Top Navigation
Main Navigation
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
स्वास्थ्य-शिक्षा
  • Home
  • स्वास्थ्य-शिक्षा
  • नशारोग विशेषज्ञ : मस्तिष्कघात हुनेबित्तिकै विशेषज्ञ उपचार सेवा पाए पूर्ववत् अवस्थामा फर्किन्छ 
नशारोग विशेषज्ञ : मस्तिष्कघात हुनेबित्तिकै विशेषज्ञ उपचार सेवा पाए पूर्ववत् अवस्थामा फर्किन्छ 
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, असार १३, २०७९
Upendra devkota memorial
Api Himal

मस्तिष्कघात उपचार सेवामा नेपाली नसारोग चिकित्सकले हासिल गरेको उपलब्धिलाई भारतीय नसारोग विशेषज्ञ चिकित्सकले उच्च प्रशंसा गरेका छन्।

बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल न्युरो हस्पिटलले अन्तर्राष्ट्रियस्तरको मस्तिष्क तथा नसारोग स्वास्थ्य सेवा (जनशक्ति तथा उपकरण) प्रदान गर्दै आएको जनाउँदै उनीहरुले अगामी दिनमा जनस्वास्थ्यको प्रमुख समस्याका रुपमा देखा पर्दै गएको मस्तिष्क र नसा रोग न्यूनीकरण गर्न सहकार्य जारी रहने प्रतिबद्धता व्यक्त गरेका हुन्।

हस्पिटलद्वारा निरन्तर चिकित्सा शिक्षा शृङ्खलाअन्तर्गत ‘बृहत्तर मस्तिष्क शिक्षा’ विषयक  आयोजित प्रवचन कार्यक्रममा सहभागी वरिष्ठ भारतीय नसारोग विशेषज्ञले  गुणस्तरीय मस्तिष्क उपचार सेवा विस्तार गर्न तथा यसका बारेमा  समुदायलाई जानकारी गराउन सरकारलाई सुझाव दिए।

उनीहरुले मस्तिष्कघात हुनेबित्तिकै जतिसक्दो छिटो विशेषज्ञ उपचार सेवा र प्रविधिका पहुँचमा पुग्न सकिएमा पूर्ववत् अवस्थामा फर्किने सम्भावना उच्च हुने र  ‘प्यारालाइसिल’ हुनबाट जोगिन सकिने औँल्याए।

Nepal Oil Corporation

कार्यक्रममा अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेज नयाँ दिल्लीका डा शैलेश गैकवडा, मेदान्तका न्युरो  इन्टरभेन्सन विशेषज्ञ डा गौरव गोयल, एपोलो हस्पिटलका न्युरो  इन्टरभेन्सन विशेषज्ञ डा निश्चिट जैनले अलग अलग कार्यपत्र प्रस्तुत गर्दै मस्तिष्कघातका समयमा उपचारमा ल्याउन सकिएमा अपाङ्ग हुनबाट जोगाउन सकिने जनाउँदै यस्ता उपचार सेवा विस्तार गर्न आवश्यक रहेकामा जोड दिए ।

उनीहरुले भने,  “उपेन्द्र देवकोटा मेमोरियल न्युरो हस्पिटलमा उपलब्ध सेवा र प्रविधि विश्वगुणस्तरका छन्। मस्तिष्क र नसाको उपचार गर्ने चिकित्सकीय विधि प्रायः समान छन्।” कार्यक्रममा इन्टरभेन्सनल रेडियोलोजिष्ट डा सुबास फुयालले बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल न्युरो हस्पिटलले  ‘बाइ प्लेन क्याथल्याब’ मार्फत ‘न्युरो इन्टरभेन्सन’ सेवा सुरुआत गरेको जानकारी दिए।

यसैगरी नसारोग विशेषज्ञ डा एञ्जिलमणि सिंह महर्जनले मस्तिष्कघात हुने समस्या दिनानुदिन वृद्धि हुँदै गएको जनाउँदै यसको न्यूनीकरणका लागि  उपचार सेवा विस्तार र जनचेतना जगाउन आवश्यक भएकामा जोड दिए।

