Top Navigation
Main Navigation
शनिबार, भदौ १४, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, भदौ १४, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • गठबन्धनको आवश्यकता आगामी निर्वाचनसम्म छ : नेता नेपाल
गठबन्धनको आवश्यकता आगामी निर्वाचनसम्म छ : नेता नेपाल
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, असार १२, २०७९
Madhav Kumar Nepal

काठमाडौ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँचदलीय गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने बताएको छ ।

पार्टीको केन्द्रीय कमिटी चौथो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धनको आवश्यकता अहिले पनि रहेकाले निर्वाचनसम्म कायम हुने बताएको हो।

“स्थानीय तहको निर्वाचनमा कतिपय पार्टीले धोका दिए । हामीले पनि राम्रोसँग पार्टी परिचालन गर्न नसकेर अपेक्षित परिमाण ल्याउन सकेनौँ, तर पनि गठबन्धन आवश्यक रहेको छ”, उनले भने, “गठबन्धन दलका घटकले मिलेर जाऊ भन्नुभएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ले पनि विगतमा भएका गल्तीको आत्मालोचना गरेर सङ्घीय निर्वाचनमा पनि गठबन्धन गरेर जाने भन्नुभएको छ।”

अध्यक्ष नेपालले स्थानीय तहमा जनताको मत प्राप्त गरेकाले आत्तिनुपर्ने अवस्था नरहेको बताउँदै उनले स्थानीय तहमा पाएको मतको आधारमा प्रतिनिधिसभा र प्रदेशसभामा मत बढ्ने बताएका हुन्। 

Nepal Oil Corporation

“हामीले १६५ निर्वाचन क्षेत्रमा जित्ने सम्भव नै छैन”, उनले भने, “तर उम्मेदवार उठाउने स्थिति कहाँ–कहाँ छ। वस्तुनिष्ठ ढङ्गले मूल्याङ्कन गर्नुपर्दछ।”

नेता नेपालले मुलुकमा बढेको महँगी नियन्त्रण गर्नुपर्ने बताएको छ । विपन्न परिवार, गरिब परिवारलाई विशेष सहुलित प्रदान गर्ने कुरा आजको पाँचदलीय बैठकमा भएको बताए। 

“भ्रष्टाचार र कमिशनका जालो मुलुकमा छ”, उनले भने, “त्यसलाई नियन्त्रण गर्न सक्नुपर्दछ। भ्रष्टाचार नियन्त्रण गर्नका लागि अनुगमन प्रणाली बनाउनुपर्दछ ।”

नेता नेपालले आफूहरूले बाध्य भएर पाँचदलीय गठबन्धन बनाएको बताउँदै उनले नेकपा (एमाले)बाट विद्रोह नगरेको भए दास बन्नुपर्ने अवस्था आउने भनाइ राखेका थिए।

कम्युनिष्ट पार्टीले देशभक्तिको झण्डा, लोकतन्त्रको कुरा उठाउँदै आएकाले नेपाली जनताले कम्युनिष्टलाई मन पराएको बताए। विदेशी शक्तिसँग नझुक्ने, नेपालीको जनताको स्वाभिमान र नेपाली जनतामा देशभक्त शक्तिको रूपमा पहिचान गर्नुपर्ने बताए।

कम्युनिष्ट पार्टीभित्र अधिनायकवाद हाबी भयो भने पार्टीले लोकतन्त्रको झण्डा उठायो भन्न नसकिने बताउँदै पार्टी अध्यक्ष नेपालले कम्युनिष्ट पार्टीभित्र आत्मालोचना गर्ने पद्धति विकास भएको बताएका थिए।

