Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • कुरकुरे, चिजबलदेखि मोबाइलसम्मको आयातमा प्रतिबन्ध
कुरकुरे, चिजबलदेखि मोबाइलसम्मको आयातमा प्रतिबन्ध
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, वैशाख १४, २०७९
Emblem of Nepal.jpg

काठमाडौँ । के तपाइँ कुरकुरे, चिजबल, लेज जस्ता खानेकुराको सौखिन हुनुुहुन्छ रु यदि हुनुहुन्छ भने अब तपाइँले यी अतिरिक्त स्वादयुक्त खानेकुराको लत त्याग्नुपर्ने भएको छ ।

किनभने यी खानाले तपाइँको स्वास्थ्य त बिगारेकै छन्, देशको आर्थिक स्वास्थ्यमा समेत धक्का दिएको देखिन आएको छ। त्यसैले नेपाल सरकारले अब यी खाद्यवस्तुहरुको आयातमा प्रतिबन्ध नै लगाउने निर्णय गरेको छ ।

भन्सार विभागका अनुसार चालु आवको ९ महिनाको अवधिमा मात्रै कूल १२ लाख ९३ हजार ५६ किलो बराबरको कुरकुरे, चिजबल, लेजजस्ता सामग्री आयात भएको पाइएपछि सरकारको आँखा यी पदार्थको आयातमा पुगेको हो ।

पछिल्लो समयमा देशको आर्थिक अवस्थाबारे विभिन्न प्रश्न उठिरहेका बेला सरकारले आजदेखि लागू हुने गरी ती सामग्री आयातमा प्रतिबन्ध लगाई मुलुकको आर्थिक स्वास्थ्य अवस्था सुधारको पहल थालेको हो । 

विदेशी मुद्राको सञ्चिति ६।७ महिनाको मात्रै आयात धान्न सक्ने अवस्थामा ओर्लेपछि सरकारले यीलगायतका केही विलासिताका वस्तुको आयातमा कडाइ थालेको हो । 

यसअघि बैंक तथा वित्तीय संस्थाले पनि मोबाइल लगायतका सामग्रीको आयातमा एलसी नखोल्ने निर्णय गरिसकेका छन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरी उक्त सामग्रीको आयातमा प्रतिबन्ध लगाएको हो । 

भन्सार विभागका अनुसार बङ्गलादेश, चीन, भारत, इन्डोनेसिया, जापान, दक्षिण कोरिया, मलेसिया, साउदी अरब, ताइवान, अमेरिका र बेलायतबाट चिजबल, लेज, कुरकुरे जस्ता सामग्री आयात भएका छन् । 

सरकारले ५८ प्रकारका रक्सी तथा रक्सीजन्य पदार्थको आयातमा समेत प्रतिबन्ध लगाएको छ । नेपालमा चालु आवको नौ महिनामा प्रमुख रुपमा १५ लाख २५ हजार १९३ लिटर मदिरा स्वदेश भित्रिएको छ । 

त्यसमा बियर बनाउने माल्टदेखि वाइन र ह्विस्की तथा अल्कोहल कन्टेन्ट रहेका छन् । विभागका अनुसार ती सामग्रीको आयात मूल्य २ अर्ब १ करोड ११ लाख ५९ हजार बराबर छ । सरकारले त्यसबाट ३ अर्ब ५७ करोड ३८ लाख ६७ हजार बराबरको राजश्व सङ्कलन गरेको छ । 

उद्योग मन्त्रालयका अनुसार चुरोट तथा सुर्तीजन्य वस्तु आयातमा प्रतिबन्ध लागेको सूचनामा उल्लेख छ । चालु आबको नौ महिनाको अवधिमा मात्रै १८ लाख किलो सुर्तीजन्य पदार्थ आयात भएको छ । 

