Top Navigation
Main Navigation
शनिबार, माघ १८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
शनिबार, माघ १८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • नागरिक सचेतना प्रभावकारिता
नागरिक सचेतना प्रभावकारिता
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, भदौ २५, २०७७

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को सन्त्रासबाट मुलुक नै भयभीत भइरहेको छ। संघीय राजधानी समेत रहेको काठमाडौं महानगरपालिका यो सन्त्रासबाट अछुत भएको छैन्। लकडाउन खुकुलो हुनुअघिसम्म ग्रीनजोन मानिएको काठमाडौं महानगरपालिका तथा काठमाडौं उपत्यका लकडाउन खुकुलो भएययता रेडजोनमा  परिणत हुंदैगएको छ। जुन दुःखद कुरा हो।   
     
विशेषत काठमाडौं महानगरपालिकामा महानगरवासीसँगै देशभरिकै नागरिक विभिन्न पेशा व्यवसाय अंगालेर बसिरहेका छन् । विदेशी नागरिकहरूको समेत आवतजावत हुने मुख्य केन्द्र रहेका कारणले समेत विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण छिटो फैलिन सक्ने खतरा कायमै रहेको छ। यसलाई मध्यनजर गरी सबैले सजगता अपनाउनु पर्ने गम्भीर आवश्यकता देखिन्छ । 
     
त्यसैले संक्रमण देखिनुभन्दा अघि नै सबै नागरिकले सजगता अपनाउने हो भने धेरै हदसम्म न्यूनीकरण हुने सम्भावना पनि रहन्छ। उक्त संक्रमण बढी भीडभाड हुने ठाउँमा छिटो फैलिने सम्भावना भएकाले संघीय सरकारले जारी गरेको सूचनालाई आधार मान्दै सकेसम्म बढी सचेतना अपनाउनु पर्ने देखिएको छ।
     
काठमाडौं महानगरपालिका सांस्कृतिक शहर भएका कारण यहाँका मौलिक परम्परा, संस्कृति र सम्पदाको जगेर्ना गर्नुपर्ने पनि उत्तिकै दायित्व छ। विभिन्न समयमा यहाँ मनाइने जात्रापर्वको पनि विशिष्ट महत्व रहिआएको छ। यहाँका मूर्त अमूर्त सम्पदाको संरक्षण र सम्बद्र्धन गर्नु पनि उत्तिकै महत्व छ । अहिले नजिक आइरहेका जात्रा पर्वहरू निकै ठूलो जनसहभागितामा मनाउने परम्परा रहिआएको छ। तर अहिले विषम परिस्थितिमा यसरी भीडभाडकासाथ मनाउने अवस्था नरहेकाले आफ्नो मौलिक, कला, संस्कृति र परम्पराको बिधिलाई यथावत राख्दै भीडभाडमा भने ती जात्रापर्व मनाउंदा खतरा उत्पन्न हुने जस्ता कुराहरु पनि आएको छ । सांस्कृतिक पर्वहरुलाई कोरोनाभाइरस (कोभिड–१९) को मत्थर नहुञ्जेल स्थगित गर्न र गराउन काठमाडौं महानगरपालिका लगायतका संवन्धित निकायको आग्रह तथा अनुरोधलाई महानगरवासीले आत्मसात गरेको पाइन्छ । जुन राम्रो पक्ष हो ।
      
त्यति मात्र होइन, यहाँ विभिन्न धर्म, संस्कृति मान्ने समुदायको पनि बाहुल्यता रहेको छ। मठ, मन्दिर, मस्जिद, गुम्बा, चैत्य, चर्च जस्ता धार्मिकस्थलमा गएर आआफ्नो परम्परा अनुसार जमघट गर्ने चलन पनि रहिआएको छ। तर यस्तो अवस्थामा ती धार्मिकस्थलहरूमा धेरै भीडभाड हुँदा संक्रमण सर्न सक्ने सम्भाव्यतालाई मध्यनजर गर्दै ती स्थानहरूमा समेत भीडभाड नगरीदिन गरेको अपिललाई पनि महानगरवासीले सहर्ष स्वीकार गरेको अवस्था रहेको छ। कतिपय  मठ, मन्दिर, मस्जिद, गुम्बा, चैत्य, चर्च जस्ता धार्मिकस्थलहरु सामाजिक दूरी कायम गरेर खुल्ला गर्न थालिएको छ। 
    
