Top Navigation
  • ENEnglish
  •   E-paper
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • सम्वाद
  • विश्व परिवेश
  • ENEnglish
  •   E-paper
शनिबार, जेठ १४, २०७९
Nami News
  • गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • सम्वाद
  • विश्व परिवेश
Search Here
सम्वाद
  • Home
  • सम्वाद
  • आफ्नो काममा सन्तुष्ट भइयो भने प्रगति हुँदैन : उपाध्यक्ष अमृता गुरुङ  
आफ्नो काममा सन्तुष्ट भइयो भने प्रगति हुँदैन : उपाध्यक्ष अमृता गुरुङ  
निशान बुढाथाेकी
निशान बुढाथाेकी आइतबार, चैत १३, २०७८

महिला घर भित्र बस्ने मात्र होइन। सशक्त रुपमा आवाज बुलन्द गरी अगाडि आउनु पर्छ भन्ने मान्यता राख्ने निडर स्वभावकी रुपन्देहीको सियारी गाउँपालिको उपाध्यक्ष अमृता गुरुङको फराकिलो सोच छ । 

महिलाभएकै कारण महिला पछाडि परेको होइन । महिला आफ्नै संकिर्ण सोचले गर्दा पछाडि परेको बताउँछिन्। म गर्छु, म सक्छु भन्ने भावना जबसम्म विकास हुँदैन। तबसम्म महिला अघि बढ्न सक्दैनन् । महिलाबाट नै महिला हिंसामा परेको भन्छिन् उनी।

महिलाहरु अगाडि बढ्न नसक्नुको कारण भनेको आर्थिक कारण नै प्रमुख हो। महिलाहरुलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने कुराको अध्ययन गर्दा आयआर्जनको कुरा मुख्य मान्न सकिन्छ। जबसम्म महिलाहरु आर्थिक, सामाजिक रुपमा सशक्तहुन सक्दैनन्, तबसम्म सधै हिंसामा पर्छन्।

बेकरी तालिम, डल बनाउने, ब्यूटी पार्लर, सिलाई, कटाई, बुनाई जस्ता तालिमहरुमा मात्र महिलालाई अल्झाउनु हुँदैन। महिलाहरुको क्षमताअनुसार तालिम दिन सक्यो भने मात्र समग्र महिलाहरुको विकास हुने कुरामा जोड दिन्छिन्।

स्थानिय जनप्रतिनिधि नहुँदा कर्मचारी मार्फत निकै वर्ष कामहरु संचालन भए, जब स्थानिय निर्वाचन भयो, जनप्रतिनिधि निर्वाचित भए, तव कामहरु सुचारु रुपमा सञ्चालन भए । अनेकौं समस्याहरु थिए, कामगर्दा चुनौतीहरु पनि नआएका होइनन्। ती चुनौतीहरु जसलाई अवसरको रुपमा लिन सकियो भने काम गर्दा अझ जोश जाँगर आउने बताउँछिन् उनी।

आफू बिद्यार्थी हुँदादेखि नै राजनीतिमा सक्रिय सहभागिता रहेको र अहिलेसम्म गरेको गाउँपालिकाको काममा आफू सन्तुष्ट भएको कुरा उनी बताउँछिन्। हुन् त आफ्नो काममा सन्तुष्ट भइयो भने प्रगति हुँदैन भन्छन्, तर जब आफ्नो काममा नै सन्तुष्ट हुन सकेनौं भने अरु काम गर्न सकिदैन ।

लगभग ५ वर्षको अवधिमा विकास निर्माणका प्रसस्त कामहरु भएको छ। बाटो घाटोदेखि खानेपानीमा सुधार आएको छ। शिक्षामा पनि प्रगति नै भएको छ। प्राविधिक बिद्यालय संचालन भएका छन्। कृषि पनि राम्रो विकास भएको छ । दुग्धव्यवसायले तिब्रता पाएको छ। त्यसो त सियारी गाउँपालिका माछाको व्यवसाय लागि प्रमुख मानिन्छ भने केरा खेतीको लागि पनि केन्द्र नै मानिन्छ।

राजनीति पेशा होइन सेवा हो । यस क्षेत्रमा आबद्ध भएपछि गुमाएको छैन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिलाहरुसँग सहकार्य र समन्वय गर्न पाएको र उनीहरुको हरेक समस्याहरुसंग आफूले भिजेर समाधान गर्ने, कसरी आयआर्जनमा अघि बढाउने भन्ने कुराको अध्ययन र अनुसन्धान गर्न पाएको बताउँछिन्। प्रगतिशिल गीतहरु सुन्न मन पराउने गुरुङ हरेक नागरिकले राजनीति बुझ्नु पर्ने भन्छिन्। 
 