हस्पिटलका नसारोग विशेष डा शिखर श्रेष्ठले पक्षघातजस्तो आपत्कालीन स्वास्थ्य समस्यालाई सम्बोधन गर्न विशेष प्रविधि र जनशक्तिमा राज्यले लगानी बढाउन पर्छ भनेका थिए भने कार्यक्रममा हस्पिटलका वरिष्ठ नसारोग विशेषज्ञ डा सौरव लामिछानेले मस्तिष्कघातको नेपालको अवस्थाका बारेमा जानकारी दिएको थिए। हस्पिटलका कार्यकारी अध्यक्ष प्राडा मधुदीक्षित देवकोटाले आगामी दिनमा निरन्तर चिकित्सा शिक्षा शृङ्खला जारी रहने जानकारी दिए।   

‘बाइ प्लेन क्याथल्याब’ : ‘न्युरो इन्टरभेन्सन’ मा वरदान

नेपालमा पहिलो पटक उपेन्द्र देवकोटा मेमोरियल न्युरो हस्पिटलले सुरआत गरेको ‘बाइ प्लेन क्याथल्याब’ मार्फत ‘न्युरो इन्टरभेन्सन’ सेवा बिरामीका लागि वरदान सावित भएको छ। अत्याधुनिक तथा विश्वस्तरीय सो उपकरणसहित विशेषज्ञ चिकित्सकको सेवाबाट धेरैले अकालमा ज्यान जोगाएका छन्।

इन्टरभेन्सनल रेडियोलोजिष्ट डा फुयालका अनुसार इन्डोभास्कुलर वा न्युरो इन्टरर्भेन्सन भनेको बिना शल्यक्रिया क्याथेटरको माध्यमबाट बन्द भएको मस्तिष्कको नसा खोल्ने वा फुटेको मस्तिष्कको नसालाई ‘रिपेयर’ गर्ने पद्धति हो।यस प्रविधिमा हात वा खुट्टाको नसाबाट क्याथेटर पठाएर मस्तिष्कको नसाभित्र जमेको रगत थेग्लो निकालिन्छ। टाउको नखोलिकन नै मस्तिष्कभित्र गहिराईमा रहेको रक्तनलीभित्र शल्यक्रिया गरिन्छ र बिरामीलाई सञ्चो बनाइन्छ।

उनी अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेज नयाँ दिल्लीबाट न्युरो इन्टरभेन्सनमा डीएम उपाधि हासिल गर्ने  पहिलो नेपाली चिकित्सक हुन् । उनले भने,  “यस पद्धतिमा शल्यक्रियाका लागि टाउको नखोलिने भएकाले बिरामीलाई छिट्टै घर पठाउन सकिन्छ।  उपचारमा जोखिमसमेत धेरै कम हुन्छ। मस्तिष्कको समस्याजस्तै, मस्तिष्कघात, एन्युरिजम (रक्तनलीको फोको), घाँटीको नसा सुक्ने, मेरुदण्डको नसासम्बन्धि समस्यामा न्युरो इन्टरभेन्सन पद्धतिबाट उपचार गर्न सकिन्छ।”

नसारोग विशेष डा श्रेष्ठका अनुसार उच्च रक्तचापका कारण मस्तिष्कको नसा कमजोर भई ‘ब्रेन हेमोरेज’ पनि हुनसक्छ। यसो हुँदा विगतमा टाउको खोलेर फुटेको नसा सिलाइन्थ्यो। यसरी टाउको खोलेर शल्यक्रिया गर्दा जटिलताका साथ–साथै अस्पतालको बसाई पनि लम्बिन्थ्यो । तर अहिले एन्युरिज्मका कारण हुने ‘ब्रेन हेमोरेज’ भएका व्यक्तिलाई तारको माध्यमबाट खुट्टाको नसा हुँदै च्यातिएको नसा भित्रभित्रै सिलाइन्छ। यसलाई ‘क्वाइलिङ’ भनिन्छ। यस्ता बिरामीलाई साधारणतया पाँच–सात दिनभित्र घर पठाउन सकिन्छ। उनले भने, “तार (क्याथेटर) को माध्यमबाट शल्यक्रिया गर्दा इन्फेक्सन हुने, लामो समयसम्म  सघन उपचार कक्ष (आइसियु)मा बस्नुपर्नेलगायतका समस्याबाट पनि छुटकारा पाउन सकिन्छ।” 

