Top Navigation
  • Contact
Main Navigation
शनिबार, भदौ २७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, भदौ २७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • रामनवमीमा देशभरका राम मन्दिरमा भीड
रामनवमीमा देशभरका राम मन्दिरमा भीड
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, चैत २७, २०७८

काठमाडौ । रामनवमी पर्वका अवसरमा बिहानैदेखि देशभरका राम मन्दिरमा भक्तजनको भीड लागेको छ। प्रत्येक वर्ष चैत्र शुक्ल नवमीका दिन रामनवमी पर्व मनाइन्छ। 

यस उपलक्ष्यमा बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर, पशुपतिपारिको राम मन्दिर, गोकर्णेश्वर नगरपालिका–९ आरुबारीस्थित राम मन्दिर, राजधानी र देशभरका अन्य राम मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ। 

श्री रामचन्द्र मन्दिर बत्तिसपुतलीमा कानून न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले दर्शन गरेको मन्दिर व्यवस्थापन समितिका सदस्य सचिव डा गोविन्द टन्डनले बताए।

असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरमा पूजापाठ गरिन्छ। त्रेतायुगमा आजकै दिन अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको सुपुत्रका रुपमा विष्णुको अवतार लिएर भगवान् श्रीरामको जन्म भएको थियो।

त्यही स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान् रामको पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ।

आजका दिन व्रत बसी श्रीरामको पूजापाठ र जपध्यान गर्नाले चिताएको कार्य पूरा हुने र अर्को जन्ममा वैकुण्ठ बास हुने कुरा ‘व्रतार्क’ नामक धर्मग्रन्थमा उल्लेख छ। 

अयोध्याका राजा दशरथका जेठा छोरा भई भगवान् विष्णुको सातौँ अवतारका रूपमा जन्मनुभएका श्रीरामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेपछि संसारबाट पापी तथा दुष्ट राक्षसको नाश गरेको थियो।

‘लोक रञ्जनात् राजा’ अर्थात् जनतालाई खुसी पार्ने नै राजा हुन् भन्ने शास्त्रीय मान्यतालाई श्रीरामले पूरा गर्नुभएको थियो। यसैले उनलाई अहिले पनि आदर्श राजाका रुपमा स्मरण गरिन्छ।

रामनवमीका दिन श्रीरामको व्रत, उपवास गरी पूजा, आराधना गर्नाले यो लोकमा सुख, शान्ति र परलोकमा सद्गति पाइने रामायणलगायत धर्मग्रन्थमा उल्लेख छ। 

आफ्ना पिताको कठोर आज्ञालाई सहजतापूर्वक ग्रहण गरी मानव जातिलाई सत्यको मार्गमा लाग्न प्रेरणा दिएकाले उनको सम्झनामा रामनवमी पर्व मनाउन थालिएको धार्मिक ग्रन्थमा उल्लेख छ।

पितृ, मातृ भक्त, ठूलालाई आदर र सानालाई माया गर्ने आदर्श पुरुषका रुपमा रामले अयोध्यामा राज्य गरेकाले उनको शासनकाललाई अहिले पनि रामराज्यका रुपमा स्मरण गरिन्छ।

सृष्टिमा दुर्जनको अन्त्य गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुले रामका रुपमा मनुष्यलोकमा जन्म लिएको हो। 

रामकै जस्तो गुण हामीमा पनि प्राप्त होस् भन्ने कामनाले रामनवमी पर्व मनाउने गरिएको हो।
 

प्रकाशित मिति: आइतबार, चैत २७, २०७८  ११:५७
##RamNawami
प्रतिक्रिया दिनुहोस्
थप समाज
एमपीआईएको बाढीपहिरो प्रभावितलाई ३१ लाख सहयोग
एमपीआईएको बाढीपहिरो प्रभावितलाई ३१ लाख सहयोग शुक्रबार, भदौ २६, २०८३
प्रोटोनद्वारा २ लाख रिङ्गिट बराबरकाे ड्रोन सहयोग
प्रोटोनद्वारा २ लाख रिङ्गिट बराबरकाे ड्रोन सहयोग बुधबार, भदौ २४, २०८३
आँखाले चिनेको शव, कानुनले अझै चिनेन
आँखाले चिनेको शव, कानुनले अझै चिनेन मंगलबार, भदौ २३, २०८३
शवको गणना गर्ने सरकार, बेपत्ताको खोजीमा किन सुस्त ?
शवको गणना गर्ने सरकार, बेपत्ताको खोजीमा किन सुस्त ? शनिबार, भदौ २०, २०८३
बहुवर्षे सडक आयोजनाहरू वर्षौँदेखि अलपत्र परेपछि मन्त्री आचार्यको ‘एक्सन’ सुरु
बहुवर्षे सडक आयोजनाहरू वर्षौँदेखि अलपत्र परेपछि मन्त्री आचार्यको ‘एक्सन’ सुरु बुधबार, भदौ १७, २०८३
अनेसास नेपाल च्याप्टरको पद हस्तान्तरण
अनेसास नेपाल च्याप्टरको पद हस्तान्तरण मंगलबार, भदौ १६, २०८३
शंकर ग्रुपले गरे ४ करोड सहयोग
शंकर ग्रुपले गरे ४ करोड सहयोग मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढीले क्षति पुर्याएको ढुङ्गेक्षेत्रको बाटो खुल्यो
भोटेकोशी बाढीले क्षति पुर्याएको ढुङ्गेक्षेत्रको बाटो खुल्यो मंगलबार, भदौ १६, २०८३
महाविपत्तिमा एकता अपरिहार्य
महाविपत्तिमा एकता अपरिहार्य बिहीबार, भदौ ११, २०८३
लाेकप्रिय समाचार
  • नंः १ आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता
  • नंः २ साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ
  • नंः ३ खरानीपछि उज्यालो-जेन-जीको नयाँ संकल्प
  • नंः ४ तेस्रो पटक ISO 9001: 2015 बाट प्रमाणित
  • नंः ५ शवको गणना गर्ने सरकार, बेपत्ताको खोजीमा किन सुस्त ?
विचार
रसुवाको बाढीले सिकाएको पाठ 
रसुवाको बाढीले सिकाएको पाठ  NamiNews- नामीन्यूज
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता प्रज्ज्वल घिमिरे
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्