Top Navigation
Main Navigation
सोमबार, कात्तिक २५, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
सोमबार, कात्तिक २५, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • वाह्य तथा आन्तरिक पर्यटकहरुलाई ठग्ने क्रम रोकौं 
वाह्य तथा आन्तरिक पर्यटकहरुलाई ठग्ने क्रम रोकौं 
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज मंगलबार, वैशाख १३, २०७९
Tourist

पछिल्लो समय पर्यटकीय सिजन सुरु भएको छ । केही सातायता पर्यटकको चाप ह्वात्तै बढेको छ । विभिन्न मुलुकका पर्यटकहरु नेपाल घुम्न आउने क्रम सुरु भएपछि पर्यटकीय क्षेत्र चलायमान भएको छ । 

यता, सरकारलाई पनि पर्यटक आँउदा निकै फाइदा हुन्छ किनकी उसले नेपाल आँउदा कर तिर्ने गर्दछ । विदेशी पर्यटक नेपाल घुम्न आएनन् भने अर्थतन्त्रलाई ठूलो धक्का पर्छ । डलर भित्रिने एक मात्र प्रमुख स्रोत भनेको पर्यटक हो।

कोरोनाका कारण विगत दुई वर्षदेखि पर्यटकीय क्षेत्र ठप्प जस्तै बनेको थियो । हालै मात्र पर्यटकहरुको आगमन सुरु भएको छ । विदेशी पर्यटकहरु नेपाल घुक्न नआउँदा विदेशी मुद्रा सञ्चितिमा निकै असर देखियो । त्यस्तै, तरलता पनि स्वाट्टै बढ्यो । मँहगीले पनि नेपालीको ढाड सेकेको छ । व्यापार घाटा बढ्दो छ । मुलुकको अर्थतन्त्रलाई यथावत राख्ने एउटै मात्र उत्तम उपाय भनेको नै विदेशी पर्यटकलाई जतिसक्दो नेपाल भित्र्याउँनु हो । जति पटक नेपाल घुम्न आउछन् राज्यलाई उत्ति नै फाइदा हुन्छ । 

तर, राज्यले अनुगमन नगर्दा विदेशी पर्यटकहरु ठगिएका छन् । जुनसुकै क्षेत्रबाट विदेशी नागरिकहरु ठगिएका छन् । होटल व्यवसायी र यातायात व्यवसायीले उनीहरुलाई सक्दो लुटिरहेका छन् । एक सय रुपैंया पर्ने मालालाई पाँच सयमा बेचिरहेका छन् पसलेले । होटल व्यवसायीले तीन सय पर्ने खानालाई हजार रुपैंया ठोकेका छन् । नेपालीले पाँचसय रुपैंया भाडा तिर्ने उही बाटोमा पन्ध्रसय तिर्न बाध्य छन् विदेशी नागरिक । 

Nepal Oil Corporation

Taxy Airport1650954224.jpgएयरपोर्टमा ओर्लिने बित्तिकै विदेशी पर्यटक ठगिने सुरु हुन्छ । एयरपोर्टमा हरियो प्लेटको ट्याक्सीबाट सक्दो ठगिने गर्दछ। एयरपोर्टभित्र सञ्चालन भएको पसलहरुले पनि त्यस्तै गर्छन् । ट्याक्सी चालकले पनि जुनचाहि होटलले कमिशन दिन्छ उही होटलमा लगेर राखिदिन्छन् ।

विदेशीलाई ठग्दा केही सिमित व्यक्तिलाई फाइदा भएको होला तर राज्यको साखमाथि दाग लागेको छ । उता, राज्यले यसबाट भोलिको दिनमा ठूलो क्षति बेहोर्नु पर्ने पनि हुन सक्छ । यहाँबाट ठगिएर गएका विदेशी पाहुनाहरुले आफ्नो मुलुकमा गएर नेपालले चर्चा–परिचर्चा गरिहाल्छन् । 

