Top Navigation
  • Contact
Main Navigation
सोमबार, साउन २५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, साउन २५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • चालु आवबाट उदयपुर सिमेन्ट उद्योग नाफामा
चालु आवबाट उदयपुर सिमेन्ट उद्योग नाफामा
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज मंगलबार, वैशाख १३, २०७९
Udayapur Cement Industries

काठमाडौ । कमजोर व्यवस्थापकीय क्षमताका कारण बन्दप्रायः रहेको नेपालकै प्रख्यात उदयपुर सिमेन्ट उद्योगले पछिल्लो समय तीव्र गतिमा फड्को मारेको छ ।

गैँडा छाप सिमेन्ट उत्पादन गर्दै आएको उद्योगले चालु आवको ९ महिनामा १८ लाख ९ हजार बोरा सिमेन्ट बिक्री गरेको छ। उद्योगले आव २०७८/७९ मा २४ लाख बोरा सिमेन्ट बिक्री गर्ने लक्ष्य लिएको थियो । बिक्री लक्ष्य भेट्टयाउने उद्देश्यसहित उद्योगका सम्पूर्ण कर्मचारी अगाडि बढेका छन् ।

उद्योगका प्रवक्ता लक्ष्मण पोखरेल चालु आवको बिक्री लक्ष्य पूरा भए बर्सेनि भइरहेको करिब ३० करोड घाटा पूर्ति गरी उद्योग सामान्य नाफामा जाने बताउँछन् ।

यद्यपि, उद्योगलाई आवश्यक पर्ने डिजेल, कोइला, जिप्सम तथा आइरन ओर आदिको मूल्य झण्डै २ गुणा वृद्धि भएको तथा सिमेन्टको माग घटेको अवस्थामा यसले प्रभाव पार्न सक्ने उनको चिन्ता छ।

“२० लाख बोरासम्म बिक्री गर्दा कुनै ‘इन्सेन्टिभ’ नपाउने तर सो माथि बिक्री भएमा प्रतिबोरा १० को दरले इन्सेन्टिभ पाउने भएपछि कर्मचारीमा उत्साह छाएको छ”, उनले भने, “उद्योगलाई नाफामा लैजान सक्दा बोनसलगायतको सुविधा पाइने, नगद प्रवाह राम्रो हुने भएकाले सबै कर्मचारी लक्ष्य पूरा गर्न लागिपरेका छन्।”

पछिल्ला समय उद्योगको वित्तीय स्थिति स्वस्थ्य बनेको छ । उद्योग व्यवस्थापनले आव २०७७÷७८ को वित्तीय विवरण तयार गरी सम्पत्ति र दायित्वको यथार्थ मूल्याङ्कन गरिसकेको छ ।

उद्योगले गत आवसम्मको ५ अर्ब ४९ करोड ८६ लाख ४७१ नोक्सानी पूर्ति गरी ५६ करोड ३८ लाख ८६ हजार ८४१ बचत गर्न सफल भएको छ ।

उद्योग सञ्चालक समितिले आगामी जेठ ३० गते बस्ने वार्षिक साधारणसभाबाट आव २०७७/७८ को वित्तीय विवरण पारित गर्ने निर्णय गरिसकेको छ ।

महाप्रबन्धक गोपीकृष्ण न्यौपानेको अगुवाईमा स्पष्ट भिजन, पारदर्शी कारोबार र २४ सै घण्टा उद्योगको लागि समर्पित भावनाको फलस्वरूप उद्योगले हर क्षेत्रमा प्रगति हासिल गर्न सफल भएको उद्योगका कर्मचारीको भनाइ छ।

क्रियाशील ट्रेड युनियनसमेतले उद्योग सञ्चालनमा व्यवस्थापनलाई हरतरहले सहयोग गरिरहेका छन्। गैँडाछाप सिमेन्टलाई क्षेत्रीय बजारमा प्रवेश गराउने महाप्रबन्धक न्यौपानेको लक्ष्य छ ।

“अहिलेसम्म लक्ष्य पूरा गरिरहेका छौं, यदि उत्पादनले साथ दिए बाँकी अढाइ महिनामा ६ लाख बोराभन्दा पनि अझ बढी बिक्री हुने गरी बजार विस्तार भएको छ”, बिक्री विभाग प्रमुख राम जिसीले भने, “गैँडाछाप सिमेण्ट पाइँदैन, पाइए पनि महँगो छ भन्ने सोचलाई चिर्न महाप्रबन्धक न्यौपानेले स्वयम् अधिकृत बिक्रेताका पसल पसलमा पुगेर सिमेन्टको उत्पादन नियमित हुने प्रतिबद्वता जनाएको थियो, जसको कारण आज हामी लक्ष्य पूरा गर्ने दिशामा अग्रसर भइरहेको छौँ।”

