Top Navigation
Main Navigation
बिहीबार, असार १९, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
बिहीबार, असार १९, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • स्थानीय पालिकाहरूमा जनताको नियन्त्रण र हस्तक्षेप सुनिश्चित गर्न अध्यक्ष प्रचण्ड निर्देशन
स्थानीय पालिकाहरूमा जनताको नियन्त्रण र हस्तक्षेप सुनिश्चित गर्न अध्यक्ष प्रचण्ड निर्देशन
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, जेठ २८, २०७९
CM Prachanda
Api Himal

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय पालिकाहरूमा जनताको नियन्त्रण, निगरानी र हस्तक्षेप सुनिश्चित गर्नुपर्ने बताएको छ।

पार्टीको गण्डकी प्रदेश समितिले पोखरामा आयोजना गरेको प्रदेशस्तरीय वैचारिक राजनीतिक प्रशिक्षण तथा स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधिलाई अभिमुखीकरण कार्यक्रममा अध्यक्ष दाहालले विगतका क्रान्तिकारी सत्तालाई जीवन्त राख्दै जनवादी र लोकतान्त्रिकरण गर्नुपर्ने बताएको हो। 

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा देशभर माओवादी केन्द्रले प्रमुख जितेका पालिकाहरूलाई क्रान्तिकारी र भोलिका दिनमा समाजवादी सत्ताको भ्रुणका रूपमा विकास गर्ने उद्देश्यमा स्पष्ट हुँदै त्यसका लागि त्याग, तपस्या र मेहेनत गरेर काम गर्न अध्यक्ष दाहालले निर्देशन दिएका छन्। 

अध्यक्ष दाहालले भने, “हामीले विजय हासिल गरेका १२१ पालिकालाई समाजवादी सत्ताका भ्रुणहरू बनाउने र पालिकाहरूमा जनताको नियन्त्रण, निगरानी र हस्तक्षेप सुनिश्चित गर्नुपर्ने खाँचो छ। म तपाईँहरूलाई भन्न चाहन्छु, पालिकामा प्रत्येक निर्णय गर्नुअघि जनताको राय बुझ्ने मेकानिजम बनाउनुहोला, के गर्न उचित हुन्छ, सुझाव लिनुहोला। जनताबाट आलोचना र सुझाव निरन्तर प्राप्त हुने र त्यसको सुनुवाइ भइरहने कार्यक्रम बनाउनुहोला।”

Nepal Oil Corporation

निर्वाचित जनप्रतिनिधिलाई माओवादी केन्द्रले जितेको पालिकामा जनताको राय, सल्लाह लिएर निर्णय गर्ने गरेका छन् भन्ने पार्ने गरी काम गर्न निर्देशन दिएका हुन्। माओवादी पार्टी आफ्नो वर्ग, जनता र राष्ट्रप्रति समर्पित शक्ति होस् भन्ने जनताले चाहेको अध्यक्ष दाहालको जिकिर छ।

अध्यक्ष दाहालले पछिल्लो समय पार्टी पहिचानको सङ्कटमा परेको र जनतामा सबै पार्टी एउटै हुन् भन्ने परेकाले फरक देखिने गरी काम गर्नुपर्नेमा जोड दिँदै उनले भने, “हामी अहिले पहिचानको क्राइसिसमा छौँ। क्रान्तिकारी, जनयुद्धबाट आएको, जनआन्दोलन, गणतन्त्रका बाहक भनेर कुरामा पहिचान छ तर व्यवहारमा त्यस्तो छैन। जनताले हेर्दा माओवादी, कांग्रेस, एमाले सबै व्यवहारमा उस्तै छन्। अब यसपटक त्यस्तो हुनु हुँदैन।”

अध्यक्ष दाहालले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले दोस्रो स्थान हासिल गर्ने आकलन गरिए पनि प्रभावकारी गठबन्धन नभएकाले आशातित नतिजा प्राप्त नभएको उल्लेख गरे। माओवादी प्रभाव भएका कतिपय जिल्लाहरूमा गठबन्धनका दलहरूले तालमेलको मर्मविपरीत एमालेसँग तालमेल गरी माओवादीलाई पराजित गरेकोप्रति असन्तुष्टि जनाउँदै उनले यस विषयमा गठबन्धनभित्र समीक्षा गरिने बताए।

