Top Navigation
Main Navigation
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
सम्वाद
  • Home
  • सम्वाद
  • बिगौती दूधमा शिशुलाई रोगसँग लड्ने तत्वहरु हुन्छ : स्त्री रोग विशेषज्ञ डा आस्था रेग्मी
बिगौती दूधमा शिशुलाई रोगसँग लड्ने तत्वहरु हुन्छ : स्त्री रोग विशेषज्ञ डा आस्था रेग्मी
निशान बुढाथाेकी
निशान बुढाथाेकी शनिबार, जेठ २८, २०७९
Ashtha Regmi
Api Himal

शिशु जन्मेपछि पहिला आउने पहेँलो बाक्लो दूध (बिगौती दूध) मा शिशुलाई रोगसँग लड्ने तत्वहरु हुन्छ। यसलाई नै शिशुको पहिलो खोपको रुपमा लिइन्छ।

जन्मने बित्तिकै अन्य कुनैपनि खानेकुरा नखुवाई शिशुलाई १ घण्टाभित्र बिगौती दूधसहित स्तनपान गराएमा मात्र १९ देखि २२ प्रतिशत नवजात शिशुको मृत्युदर घटाउन सकिन्छ भन्ने तथ्य विश्वमा भएका विभिन्न अनुसन्धानहरुले देखाइसकेको छ।

तर, नेपालमा यसरी एक घण्टाभित्र स्तनपान गराउनेको संख्या जम्मा ६६.४ प्रतिशत मात्र छ। त्यसैगरी ६ महिनासम्म स्तनपान मात्र गराउने आमाहरुको संख्या करिव ७० प्रतिशत रहेको छ भने स्तनपान गराउने सरदर समय अवधी ४ महिनाको हाराहारीमा छ।

Dr. Ashtha Regmi1654927337.jpgस्तनपान आमाले गराउने भएपनि सफल स्तनपानको लागि परिवार, समाज र राज्यको सहयोग र दायित्व अपरिहार्य छ। यसका लागि स्तनपान सम्बन्धि नीति नियमको तर्जुमा र कार्यान्वयन पनि उत्तिकै जरुरी छ। आमालाई स्तनपान गराउने वातावरणको सिर्जना गर्नुपर्दछ।

Nepal Oil Corporation

यसो भएमा मात्र सहिरुपमा सफल स्तनपान हुनसक्दछ। सफल स्तनपानबाट स्वस्थ र निरोगी भएका शिशु भोलि गएर स्वस्थ बालक, यूवा हुँदै स्वस्थ आमा र बाबुमा परिणत हुन्छन्। त्यसपछि मात्र स्वस्थ समाजको निर्माणमा टेवा पुग्छ।

यसै विषयमा नामी साप्ताहिका लागि निशान बुढाथोकीले दमौली अस्पतालकी स्त्री रोग विशेषज्ञ डाक्टर आस्था रेग्मीसँग गरेको कुराकानीको सम्पादित अंश :

हरेक आमाले बच्चालाई स्तनपान गराउन किन आवश्यक छ ?

भगवानले दिएको बच्चाको लागि प्रोटेक्सनको लागि प्राकृतिक माध्यम हो स्तनपान। यसका धेरै फाइदाहरु छन्। शुरुमा संसारमा जन्मेर आउने बित्तिकै पाउने खाना भनेकै स्तनपान हो। यसमा सम्पूर्ण भिटानिसहरु, मिनरल्स, बच्चालाई संक्रमण हुनबाट जोगाउने तत्व जस्ता सम्पूर्ण आहारहरु यसमै पाउँछ। बच्चा जन्माइसकेपछि आमाको जीउबाट दूध उत्पादन हुने हुनाले के धनी के गरिब सबैले विना खर्च बच्चालाई खुवाउन सक्छन्। यो एउटा वरदान पनि हो। आमा र बच्चामा आत्मियता बढाउँछ।

स्तनपान नगराएमा कस्तो असर पर्छ बच्चालाई ?

बच्चा जन्मिसकेपछि पहिलो ६महिनामा बच्चाको ग्रोथ स्पिडमा हुन्छ । बच्चाले पचाउन सक्ने, खान सक्ने भनेको आमाको दूध नै हो। स्तनपान नगराएमा पहिलो कुरा त बच्चाको ग्रोथमा नै असर गर्छ। ग्रोथ पनि शारिरीक र मानसिक गरी विभिन्न किसिमका हुन्छन् । ग्रोथ संगै संक्रमणको जोखिम पनि बढ्ने हुन्छ। सबै कुराको विकास स्तनपान मै हुन्छ। यही स्तनपान नगराउँदा विभिन्न किसिमका समस्याहरु देखा पर्छन्। फेरि यो समस्या अहिले मात्र होइन पछि वयस्क हुँदा पनि देखा पर्छन् । जस्तै कसैलाई प्रेसर, कसैलाई सुगर देखा पर्न सक्ने हुन्छ। दिर्घकालिन समस्याहरु समेत देखा पर्न सक्छन् ।

कतिपय महिलाहरु आफ्नो शारिरीक बनावट बिग्रिन्छ भन्ने डरले बच्चालाई स्तनपान नगराइएको देखिन्छ, के साँच्चिकै हो त ?

