कैलाली। लम्कीचुहा नगरपालिका कैलालीको मेयर पदमा नेपाली कांग्रेस र उप मेयरमा नेकपा एमालेका महिला उम्मेदवारहरु विजयी भएका छन्।
यसरी मेयर पदमा विजयी हुनेमा नेपाली कांग्रेसबाट सुशीला शाही र उप मेयर पदमा नेकपा एमालेबा तर्फबाट जुना चौधरी हुन्।
नेपाली कांग्रेसकी शाहीले १२ हजार ७ सय १३ मत प्राप्त गरेकी थिइन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका महादेव बजगाईले १० हजार ४ सय ३५ मत मात्रै पाएका थिए।
उप मेयर पदमा एमालेकी जुना चौधरी ११ हजार ७८ मत प्राप्त गरेकी छन् भने उनको निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी जानकीकुमारी सिंहले ८ हजार ३ सय ८ मत प्राप्त गरेकी थिइन् ।
प्रकाशित मिति: शनिबार, जेठ ७, २०७९ ०८:३९