Top Navigation
  • Contact
Main Navigation
सोमबार, साउन २५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, साउन २५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • मर्स्याङ्दी करिडोर प्रसारण प्रगतिमा प्राधिकरणको चासो
मर्स्याङ्दी करिडोर प्रसारण प्रगतिमा प्राधिकरणको चासो
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज मंगलबार, वैशाख १३, २०७९
Marsyangdi Hydropower Station

काठमाडौ । निर्माण सम्पन्न भएका आयोजनाको बिजुली केन्द्रीय प्रसारण प्रणालीमा जोड्न नपाएको भन्दै गुनासो आएपछि नेपाल विद्युत् प्राधिकरणले मर्स्याङ्दी करिडोर प्रसारण लाइनको प्रगतिका बारेमा चासो व्यक्त गरेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशकलगायतको टोलीले सो प्रसारण लाइन र सवस्टेशनको स्थलगत निरीक्षण गरी पछिल्लो अवस्थाका बारेमा जानकारी लिएको छ । कूल २२० केभी  क्षमताको मर्स्याङ्दी करिडोर प्रसारण लाइन आयोजनाअन्तर्गतका ४ सवस्टेसनको निर्माण धमाधम भइरहेको छ । 

आयोजनाअन्तर्गत चितवनको नयाँ भरतपुर, लमजुङको उदीपुर तथा खुदी र मनाङको धरापानीमा २२० केभीका सबस्टेसन निर्माण भइरहेको छ । 

नयाँ भरतपुर र उदीपुर सवस्टेसन तीन महिनाभित्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम भइरहेको प्राधिकरणले जनाएको छ ।

त्यस्तै, खुदी सवस्टेसन एक वर्षभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ भने धारापानी सवस्टेसनको निर्माण सुरु भएको छ। भौगोलिक रुपमा विकट ठाउँमा रहेकाले धारापानी सवस्टेसनको निर्माणमा केही समय लाग्ने देखिएको छ ।

नयाँ भरतपुर र उदीपुर सवस्टेसनमा क्रमश २२०/१३२ केभी, ३२० एमभिए र २२०/१३२ केभी, १६० एमभिए तथा १३२/३३ केभी, ५० एमभीए क्षमताका पावर टान्सफर्मर रहने छन् । 

दुवै सवस्टेसनका मुख्य सिभिल संरचनाको निर्माण अन्तिम चरणमा पुगेको छ भने उपकरणको जडान भइरहेको छ ।

खुदी र धारापानी सबस्टेसनमा क्रमश : २२०/१३२ केभी, १६० एमभिए तथा १३२/३३ केभी, ५० एमभिए र २२०/१३२ केभी, १०० एमभिए तथा १३२/३३ केभी, ३० एमभिए क्षमताका पावर ट्रान्सफर्मर रहने छन् । खुदी सवस्टेसनको मुख्य सिभिल संरचना निर्माणाधीन छन् । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको उच्च व्यवस्थापन टोलीले स्थलगत अनुगमन गरी सवस्टेसन निर्माणमा भइरहेको प्रगति, आयोजनास्थलमा देखिएका समस्या, काम सम्पन्न हुने तालिकालगायतका विषयमा आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीसँग विस्तृत छलफल गरी जानकारी लिएको छ ।

कार्यकारी निर्देशक घिसिङले मर्स्याङ्दी करिडोरमा निर्माणाधीन निजी क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि प्रसारण लाइन तथा सवस्टेशन महत्वपूर्ण भएकोले तोकिएकै समयमा सम्पन्न गर्न आग्रह गरे । 

उनले वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटानका लागि स्वीकृतिको प्रक्रिया तत्काल अगाडि बढाउन र सामाजिक समस्यालाई समाधान गरी प्रसारण लाइनको निर्माण सुरु गर्न आयोजना व्यवस्थापनलाई निर्देशन दिए । यसका लागि माथिल्लो तहमा आवश्यक पहल र समन्वय गर्न आफू तयार रहेको उनले उल्लेख गरे । 

लमजुङको दोर्दी खोलामा निर्माणाधीन जलविद्युत् आयोजनाको विद्युत् दोर्दी करिडोर प्रसारण लाइनमार्फत उदीपुर सवस्टेसनमा जोडिने छ । 

उदीपुर सवस्टेसनको निर्माणमा केही समय लाग्ने देखिएपछि दोर्दी खोलाका आयोजनाको विद्युत् वैकल्पिक व्यवस्थामार्फत हाल सञ्चालनमा रहेको मध्यमर्स्याङ्दी विद्युत्गृहको स्वीचयार्डमा जोडिने छ ।