आफू ठगिएको कुरा आफ्ना मुलुकवासीलाई अवश्य पनि सुनाउँछन् । जसको कारण उक्त देशका पाहुनाहरु नेपाल नआउन सक्छन् । यसबाट घाटा त राज्यलाई नै भयो । हामीहरु ‘अतिथि देवो भव’ भन्छौ तर सकेसम्म उनीहरुलाई नै ठग्छौ। केही दिनअघि ठमेलको एउटा होटलको छतबाट खसेर एकजना विदेशीको निधन भयो । 

त्यसैगरी, ट्रेकिङ गर्न जाँदा, विभिन्न ठाँउमा घुम्न जाँदा उनीहरुको अकालमा ज्यान गएको घटनाहरु थुप्रै पाइन्छन् । विदेशी नागरिकहरुलाई सुरक्षाको प्रत्याभुति दिलाउन नसक्दा पर्यटकको आगमनमा कमी आउने देखिन्छ । जुनसुकै पनि विदेशी नागरिकको जिम्मेवारी नेपाल सरकारले लिनुपर्छ । चर्को शुल्क तिरेर मर्नका लागि  विदेशीहरु नेपाल आएका हुन्नन्। यसविषयमा सरकारले विचार पुप्याउनु पर्दैन् ? सरकारले अभिभावकत्वको दायित्व निभाउनु पर्दैन् ? पर्यटकहरुको ज्यान र धनको सुनिश्चिचता गर्नु सरकारको कर्तव्य हो । सरकारी पक्षको लापरवाही हुँदा नेपालमा विदेशी नागरिक नै आउन ठप्प हुने अवस्था बन्न सक्छ । 

बाटोमा पर्यटकहरुको सामान चोरी हुँदा पनि सरकार के हेरेर बसिरहेको छ ? व्यापारीहरुले मनलाग्दी पैसा लिएर उनीहरुलाई ठग्दा सरकार कहाँ छ ? व्यापारीहरुले अहिले जतिसक्दो ठगिरहेका छन् भोलि यसको परिणाम अवश्य पनि देख्नेछन्। विदेशी नआउदा व्यवसायीहरुलाई पनि उत्तिकै घाटा छ । राज्यलाई त राजश्व नआउदा पनि व्यापार व्यवसाय पनि ठप्प हुन्छ । पर्यटक नै नआएपछि कसलाई सामान बेच्ने ? 

अहिले विदेशीहरु पाइलै पिच्छे ठगिएका छन् । यसलाई बन्द गराैं । विदेशीलाई यसरी नै ठग्ने हो भने यसको प्रतिफल व्यापारीहरु आफैले भोग्नुपर्छ । सरकारले पनि व्यवसायीहरुलाई ठग्न छुट दिने हो भने नेपालको अवस्था जटिल बन्दै जान्छ। 

होटल व्यवसायीले लिइरहेको मनलाग्दी रेटमा सरकारले रोक लगाउनु पर्दछ । यता, टुर एण्ड ट्राभल्स कम्पनीहरु पनि सरकार कै निगरानीमा चल्नु पर्दछ । सम्बन्धित निकायले खाने, लाउने, चढ्ने सबै कुराहरुको मूल्य निर्धारण गरिदिनु पर्ने देखिन्छ । पाहुनालाई कस्तो व्यवहार गर्नुपर्छ यो सबै नेपालीलाई थाहा भएकै कुरा हो ।  

विदेशी पाहुना भन्ने बित्तिकै हामीहरु ऋाफू नखाएर पनि उनीहरुलाई खुवाउछौ । आफू भुइँमा सुतेर उनीहरुलाई ओछ्यानमा सुताउँछौ । तर, विदेशीको हकमा किन समान व्यवहार गरिदैन ? विदेशी एक जनाको मात्र नभई हरेक नेपालीको पाहुना हो । उनीहरुलाई राम्रो बोली वचन गर्नु भनेको धर्म गरे सरह नै हो । केही व्यापारीहरु विदेशी ठगेर धनी भएका होलान् । तर, नेपाल ठग देश हो भन्दा त हाम्रो बेइज्जत भइरहेको छ । केहीले ठगेका छन् तर दोष भने सबै नेपालीले सराबरी बोकेका छन् । सरकारले पुराना ऐन कानुन संशोधन गरेर विदेशीहरुलाई सक्दो सेवासुविधा दिनुपर्छ । जसरी हुन्छ बढीभन्दा बढी पर्यटक नेपाल आउने वातावरण बनाउनु पर्दछ । पर्यटकहरु हाम्रा निम्ति भगवान सरह हुन् । उनीहरु आएनन् भने मुलुकको अर्थतन्त्र तहसनहस हुन्छ भनेर सबैले सोच्नुपर्छ । 