त्यस्तै सार्वजनिक ट्याक्सी तथा बसहरु पनि क्रमिक रुपमा सञ्चालन भएको छ। सरकारले सामाजिक दूरी कायम गरेर अत्यावश्यक प्रावधानहरु कायम गरेर खुल्ला गरेका कतिपय ट्याक्सी तथा बसहरुमा सर्वसाधारण आफै सचेत भएर पहिला जस्तो जथाभावी गरेर चढ्न डराइरहेको अवस्था पनि छ। यसले गर्दा लामो समय पश्चात संचालनमा आएका ट्याक्सी तथा बसहरुले यात्रीहरु पहिला जस्तो पाउन सकिरहेका छैनन् । यसको मतलव सर्वसाधारण आफै सचेत भएको यो प्रमाण हो।
    
काठमाडौं महानगरपालिकाले कोरोना भाइरस रोकथामका लागि सूचनामूलक सन्देश डिजिटल बोर्ड, पर्चा, पम्प्लेट नेपाली र नेपालभाषा दुवैमा प्रकाशित गरी महानगरभरि नै जनचेतनामूलक अभियान सञ्चालन गरेवाट पनि नागरिक बढी सचेत भएको पाइएको छ। 
    
अर्कोतर्फ चैत ११ गतेदेखि नेपालमा जारी लकडाउन भएसंगै बन्द भएका निजी तथा सार्वजनिक विद्यालयहरु पनि सवै सचेतना अभियान सहित खुल्ला गर्ने बेला भएको छ । लाखौ विद्यार्थीका शैक्षिक बर्ष खेर जाने डर भैसकेको छ। सरकारी विद्यालयका शिक्षक तथा कर्मचारीलाई सरकारले घरैमा राखेर तलब ख्वाइराखेको अवस्था छ । निजी विद्यालयका शिक्षक तथा कर्मचारीको अवस्था भने बेहाल भैसकेको छ । 
     
यसतर्फ पनि सरकारले चाँडै निर्णय गरेर निजी विद्यालयका संवन्धमा संवोधन गर्नु अत्यन्त आवश्यक भैसकेको छ। नागरिक आफै सचेत हुंदैगएपछि कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण चाँडै निराकरण हुने अपेक्षा छ। सरकारले पनि एकमात्र अन्तराष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थल हुंदै भित्रिने स्वदेशी तथा विदेशीहरुको स्वास्थ्य परीक्षण कडाई गरेर उनीहरुलाई क्वारेन्टाइनको व्यवस्था गर्ने तथा भारतीय सीमा नाकामा अत्यन्त कडाइ गर्ने र ती सीमा नाकालाई सिल नै गर्ने व्यवस्थालाई कायम नै राख्नु पर्दछ। तवमात्र, देशमा कोरोना संक्रमण निर्मूल हुंदैजाने विश्वास गर्न सकिन्छ।

प्रकाशित मिति: बिहीबार, भदौ २५, २०७७  २१:५८
##coronavirus
प्रतिक्रिया दिनुहोस्
थप विचार
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान मंगलबार, माघ १४, २०८२
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ आइतबार, पुस २७, २०८२
सत्य आफैमा एउटा ठूलो तन्त्र हो
सत्य आफैमा एउटा ठूलो तन्त्र हो शनिबार, पुस १९, २०८२
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव बुधबार, मंसिर ४, २०८२
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन बिहीबार, कात्तिक १४, २०८२
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा मंगलबार, असोज २८, २०८२
‘बा’ को चुरी फुरी
‘बा’ को चुरी फुरी बिहीबार, असोज २३, २०८२
हुलाक टिकटमा मनाेमानी, सरकाेकारवाला माैन
हुलाक टिकटमा मनाेमानी, सरकाेकारवाला माैन बिहीबार, असोज ९, २०८२
अतिवाद आफैंमा गलत हुन्छ  
अतिवाद आफैंमा गलत हुन्छ   मंगलबार, भदौ १७, २०८२
लाेकप्रिय समाचार
  • नंः १ पाँच जना उम्मेदवारलाई निर्वाचन आयोगको स्पष्टीकरण
  • नंः २ चार मन्त्रीद्वारा प्रधानमन्त्री कार्कीलाई किन धोका ?
  • नंः ३ परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान
  • नंः ४ निर्वाचन स्वच्छ र निष्पक्ष भए नेकपा पहिलो शक्ति बन्छ: प्रचण्ड
  • नंः ५ नामी साप्ताहिक
विचार
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान मणीराज दाहाल (बादल)
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ विदुर कटुवाल
सत्य आफैमा एउटा ठूलो तन्त्र हो
सत्य आफैमा एउटा ठूलो तन्त्र हो प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्