Top Navigation
Main Navigation
शुक्रबार, भदौ २७, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
शुक्रबार, भदौ २७, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • भरतपुर महानगरको प्रमुखमा दाहाल र उप-प्रमुखमा अधिकारी विजयी
भरतपुर महानगरको प्रमुखमा दाहाल र उप-प्रमुखमा अधिकारी विजयी
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज मंगलबार, जेठ १०, २०७९
नेकपा (माओवादी केन्द्र)का रेनु दाहाल र उप प्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी

चितवन । चितवनको भरतपुर महानगरको प्रमुख र उप-प्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका छन्। 

महानगर प्रमुख पदमा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का रेनु दाहाल र उप प्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी एको हो ।

विजयी उम्म्द्वार दाहालले निकटतम् प्रतिस्पर्धी नेकपा नेकपा एमालेका विजय सुवेदीलाई १२ हजार ४ सय ४९  मतान्तरले पराजित गरेको हो । 

दाहालले ५२ हजार ३० मत प्राप्त गर्दा सुवेदीले ३९ हजार ५ सय ८१  मत प्राप्त गरेको प्रारम्भिक तथ्याङ्क सार्वजनिक भएको छ। 

Nepal Oil Corporation

मुख्य निर्वाचन अधिकृतको कार्यालयले रुजु गरेर अन्तिम मत विवरण सार्वजनिक गर्न बाँकी  छ। यस्तै स्वतन्त्रका उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७ सय २८ मत प्राप्त गरेका छन् । 

दाहाल विसं २०७४ को स्थानीय तहको निर्वाचनमा समेत कांग्रेसको सहयोगमा महानगर प्रमुखमा निर्वाचित भएको थियो।

विसं २०३३ असार २३ गते भरतपुर महानगरपालिका-१४ भीमसेन नगरमा जन्मिएकी दाहाल नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की माहिली छोरी हुन्। 

नेपाली, हिन्दी र अङ्ग्रेजी भाषा बोल्न जान्ने दाहाल विसं २०६४ जेठ १५ गतेदेखि २०६९ जेठ १४ गतेसम्म तत्कालीन संविधानसभा सदस्य थिए। 

हाल अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीको महासचिव, विसं २०७४ देखि २०७५ सम्म नेकपा (माओवादी केन्द्र) पोलिटब्यूरो सदस्य, विसं २०६१ देखि २०६३ सम्म नेकपा (माओवादी केन्द्र) रोल्पा जिल्ला सह इन्चार्ज भएर काम गरिसकेकी छन्।

यस्तै विसं २०६४ देखि २०७२ सम्म नेपाल कम्युनिष्ट पार्टी माओवादी काठमाडौँ सेक्रेटरी, अखिल भारत नेपाली महिला सङ्गठनको अध्यक्ष, जनयुद्धको भूमिगतकालमा प्रवास (भारतका विभिन्न प्रान्तहरूमा पार्टीको सेक्रेटरी र महिलाको जिम्मेवारी वहन गरेको) तथा देशको विकट ग्रामीण क्षेत्रमा सङ्गठनात्मक काममा सक्रिय रहेको थियो।

भरतपुर महानगरपालिकाको उप प्रमुखमा गठबन्धनबाट कांग्रेसका अधिकारीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का हिमला गुरुङलाई २२ हजार १ सय ९१ मतान्तरले पराजित गरेको छ । अधिकारीले ५२ हजार ८ सय ३ मत प्राप्त गर्दा गुरुङले ३० हजार ६ सय १२ मत प्राप्त गरेका थिए। 

अधिकारी नेपाली कांग्रेस भरतपुर महानगर समितिको सभापति हुन् । विसं २०२४ मा जन्मिनुएका अधिकारीको विद्यार्थी राजनीतिबाट राजनीतिक यात्राबाट सुरु भएको हो । 

विसं २०४२ मा अन्नपूर्ण माध्यामिक विद्यालय पार्वतीपुरबाट सुरु भएको उजको राजनीतिक यात्रा क्याम्पस कमिटीमा सक्रिय भई अहिले महानगरमा कांग्रेसका तर्फबाट उप-प्रमुखमा निर्वाचित बज्को छ ।