एकदम गलत कुरा हो। पहिलो कुरा आमाको लागि फाइदा भनेकै गर्भवती अवस्थामा अत्याधिक तौल बढेको हुन्छ। तौल घट्न सहयोग गर्ने उत्तम उपाय नै स्तनपान हो । भनेको समयमा तौल घटाउनलाई पहिलो ६ महिनामा जुन मेजर तौल घट्न, स्तनपान गराएको महिलामा बढी घटेको तथ्यांक छ। यो कुरा बाटै स्पष्ट हुन्छ कि स्तनपानबाट शारिरीक बनावट फिट राख्छ। अझ धेरै निखारता ल्याउँछ । सुन्दरतामा पनि बृद्धि गर्ने गर्छ। बच्चा जन्मेको ६  महिनासम्म स्तनपान मात्र गराउनुपर्छ। त्यसपछि १ वर्षसम्म खुवाउने र बच्चाको अवस्था हेरेर दुध बाहेक अरु खानेकुरा पनि खाइरहेको छ भने त्यही अनुसार स्तनपान गराउनुपर्दछ।

स्तनपान गराउँदा के के कुरामा ध्यान दिनुपर्छ ?

पहिलो कुरा त सरसफाइ मै ध्यान दिनुपर्छ । स्तन नियमित रुपमा सफा गर्नुपर्छ । स्तनपान गराउनु अघि र स्तनपान गराइसकेपछि राम्रोसँग सफा गर्नुपर्छ । सरसफाइमा ध्यान दिइएन भने झन् संक्रमण बढ्न सक्छ।  साथै बच्चाले दूध खाएको मिलेको छ कि छैन राम्रोसँग हेर्नुपर्छ। भन्नुको मतलब के हो भने स्तनपान गराउने तरिकामा स्कीन टु स्कीन कन्ट्याक भनिन्छ। 

आमा र बच्चा दुवैको वस्त्र खोलेर आमा पनि र बच्चा पनि सजिलोसँग बसेर दुध खुवाउनुपर्छ।निप्पल मात्र होइन दुधको कालो पूरै भाग बच्चाको मुखमा पस्न जरुरी छ। बच्चाको तल्लो ओठ फर्काएर सजिलो पोजिसनमा जुन पट्टीको दूध खुवाउने हो त्यतै पट्टीको हातले टाउको समाउने र अर्को हातले प्रेस गरेको जस्तो गरी दूध खुवाउनु पर्छ।

बच्चालाई कति कति समयमा स्तनपान गराउनु पर्छ ?

सामान्यतया रातको समयमा सम्भव नभए पनि दिनमा प्रत्येक ४ घण्टामा १०-१० मिनेट स्तनपान गराउनुपर्छ। कम्तिमा १० मिनेट स्तनपान गराउनै पर्छ। किनभने कतिपयलाई यो थाहा नहुन सक्छ कि पहिलो आधा भागमा पानी पानी र अर्को आधा भागमा फ्याट मिसिएको दूध आउँछ । यदि फस्ट हाफ मात्र स्तनपान गराइयो भने बच्चाले पाउनु पर्ने सम्पूर्ण पोषण नपाउँन सक्छ।

- नामी साप्ताहिकबाट

प्रकाशित मिति: शनिबार, जेठ २८, २०७९  ११:२९
##AshthaRegmi
प्रतिक्रिया दिनुहोस्
MoHP 13th-23rd May, 2025
थप सम्वाद
बैठकमा जाने हाजिर गर्ने मात्रै होइन, कामले देखाउने हो : राष्ट्रिय सभा अध्यक्ष दाहाल
बैठकमा जाने हाजिर गर्ने मात्रै होइन, कामले देखाउने हो : राष्ट्रिय सभा अध्यक्ष दाहाल सोमबार, जेठ १३, २०८२
नेपालमा सुटिङ गर्न उत्साहित छु : बलिउड निर्देशक खान
नेपालमा सुटिङ गर्न उत्साहित छु : बलिउड निर्देशक खान सोमबार, मंसिर १०, २०८१
संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुुपर्छ : सभामुख घिमिरे
संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुुपर्छ : सभामुख घिमिरे मंगलबार, असोज १, २०८१
डेङ्गु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
डेङ्गु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे आइतबार, असार १६, २०८१
मदन-आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
मदन-आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली शुक्रबार, असार १४, २०८१
शासकीय सुधारका लागि संविधान संशोधनमा जानुपर्छ : पूर्वप्रधानमन्त्री डा भट्टराई
शासकीय सुधारका लागि संविधान संशोधनमा जानुपर्छ : पूर्वप्रधानमन्त्री डा भट्टराई शुक्रबार, असार ७, २०८१
गणतन्त्र फलाउन, फुलाउन र जोगाउन लागौँ : अध्यक्ष केसी
गणतन्त्र फलाउन, फुलाउन र जोगाउन लागौँ : अध्यक्ष केसी शनिबार, जेठ १२, २०८१
डमी संसदीय प्रणाली हाबी भइरहेको छ : नागिना यादव
डमी संसदीय प्रणाली हाबी भइरहेको छ : नागिना यादव शनिबार, चैत २४, २०८०
शक्ति र पहुँचका आधारमा बजेट नछुट्याइयाेस् : सांसद शाह
शक्ति र पहुँचका आधारमा बजेट नछुट्याइयाेस् : सांसद शाह शनिबार, चैत ३, २०८०
लाेकप्रिय समाचार
  • नंः १ भीमार्जुन आचार्यकाे "आमा-सम्झि रहेँ रातै भरि..." सार्बजनिक
  • नंः २ उदयपुरकाे बेलकामा दुई दिनमा दुईजनाकाे मृत्यु
  • नंः ३ सिद्धार्थ बैंक र लोमस डिजिटलबीच सम्झ्यौता
  • नंः ४ अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो
  • नंः ५ चितवनमा पाँच महिनामा थपिए ५२ एचआइभी संक्रमित
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्