Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज १७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज १७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
स्वास्थ्य-शिक्षा
  • Home
  • स्वास्थ्य-शिक्षा
  • ज्यापु समुदायका युवा तथा अभिभावकलाई शैक्षिक परामर्श
ज्यापु समुदायका युवा तथा अभिभावकलाई शैक्षिक परामर्श
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शुक्रबार, जेठ २०, २०७९
Jyapu Community Kathmandu

काठमाडौं । भर्खरै एसईई परिक्षा दिएर बसेका काठमाडौंका ज्यापु समुदायका युवा तथा अभिभावकहरुलाई शैक्षिक अभिभावकत्व परामर्श कार्यक्रम सम्पन्न भएको छ ।

ज्यापु महागुथि नेपाःकाठमाडौं महानगर समितिबाट आयोजित कार्यक्रममा विद्यार्थी तथा  अभिभावकहरुलाई शैक्षिक परामर्श दिनुका साथै कुशल अभिभावकत्व बारे परामर्श दिइएको हो।

Jyapu Community Kathmandu 31654269722.jpg

कार्यक्रममा शैक्षिक परामर्शदाता इन्द्र गुरुङ र राजेश्वरी श्रेष्ठ गुरुङले विद्यार्थी र अभिभावकहरुलाई परामर्श दिएका थिए भने साथमा विभिन्न विद्यालयका प्रधानाध्यापकले पनि विगतका शैक्षिक गतिविधिको अनुभवका आधारमा सुझाव दिएका थिए।

‘विद्यार्थीको जीवनमा एसईई परिक्षा महत्वपूर्ण समय हो, यसपछि अगाडी बढ्न विद्यार्थीको साथमा अभिभावकीय भूमिका पनि महत्वपूर्ण हुन्छ,’ परामर्शदाता इन्द्रले भने, ‘अहिले तपाईँहरुले आफ्ना बालबच्चाको लागि अझ बढि समय दिनुस्, धेरै भन्दा धेरै कुराकानी गर्दै उनीहरुलाई आवश्यक सल्लाह सुझाव दिनुस्।’ 

अभिभावकहरुले आफ्ना सन्तानलाई पढाई वाविषय छनौटमा कुनै किसिमको दबाब नदिन गुरुङले आग्रह गर्दै विद्यार्थीहरुलाई अरुको लहलहैमा लागेर विषय नचुन्न र आफ्नो चाह, कार्य कुशलता र क्षमताको आधारमा शैक्षिक यात्रा अगाडी बढाउन सुझाएका थिए।

एसईई विद्यार्थीका लागि शैक्षिक परामर्श कार्यक्रमहरु हुने गरिए पनि कुशल अभिभावकत्व तालीम खासै नहुने गरेको कार्यक्रम संयोजक दिनेश महर्जनको दावी छ।

‘एसईई पछि विषय छनौटमा विद्यार्थीहरु निकै गम्भीर हुनुपर्छ, यसमा अभिभावकको सुझाव, मार्गनिर्देशन पनि निकै महत्वपूर्ण कुरा हो,’ संयोजक श्रेष्ठले भने, ‘कुशल अभिभावकत्व परामर्शको सवालमा यो पहिलो कार्यक्रम नै हुनसक्छ।’

सोही अवसरमा काठमाडौ बनहार्ट कलेजका उपप्राध्यापक सुरज शिवाकोटीले आफ्नो कलेजमा ज्यापु महागुथिको सिफारिसमा २ जनालाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेका थिए।

कमजाेर आर्थिक अवस्था र परीक्षामा उत्कृष्ट प्राप्ताङ्कको आधारमा छात्रवृत्ति दिने कलेजका उपप्राध्यापक शिवाकोटीले जानकारी दिएका थिए।

कार्यक्रममा समृद्धि कलेजका प्रधानाध्यापक नरेश श्रेष्ठले विद्यार्थीहरुलाई शुभकामना दिँदै विज्ञहरुको परामर्शलाई मनन गरी अगाडी बढ्न सुझाव दिएका थिए।  
 

प्रकाशित मिति: शुक्रबार, जेठ २०, २०७९  २१:०५
##JyapuCommunity
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य-शिक्षा
बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
बालबालिकाको भविष्य अनिश्चितताको बन्दी शनिबार, असोज १०, २०८३
महिनावारी सुकेपछि हुने चर्को गर्मी
महिनावारी सुकेपछि हुने चर्को गर्मी सोमबार, असोज ५, २०८३
१६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न
१६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न शनिबार, असोज ३, २०८३
खरानीपछि उज्यालो-जेन-जीको नयाँ संकल्प
खरानीपछि उज्यालो-जेन-जीको नयाँ संकल्प बुधबार, भदौ २४, २०८३
हराएका व्यक्तिको डिएनए परीक्षण कसरी हुन्छ ?
हराएका व्यक्तिको डिएनए परीक्षण कसरी हुन्छ ? मंगलबार, भदौ १६, २०८३
प्राध्यापक, लेक्चरर र नर्ससहित इन्जिनियरहरूकाे आवेदन माग
प्राध्यापक, लेक्चरर र नर्ससहित इन्जिनियरहरूकाे आवेदन माग मंगलबार, भदौ ९, २०८३
कसरी आयो पच्चीस वर्षपछि नेपाल औषधि लिमिटेड नाफामा ?
कसरी आयो पच्चीस वर्षपछि नेपाल औषधि लिमिटेड नाफामा ? शुक्रबार, साउन २२, २०८३
सिन्दूर लगाउँदा स्वास्थ्यमा पर्ने गम्भिर असर
सिन्दूर लगाउँदा स्वास्थ्यमा पर्ने गम्भिर असर सोमबार, साउन १८, २०८३
युवतीहरुमा बढ्दो र खतरा चुरोटको लत
युवतीहरुमा बढ्दो र खतरा चुरोटको लत मंगलबार, साउन १२, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः ३ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ४ महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत चयन
  • नंः ५ रूम नं १९४
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्