बिक्री नीति लागू गरी बिक्रेतालाई इन्सेन्टिभको व्यवस्था गरिएको छ । गैँडाछाप सिमेन्टको गुणस्तरका बारेमा उपभोक्ता सचेतना पनि बढाइएको उद्योगको भनाइ छ ।

पूर्वाञ्चल र मधेसका जनतामा गैँडा छाप सिमेन्टप्रति विश्वास छ । थोरै मूल्य बढी भए पनि सचेत उपभोक्ताले गैँडा छाप सिमेन्ट नै खोजीखोजी प्रयोग गर्ने गरेको उनको दाबी छ ।

“कच्चापदार्थको मूल्य आकाशिए पनि हामीले प्रति बोरा कारखाना मूल्य ७२३ रुपैयाँ २० पैसालाई कायमै राख्दा अरु उद्योगले समेत मूल्यवृद्धि गर्न सकेका छैनन्, यसबाट उद्योगले केही घाटा व्यहोर्नुपर्ने भए पनि आम उपभोक्ताको लागि फाइदा हुने र समग्र सिमेन्टको मूल्य नियन्त्रणमा समेत महत्वपूर्ण भूमिका रहेको छ”, बिक्री प्रमुख जिसीले भने। 

प्रकाशित मिति: मंगलबार, वैशाख १३, २०७९  १६:३८
##UdayapurCementIndustries
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
२१औँ अडान डे सप्ताहव्यापी रूपमा उत्साहपूर्वक मनाइयाे
२१औँ अडान डे सप्ताहव्यापी रूपमा उत्साहपूर्वक मनाइयाे शुक्रबार, साउन २२, २०८३
पल्सरको २५ वर्षे यात्रा : कथा सुनाउनुहोस्, पल्सर जित्नुहोस् 
पल्सरको २५ वर्षे यात्रा : कथा सुनाउनुहोस्, पल्सर जित्नुहोस्  बुधबार, साउन २०, २०८३
काठमाडौं युथ कन्क्लेभ : युवालाई स्वदेशमै अवसर 
काठमाडौं युथ कन्क्लेभ : युवालाई स्वदेशमै अवसर  सोमबार, साउन १८, २०८३
अब घरभाडाको झन्झट अन्त्य, सबै व्यवस्थापन डिजिटल प्रणालीमा
अब घरभाडाको झन्झट अन्त्य, सबै व्यवस्थापन डिजिटल प्रणालीमा बुधबार, साउन १३, २०८३
“राईजिङ्ग स्टार-ग्रोथ” अन्तरराष्ट्रिय अवार्डबाट सम्मानित
“राईजिङ्ग स्टार-ग्रोथ” अन्तरराष्ट्रिय अवार्डबाट सम्मानित सोमबार, साउन ११, २०८३
जीएमडब्ल्युको रक्षा कवच ड्रागन अमोर ब्याट्री
जीएमडब्ल्युको रक्षा कवच ड्रागन अमोर ब्याट्री मंगलबार, साउन ५, २०८३
डुबेको उदयपुर सिमेन्ट उद्योगः सांसद गेलालको भ्रम र वास्तविकता
डुबेको उदयपुर सिमेन्ट उद्योगः सांसद गेलालको भ्रम र वास्तविकता बिहीबार, असार ३२, २०८३
गण्डकी प्रदेश पर्यटकीय पूर्वाधार विस्तार
गण्डकी प्रदेश पर्यटकीय पूर्वाधार विस्तार सोमबार, असार २९, २०८३
महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हब उद्घाटन
महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हब उद्घाटन शुक्रबार, असार २६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न
  • नंः २ नामी साप्ताहिक
  • नंः ३ विश्वासको संकटमा नेपालको राजनीति
  • नंः ४ सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
  • नंः ५ इतिहासमै पहिलो खेलकुद प्रदर्शनी 
विचार
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं  शारदा बजगाईँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ NamiNews- नामीन्यूज
 खाद्यान्नमा आत्मनिर्भर हुने प्रमुख बालीमा ‘कोदो’
 खाद्यान्नमा आत्मनिर्भर हुने प्रमुख बालीमा ‘कोदो’ विदुर कटुवाल
सूचना-प्रविधि
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्