Top Navigation
  • ENEnglish
  •   E-paper
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • सम्वाद
  • विश्व परिवेश
  • ENEnglish
  •   E-paper
शनिबार, जेठ १४, २०७९
Nami News
  • गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • सम्वाद
  • विश्व परिवेश
Search Here
विचार
  • Home
  • विचार
  • स्थानीय सरकारका लागि - स्वतन्त्र उम्मेद्वारी अभियान
स्थानीय सरकारका लागि - स्वतन्त्र उम्मेद्वारी अभियान
Nami News
Nami News सोमबार, वैशाख २६, २०७९
Independent Candidacy Campaign ICC

स्थानीय तहको निर्वाचन-२०७९ मा स्वतन्त्र उम्मेदवारी दिनेहरुको संङ्ख्या करिब ९ हजार रहेको छ जसमध्ये ७ देखि ९ (प्रतिशत) विभिन्न राजनैतिक दलका बागि “स्वतन्त्र उम्मेदवार“ रहेका छन् भने बाँकि उम्मेदवार कुनै पनि राजनैतिक दलको प्रतिनिधित्व गर्दैनन् । 

यसको मतलबः करिब ८ हजार जनाले स्थानीय तह दल विहिन हुनु पर्द्छ जहाँ सवल, सक्षम र गैरदलयि व्यक्तिले स्थानीय तहको नेतृत्व गर्नु पर्दछ भन्ने कुरालाई आत्मसाथ गरेर आफ्नो स्वतन्त्र उम्मेदवारी दिएका छन् । 

विगत ८ महिना पहिले अनौपचारिक र ३ महिना पहिले औपचारिक रुपमै स्थानीय तहको निर्वाचनमा पार्टी होइन- व्यक्ति रोजौं, हाम्रो होइन–राम्रो रोजौं भन्ने मुख्य नारा लिएर “स्वतन्त्र उम्मेदवारी अभियान” (Independent Candidacy Campaign ICC) ले देशैभरि अभियानको शुरुवात गरेको हो।

Independent Candidacy Campaign ICC11652103791.jpeg

हालसम्म ७ हजार १ सय ३९ जनाले अभियानसंग प्रत्यक्ष जोडिएर आ–आफ्नो तहको लागि स्वतन्त्र उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएका छन्। “नेपालको संविधानमा नै स्थानीयतहको संस्थागत अधिकारको उल्लेख भएबाट हरेक स्थानीय तह स्वायत्त, स्वतन्त्र र अधिकार सम्पन्न रहने स्पष्ट छ। स्वायत्त, स्वशासित र अधिकार सम्पन्न स्थानीय तहसम्बन्धी संवैधानिक व्यवस्था लागू भैसकेपछि स्थानीय तहको स्वायत्तताभित्रको कुनै विषयमा नियामक, नियन्त्रक वा हस्तक्षेपकारी भूमिका निर्वाह गर्न खोज्यो भने त्यस्तो कार्य विकेन्द्रीकरण एवं अधिकार निक्षेपणको मान्यता प्रतिकूल भई पुनःअधिकारको केन्द्रीकरणमै रुपान्तरण हुन जाने र स्थानीय स्वायत्तता र स्वशासनको मूलआधार र मान्यता समेत नष्ट हुने “ भन्ने कुरा प्रस्ट रुपमा देशको संविधानमा नै उल्लेख छ।

संविधानको ब्याख्या, देशको वर्तमानको अवस्था, विगतका कार्यकालमा स्थानीय जनप्रतिनिधिहरुको व्यवहार/कार्यशैली र आमजनताको चाहानालाई मध्यनजर गर्दै अब निर्वाचित हुने सबै स्थानीय जनप्रतिनिधिहरु स्वतन्त्र, सवल र सक्षम चुनिनु पर्दछ भन्ने कुरालाई केन्द्रविन्दुमा राखेर “स्वतन्त्र उम्मेदवारी अभियान“ को शुरुवात भएको हो।

स्थानीय तह स्वशासित वा स्वायत्त निकाय हो । कुनै पनि स्वशासित वा स्वायत्त निकायले संगठनात्मक स्वायत्तता, आर्थिक, प्रशासनिक वा व्यवस्थापकीय स्वायत्तता र कार्यगत स्वायत्तताहरूको पूर्ण उपभोग गर्न पाउने अन्तर्निहीत अधिकार हो।

यस्तो स्वायत्तता अन्तर्गत अर्थ संकलन  गर्ने, परिचाल नगर्ने, आफ्नो उद्देश्य हासिल गर्न आवश्यक नीति तथा कार्यक्रम बनाउने, यसको प्रभावकारी कार्यान्वयन गर्न आवश्यक कर्मचारी भर्ना गर्ने, कर्मचारीहरूको योग्यता तथा सेवाका शर्तहरू निर्धारण गर्ने र कार्यालय स्थापना तथा विस्तार गर्ने जस्ता प्रशासनिक एवं व्यवस्थापकीय कार्यहरू पर्दछन।