प्रकाशित मिति: आइतबार, चैत १३, २०७८  ०८:२०
##SiyariRuralMunicipality #AmritaGurung
प्रतिक्रिया दिनुहोस्
hopefd hopefd
थप सम्वाद
अघिल्लो कार्यकालका बाँकी काम अब पूरा गर्छु : ललितपुर महानगर प्रमुख महर्जन 
अघिल्लो कार्यकालका बाँकी काम अब पूरा गर्छु : ललितपुर महानगर प्रमुख महर्जन  बिहीबार, जेठ १२, २०७९
करोडको गाडी चढेर जनताको समस्या देखिदैँन : नवनिर्वाचित प्रमुख राई
करोडको गाडी चढेर जनताको समस्या देखिदैँन : नवनिर्वाचित प्रमुख राई बुधबार, जेठ ११, २०७९
यो धरानमा एक्कासी आएको भलबाढी होइन :  निर्वाचित मेयर हर्कराज राई
यो धरानमा एक्कासी आएको भलबाढी होइन : निर्वाचित मेयर हर्कराज राई आइतबार, जेठ ८, २०७९
सुक्ष्मदर्शी र स्वतन्त्र दृष्टिकोण हुनुपर्छ हास्यव्यङ्ग्य लेखकमा : हाँस्यव्यङ्ग्य लेखक रामकुमार पाँडे
सुक्ष्मदर्शी र स्वतन्त्र दृष्टिकोण हुनुपर्छ हास्यव्यङ्ग्य लेखकमा : हाँस्यव्यङ्ग्य लेखक रामकुमार पाँडे शनिबार, वैशाख ३१, २०७९
समान कामको असमान ज्याला किन ? श्रमिककाे सङ्घर्षका कथा...
समान कामको असमान ज्याला किन ? श्रमिककाे सङ्घर्षका कथा... शनिबार, वैशाख १७, २०७९
जहाँ विकासमान त्यहाँ विकासका पाइला
जहाँ विकासमान त्यहाँ विकासका पाइला शुक्रबार, वैशाख ९, २०७९
मेयर मंगलप्रसाद थारुको मङ्लगमय कार्य
मेयर मंगलप्रसाद थारुको मङ्लगमय कार्य शनिबार, चैत ५, २०७८
समय नै सबैभन्दा ठूलो मल्हम रहेछ : सृजना प्याकुरेल
समय नै सबैभन्दा ठूलो मल्हम रहेछ : सृजना प्याकुरेल शनिबार, फागुन २८, २०७८
लोकप्रिय
  • नंः १ सूर्योदय नगरपालिकामा सूर्यध्वजा ढल्यो, कलम चम्कियो
  • नंः २ भरतपुरमा रेणु दाहालको अग्रतामा अझ तिव्रता
  • नंः ३ ५ हजार ७ सय ३३ मतले रेणु अगाडि 
  • नंः ४ मेयर र उप-मेयर जित्ने शक्तिशाली र साहसिक महिला
  • नंः ५ सार्वजनिक यातायातमा भाडा पुनः वृद्धि 
विचार
चार स्वतन्त्र मेयरको जित-दलिय राजनीतिलाई चर्को झाप्पड
चार स्वतन्त्र मेयरको जित-दलिय राजनीतिलाई चर्को झाप्पड Nami News
स्थानीय सरकारका लागि - स्वतन्त्र उम्मेद्वारी अभियान
स्थानीय सरकारका लागि - स्वतन्त्र उम्मेद्वारी अभियान Nami News
वाह्य तथा आन्तरिक पर्यटकहरुलाई ठग्ने क्रम रोकौं 
वाह्य तथा आन्तरिक पर्यटकहरुलाई ठग्ने क्रम रोकौं  Nami News
सूचना-प्रविधि
बुटवल ट्राफिकचोकमा डिशहोम फाईवरनेट शोरुम
बुटवल ट्राफिकचोकमा डिशहोम फाईवरनेट शोरुम Nami News
बागफाटा, महेन्द्रनगरमा डिशहोम फाईवरनेट शोरुम विस्तार
बागफाटा, महेन्द्रनगरमा डिशहोम फाईवरनेट शोरुम विस्तार Nami News
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा टेलिकमको ‘आइसिटी डे अफर’
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा टेलिकमको ‘आइसिटी डे अफर’ Nami News
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief Email: [email protected]
Nirman Chamling Rai Editor Contact No: 9840021942 Email: [email protected]
Like us on Facebook
Nami News
© Nami News - 2022 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्