Top Navigation
  • Contact
Main Navigation
शुक्रबार, साउन २९, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शुक्रबार, साउन २९, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • फोहर राजनीतिमा डलर
फोहर राजनीतिमा डलर सम्पादकीय
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, जेठ २६, २०७९
Bancharedanda

राजनीति आफैमा फोहर भैरहेको वर्तमान अवस्थामा फोहरमा नै राजनीति हुने गरेको छ। जसको कारण फोहर व्यवस्थापन सधै टाउको दुख्ने विषय बन्दै आएको हो ।

स्थानीय सरकारमा निर्वाचित भएर आउने गाउँपालिका, नगरपालिका देखि महानगरपालिकासम्मका मेयरहरुको मुख्य टाउको खाने विषय नै फोहर व्यवस्थापन हुने गरेको छ।

३० बैशाख, २०७९ को स्थानीय सरकारको निर्वाचन अघि र पछि पनि यो फोहर व्यवस्थापनको राजनीतिले चर्को टाउको दुखाइको विषय बन्दै आएको छ । जसको चर्को मार देशकै जेठो महानगरपालिका काठमाडौं महानगरपालिकाका नवनिर्वाचित स्वतन्त्र मेयर बालेन्द्र साहलाई भएको छ ।

स्वतन्त्र उम्मेदवारको रुपमा दलिय राजनीतिलाई चुनौतिका रुपमा काठमाडौं महानगरका जनताको भारी मतवाट मेयरमा विजयी मेयर साह फोहरको उचित व्यवस्थापन नगरिकन विजयी जुलुस तथा विजयीको माला समेत नलाउने कसमका साथ कार्य गर्नमा तल्लिन भएको खवर सार्वजनिक भएकै हो।

चुनाव जितेकै दिन पदवहाली नगरिकनै सवैभन्दा पहिला काठमाडौको फोहर विसर्जन गर्ने स्थान नुवाकोटको सिसडोल र बञ्चरे डाँडाको अवस्थाको अवलोकन भ्रमण गरेर एक्सनमा गएका थिए।

Fohor1654744072.jpgसिसडोल ओखरपौवा वासीको समस्या र त्यहाँको पीडालाई आत्मसात गरेर उनीहरुको माग संवोधन नगरिकन त्यहाँ फोहर विसर्जन नगर्ने कसमकासाथ क्रियाशील मेयर साहको लागि यो फोहर राजनीतिको गलाको पासो जस्तो नै बनेको छ।

यद्यपि, यसको दीर्घकालिन समस्याको समाधानका लागि पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीदेखि बहालवाला प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवासम्ममा पुगेर भेटघाट गरेर उचित निकासका लागि छलफल समेत गरेका छन्।

फोहरलाई मोहर मात्र होइन, डलर वनाउने योजना ल्याउनै नसकेका ओलीदेखि देउवासम्मको फोहर राजनीतिमा समाधानी खोज्नु कठिन कार्य हो।

फोहरमा डलर देख्ने मध्यपुर थिमि नगरपालिकाका पूर्वमेयर मदनसुन्दर श्रेष्ठ वाहेक वितेको पाँच बर्षमा कुनैपनि मेयरले फोहर व्यवस्थापनमा उचित समाधान निकाल्न नै सकेको देखिएन। बालेन्द्र साहले पनि फोहरलाई केवल विसर्जनको उचित गन्तव्य मात्र खोजेर समाधान गर्न नसकेमा उही फोहरको राजनीति मात्र हुने निश्चित छ।

यदि, फोहरको राजनीतिवाट दीर्घकालिन समाधान खोज्ने हो भने, फोहरमा विसर्जन खोज्ने होइन, फोहरलाई अर्गानिक मल लगायतका सामाग्री उत्पादन गरेर मोहर मात्र होइन, डलर कमाउने योजना ल्याइनु पर्दछ।

फोहरवाट मध्यपुर थिमि नगरपालिकामा जस्तो अर्गानिक मल वनाउने फ्याक्ट्री नै खोल्न सकेमा सिसडोल तथा बञ्चरे डाँडा पुगिरहनु पर्दैन।

घर–आँगनको फोहर घर–आँगनमा नै विसर्जन गरेर त्यसलाई डलर बनाउने कार्यमा लगाएमा दशकौदेखि टाउको दुखाइको विषय बन्दैआएको फोहर राजनीतिको अन्त्य हुने थियो ।

यसमा मेयर साह लगायतका सवै स्थानीय सरकारका मेयरहरुको ध्यान जानु जरुरी छ।
 

प्रकाशित मिति: बिहीबार, जेठ २६, २०७९  ०८:३१
##Bancharedanda
प्रतिक्रिया दिनुहोस्
थप विचार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार सोमबार, साउन २५, २०८३
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं  शनिबार, साउन २३, २०८३
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ मंगलबार, साउन १९, २०८३
 खाद्यान्नमा आत्मनिर्भर हुने प्रमुख बालीमा ‘कोदो’
 खाद्यान्नमा आत्मनिर्भर हुने प्रमुख बालीमा ‘कोदो’ मंगलबार, साउन १९, २०८३
बालेन सरकारले तुरुन्तै एक्सन लिन जरुरी !
बालेन सरकारले तुरुन्तै एक्सन लिन जरुरी ! बिहीबार, साउन १४, २०८३
हरियो साउनको महिमा र यसको महत्व
हरियो साउनको महिमा र यसको महत्व शनिबार, साउन २, २०८३
जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य
जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य आइतबार, असार २१, २०८३
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? आइतबार, असार ७, २०८३
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’  बुधबार, असार ३, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ विश्वासको संकटमा नेपालको राजनीति
  • नंः ३ सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
  • नंः ४ २१औँ अडान डे सप्ताहव्यापी रूपमा उत्साहपूर्वक मनाइयाे
  • नंः ५ आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता
विचार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार NamiNews- नामीन्यूज
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं  शारदा बजगाईँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ NamiNews- नामीन्यूज
सूचना-प्रविधि
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्