अहिलेको सत्तारुढ गठबन्धनलाई आगामी सङ्घ र प्रदेश निर्वाचनमा समेत कायमै राखिने बताउँदै स्थानीय तहमा भन्दा आगामी निर्वाचनमा गठबन्धन गर्न सहज हुने अध्यक्ष दाहालले विश्वास व्यक्त गरे।

पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले पार्टी शान्तिपूर्ण प्रतिस्पर्धामा सामेल हुनु संसदीय पक्षधरता होइन भनेर बुझाउनु आवश्यक रहेको बताउँदै उनले भने, “हामी शान्तिपूर्ण प्रतिस्पर्धाको बाटोबाट अघि बढेको हो तर पूँजीवादको सहयात्री होइनौँ। पूँजीवाद भत्काउन र समाजवादको बाटोमा जान तथा  समाजवादको आधार तयार गर्ने भन्ने अहिलेको कार्यनीति हो। पूँजीवादलाई बलियो बनाउन शान्तिपूर्ण बाटोमा छैनौँ।”

वरिष्ठ नेता श्रेष्ठले जनताका आधारभूत आवश्यकता खानेपानी, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासका काममा केन्द्रित भएर काम गर्न पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई आग्रह गरे।

सहभागीहरूलाई स्थानीय तह सञ्चालन, कानुन निर्माणलगायत विषयमा संविधानविद् खिमलाल देवकोटालगायतले प्रशिक्षण दिएको पार्टीका प्रदेश अध्यक्ष गायत्री गुरुङले बताए।

प्रशिक्षण कार्यक्रममा गण्डकी प्रदेशका ११ वटै जिल्लाका पार्टीका जिल्ला संयोजकले स्थानीय तह निर्वाचनका सम्बन्धमा रिपोर्टिङ गरेको थियो। 
 

प्रकाशित मिति: शनिबार, जेठ २८, २०७९  २०:०१
##Prachand
प्रतिक्रिया दिनुहोस्
MoHP 13th-23rd May, 2025
थप राजनीति
मन्त्रिपरिषदले गरेका निर्णयहरु
मन्त्रिपरिषदले गरेका निर्णयहरु सोमबार, असार १६, २०८२
युगीन कलाकार पवन जोशी महारथी ।। चिरिबाबु महर्जन नगरपिता ।। बिक्रम भक्त नेवाः तारा ।। न्हुछेकाजी नेवाः सूर्य ।।
युगीन कलाकार पवन जोशी महारथी ।। चिरिबाबु महर्जन नगरपिता ।। बिक्रम भक्त नेवाः तारा ।। न्हुछेकाजी नेवाः सूर्य ।। आइतबार, असार १५, २०८२
प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री पौडेल
प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री पौडेल मंगलबार, असार १०, २०८२
लाज पचेका नेताहरुलाई सुनिल शर्माको शब्दवाण
लाज पचेका नेताहरुलाई सुनिल शर्माको शब्दवाण आइतबार, असार ८, २०८२
के अहिले पनि धनीमनीको लागि मात्र शिक्षा आउने ?
के अहिले पनि धनीमनीको लागि मात्र शिक्षा आउने ? शनिबार, असार ७, २०८२
प्रतिनिधि सभा बैठक
प्रतिनिधि सभा बैठक शनिबार, असार ७, २०८२
माओवादी पार्टीलाई बदनाम गराउन षड्यन्त्र भइरहेको छ : प्रचण्ड
माओवादी पार्टीलाई बदनाम गराउन षड्यन्त्र भइरहेको छ : प्रचण्ड शनिबार, जेठ ३२, २०८२
बाेल्दा बाेल्दै गृहमन्त्रीको घोक्रै सुके
बाेल्दा बाेल्दै गृहमन्त्रीको घोक्रै सुके शुक्रबार, जेठ ३१, २०८२
आजको संसद बैठकमा यस्तोसम्म भयो
आजको संसद बैठकमा यस्तोसम्म भयो बिहीबार, जेठ ३०, २०८२
Tourism Office Kathmandu
लाेकप्रिय समाचार
  • नंः १ युगीन कलाकार पवन जोशी महारथी ।। चिरिबाबु महर्जन नगरपिता ।। बिक्रम भक्त नेवाः तारा ।। न्हुछेकाजी नेवाः सूर्य ।।
  • नंः २ नामी साप्ताहिक
  • नंः ३ बजार अनुगमनले लियाे तीव्र रूप
  • नंः ४ नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा भण्डारी नियुक्त
  • नंः ५ सिडियो हुनु त यस्ताे पाे हाे त, मध्यराती बाढी नियन्त्रणमा जुटे
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्