Top Navigation
  • Contact
Main Navigation
बिहीबार, साउन २८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बिहीबार, साउन २८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • स्थानीय तह निवार्चनले दिएको सन्देश !
स्थानीय तह निवार्चनले दिएको सन्देश !
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, जेठ १८, २०७९
Hem Bikram Silwal

देशमा हालै भएको स्थानीय तह निर्वाचनमा १ करोड ४ लाख मतदाताले भोट खसाले। अनुपातिक हिसाबमा एमाले पहिलो, कांग्रेस दोश्रो, माओवादी तेश्रो, क्रमशः समाजवादी, जसपा, राप्रपा भए। 

अहिलेको निर्वाचन प्रणाली अन्तर्गत देशमा आमूल परिवर्तन, राजसंस्था सहितको प्रजातन्त्र, वैदिक सनातन हिन्दू अधिराज्य जस्ता मुद्दा स्थापना गर्न भनेर यही संविधानतः जनतालाई जनमत मागेर राप्रपा आपनो उदेश्य स्थापित गर्न सामर्थ हुने देखिंदैन।

शेरवहादुरजीले विघटन गरेको प्रतिनिधि सभालाई संवैधानिक बाधा अड्काउ फुकाउ नाममा मन्त्रीपरिषदको अध्यक्ष आफै भई राजाले गरेको निर्वाचनलाई ७ राजनीतिक दलले असहयोग गरि उल्टै प्रतिगमन भयो भनेर जनआन्दोलन गरेर संविधानमा हुँदै नभएको व्यवस्थालाई जबरदस्ती गरी संसद पुनर्स्थापना गराइयो। 

जन आन्दोलनको भावना विपरित संविधानमा धर्म निरपेक्ष र राजसंस्थालाई निषेध गरेका कुरा घाम जस्तै छर्लङग छ। परिवर्तन चाहने राष्ट्रिय प्रजातन्त्र पार्टीले यही संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधानलाई प्रयोग गरी आफनो एजेण्डा पुनर्स्थापना गर्छु भन्नु हर्केको बाउको रोपाईंमा बिना कोदाली बाउसे गरे सरह हो। 

देशमा चरम महङ्गी बढेको छ। संस्थागत भ्रष्टाचार छ र आर्थिक व्ययभार राज्यले धान्नै नसक्ने छ। हाम्रो जस्तो देशमा ८८४ जनाको भेडी चोक सो सरह सांसद २३५ जना केन्द्र र प्रान्तका मन्त्री हाम्रो अर्थतन्त्रले धान्नै सक्दैन। यो कुरा आम नेपाली सर्वसाधारणले बुझिसकेका छन्। 

राप्रपाले परिवर्तनकामी जनताको जनभावनालाई कदर गर्दै सडक आन्दोलनमार्फत आफ्नो एजेण्डा पुनर्स्थापना पछि मात्रै चुनावको माग गर्नु पर्थ्यो। अब हुने संसदीय निर्वाचनमा पनि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कुहिराेमा हराएको काग सरह नै हुने हो। 

संघीयता कार्यान्वयन गराउन सहयोगी भूमिका बाहेक केही हुन सक्दैन । पार्टीको एकता महाधिवेशनमार्फत राप्रपाको नेतृत्व परिवर्तन भयो।

पार्टपूर्जा खिया लागेका मण्डलेहरू नै रहेका हुँदा खासै उपलब्धि हासिल होला जस्तो लागेन। हामी जस्ता स्वतन्त्र नागरिक समाज बुद्धिजीवि समाजका प्रबुद्ध व्यक्तिहरू यस पार्टीमा अटाउन सकिने अवस्था रहेन।

ड्राइभर नयाँ तर गाडी पुरानै हुँदा गन्तव्य कसरी पुग्ने होला ? त्यसै कारण स्वतन्त्र नागरिक समाजले आउँदो संसदीय चुनावलाई प्रयोग गर्दै १६५ निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवार खडा गरी निर्वाचनलाई प्रयोग गर्दै आन्दोलनको आँधीबेरी ल्याउनुको कुनै विकल्प रहेन। 

दुई करोड ९२ लाख जनता राजनीतिक दलको सिन्डिकेटबाट मुक्त हुन चाहन्छन्। जसको उदाहरण हो बालेन्द्र शाह (बालेन)। संविधानत : No Vote को व्यवस्था मतपत्रमा भएको भए राजनीतिक दलहरुको हैसियत जनताले देखाइ दिने थिए।

आफ्नो सिन्डिकेटलाई जनता आफ्नो परिधिबाट बाहिर नजाउन् भन्नाका खातिर सर्वोच्च अदालतले जनताले खोजेको राइट म्यान पाउनुपर्छ भनी फैसला भएको छ जुन नेपाल सरकारले कार्यान्वयनमा नल्याउनु पनि कानूनी राज्यको धज्जी उडाउनु सरह हो। 

सार्वभौमसत्ता जनताको मौलिक अधिकारलाई जबरदस्ती गर्नु पनि लोकतन्त्रको उपहास हो। अब जनतासँगको विकल्प भनेको कि निर्वाचन बहिष्कार गर्ने कि त स्वतन्त्र उम्मेदवारलाई मतदान गरी विजय गराउने यी २ विकल्प बाहेक अरु उपाय छैन। 

यस कुरालाई नेपालका बौद्धिक जगत, पत्रकार, साहित्यकार, कानून व्यवसायी तथा आमनेपाली दाजुभाई दिदीबहिनीहरुले बुझ्न जरूरी छ।  

- हेम विक्रम सिलवाल 
स्वतन्त्र नागरिक समाज
पाटनढोका, ललितपुर ।

प्रकाशित मिति: बुधबार, जेठ १८, २०७९  १३:५३
##HemBikramSilwal
प्रतिक्रिया दिनुहोस्
थप विचार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार सोमबार, साउन २५, २०८३
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं  शनिबार, साउन २३, २०८३
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ मंगलबार, साउन १९, २०८३
 खाद्यान्नमा आत्मनिर्भर हुने प्रमुख बालीमा ‘कोदो’
 खाद्यान्नमा आत्मनिर्भर हुने प्रमुख बालीमा ‘कोदो’ मंगलबार, साउन १९, २०८३
बालेन सरकारले तुरुन्तै एक्सन लिन जरुरी !
बालेन सरकारले तुरुन्तै एक्सन लिन जरुरी ! बिहीबार, साउन १४, २०८३
हरियो साउनको महिमा र यसको महत्व
हरियो साउनको महिमा र यसको महत्व शनिबार, साउन २, २०८३
जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य
जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य आइतबार, असार २१, २०८३
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? आइतबार, असार ७, २०८३
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’  बुधबार, असार ३, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ विश्वासको संकटमा नेपालको राजनीति
  • नंः ३ सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
  • नंः ४ २१औँ अडान डे सप्ताहव्यापी रूपमा उत्साहपूर्वक मनाइयाे
  • नंः ५ आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता
विचार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार NamiNews- नामीन्यूज
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं  शारदा बजगाईँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ NamiNews- नामीन्यूज
सूचना-प्रविधि
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्