Top Navigation
Main Navigation
आइतबार, फागुन १०, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
आइतबार, फागुन १०, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • १९औँ एसियाड खेलमा नेपालले सहभागिता
१९औँ एसियाड खेलमा नेपालले सहभागिता
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शुक्रबार, वैशाख ९, २०७९
युवा तथा खेलकुद मन्त्रालय

काठमाडौ । आगामी भदौ २५ देखि असोज ९ गतेसम्म चीनको होङझाउमा आयोजना हुने १९औँ संस्करणको एसियाली खेलकुद (एसियाड) मा नेपालले २३ खेलमा सहभागिता जनाउने भएको छ ।

सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा युवा तथा खेलकुदमन्त्री तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का अध्यक्ष महेश्वरजङ्ग गहतराजको अध्यक्षतामा बसेको बोर्ड बैठकले एसियाली खेलकुदमा सभागिता जनाउने खेल सङ्ख्या तय गरेको हो ।

एसियाली खेलकुदमा समावेश गरिने खेलमा तेक्वान्दो, कराते, बक्सिङ, एथ्लेटिक्स, साइक्लिङ, महिला फुटबल, गल्फ, कुस्ती, भारत्तोलन, जुडो र ट्रायथलन रहेको छ भने उसु, आर्चरी, बास्केटबल, महिला कबड्डी, फेन्सिङ, महिला ह्याण्डबल, टेबल टेनिस, महिला भलिबल, पुरुष क्रिकेट, सुटिङ, पौडी र ब्याडमिन्टन खेललाई समावेश गरिने भएको छ । 

ओलम्पिक नतिजाको आधारमा सुटिङ, विश्व वरीयताको आधारमा ब्याडमिन्टन र टी–२० विश्वकप खेलेको आधारमा क्रिकेट समावेश गर्न लागिएको राखेपका सदस्य सचिव टङ्कलाल घिसिङले बताए ।

उनले दुई वर्षअघि नेपालमै सम्पन्न तेह्रौँ दक्षिण एसियाली खेलकुदमा उत्कृष्ट खेल प्रर्दशन गरेको खेललाई एसियाडमा प्राथमिकता दिएको बताए ।

एसियाली खेलकुदका लागि अबको १० दिनभित्र खेलाडी छनोट गर्न राखेपले निर्देशनसमेत दिएको छ । एसियाली खेलमा २३ वटा खेलमा नेपालबाट १५० खेलाडी, २८ प्रशिक्षक र २० जना व्यवस्थापक रहने अनुमान गरिएको छ ।

ठकले आगामी जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३६ खेल समावेश गर्ने निर्णय गरेको छ । उक्त प्रतियोगितामा दुई खेल प्रर्दशनीमा राखिने निर्णय भएको छ ।

जसमा एथलेटिक्स, ब्याडमिन्टन, टेबल टेनिस, क्रिकेट, फुटबल, टेनिस, हक्की, बक्सिङ, भलिबल, जिम्नास्टीक, कबड्डी, भारत्तोलन, सुटिङ, पौडी, ह्याण्डबल, जुडो, कुस्ती, सफ्ट टेनिस, स्क्वास र तेक्वान्दो रहेको छ ।

उसु, बास्केटबल, शारीरिक सुगठन, बुद्धिचाल, खो खो, कराते, फुटबल फुलकन्ट्याक्ट कराते, आइटिएफ तेक्वान्दो, सेपाकताक्रो, गल्फ, आर्चरी, साईक्लिङ, फेन्सिङ, ट्रायथोलन र प्याराग्लाईडिङ खेलालाई समावेश गर्ने निर्णय गरेको छ भने बैठकले छेलो र क्यानोइङलाई प्रदर्शनी खेलको रूपमा नवौं राष्ट्रिय खेलकुदमा समावेश गरेको छ । 

प्रकाशित मिति: शुक्रबार, वैशाख ९, २०७९  २०:२२
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
केनिश खड्काले प्राप्त गरे स्वर्ण पदक 
केनिश खड्काले प्राप्त गरे स्वर्ण पदक  बिहीबार, फागुन ७, २०८२
नेपालकी गीता विष्टले प्राप्त गरिन् रजत पदक
नेपालकी गीता विष्टले प्राप्त गरिन् रजत पदक बुधबार, फागुन ६, २०८२
इतिहासमै पहिलोपटक नेपालले इङ्ल्यान्डको सामना
इतिहासमै पहिलोपटक नेपालले इङ्ल्यान्डको सामना आइतबार, माघ २६, २०८२
नेपाली महिला क्रिकेट टोलीको जर्सी सार्बजनिक
नेपाली महिला क्रिकेट टोलीको जर्सी सार्बजनिक बुधबार, माघ २२, २०८२
आर्मी क्लबको पोल्टामा एनएसए कप च्याम्पियनसिप
आर्मी क्लबको पोल्टामा एनएसए कप च्याम्पियनसिप आइतबार, मंसिर २२, २०८२
गुलशन झालाई संस्कृति स्पोर्ट्स सम्मान
गुलशन झालाई संस्कृति स्पोर्ट्स सम्मान शनिबार, मंसिर १४, २०८२
१३ औं एनएसए कप पौडी च्याम्पियनसिप २०२५ मंसिरको तेश्रो साता
१३ औं एनएसए कप पौडी च्याम्पियनसिप २०२५ मंसिरको तेश्रो साता शनिबार, मंसिर ७, २०८२
१५ औं यल कप
१५ औं यल कप शनिबार, कात्तिक ३०, २०८२
अन्तरराष्ट्रिय एडभेन्चरमा गौतम खातीको अष्ट्रेलियामा ठूलो सफलता
अन्तरराष्ट्रिय एडभेन्चरमा गौतम खातीको अष्ट्रेलियामा ठूलो सफलता आइतबार, कात्तिक ३, २०८२
लाेकप्रिय समाचार
  • नंः १ सन्तानप्रति आमाको निस्वार्थ त्यागको कथा सार्वजनिक
  • नंः २ वैदेशिक रोजगारीले जन्माएको प्रश्न
  • नंः ३ श्रीसूर्योदय आधारभूत विद्यालयले मनायो ४३ औँ वार्षिकोत्सव
  • नंः ४ बुद्ध एयरमा क्रिटिकल इरर हुँदा उडानमा ढिलाइ, यात्रुमा असहज
  • नंः ५ सफलता अन्तिम गन्तव्य होइन, निरन्तर यात्रा मात्र हो
विचार
वैदेशिक रोजगारीले जन्माएको प्रश्न
वैदेशिक रोजगारीले जन्माएको प्रश्न प्रज्ज्वल घिमिरे
सम्पदाहरू जल्दै गर्दा दुखेको मन
सम्पदाहरू जल्दै गर्दा दुखेको मन शारदा बजगाईँ
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान मणीराज दाहाल (बादल)
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्