तर, उल्लेखित अधिकार र जिम्मेवार पूरा गर्ने व्यक्ति (जनप्रतिनिधि) नै कुनै व्यक्ति, संस्था, समुह (राजनैतिक दल) बाट परिचालित छ र आफूखुशी निर्णय गर्न सक्दैन भने संविधानमा जतिसुकै राम्रो व्यवस्था गरे पनि अन्ततः आमजनताले त्यसको महसुस गर्न सक्दैनन्।

तसर्थ; स्थानीय निकायमा चुनिने जनप्रतिनिधिहरु कुनै पनि समुह, दल, संस्थाबाट परिचालित हुनु हुदैन र उ पूर्णतया स्वतन्त्र हुनुपर्दछ भन्ने भन्ने कुरा नै यस अभियानको लक्ष्य हो।

स्वतन्त्र उम्मेद्वारी अभियान घोषणा गर्नुअघि हाम्रो समूहले ६३ जना विज्ञलाई ११ प्रश्न सोधेका थियौं । जसमा नेपालमा स्वतन्त्र उम्मेद्वारी आवश्यकता छ कि छैन ? यस अभियानमा तपाईं सहभागी हुन चाहनु हुन्छ कि हुदैन ? अभियान सञ्चालनको क्रममा आउने राजनीतिक दलको अवरोधलाई कसरी समाधान गर्न सकिएला लगायत प्रश्न सोधिएको थियो।

सर्वेक्षणमा सहभागी अधिकांश विज्ञले स्थानीय सरकारलाई दलीय रुपमा मुक्त गर्नुपर्ने जवाफ दिएका थिए। जनताको घरदैलोसँग प्रत्यक्ष जोडिएको सरकार भएकाले जनप्रतिनिधि दल मुक्त हुनु पर्ने उनीहरूको धारणा थियो।

जनताले स्थानीय कामको लागि चुनेका प्रतिनिधि दलको चाहनामा काम गर्नुपर्ने भएकाले सोचे अनुरुपको काम हुन नसकेको, कार्यालय समयमा जनप्रतिनिधि दलको काममा सहभागी भएको, आफूलाई टिकट दिएको दल, पार्टी नेता र कार्यकर्ता रिझाउनु पर्ने लगायत कारणले स्थानीय सरकारले ‘डेलिभरी’ दिन नसकेको सर्वेक्षणको निष्कर्ष छ।

त्यस्तै चुनावमा बढेको खर्चका कारण भ्रष्टाचार बढेको सर्वेक्षणको निष्कर्ष थियो। त्यसकारण स्थानीय लगायत अन्य चुनावमा पनि खर्चको सीमा सीमित पार्नु पर्ने र चुनाव खर्च विना पनि गर्न सकिन्छ भन्ने सांकेतिक विरोधका लागि पनि यो अभियान आवश्यक छ। चुनावमा हुने करौडौं खर्चको विरोधकै लागि हामीले कम खर्चमा सडकमै पत्रकार सम्मेलनको आयोजना गरेका हौं। 

अभियानले कसरी काम गरिरहेको छ ?

अभियानले तीन तहमार्फत आफ्नो अजेण्डा जनता समक्ष लगिरहेको छ । पहिलो तहमा मेन्टर वा सल्लाहकार रहेका छन्। यसमा स्थानीय सरकार सञ्चालन, पूर्वाधार, शिक्षा, स्वास्थ्य लगायत क्षेत्रका विज्ञ रहेका छन्।

दोस्रो तहमा कार्यकारी समिति रहेका छन् । यसले उम्मेद्वार र अन्य आवश्यक संयन्त्र जस्तै–संघसंस्था, सञ्चार माध्यमबीचको पुल बनेर व्यवस्थापनको काम गरिरहेको छ ।

तेस्रो तहमा कर्मचारी र स्वयम्सेवकहरू रहेका छन् । यो तहमा रहनेले विभिन्न तहसँग सम्पर्क, समन्वय गर्ने, कामको डिजाइन र कार्यान्वयनमा लैजान सघाईरहेको छ ।

अन्तमाः यहि बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा पार्टी होइन-व्यक्ति रोजौं, हाम्रो होइन-राम्रो रोजौं भन्दै उपस्थित नागरिक समाजका अग्रजहरु, स्वतन्त्र उम्मेदवार, प्रतिनिधि र पत्रकारहरु कार्यक्रममा उपस्थित भएर आफ्ना विचार राखिदिएकोमा हार्दिक धन्यवाद दिइएका थियोे।

