Top Navigation
  • Contact
Main Navigation
आइतबार, असोज ४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
आइतबार, असोज ४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • यो सरकारले एसपिपी सम्झौता गर्दैन, ओलीका पालामा कार्यान्वयन गर्ने काम भयो : अध्यक्ष प्रचण्ड
यो सरकारले एसपिपी सम्झौता गर्दैन, ओलीका पालामा कार्यान्वयन गर्ने काम भयो : अध्यक्ष प्रचण्ड
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, असार २, २०७९
Prachanda

काठमाडौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन सरकारले ‘स्टेट पार्टनरसीप प्रोगाम’ (एसपिपी) सझौता नगर्ने प्रष्ट पारेकाे छ। 

२१औं रितबहादुर खड्का स्मृति दिवसका अवसरमा पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष  ‘प्रचण्ड’ले सरकार नेपालको राष्ट्रियता स्वाधिनताको पक्षमा दृढतापूर्वक उभिने र त्यस्तो खालको कुनै सम्झौता नगर्ने विश्वास दिलाएको हो। 

अध्यक्ष प्रचडले वर्तमान सरकार यो सम्झौता गर्नेतर्फ नलाग्ने बरु यस अघिको ओली सरकारले उक्त सम्झौताको कार्यान्वयन गर्ने काम गरेको तथ्य इतिहासमा भेटिने जिकीर गर्दै एसपिपीका विषयमा चर्चा गरेर राष्ट्रवादको झुठो प्रचार गर्ने काम भएको पनि उनले दाबी समेत गरेका हुन्।

“बरु यो एसपिपी सम्झौता कार्यान्वयन गर्ने काम सन् २०१९ मा केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको तथ्य इतिहासमा छ, यो कुरा हामी सबैले बुझ्न जरुरी छ”, अध्यक्ष प्रचडले भने। 

“एसपिपी सम्झौता हुँदैछ रे, भइ नै सक्यो रे भनेर जुन ढङ्गले प्रचार गरिएको छ, त्यो झुठो हो। प्रधानमन्त्री र गठबन्धनमा भएको छलफलअनुसार अहिलेसम्म त्यस्तो कुनै सम्झौता भएको छैन”, पूर्वप्रधानमन्त्री दाहालले भने, “त्यस्तो कुनै सैन्य सम्झौता हुने छैन भन्ने घोषणा म यहाँबाट गर्न चाहन्छु।”

प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले कुनै पनि हालतमा त्यस्तो खालको सम्झौता गर्दिनँ भनेर प्रतिबद्धता व्यक्त गरेको जनाउँदै अध्यक्ष प्रचण्डले सरकारले सम्झौता गर्न लाग्यो भनेर कोही भ्रममा पर्न जरुरी नभएको बताएका छन्।  

गठबन्धन सरकार एसपिपी सम्झौता गर्नेमा नलाग्ने विश्वास दिलाउँदै उनले  भने, “गठबन्धन त्यस्तो कुरामा लाग्दैन। हामी नेपालको राष्ट्रिय स्वाधिनता तथा नेपालको विकास र समृद्धिको पक्षमा दृढतापूर्वक उभिन्छौँ।”
 

प्रकाशित मिति: बिहीबार, असार २, २०७९  ११:५८
##Prachand
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
'पाता' उद्योगीको कस्ने कि सरकारको ?
'पाता' उद्योगीको कस्ने कि सरकारको ? बिहीबार, भदौ २५, २०८३
महाविपत्तिमा कमजोर सरकार
महाविपत्तिमा कमजोर सरकार बिहीबार, भदौ १८, २०८३
गणतन्त्रमा बदलिएको शासकको अदृश्य हतियार के हो ?
गणतन्त्रमा बदलिएको शासकको अदृश्य हतियार के हो ? शनिबार, भदौ १३, २०८३
बालेनको मुस्ताङ यात्रामा किन शंका ?
बालेनको मुस्ताङ यात्रामा किन शंका ? सोमबार, भदौ ८, २०८३
जेन–जी आन्दोलनमा ध्वस्त प्रमुख ऐतिहासिक संरचनाको पुर्ननिर्माणमा सरकारको बेवास्ता
जेन–जी आन्दोलनमा ध्वस्त प्रमुख ऐतिहासिक संरचनाको पुर्ननिर्माणमा सरकारको बेवास्ता आइतबार, भदौ ७, २०८३
किन कांग्रेस क्रियाशील सदस्यतामा जहिल्यै विवाद ? 
किन कांग्रेस क्रियाशील सदस्यतामा जहिल्यै विवाद ?  शुक्रबार, भदौ ५, २०८३
मन्त्रीपरिषद् बैठकले गरेको महत्वपूर्ण निर्णयहरु
मन्त्रीपरिषद् बैठकले गरेको महत्वपूर्ण निर्णयहरु बिहीबार, भदौ ४, २०८३
जनताको अधिकारको पक्षमा प्रचण्ड
जनताको अधिकारको पक्षमा प्रचण्ड बुधबार, भदौ ३, २०८३
सभामुखको ‘अन्तिम अस्त्र’,  किन प्रधानमन्त्रीमाथि संसदीय दबाब बढ्यो ?
सभामुखको ‘अन्तिम अस्त्र’,  किन प्रधानमन्त्रीमाथि संसदीय दबाब बढ्यो ? मंगलबार, भदौ २, २०८३
लाेकप्रिय समाचार
  • नंः १ चलचित्र चंगुलको ट्रेलर रिलिज
  • नंः २ १६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न
  • नंः ३ शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग
  • नंः ४ नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता
  • नंः ५ नामी साप्ताहिक
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्