विसं २०७४ को स्थानीय तहको निर्वाचनमा वडा-२१ को वडा अध्यक्षमा निर्वाचित अधिकारी यसअघि महानगरमा कांग्रेसको दलको नेताका रूपमा रहेको थियो ।

विसं २०४६ को आन्दोलनमा गिरफ्तारीदेखि विसं २०६२/६३ मा सक्रिय सहभागिता जनाएका नेता अधिकारी विसं २०५४ मा साविक पार्वतीपुरमा कांग्रेसका तर्फबाट वडाअध्यक्ष निर्वाचत भएको थियो ।

भरतपुर महानगरका २९ वडामा १ लाख २७ हजार ८ सय ३९ मत खसेको थियो । नगरमा २९ वडामध्ये कांग्रेसले वडा-१, २, ४, ५, ६, ८, १०, १४, १५, १६, १७, २०, २१, २३, २७ र २९, एमालेले ३, ११, १२, १८, १९ र २८, माओवादी केन्द्रले १३, २४ र २६, नेकपा (एकीकृत समाजवादी) ले ७, ९ र २२ वडामा विजय हासिल गरेको छ। 

वडा-२५ मा स्वतन्त्र उम्मेदवार विजयी भएको छ । कांग्रेसका जिल्ला नेता स्वतन्त्रमा उम्मेदवारी दिएर विजयी भएको हो।

प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९  ११:४३
##RenuDahal
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
नेपालकाे पहिलाे महिला सरकार प्रमुख बनिन् सुशीला कार्की
नेपालकाे पहिलाे महिला सरकार प्रमुख बनिन् सुशीला कार्की शुक्रबार, भदौ २७, २०८२
अन्तरिम सरकार गठन विषयउपर छलफल
अन्तरिम सरकार गठन विषयउपर छलफल शुक्रबार, भदौ २७, २०८२
अन्तरिम सरकार नेतृत्वका लागि निर्णायक वार्ता
अन्तरिम सरकार नेतृत्वका लागि निर्णायक वार्ता बिहीबार, भदौ २६, २०८२
नेपालकाे सुरक्षा व्यवस्था सेनाकाे काँधमा
नेपालकाे सुरक्षा व्यवस्था सेनाकाे काँधमा बुधबार, भदौ २५, २०८२
Gen-Z जनविद्रोह अन्तिम चरणमा प्रवेश
Gen-Z जनविद्रोह अन्तिम चरणमा प्रवेश मंगलबार, भदौ २४, २०८२
आजको जेन-जी प्रदर्शनकारीकाे मृत्यु र कति घाइते भए ?
आजको जेन-जी प्रदर्शनकारीकाे मृत्यु र कति घाइते भए ? सोमबार, भदौ २३, २०८२
एमालेको विधान महाधिवेशनमा यस्तोसम्म भयो
एमालेको विधान महाधिवेशनमा यस्तोसम्म भयो आइतबार, भदौ २२, २०८२
लिपुलेखमाथि भारत-चीनबीच भएको ब्यापारिक सम्झौतामा हाम्रो असहमति छ : प्रधानमन्त्री ओली
लिपुलेखमाथि भारत-चीनबीच भएको ब्यापारिक सम्झौतामा हाम्रो असहमति छ : प्रधानमन्त्री ओली शुक्रबार, भदौ २०, २०८२
प्रधानमन्त्री ओलीसँग विदेश सचिव मिश्रीकाे भेट
प्रधानमन्त्री ओलीसँग विदेश सचिव मिश्रीकाे भेट आइतबार, भदौ १, २०८२
लाेकप्रिय समाचार
  • नंः १ आजको जेन-जी प्रदर्शनकारीकाे मृत्यु र कति घाइते भए ?
  • नंः २ मिसेस नेपाल वर्ल्ड-२०२५ को प्रतिस्पर्धामा ३० महिला छनाैट
  • नंः ३ Gen-Z जनविद्रोह अन्तिम चरणमा प्रवेश
  • नंः ४ एमालेको विधान महाधिवेशनमा यस्तोसम्म भयो
  • नंः ५ काठमाण्डूको इन्द्रजात्रा
विचार
अतिवाद आफैंमा गलत हुन्छ  
अतिवाद आफैंमा गलत हुन्छ   प्रज्ज्वल घिमिरे
लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग 
लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग  NamiNews- नामीन्यूज
आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस    
आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस     NamiNews- नामीन्यूज
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्