होटल व्यवसायीले विदेशी नआउदा हामीलाई घाटा भयो भनेर पटकपटक सरकारलाई दबाब दिन्छन् । तर, आएको विदेशीलाई राम्रो व्यवहार गर्नु पप्यो, ठग्न छोड्नु पर्यो । एकचोटि नेपाल आइसकेका पर्यटक दोस्रो पटक नेपाल घुम्न आउन चाहदैनन् । किनकि सबै ठगी व्यवसायीबाट उनीहरु आजित भइसकेका हुन्छन् । 

होटल व्यवसायीहरु सरकारको ऐन कानुन पनि नमान्ने, आफुखुशी मनलाग्दी रेट राख्ने । राम्रो सेवा सुविधा नदिने तर शुल्क भने चर्को लिने । पाइलैपिच्छे ठगिने मुलुकमा को घुम्न आउन चाहन्छ ? 

केही वर्ष यता होटेलमा लगानी ह्वात्तै बढेको छ । विज्ञापन गरेर पाहुना बोलाउछन् । तर, विज्ञापन दिएको दररेट समेत पाहुनाबाट असुल्छन् । अनि त्यस्तो ठाउमा दोहोर्याएर को जान्छ ? होटेल व्यवसायीको नियत र चर्तिकला सबैले बुझिसकेका छन् । अझ, रात्रिकालिन व्यवसायीहरुले विदेशीलाई ठग्नु ठगेका छन् । नेपालीहरुलाई लुट्नु लुटेका छन् ।दोहोरी साँझ, डान्स बार र रेष्टुरेण्टले स्वदेशी र विदेशी दुवैलाई दिउँसै मुर्गा बनाइरहेकाका छन् । बाहिर पाँच सय पर्ने सामान पन्ध्र सयसम्ममा बेच्छन् । 

पाँच तारे होटेलदेखि लिएर एउटा सानो खाजाघरले समेत आमनागरिकलाई ठगिरहेका छन् । मनलाग्दी पैसा लिएर लुट्न सरकारले छुट दिएको छ ? न सरकारले होटलहरुको वर्गीकरण गरेका छन् न खानेकुराको शुल्क नै निर्धारण ? खाजा घरहरुले दर्ता नगरीकन पसल सञ्चालन गर्छन् । ठूल्ठूला पाँच तारे होटलहरुले राज्यलाई कर तिर्दैनन् । दुईतिरबाट राज्य राजस्वविहिन बनिरहेका छन् । 

राज्य असफल र आमनागरिक बाध्य । लज भाडाबाट पनि सबैजना ठगिएका छन् । पाँच सयदेखि पाँच हजार रुपैंया तोकिएको छ । तर, त्यो मँहगो हो कि सस्तो ? सरकार र तिर्ने मान्छे दुवै अनविज्ञ छन् । शुल्क भने यत्रो तिर्नुपर्छ तर सेवासुविधा भने गयगुज्रिएको छ । फोहोर, केही सेवा सुविधा नभएको लज भाडा यत्रो महँगो हुँदा पनि सरकार मौन बसेको देखिन्छ । यता, खाना पकाउने ठाँउ कस्तो छ ? सफासुग्घर कतिको छ ? सरकारले आजसम्म पनि अनुगमन गरेको छैन् । 