हालसम्म चार सयभन्दा वढी बिरामीले ‘बाइ प्लेन क्याथल्याब’ मार्फत ‘न्युरो इन्टरभेन्सन’ सेवा लिइसकेका छन्। क्याथल्याबमार्फत मस्तिष्कभित्रको रक्तनलीसम्बन्धी रोगजस्तै नसा बन्द हुनु, रगतको नसाको फुकुण्डो फुट्नु र रगतको गुच्छाको सफल उपचार भएको छ । यी सेवा प्रदान गर्न प्राविधिकरुपमा अत्यन्त चुनौतीपूर्ण मानिन्छ । हस्पिटलका कार्यकारी अध्यक्ष प्रा डा  देवकोटाले भने, “जीवनशैली, तथा खानपानमा आएको परिवर्तन, हिँडडुल र शारीरिक व्यायामको कमी,  मद्यपान र धूमपानको बानीले गर्दा रगतमा तैलीय पदार्थको मात्रा बढी हुँदा यसले रक्तनलीको रोग निम्त्याउँछ। यसले उच्च रक्तचाप, मस्तिष्कघात र मुटुको समस्यामा वृद्धि भएको छ।”

अस्पतालले दुईवर्ष अगाडि नै मस्तिष्कघात उपचार सेवाका लागि नै पहिलोपटक विश्वस्तरीय आइसियु सञ्चालनमा ल्याएको थियो। नसारोग विशेषज्ञ डा महर्जनका अनुसार मस्तिष्कमा अर्बौं कोशिका हुन्छन्। मस्तिष्कघात भई रक्तनली बन्द भएर उपचार नपाएको खण्डमा प्रतिमिनेट करिब २० लाख मस्तिष्कका कोषिका मर्दछन्। यसैले मस्तिष्कघातलाई आपतकालीन स्वास्थ्य समस्या भनिन्छ।  मस्तिष्कघात भएका बिरामीको उपचार विगतमा ‘थ्रोम्बोलाइसिस’मा  सीमित थियो।

उनले भने, “न्युरो इन्टरभेन्सन पद्धतिमा औषधिको प्रयोगबाट रगतको थेग्लो पगाल्ने गरिन्छ । यसका लागि मस्तिष्कघात भएको साढे चार घण्टाभित्र बिरामीलाई अस्पताल पुर्याएमा उपचार सेवा बढी प्रभावकारी हुन्छ तर अहिले सो पद्धतिबाट २४ घण्टासम्म पनि यस्ता बिरामीलाई अस्पताल पुर्याउन सकेमा बन्द भएको ठूलो रगतको नसाबाट थेग्लो निकालेर बिरामीलाई पूर्ववत् अवस्थामा ल्याउन सकिन्छ।”

के हो मस्तिष्कघात ?

मस्तिष्क शरीरको सबैभन्दा महत्वपूर्ण अङ्ग हो । यसलाई निरन्तर पोषण र अक्सिजन आवश्यक पर्दछ। यो रक्त नलीको माध्यमबाट मस्तिष्कमा पुग्दछ । मस्तिष्कको रक्तनलीमा अवरोध भए वा फुट्न गएमा मस्तिष्कमा रगत आपूर्ति कम भई स्नायु कोषिकामा तत्काल क्षति पुग्छ । यसरी उत्पन्न हुने समस्यालाई मस्तिष्काघात भनिन्छ। यसले स्नायु र स्नायुतन्तुमा स्थायी क्षति पुर्याइ अकालमा ज्यानसमेत जान सक्छ र बाँच पनि विकलाङ भई परनिर्भर हुनुपर्ने बाध्यता आउन सक्छ। पछिल्लो समय नेपालमा मृत्युको तेस्रो कारण मस्तिष्कघात रहेको जनाइएको छ। सन् २००९ देखि २०१९ का बीचमा मस्तिष्कघात हुने समस्या  ४०  प्रतिशतले वृद्धि भएको एक अध्ययनले जनाएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग मस्तिष्काघातबाट बर्सेनि कतिजनाले अकालमा मृत्यु गर्दछन् भन्ने तथ्याङ्क नै छैन।

मस्तिष्कघातका लक्षण 

चिकित्सकका अनुसार मस्तिष्काघात उभिँदा शरीरको सन्तुलन नमिल्ने, आँखाले नदेख्ने वा आँखा धमिलो हुने एक्कासी मुख एकातिर बाँङ्गिने, हातखुट्टा एक्कासि कमजोर हुने, बोली नआउने वा बोली लरबराउने र शरीररको एक भाग (हर) कमजोर हुन सक्छ। ती लक्षण पहिचान गर्न चिकित्सकले छोटकरीमा ‘वि फास्ट’ अर्थात् (सन्तुलन नहुन, रिङ्गटा लाग्नु, आँखा धमिलो देख्नु, अनुहार बाङ्गिनु, हातखुट्टा लुलो हुनु, बोली लर्बराउनु, बोल्न नसक्नु, समय खेर नफाली अस्पताल पुर्याउनु) नामकरण गरेका छन्।   

मस्तिष्कघात कसलाई हुनसक्छ ?

