Top Navigation
Main Navigation
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
सम्वाद
  • Home
  • सम्वाद
  • महिलाको सम्मान विना देश निर्माण असम्भव : मेयर बाजिसिंह खड्का
महिलाको सम्मान विना देश निर्माण असम्भव : मेयर बाजिसिंह खड्का
निशान बुढाथाेकी
निशान बुढाथाेकी शनिबार, असार ११, २०७९
बाजिसिंह खड्का- मेयर, दिपायल सिलगढी नगरपालिकाका, डाेटी
Api Himal

स्कूल लाइफदेखि राजनीतिमा सक्रिय सहभागिता जनाउँदै आफ्नो जीवनको ३३ वर्ष यही राजनीतिक यात्रामा बिताईसकेका सुदुरपश्चिम नेपालको दिपायल सिलगढी नगरपालिकाका मेयर बाजिसिंह खड्काको उपनाम विजय होl उपनाम विजय भएतापनि सरल र शालिन स्वभावका छन् । अध्ययनशिल मेयर खड्का सरल जीवन उच्च सोचका धनी उनी जबसम्म महिलालाई सम्मान गरिदैन तबसम्म कुनै पनि  ठाउँमा विकास सम्भव नहुँने बताउँछन्।

महिला शिक्षा, स्वास्थ्य, सहभागिता, अधिकारको प्रत्याभूति र राजनीतिक सहभागिता र पहूँच नै महिला विकास हो। विकासमा जब हरेक वर्गको अपनत्व र हिस्सा हुन्छ तब मात्र विकासको अर्थ हुन्छ । विकास प्रक्रियामा मै सहभागि नभएसम्म विकासमा हिस्सा र अपनत्व नहुँने भन्छन् उनी ।

नारी घर, परिवार, समाज अनि राष्ट्रकै महत्वपूर्ण अङ्ग हुन् । एउटी नारी विनाको सुन्दर र शान्त घर, समाज अनि राष्ट्रको कल्पना पनि गर्न सकिदैन। महिला यस्तो शक्ति हो जसले घर परिवारदेखि हरेक किसिमका जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्ने सक्छिन् भन्ने उदाहरण हाम्रै समाजमा कतिपय महिलाले गरेका उल्लेखनिय कार्यहरुले सिद्ध समेत गरेको दाबी समेत गर्छन्। उनै मेयर विजय आर्थत बाजिसिंह खड्कासँग दिपायल सिलगढी नगरपालिकामा नामी साप्ताहिकका लागि निशान बुढाथोकीले लिएको अन्तरवार्ताको सारसंक्षेप :

यस पटकको घोषणा पत्रमा कस्तो खालको मुद्धा उठाउनु भएको छ ?

Nepal Oil Corporation

वास्तवमा भन्ने हो भने सुदूरपश्चिम त्यसमा पनि डोटी जिल्ला भौगोलिक विकटता भएको जिल्ला हो। समस्याहरु धेरै छन् चुनौतीहरु पनि प्रसस्त छन् । म आफैले आफ्नो जिवनमा पनि भोगेको कुरा  शिक्षा, स्वास्थ्य, बाटोघाटो, पानी, पर्यटन र कृषि, हुन त त्यसमा पनि अरु थप कुरा पनि नभएको होइन । तर विशेष गरी हामीले आफ्नो जिवनमा सहज तथा असहज कुरा महसुस गरेका छौं । आज समुचित व्यवस्थापन शिक्षाको नहुँदा हाम्रो देश पछि परेको कुरा पुष्टि भइसकेको छ। त्यस्तै स्वास्थ्यको पनि समुचित व्यवस्थापन नहुँदा यो देशका नागरिकले दुःख पाइरेका छन्। अकालमा ज्यान गुमाउन बाध्य भएका छन् । पर्यटनको विकास नहुँदा पनि हामी पछि परेको कुरा नकार्न सक्दैनौं । मनोरम प्राकृतिक दृश्य, हरियाली, धार्मिक स्थल यी सबै हाम्रो देशको पर्यटन भित्राउने प्रमुख आधार हुन्। यदि पर्यटन स्थललाई विकास गर्नै हो भने पूँजीको पनि अभाव हुदैनथ्यो। पूँजी हरेक मानिसको लागि आवश्यक तत्व हो। पर्यटन मार्फत हामीले पूँजी मनग्य ल्याउन सक्छौं । त्यसको फाइदा पनि उठाउन सकेका छैनौं। त्यसैगरी कृषि क्षेत्रलाई आधुनिकिकरण गरेर जब सम्म हामीले बढी भन्दा बढी उपयोग गर्न सक्दैनौ तब सम्म समृद्धिको यात्रा तय गर्न सक्दैनौं। श्रोत साधनको उपयोग गर्न सके अवश्य पनि विकास सम्भव छ। एक पुस्ताले दुःख नगरी अर्को पुस्ताले सुख पाउन सक्दैन । शिक्षा, स्वास्थ्य, पर्यटन, सडक, पानी नै मुख्य मुद्धा हुन्। 

महिला र बालबालिकाको लागि कस्तो खालको योजनाहरु ल्याउनु भएको छ ?