लमजुङकै ङादी तथा त्यसका सहायक खोलामा निर्माणाधीन जलविद्युत् आयोजनाको विद्युत् खुदी सवस्टेसनमा जोडिने छ।

मर्स्याङ्दी र त्यसका सहायक नदीमा उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहका लागि मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना सुरु गरिएको हो । प्रसारण लाइनबाट करिब एक हजार ६ सय मेगावाट विद्युत प्रवाह गर्न सकिनेछ ।

चितवनको भरतपुरदेखि मनाङको धारापानीसम्मको डबल सर्किट प्रसारण लाइनको लम्बाइ करिब ११३ किलोमिटर छ। आयोजनालाई तीन प्याकेजमा विभाजन गरी काम भइरहेको छ ।

पहिलो प्याकेजअन्तर्गत उदीपुरबाट नयाँ भरतपुर सवस्टेसनसम्मको करिब ६७ किलोमिटर प्रसारण लाइन निर्माण भइरहेको छ। 

दोस्रो प्याकेज अन्तर्गत नयाँ भरतपुर र उदीपुर सवस्टेसन निर्माणाधीन छन् । तेस्रो प्याकेजअन्तर्गत खुदीबाट धारापानीसम्मको ४६ किलोमिटर प्रसारण लाइन र दुई सवस्टेसन निर्माण भइरहेको छ ।

नेपाल सरकारको लगानी र युरोपेली लगानी बैक (इआइबी)को सहुलितपूर्ण ऋणमा निर्माणाधीन आयोजनाको अनुमानित लागत करिब १६ अर्ब बराबर छ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख १३, २०७९  १६:५३
##Marsyangdi
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
२१औँ अडान डे सप्ताहव्यापी रूपमा उत्साहपूर्वक मनाइयाे
२१औँ अडान डे सप्ताहव्यापी रूपमा उत्साहपूर्वक मनाइयाे शुक्रबार, साउन २२, २०८३
पल्सरको २५ वर्षे यात्रा : कथा सुनाउनुहोस्, पल्सर जित्नुहोस् 
पल्सरको २५ वर्षे यात्रा : कथा सुनाउनुहोस्, पल्सर जित्नुहोस्  बुधबार, साउन २०, २०८३
काठमाडौं युथ कन्क्लेभ : युवालाई स्वदेशमै अवसर 
काठमाडौं युथ कन्क्लेभ : युवालाई स्वदेशमै अवसर  सोमबार, साउन १८, २०८३
अब घरभाडाको झन्झट अन्त्य, सबै व्यवस्थापन डिजिटल प्रणालीमा
अब घरभाडाको झन्झट अन्त्य, सबै व्यवस्थापन डिजिटल प्रणालीमा बुधबार, साउन १३, २०८३
“राईजिङ्ग स्टार-ग्रोथ” अन्तरराष्ट्रिय अवार्डबाट सम्मानित
“राईजिङ्ग स्टार-ग्रोथ” अन्तरराष्ट्रिय अवार्डबाट सम्मानित सोमबार, साउन ११, २०८३
जीएमडब्ल्युको रक्षा कवच ड्रागन अमोर ब्याट्री
जीएमडब्ल्युको रक्षा कवच ड्रागन अमोर ब्याट्री मंगलबार, साउन ५, २०८३
डुबेको उदयपुर सिमेन्ट उद्योगः सांसद गेलालको भ्रम र वास्तविकता
डुबेको उदयपुर सिमेन्ट उद्योगः सांसद गेलालको भ्रम र वास्तविकता बिहीबार, असार ३२, २०८३
गण्डकी प्रदेश पर्यटकीय पूर्वाधार विस्तार
गण्डकी प्रदेश पर्यटकीय पूर्वाधार विस्तार सोमबार, असार २९, २०८३
महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हब उद्घाटन
महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हब उद्घाटन शुक्रबार, असार २६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न
  • नंः २ नामी साप्ताहिक
  • नंः ३ विश्वासको संकटमा नेपालको राजनीति
  • नंः ४ सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
  • नंः ५ इतिहासमै पहिलो खेलकुद प्रदर्शनी 
विचार
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं  शारदा बजगाईँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ NamiNews- नामीन्यूज
 खाद्यान्नमा आत्मनिर्भर हुने प्रमुख बालीमा ‘कोदो’
 खाद्यान्नमा आत्मनिर्भर हुने प्रमुख बालीमा ‘कोदो’ विदुर कटुवाल
सूचना-प्रविधि
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्