स्वास्थ्यलाई हानी पुर्याउने गरी फोहोरी ठाउमा खाना पकाउँदा पनि सरकारी पक्ष चुइक्क बोल्दैन् । पछिल्लो समय आन्तरिक पर्यटकहरु बढ्दो छ । आफ्नै मुलुकको विभिन्न जिल्ला घुम्न जाने क्रम बढ्दो छ । आफ्नै काम विशेषले पनि एक जिल्लाबाट अर्को जिल्ला जाने गरिन्छ । त्यस्तो अवस्थामा पनि बस्ने र खाने ठाँउ त होटल नै हो । होटलमा अंग्रेजीमा राखिएको मेन्युले पनि कतिपय ग्राहकलाई समस्यामा पारेको छ । 

अंग्रेजी नबुझैकै कारण उनीहरुले धेरै सास्ती खेप्नु परेको छ । मेन्यु अंग्रेजी र नेपाली दुवै भाषामा राखिएको हुनुपर्छ ।विदेशी मात्र होइनन् स्वदेशी पर्यटक पनि विभिन्न व्यवसायीबाट ठगिएका छन् । नयाँ ठाउँ सबैका लागि नौलो हुन्छ । त्यहाँको परिवेश बुझ्न विदेशीलाई मात्र होइन् स्वदेशीलाई पनि गाह्रो पर्छ । जसका कारण स्वदेशी र विदेशी पर्यटक दुवै ठगिएका छन् । 

पर्यटकको खाँचो कति हुँदो रहेछ भन्ने शिक्षा श्रीलंकाबाट सिकौं । अहिले श्रीलंकाले विदेशी पाहुना तान्नका लागि विभिन्न नयाँ नयाँ उपाय ल्याएको छ । अर्थतन्त्रमा धक्का पुग्ने भएपछि अष्ट्रेलियाले पनि सबै मुलुकका विद्यार्थीहरु धमाधम भित्र्यायो। तर, नेपालबाट आएका पर्यटकहरुलाई लखेट्ने काम भइरहेको छ । यसको क्षति सबैले बेहोर्नु पर्नेछ ।

सरकारले यस विषयमाथि बेलैमा सोचविचार गरेर पर्यटक भित्र्याउन विभिन्न योजना बनाउनु पर्छ । भएका पर्यटकहरु कहिले नेपाल छोडेर जालान् जस्तो व्यवहार देखाउँछन् व्यवसायी । तर, सरकारलाई यसविषयमाथि कुनै मतलब गर्दैन्। 

- अनुषा थापा, भक्तपुर 
 

प्रकाशित मिति: मंगलबार, वैशाख १३, २०७९  ११:४९
प्रतिक्रिया दिनुहोस्
थप विचार
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन बिहीबार, कात्तिक १४, २०८२
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा मंगलबार, असोज २८, २०८२
‘बा’ को चुरी फुरी
‘बा’ को चुरी फुरी बिहीबार, असोज २३, २०८२
हुलाक टिकटमा मनाेमानी, सरकाेकारवाला माैन
हुलाक टिकटमा मनाेमानी, सरकाेकारवाला माैन बिहीबार, असोज ९, २०८२
अतिवाद आफैंमा गलत हुन्छ  
अतिवाद आफैंमा गलत हुन्छ   मंगलबार, भदौ १७, २०८२
लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग 
लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग  आइतबार, भदौ १५, २०८२
आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस    
आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस     बिहीबार, भदौ १२, २०८२
धर्म र अध्यात्मबीच भिन्नता र यथार्थता
धर्म र अध्यात्मबीच भिन्नता र यथार्थता बुधबार, भदौ ११, २०८२
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो सोमबार, फागुन १९, २०८१
लाेकप्रिय समाचार
  • नंः १ नेपालमा नेप्सेप्रति बढ्दो उत्साह: युवामा लगानीको रहर
  • नंः २ नामी साप्ताहिक
  • नंः ३ सेताम्मे हिउँ छिचोल्दै मिसन कोरला नाका यात्रा
  • नंः ४ पार्टी विभाजन हल्ला मात्र हो
विचार
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन अच्युत प्रसाद नेपाल
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा अच्युतप्रसाद नेपाल
‘बा’ को चुरी फुरी
‘बा’ को चुरी फुरी अच्युत प्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्