५० वर्ष उमेर नाघेका, उच्च रक्तचाप भएका, धूमपान र मद्यपान सेवन गर्ने व्यक्ति, मधुमेह, उच्च कोलस्टोर भएका, तनावपूर्ण जीवनशैली जिउने व्यक्ति, मुटु तथा रक्तसञ्चारसम्बन्धी समस्या भएका, परिवारमा मस्तिष्कघातको इतिहास भएका तथा हालसालै अथवा पुरानो मस्तिष्क सङ्क्रमणले ग्रस्त बिरामीलाई यसको जोखिम हुनसक्ने जनाइएको छ। चिकित्सकका अनुसार मस्तिष्कघात दुई किसिमले हुनसक्छ । एक मस्तिष्कभित्रको रक्तनलीमा रगतको थेग्लो जमेर र अर्को मस्तिष्कमा रगत आपूर्ति गर्ने धमनी फुटेर । मस्तिष्काघात भएका अवस्थामा बन्द भएको नली खुलाउन औषधि र रक्तनलीभित्र शल्यक्रिया गरी दुई किसिमबाट उपचार हुने जनाइएको छ । 

प्रकाशित मिति: सोमबार, असार १३, २०७९  १०:३२
##upendradevkotamemorial
प्रतिक्रिया दिनुहोस्
MoHP 13th-23rd May, 2025
थप स्वास्थ्य-शिक्षा
याे गर्मिमा नरिवल पानी पिउनुहोस्, चमात्कार फिल् गर्नुहोस्
याे गर्मिमा नरिवल पानी पिउनुहोस्, चमात्कार फिल् गर्नुहोस् बिहीबार, जेठ २३, २०८२
७४ वर्षिया आमाले दिइन् परीक्षा
७४ वर्षिया आमाले दिइन् परीक्षा आइतबार, वैशाख २१, २०८२
चिकित्सकहरुले सबै सेवा थप्प पार्ने चेतावनी
चिकित्सकहरुले सबै सेवा थप्प पार्ने चेतावनी बिहीबार, वैशाख ११, २०८२
शिक्षकले तीन काम गरेर देखाउनुपर्यो सरकारलाई : सञ्चारमन्त्री गुरुङ
शिक्षकले तीन काम गरेर देखाउनुपर्यो सरकारलाई : सञ्चारमन्त्री गुरुङ बिहीबार, वैशाख ११, २०८२
विरामी जाँच्न छाेडेर चिकित्सकहरू आन्दोलनमा
विरामी जाँच्न छाेडेर चिकित्सकहरू आन्दोलनमा मंगलबार, वैशाख ९, २०८२
शिक्षकहरु आन्दोलनमा, सामुदायिक स्कूलमा ताला
शिक्षकहरु आन्दोलनमा, सामुदायिक स्कूलमा ताला आइतबार, वैशाख ७, २०८२
वायु प्रदुषण अत्यन्त्यै हानिकारक छ
वायु प्रदुषण अत्यन्त्यै हानिकारक छ बुधबार, चैत २७, २०८१
अब रोबोर्टको निर्देशनमा सर्जरी ?
अब रोबोर्टको निर्देशनमा सर्जरी ? सोमबार, चैत २५, २०८१
शिक्षक आन्दोलन : विगतका सम्झाैता कार्यान्वयन गर
शिक्षक आन्दोलन : विगतका सम्झाैता कार्यान्वयन गर शुक्रबार, चैत २२, २०८१
लाेकप्रिय समाचार
  • नंः १ भीमार्जुन आचार्यकाे "आमा-सम्झि रहेँ रातै भरि..." सार्बजनिक
  • नंः २ उदयपुरकाे बेलकामा दुई दिनमा दुईजनाकाे मृत्यु
  • नंः ३ सिद्धार्थ बैंक र लोमस डिजिटलबीच सम्झ्यौता
  • नंः ४ अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो
  • नंः ५ चितवनमा पाँच महिनामा थपिए ५२ एचआइभी संक्रमित
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्