Top Navigation
  • Contact
Main Navigation
बुधबार, असोज १४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बुधबार, असोज १४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • चार स्वतन्त्र मेयरको जित-दलिय राजनीतिलाई चर्को झाप्पड
चार स्वतन्त्र मेयरको जित-दलिय राजनीतिलाई चर्को झाप्पड सम्पादकीय
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, जेठ १४, २०७९
Independent Mayor

दलिय राजनीति गर्ने नेताहरुको क्रियाकलापवाट नेपाली जनता साँच्चै वाक तथा दिक्क नै भैसकेको प्रमाण विना दलका स्वतन्त्र उम्मेदवारहरुको एक पछि अर्को स्थानवाट स्थानीय निर्वाचनमा निर्वाचित भएवाट प्रमाणित भएको छ।

देश तथा जनताको लागि लडेका भनेका राजनीतिक पार्टीहरु नै सत्ताको लागि लुछाचुडी गरिरहेको अनि आफ्नाका लागि पृष्ठपोषण मात्र गरिरहेको देख्दा नेपाली जनता वाक्क दिक्क हुनुपनि स्वभाविक हो।

यो स्वभाविकतामा त्यसको विरोध स्वरुप राजधानी काठमाडौंको मेयरमा लौरो चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएका बालेन (बालेन्द्र) साहलाई शानदार मत दिएर काठमाडौं महानगरवासीले जिताएका छन् । बालेन साहको जित भनेकै काठमाडौंं महानगर आफ्नै बाउको बिर्ता हो भन्ने नेपाली कांगे्रस तथा नेकपा एमालेका लागि ठूलो झाप्पड नै हो।

जनताले चाहेमा पार्टीका नेतालाई पाखा लगाइदिन बेर मान्दैन भन्ने तथ्य बालेन साहको भारी मतले भएको जितले ठूलो उदाहरण दिएको छ। काठमाडौंमा जस्तै पूर्वी नेपालको धरान उपमहानगर पालिकामा पनि लौरो चिन्ह नै बोकेर एक्लै चुनावी मैदानमा उत्रेका स्वतन्त्र उम्मेदवार हर्कराज साम्पाङ राईको जितले त अझ सत्यवादीहरुको पछाडि कुनै भीड हुदैन।

केवल सत्य–यथार्थ हुन्छ भन्ने नै प्रमाण देखाइदिए । जनताको मनमा बसेपछि जुनसुकै ठूला पार्टीका उम्मेदवारलाई पनि माटो खुवाउन स्वतन्त्रवाटै उठ्ने उम्मेदवारवाट गराउने पनि उनै नेपाली जनता नै हुन्। जनताभन्दा माथि नेता तथा राजनीतिक पार्टी छँदै छैन भन्दा पनि हुन्छ ।

सत्यका न्यायिक अड्डा भनेकै जनताको भोट भन्ने कुरा स्थानीय निर्वाचनको परिणाममा काठमाडौंमा बालेन साह, धरानमा हर्कराज साङपाङ राई जस्तै जनकपुर उपमहानगरमा पनि स्वतन्त्र मनोज कुमार साहले जितवाट पनि पुष्ट्याई दिइसकेको छ।

त्यस्तै सुदुर पश्चिमको धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी बनेका छन् । बालेन, हर्क, मनोज र गोपाल वास्तवमै दलिय राजनीतिभन्दा माथि उठेर नेपाली जनताले चुनेर नेपाली जनताको पक्षमा कार्य गर्न र गराउन पाँच बर्षका लागि अख्तियार प्राप्त मेयरहरु हुन् । यी स्वतन्त्र मेयरहरुलाई महानगर, उपमहानगर र नगरमा पार्टीका वडा अध्यक्ष तथा सदस्यमा जितेकाहरुले सहज ढंगवाट काम गर्न दिने हुने हो या अवरोध मात्रै खडा गर्ने हो ? त्यो पनि हेर्न वाँकी छ।

काम गर्दैजांदा सहजताको नाममा कुनै पार्टीमा विचलित बनेर समाहित बन्न पुग्यो भने, निश्चित रुपमा उनीहरुले जनमतको कदर नगरेको ठहर हुन्छ । यसतर्फ, स्वतन्त्रवाट जितेका चार मेयरहरुले समयमा नै ध्यान दिनु आवश्यक छ।
-नामी साप्ताहिकबाट

प्रकाशित मिति: शनिबार, जेठ १४, २०७९  १३:२७
##IndependentMayor
प्रतिक्रिया दिनुहोस्
थप विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प मंगलबार, भदौ ३०, २०८३
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... आइतबार, भदौ २८, २०८३
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शनिबार, भदौ २७, २०८३
रसुवाको बाढीले सिकाएको पाठ 
रसुवाको बाढीले सिकाएको पाठ  बिहीबार, भदौ २५, २०८३
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता आइतबार, भदौ २१, २०८३
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ आइतबार, भदौ २१, २०८३
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति आइतबार, भदौ १४, २०८३
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन आइतबार, भदौ १४, २०८३
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ...
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ... शनिबार, भदौ १३, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
  • नंः ५ इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्