कमिटीभित्र नभई बाहिर असन्तुष्टि व्यक्त गर्नेलाई छुट दिन नसकिने उनको भनाइ छ। “पार्टीको कमिटीभित्र शालीनताका साथ आफ्ना कुरा राख्न पाइन्छ । सङ्गठनका कार्ययोजना र पार्टीलाई कसरी गतिशील प्रभावशाली बनाउन सकिन्छ भन्ने कुरा सिर्जनात्मक छलफल गर्न सकिन्छ”, उनले भने, “आ–आफ्नो ठाउँबाट पार्टीलाई स्थापना र जनताको प्यारो पार्टी कसरी बन्न सकिन्छ भन्नेमा छलफल गर्नुपर्दछ।”

उनले अनुगमन गर्दा कमी–कमजोरी भए सुधार्न सकिने बताए भने महासचिव वेदुराम भुसालले बैठकमा राजनीतिक प्रतिवेदनमाथि छलफल हुने बताएका थिए। 
 

प्रकाशित मिति: आइतबार, असार १२, २०७९  ०६:३४
##MadhavKumarNepal
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रधानमन्त्री ओलीसँग विदेश सचिव मिश्रीकाे भेट
प्रधानमन्त्री ओलीसँग विदेश सचिव मिश्रीकाे भेट आइतबार, भदौ १, २०८२
दुईटा एमाले भिसी नीति हुन्छ, दुईटा कांग्रेस नीति हुन्छ, डाक्टर नीति हुदैन
दुईटा एमाले भिसी नीति हुन्छ, दुईटा कांग्रेस नीति हुन्छ, डाक्टर नीति हुदैन शुक्रबार, साउन ३१, २०८२
मन्त्रीपरिषद्का निर्णयहरु सार्बजनिक
मन्त्रीपरिषद्का निर्णयहरु सार्बजनिक बिहीबार, साउन ३०, २०८२
प्रधानमन्त्री ओलीको तुर्कमेनिस्तान समिटमा के के भयो ?
प्रधानमन्त्री ओलीको तुर्कमेनिस्तान समिटमा के के भयो ? बुधबार, साउन २९, २०८२
सभापति खतिवडाकाे राजीनामा
सभापति खतिवडाकाे राजीनामा मंगलबार, साउन २८, २०८२
गौशालामा लात्तैलात्ताले हानेर लजको ट्वाइलेटबाट समातेर पुलिसले मलाई लग्याे
गौशालामा लात्तैलात्ताले हानेर लजको ट्वाइलेटबाट समातेर पुलिसले मलाई लग्याे मंगलबार, साउन २८, २०८२
थर्काउनसम्म थर्काएपछि कान्छी श्रीमती भित्र्याउन जुर्मुराएका ज्वाईँसाबहरुको हालत पतला
थर्काउनसम्म थर्काएपछि कान्छी श्रीमती भित्र्याउन जुर्मुराएका ज्वाईँसाबहरुको हालत पतला आइतबार, साउन २६, २०८२
मन्त्रीपरिषद्ले गरेका निर्णयहरु यस्ताे छ
मन्त्रीपरिषद्ले गरेका निर्णयहरु यस्ताे छ मंगलबार, साउन २१, २०८२
कुुलिङ पिरियडबारे प्रचण्डले के भने ?
कुुलिङ पिरियडबारे प्रचण्डले के भने ? सोमबार, साउन २०, २०८२
लाेकप्रिय समाचार
  • नंः १ उदयपुरगढी गाउँपालिकाले तरकारी र धान निर्यात गर्न थालेको छ : अध्यक्ष केप्छाकीमगर 
  • नंः २ धर्म र अध्यात्मबीच भिन्नता र यथार्थता
  • नंः ३ उदयपुरका विद्यालयहरूमा शौर्य सिमेन्टद्वारा शैक्षिक सामग्री वितरण
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ रम्भा गाउँपालिका दूध, अण्डा र मासुमा आत्मनिर्भर बन्दैछ : अध्यक्ष भण्डारी
विचार
आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस    
आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस     NamiNews- नामीन्यूज
धर्म र अध्यात्मबीच भिन्नता र यथार्थता
धर्म र अध्यात्मबीच भिन्नता र यथार्थता प्रज्ज्वल घिमिरे
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्