Top Navigation
  • Contact
Main Navigation
शुक्रबार, असार १२, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
शुक्रबार, असार १२, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • स्वतन्त्र नागरिक समाजको सांगठनिक रूपरेखा
स्वतन्त्र नागरिक समाजको सांगठनिक रूपरेखा
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, जेठ २२, २०७९
Hem Bikram Silwal

निर्दलीय पञ्चायत शासनको अन्त्यसँगै देखापरेका दलीय प्रथाले आरम्भकालदेखि नै देशहितका लागि भन्दा पनि दलकै हित अनुकुल कार्य गर्दै आएको कुरा कसैबाट पनि लुकेको छैन।

पञ्चायतकालका राम्रा नाराम्रा पक्ष आफ्नै ठाउँमा छ । यसको लेखाजोखा सबैले आ-आफ्नै ढड्गले गर्दै आएका छन्। तर विसं २०४६/४७ सालको प्रजातन्त्र देश र जनताको समुन्नतिका निमित्त आउनु पर्नेमा ठीक विपरित कसैको पेवा झैँ भएर झनै कुण्ठित बन्दै गएको कसलाई थाहा नहोला ।

यही कारणले विगत डेढ दशक अघि देश र जनताका लागि आवाज उठाउन स्वतन्त्र नागरिक समाज देखा परेको हो। यसको मूल ध्येय भनेकै जनतालाई मुलुकको मालिकको अनुभूति दिलाउनु हो। 

यो कुनै दल वा पार्टी हुँदै होइन। यो देश र जनताको मर्म बुझ्ने जागरूक नागरिक समूहको भेला हो। यसमा हरेक क्षेत्रका विद्वान, प्राज्ञिक, प्रबुद्ध व्यक्तित्व लगायत आम नागरिक सबै समान रूपमा आवद्ध छन्।

स्वतन्त्र नागरिक समाज कुनै पनि दलहरूसँग राग-द्वेष राख्दैन। तर विगतदेखि आजसम्मका काम-कार्वाही देखेर कुण्ठित जनसमुदायलाई स्वतन्त्रपूर्वक आवद्ध गरी दलीय प्रथा र यसको अनावश्यक खिचातानीको अनियन्त्रित परम्परालाई तोड्न जागरुक भएर अउनु परेको हो-स्वतन्त्र नागरिक समाज, जसलाई उप्रान्त छोटकरीमा (स्वनास) शाब्दिक नामले पनि उल्लेख गरिनेछ।

दलहरूलाई निष्ठाको राजनीति गर्न बाध्य तुल्याउन यस स्वतन्त्र नागरिक समाज (स्वनास) ले विगत आरम्भकालदेखि नै विभिन्न कोणबाट आवाज उठाउँदै सचेतनात्मक कार्य गर्दै आएको कुरा सबैलाई जानकारी छँदैछ।

यसै सिलसिलामा जति आवाज उठाउँदा पनि खासै केही नभएको देखेर यस संस्थाका संस्थापक लगायत केही व्यक्तित्वहरु यसपालि (२०७९) को स्थानीय तह निर्वाचनमा कुनै एक दलसँग सहकार्य गरी अघि बढ्ने निचोडमा पुग्यो।

यसैअनुरूप राष्ट्रिय प्रजातन्त्र पार्टीसँग यस संस्थाको मूल बुँदाहरू मिल्दोजुल्दो देखिएकोले सहकार्य गरी अघि बढ्ने निर्णय भयो। तर मूख्य आशय मेल खाए तापनि धरातलिय आधार फराकिलो हुन नसकेका कारण राप्रपा सँग लामो दूरी पार हुन सकेन।

अतः एउटै निर्वाचनको सम्पूर्ण रूपरेखा प्रष्ट नहुँदै राप्रपासँग यस स्वनासको सम्बन्ध सकियो। फेरी पनि जनताको आँखामा छारो हान्ने आजको राजनीतिक दलको अनावश्यक गठबन्धनका अघि यो सहकार्य एउटा उदाहरण भएर रहनेछ।

स्मरण रहोस् स्वतन्त्र नागरिक समाज देश र जनताको हित विपरित जाने उद्देश्यले बनेको हुँदै होइन। अतः छोटो समयको यस सहकार्यले कुनै पनि दलहरूसँग स्वतन्त्र नागरिक समाज मिलेर अघि बढ्न सक्दैन भन्ने निर्क्योल निकालियो।

स्वतन्त्र नागरिक समाज र दलहरूको सोंचाइ र गराइ आकाश-पाताल फरक भएको देखियो। अब उप्रान्त स्वतन्त्र नागरिक समाज पूर्ण स्वतन्त्रता अड्गाल्दै हरेक क्षेत्रबाट स्वतन्त्र रूपमा उठेर सबै दलहरूलाई चुनौति दिने लक्ष्य बोक्न बाध्य भएको छ।

दलहरूबाट कुनै आशा बाँकी नरहेपछि अब हरेक क्षेत्रका जिम्मेवार पदमा स्वतन्त्र नागरिक उठेर देशका लागि योगदान दिनुपर्ने बेला आएको छ।

अब आउने आम निर्वाचनमा देशका सबै तहमा निर्वाध रूपमा राष्ट्रको गहन जिम्मेवारी निभाउन सक्षम नागरिकलाई स्वतन्त्र उम्मेद्वारको रूपमा उठाई स्वतन्त्र नागरिक समाज देशमा एउटा ठूलो दल झैँ भएर देखापर्ने निर्णयमा पुगेको छ।