हेर्नुस् ! मैले अघि पनि भनिसकेको छु महिला र बालबालिका विना घर, परिवार अनि राष्ट्र बन्न सक्दैन र। महिला तथा बालबालिका समाजका अभिन्न अंग पनि हुन् ।  हामी पनि कुनै बेला बालबालिका थियौं । हाम्रो पनि इच्छा र चाहना थियो कि हामी पनि स्वस्थ बनौ र शिक्षाको मार्गतिर लम्कन पाउँ। आज हामी वयस्क भएका छौं। हाम्रा सन्तति बालबालिका छन्। बालबालिका भन्ने बित्तिकै हामीले हाम्रो सन्तान सोच्नु पर्छ। ति सन्ततिहरुलाई कसरी सफल र असल कर्णाधार बनाउनेतर्फ ध्यान दिनु जरुरी छ । महिलाको कुरा गर्दा म पनि महिलाले जन्माएको छोरा हुँ। महिलाको सम्मान गर्न सके अवश्य सुन्दर देशको निर्माण हुन सक्छ । अहिले विश्व अर्थतन्त्र महिलाको नियन्त्रण र अधीनमा आउन थालेको छ। यसले भविष्यमा महिलाले विश्व अर्थतन्त्रलाई गति दिने आशा पलाएको छ। पछिल्लो समय नेपालमा पनि महिलाले आर्थिक क्षेत्रमा पुरुष सरह सफलता हासिल गरेका उदाहरण स्थापित भएको पाइन्छ। महिलाले घरपरिवार समाल्नेदेखि व्यवसायलाई सफलतापूर्वक हाँकिरहेका छन् । तर जनसंख्यामा पुरुषभन्दा धेरै रहेका नेपाली महिलाले अझै पनि धेरै अगाडि आउन भने बाँकी नै छ । त्यसकारण महिला तथा बालबालिकाको लागि सम्मान गरेर बजेट ल्याएर उनीहरुको विकासमा खर्च गर्नेछौं ।

विशेष गरी यस क्षेत्रका स्थानिय जनताहरुको मुख्य समस्या के के हुन् ?

विशेष यहाँका स्थानिय सर्वसाधारणको जनताको मुख्य समस्या भनेको आम्दानीको श्रोत छैन, खानेपानी, शिक्षा, स्वास्थ्य नै मुख्य समस्या हुन्। भौतिक रुपमा बिद्यालयका भवनहरु छन् तर त्यहाँ गुणस्तरिय शिक्षा छैन। र अब हाम्रो अभियान भनेको गुणस्तरिय शिक्षा, समुचित खानेपानीको व्यवस्था, स्वास्थ्यमा सबै स्थानिय जनतको पहुँच, कृषिलाई आधुनिकिकरण गरी अघि बढ्ने र समस्याको समाधान गर्ने रहेको छ।

- नामी साप्ताहिक
 

प्रकाशित मिति: शनिबार, असार ११, २०७९  ०९:०४
##BajiSinghKhadka
प्रतिक्रिया दिनुहोस्
MoHP 13th-23rd May, 2025
थप सम्वाद
बैठकमा जाने हाजिर गर्ने मात्रै होइन, कामले देखाउने हो : राष्ट्रिय सभा अध्यक्ष दाहाल
बैठकमा जाने हाजिर गर्ने मात्रै होइन, कामले देखाउने हो : राष्ट्रिय सभा अध्यक्ष दाहाल सोमबार, जेठ १३, २०८२
नेपालमा सुटिङ गर्न उत्साहित छु : बलिउड निर्देशक खान
नेपालमा सुटिङ गर्न उत्साहित छु : बलिउड निर्देशक खान सोमबार, मंसिर १०, २०८१
संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुुपर्छ : सभामुख घिमिरे
संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुुपर्छ : सभामुख घिमिरे मंगलबार, असोज १, २०८१
डेङ्गु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
डेङ्गु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे आइतबार, असार १६, २०८१
मदन-आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
मदन-आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली शुक्रबार, असार १४, २०८१
शासकीय सुधारका लागि संविधान संशोधनमा जानुपर्छ : पूर्वप्रधानमन्त्री डा भट्टराई
शासकीय सुधारका लागि संविधान संशोधनमा जानुपर्छ : पूर्वप्रधानमन्त्री डा भट्टराई शुक्रबार, असार ७, २०८१
गणतन्त्र फलाउन, फुलाउन र जोगाउन लागौँ : अध्यक्ष केसी
गणतन्त्र फलाउन, फुलाउन र जोगाउन लागौँ : अध्यक्ष केसी शनिबार, जेठ १२, २०८१
डमी संसदीय प्रणाली हाबी भइरहेको छ : नागिना यादव
डमी संसदीय प्रणाली हाबी भइरहेको छ : नागिना यादव शनिबार, चैत २४, २०८०
शक्ति र पहुँचका आधारमा बजेट नछुट्याइयाेस् : सांसद शाह
शक्ति र पहुँचका आधारमा बजेट नछुट्याइयाेस् : सांसद शाह शनिबार, चैत ३, २०८०
लाेकप्रिय समाचार
  • नंः १ भीमार्जुन आचार्यकाे "आमा-सम्झि रहेँ रातै भरि..." सार्बजनिक
  • नंः २ उदयपुरकाे बेलकामा दुई दिनमा दुईजनाकाे मृत्यु
  • नंः ३ सिद्धार्थ बैंक र लोमस डिजिटलबीच सम्झ्यौता
  • नंः ४ अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो
  • नंः ५ चितवनमा पाँच महिनामा थपिए ५२ एचआइभी संक्रमित
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्