सेनाले जित हात पार्दै स्वर्ण कब्जा गरेको छ। सेनाले बागमतीलाई ४५-२९ ले पराजित गर्दै रजतमा खुम्चन बाध्य बनाएका थिए भने गण्डकी र एपिएफले कास्य पदक प्राप्त गरेका छन्।

यस्तै टिम महिला सावरमा पनि सेनाले स्वर्ण हात पार्याे । फाईनलमा सेनाले एपिएफलाई ४५-३६ अंकले पराजित गर्दै स्वर्ण कब्जा गरेको हो भने बागमती र गण्डकीले कास्य पदक हात पारेका छन् ।

महिला टिम फ्वाईलतर्फ एपिएफले बागमती प्रदेशलाई पराजित गर्दै स्वर्ण प्राप्त गर्याे। एपिएफले बागमतीलाई ४५–३६ अंकले परातिज गरेको हो। यस्तै यस विधामा सेना र प्रदेश नं. १ ले कास्यमा चित्त बुझाएका छन्।

पुरुष इपी टिमतर्फ सेनाले एपिएफलाई ४५-४० अंकले पराजित गर्दै स्वर्ण हात पा¥यो भने तेश्रो स्थानमा गण्डकी प्रदेश र प्रदेश नं. १ छन्। 

पुरुष सावरतर्फ एपिएफले स्वर्ण जित्दा बागमतीले रजत पायो। एपिएफले बागमतीलाई ४५-३६ अंकले पछि पार्दै स्वर्ण जितेको हो भने नेपाली सेना र प्रदेश १ ले कास्य पदक प्राप्त गरेका छन् । 

प्रतियोगितामा ब्यक्तिगत स्पर्धातर्फ दुई स्वर्ण प्राप्त गर्ने बागमती प्रदेशका खेलाडी ओमकार सिंहलाई नेपाल फेन्सिङ्ग संघका महासचिव सुजनलाल श्रेष्ठले व्यक्तिगत १० हजारले सम्मान गरे। यस्तै प्रतियोगितामा अनुशासित खेलाडीको खिताव पाएका एपिएफका शेरसिंह ऐरीलाई भारतबाट प्रतियोगिता सफल पार्न आएका निर्णायकहरु सन्तोष पाण्डे र बिशाल रावलले खेल सामाग्री प्रदान गर्दै सम्मान गरेका छन्। 

प्रतियोगितामा गण्डकी प्रदेशबाट सवैभन्दा कम उमेरकी खेलाडी (११ बर्ष) प्रतिक्षा रानाले पनि सहभागिता जनाएकी थिईन्। उनले सिनियर प्रतिस्पर्धामा दुई खेल जित्न पनि सफल भएकी थिईन्। 

बिजयी खेलाडीहरुलाई नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री एवं गणेशमान फाउण्डेशनका अध्यक्ष प्रकाशमान सिंह, महिला नेतृ श्रृजना सिंह, राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोईराला, सदस्य सुभाष श्रेष्ठ, नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष एवं कार्यकारी निर्देशक चतुरानन्द राजबैद्य, सचिव रामजीबहादुर श्रेष्ठ, नेपाल ओलम्पियन संघका अध्यक्ष दीपक बिष्ट, नेपाल सुटिङ्ग संघका अध्यक्ष पुष्पदाश श्रेष्ठ, भारोत्तोलन संघका अध्यक्ष रामबोस श्रेष्ठ, नेपाल बास्केटबल संघका कार्यबाहक अध्यक्ष भिमसिंह गुरुङ्ग लगायतले पुरस्कार वितरण गरेका थिए।

तीन दिने प्रतियोगितामा प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश, नेपाली सेना, एपिएफ गरि ६ टिमको सहभागिता रहेको थियो भने १२ स्वर्ण पदकका लागि ११४ खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए।

प्रकाशित मिति: मंगलबार, फागुन २४, २०७८  १३:५७
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
पहिलाको सरकार त पूर्वाग्राही नै रह्यो, अहिलेकोसँग आशावादी छौं
पहिलाको सरकार त पूर्वाग्राही नै रह्यो, अहिलेकोसँग आशावादी छौं बिहीबार, भदौ ४, २०८३
पुष्पलाल स्मृती ब्याडमिन्टन सुरु
पुष्पलाल स्मृती ब्याडमिन्टन सुरु सोमबार, साउन २५, २०८३
इतिहासमै पहिलो खेलकुद प्रदर्शनी 
इतिहासमै पहिलो खेलकुद प्रदर्शनी  सोमबार, साउन १८, २०८३
फिफा विश्वकप २०२६: खेल, नाफा र साम्राज्यवादी राजनीति
फिफा विश्वकप २०२६: खेल, नाफा र साम्राज्यवादी राजनीति बिहीबार, असार ४, २०८३
कोशीमा प्याराग्लाइडिङ प्रवर्द्धनका लागि नयाँ नेतृत्व चयन
कोशीमा प्याराग्लाइडिङ प्रवर्द्धनका लागि नयाँ नेतृत्व चयन बुधबार, वैशाख १६, २०८३
केनिश खड्काले प्राप्त गरे स्वर्ण पदक 
केनिश खड्काले प्राप्त गरे स्वर्ण पदक  बिहीबार, फागुन ७, २०८२
नेपालकी गीता विष्टले प्राप्त गरिन् रजत पदक
नेपालकी गीता विष्टले प्राप्त गरिन् रजत पदक बुधबार, फागुन ६, २०८२
इतिहासमै पहिलोपटक नेपालले इङ्ल्यान्डको सामना
इतिहासमै पहिलोपटक नेपालले इङ्ल्यान्डको सामना आइतबार, माघ २५, २०८२
नेपाली महिला क्रिकेट टोलीको जर्सी सार्बजनिक
नेपाली महिला क्रिकेट टोलीको जर्सी सार्बजनिक बुधबार, माघ २१, २०८२
लाेकप्रिय समाचार
  • नंः १ आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता
  • नंः २ साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ
  • नंः ३ खरानीपछि उज्यालो-जेन-जीको नयाँ संकल्प
  • नंः ४ तेस्रो पटक ISO 9001: 2015 बाट प्रमाणित
  • नंः ५ शवको गणना गर्ने सरकार, बेपत्ताको खोजीमा किन सुस्त ?
विचार
रसुवाको बाढीले सिकाएको पाठ 
रसुवाको बाढीले सिकाएको पाठ  NamiNews- नामीन्यूज
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता प्रज्ज्वल घिमिरे
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्