प्रकाशित मिति: सोमबार, वैशाख २६, २०७९  १९:१५
##IndependentCandidacyCampaign
प्रतिक्रिया दिनुहोस्
hopefd hopefd
थप विचार
चार स्वतन्त्र मेयरको जित-दलिय राजनीतिलाई चर्को झाप्पड
चार स्वतन्त्र मेयरको जित-दलिय राजनीतिलाई चर्को झाप्पड शनिबार, जेठ १४, २०७९
वाह्य तथा आन्तरिक पर्यटकहरुलाई ठग्ने क्रम रोकौं 
वाह्य तथा आन्तरिक पर्यटकहरुलाई ठग्ने क्रम रोकौं  मंगलबार, वैशाख १३, २०७९
सार्बजनिक यातायातमा सहचालक र चालकको मनपरी भाडादर
सार्बजनिक यातायातमा सहचालक र चालकको मनपरी भाडादर आइतबार, वैशाख ११, २०७९
मेयर मंगलप्रसाद थारुको मङ्लगमय कार्य
मेयर मंगलप्रसाद थारुको मङ्लगमय कार्य शनिबार, चैत ५, २०७८
अजयमेरु गाउँपालिका गुनासो रहित गाउँपालिका : अध्यक्ष भट्ट
अजयमेरु गाउँपालिका गुनासो रहित गाउँपालिका : अध्यक्ष भट्ट शनिबार, फागुन २१, २०७८
जनतासँग गरिएका प्रतिबद्धता अनुरुप नै कामहरु भएका छन् : उपाध्यक्ष भाँड
जनतासँग गरिएका प्रतिबद्धता अनुरुप नै कामहरु भएका छन् : उपाध्यक्ष भाँड मंगलबार, फागुन १७, २०७८
चोभारको सुख्खा बन्दरगाह सञ्चालनमा आउँछ : कार्यकारी निर्देशक गजुरेल
चोभारको सुख्खा बन्दरगाह सञ्चालनमा आउँछ : कार्यकारी निर्देशक गजुरेल मंगलबार, फागुन ३, २०७८
पार्टीभित्र एउटा छुट्टै संघर्षको थालनी गर्नेछु : युवा नेता थुमराज उपाध्याय
पार्टीभित्र एउटा छुट्टै संघर्षको थालनी गर्नेछु : युवा नेता थुमराज उपाध्याय शुक्रबार, माघ २८, २०७८
अपाङ्गता व्यक्तिहरूको आवश्यकता
अपाङ्गता व्यक्तिहरूको आवश्यकता सोमबार, माघ २४, २०७८
लोकप्रिय
  • नंः १ सूर्योदय नगरपालिकामा सूर्यध्वजा ढल्यो, कलम चम्कियो
  • नंः २ भरतपुरमा रेणु दाहालको अग्रतामा अझ तिव्रता
  • नंः ३ ५ हजार ७ सय ३३ मतले रेणु अगाडि 
  • नंः ४ मेयर र उप-मेयर जित्ने शक्तिशाली र साहसिक महिला
  • नंः ५ सार्वजनिक यातायातमा भाडा पुनः वृद्धि 
विचार
चार स्वतन्त्र मेयरको जित-दलिय राजनीतिलाई चर्को झाप्पड
चार स्वतन्त्र मेयरको जित-दलिय राजनीतिलाई चर्को झाप्पड Nami News
स्थानीय सरकारका लागि - स्वतन्त्र उम्मेद्वारी अभियान
स्थानीय सरकारका लागि - स्वतन्त्र उम्मेद्वारी अभियान Nami News
वाह्य तथा आन्तरिक पर्यटकहरुलाई ठग्ने क्रम रोकौं 
वाह्य तथा आन्तरिक पर्यटकहरुलाई ठग्ने क्रम रोकौं  Nami News
सूचना-प्रविधि
बुटवल ट्राफिकचोकमा डिशहोम फाईवरनेट शोरुम
बुटवल ट्राफिकचोकमा डिशहोम फाईवरनेट शोरुम Nami News
बागफाटा, महेन्द्रनगरमा डिशहोम फाईवरनेट शोरुम विस्तार
बागफाटा, महेन्द्रनगरमा डिशहोम फाईवरनेट शोरुम विस्तार Nami News
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा टेलिकमको ‘आइसिटी डे अफर’
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा टेलिकमको ‘आइसिटी डे अफर’ Nami News
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief Email: [email protected]
Nirman Chamling Rai Editor Contact No: 9840021942 Email: [email protected]
Like us on Facebook
Nami News
© Nami News - 2022 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्