तर सबैलाई स्मरण भयाः यो फेरी पनि कुनै दल वा पार्टी हुँदै होइन। अतः यो समूह संयोजकत्वको शैलीमा संगठित भई चलायमान हुनेछ भन्ने सबैलाई स्पष्ट पार्न चाहन्छ।

आज देशलाई समुन्नतिको बाटोमा हिँडाउने चाहना र जनताको भावना बुझ्ने चेष्टा कुनै पनि दलले गरेको देखिएन। परन्तु देश र जनताका लागि भन्दै संगठित यी यावत् दलहरू जहिले पनि परनिर्भर रहेको र बाह्य स्वार्थबाट सञ्चालित भएको अनुभव जनताले गरिरहे।

भाषणमा मात्र समृद्ध बनाउने तर भौतिक रूपमा झन् झन् ओरालो लाग्ने पद्धतिले अब यो देश चल्दैन। सोझै भन्नु पर्दा आज अक्रान्त भएर रहनु परेको मूल कारण दलीय संरचनालाई अब भत्काउनै परेको छ।

मुलुकलाई स्थिर बनाउने र स्थायित्व प्रदान गर्ने राजनीतिक उद्देश्यबाट यी सबै दलहरू बञ्चित भएको महसुस सबैबाट भएकै हो। यसैकारण मुलुकको उत्थानका निमित्त स्वतन्त्र नागरिक समाज अब सांगठनिक रूपमा बलियो भएर अघि बढ्ने निधो गर्दछ।

अब आउँदो चुनावमा देशैभरिका एकसय चौँसट्ठि ठाउँबाट स्वतन्त्र उम्मेद्वारलाई चयन गरी उठाइने लक्ष्य लिइएको छ। यसका निमित्त स्वतन्त्र नागरिक समाजलाई जनतामाझ परिचित गराउन दलहरूले झैँ एउटा बेग्लै निर्वाचन चिह्न प्रयोग हुनेछ।

जुन विधिवत् रूपमा निर्वाचन आयोगमा स्वतन्त्र चिह्नको रूपमा दर्ता गरी यस संगठनबाट स्वतन्त्र उम्मेद्वारका रूपमा उठेका सबै महानुभावलाई समेत प्रदान गरिनेछ।

साथै यस स्वतन्त्र नागरिक समाजले सबै उम्मेद्वारलाई आर्थिक सहयोगका निमित्त केही रकम सहित अपेक्षित सहयोग उपलब्ध गराउनेछ।

यसका लागि सहकर्मीहरूबाट तथा यस संस्था प्रति स्नेह र आशा–भरोसा गर्ने हरेक क्षेत्रका सक्षम व्यक्तित्वहरूबाट आर्थिक सड्कलन गरी परिचालन गरिनेछ । सड्कलनको माध्यमका लागिे देशभरी एक घर एक रुपियाँको क्याम्पेन समेत गरिनेछ। जय गुरु गोरख !

हेम बिकम सिलवाल 
सयोजक : स्वतन्त्र नागरिक समाज 
पिपलबोट, पाटनढोका ललितपुर

प्रकाशित मिति: आइतबार, जेठ २२, २०७९  २१:४३
##HemBikramSilwal
प्रतिक्रिया दिनुहोस्
थप विचार
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? आइतबार, असार ७, २०८३
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’  बुधबार, असार ३, २०८३
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग 
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग  मंगलबार, असार २, २०८३
भ्रष्टाचार ठूला फाइलमा मात्र होइन: स-साना नियतमा लुकेको रोग    
भ्रष्टाचार ठूला फाइलमा मात्र होइन: स-साना नियतमा लुकेको रोग     शनिबार, जेठ १६, २०८३
Fishing Cat Conservation Beyond Protected Areas
Fishing Cat Conservation Beyond Protected Areas बिहीबार, जेठ १४, २०८३
मुसहरको नाममा अझै विभेद 
मुसहरको नाममा अझै विभेद  सोमबार, जेठ ११, २०८३
भोजभतेरको रवाफ र भोको पेटको चित्कार
भोजभतेरको रवाफ र भोको पेटको चित्कार शनिबार, जेठ ९, २०८३
सजिलो राजनीतिको भर्‍याङ ‘समाजसेवा’
सजिलो राजनीतिको भर्‍याङ ‘समाजसेवा’ सोमबार, जेठ ४, २०८३
‘एक पटक बोलिदेउन बालेन सरकार’
‘एक पटक बोलिदेउन बालेन सरकार’ शुक्रबार, जेठ १, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नगरस्तरीय परीक्षामा ४ जीपिए ल्याउने दुई विद्यार्थीलाई त्रियुगा नगरपालिकाद्वारा सम्मान
  • नंः २ पत्रकारको क्षमता बढाउँदै नेपाल प्रेस इन्स्टिच्यूट
  • नंः ३ पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
  • नंः ४ कटारी नगरपालिकाको बजेट सार्वजनिक
  • नंः ५ उदयपुरगढी गाउँपालिकाको ६४ करोड ७७ लाख १९ हजार रुपैयाँको बजेट सार्वजनिक
विचार
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? शारदा बजगाईँ
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’  विदुर कटुवाल
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग 
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग  शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्