उद्योग मन्त्रालयका अनुसार हिरा (औद्योगिक कच्चापदार्थ बाहेक)का सामग्री आयातमा प्रतिबन्ध लागेको छ। त्यस्तै, ६०० अमेरिकी डलरमाथिको मोबाइल सेटको आयात समेत तत्कालका लागि रोक लगाएको छ भने सरकारले ३२ इन्चभन्दा माथिका रङ्गीन टेलिभिजन पनि आयात गर्न नपाउने गरी प्रतिबन्ध लगाएको छ । 

त्यस्तै, जीप, कार र भ्यान आयात गर्न रोक लागेको छ । एम्बुलेन्स र शववाहन बाहेकका कुनै पनि सामग्री आयात गर्न नपाइने मन्त्रालयले प्रकाशित गरेको राजपत्रमा उल्लेख छ । 

त्यसैगरी २५० सिसीभन्दा माथिका मोटरसाइकल, सबै प्रकारका खेलौना, तास आयातमा प्रतिबन्ध लागेको छ । पैठारीमा बन्देज लगाइएका ती वस्तु नेपालस्थित कूटनीतिक नियोगले आफ्नै प्रयोजनका लागि आफैले भने आयात गर्न कुनै बाधा नपर्ने सूचनामा उल्लेख छ । 

यस्तै, मङ्गलबारभन्दा अघिदेखि बैंकिङ माध्यमबाट पैठारीको प्रक्रिया सम्पन्न भइसकेको हकमा यो व्यवस्था लागू नहुने उद्योग मन्त्रालयका सचिव डा गणेशप्रसाद पाण्डेयले जानकारी दिए । 

विदेशी मुद्राको सञ्चितिमा चाप पर्दै गएपछि सरकारले अत्यावश्यक बाहेकका सबै सामग्री आयातमा क्रमशः प्रतिबन्ध लगाउँदै आएको छ। अर्थ मन्त्रालयले विलासी सवारी साधनलगायतका सामग्रीको हकमा एलसी नखोल्नसमेत आग्रह गरिसकेको छ । 

नेपाल राष्ट्र बैंकका अनुसार गत फागुन मसान्तसम्म नेपालको बैंकिङ प्रणालीमा कूल नौ अर्ब ५८ करोड अमेरिकी डलर मौज्दात रहेको छ । 

चालु आवको आठ महिनामा अमेरिकी डलरको सञ्चितिमा १८.५ प्रतिशतले कमी आएको छ । डलर सञ्चिति ओरालो लागेपछि सरकारले अत्यावश्यक बाहेकका सबै वस्तुको आयातमा रोक लगाउनु परेको जनाएको छ । 

प्रकाशित मिति: बुधबार, वैशाख १४, २०७९  १५:१२
##NepalGovernment
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
जगदम्बा मोटर्सले विद्युतीय ट्रयाक्टर र डम्प-ट्रक भित्र्याउँदै
जगदम्बा मोटर्सले विद्युतीय ट्रयाक्टर र डम्प-ट्रक भित्र्याउँदै शनिबार, असोज १०, २०८३
इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक शुक्रबार, असोज ९, २०८३
इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु बिहीबार, असोज ८, २०८३
बजाजको दशैं ‘गेम अफ पावर’, राइडर पुरस्कार
बजाजको दशैं ‘गेम अफ पावर’, राइडर पुरस्कार बिहीबार, असोज ८, २०८३
बजाजको निःशुल्क चेकअप क्याम्प
बजाजको निःशुल्क चेकअप क्याम्प आइतबार, असोज ४, २०८३
नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता
नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता शुक्रबार, असोज २, २०८३
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने शनिबार, भदौ २७, २०८३
तेस्रो पटक  ISO 9001: 2015 बाट प्रमाणित
तेस्रो पटक ISO 9001: 2015 बाट प्रमाणित बुधबार, भदौ २४, २०८३
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल शुक्रबार, भदौ १९, २०८३
लाेकप्रिय समाचार
  • नंः १ बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
  • नंः २ नामी साप्ताहिक
  • नंः ३ इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
  • नंः ४ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
  • नंः ५ महिनावारी सुकेपछि हुने चर्को गर्मी
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्