Top Navigation
Main Navigation
शुक्रबार, साउन ३, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
शुक्रबार, साउन ३, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्न प्रस्तुत गरेको प्रस्ताव अस्वीकृत
आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्न प्रस्तुत गरेको प्रस्ताव अस्वीकृत
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, वैशाख २७, २०७८

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओेलीले संविधान अनुसार आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्न प्रस्तुत गरेको प्रस्ताव अस्वीकृत भएको छ ।

प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा उक्त प्रस्तावमाथि भएको मत विभाजनमा पक्षमा ९३ र विपक्षमा १२४  मत परेको थियो।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले विश्वासको मतका लागि आवश्यक बहुमत नपुगेकाले प्रस्ताव अस्वीकृत भएको घोषणा गरेको थियो। त्यस्तै हुन्न भन्ने पक्षमा १५ सांसदले मतदान गरेको थियो। 

बैठकमा २३२ सांसद उपस्थित भएका सभामुख सापकोटाले जानकारी दिए । विश्वासको मतका पक्षमा सत्तारुढ दल नेकपा (एमाले) लाई अन्य दलले सहयोग नगरेका कारण प्रस्ताव अस्वीकृत भएको हो।  

Nepal Oil Corporation

एमाले संसदीय दलको निर्देशनलाई अवज्ञा गर्दै एमालेकै वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहका सांसद मतदानमा अनुपस्थित रहेका कारण पनि विश्वासको मतका पक्षमा कम मत जाहेर भएको हो। 

राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्रप्रसाद लिङ्देन पनि कोभिड सङ्क्रमणका कारण अनुपस्थित भए भने प्रस्तावका विपक्षमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) ले मतदान गरेका थिए। 

जनता समाजवादी पार्टी नेपालका केही सांसद तटस्थ रहे भने केहीले  विपक्षमा मतदान गरेका थिए । मत विभाजनका लागि हुन्छ, हुन्न र दिन्न भन्ने तीन तरिका व्यवस्था गरिएको थियो ।
     
प्रधानमन्त्रीको विश्वासको प्रस्ताव पारित हुन हाल संसद्मा कायम रहेको २७१ सदस्यमध्ये बहुमत अर्थात् १३६ मत  आवश्यक पथ्र्यो। मत बराबर भएका खण्डमा सभामुखले निर्णायक मत दिन सक्ने व्यवस्था छ । प्रस्तावमा सभामुखबाहेक २६६ सांसदले मत जाहेर गर्न सक्ने अधिकार थियो ।

एमालेका १२१, माओवादी केन्द्रका ४८,  कांग्रेसका ६१, जसपाका ३२ तथा राष्ट्रिय जनमोर्चा, नेपाल मजदूर किसान पार्टी, राप्रपा  र स्वतन्त्र एक सांसदलाई मताधिकार थियो । प्रतिनिधिसभाको अर्को बैठक यही वैशाख ३० गते अपराह्न १ बजे बस्ने छ। 


 

प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  १८:३२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
नेकपा एस र बामदेवकाे समूहबीच एकता हुँदै
नेकपा एस र बामदेवकाे समूहबीच एकता हुँदै शुक्रबार, साउन ३, २०८२
केपी शर्मा ओलीलाई तेस्रो पटक अध्यक्ष बन्ने बाटाे खुला 
केपी शर्मा ओलीलाई तेस्रो पटक अध्यक्ष बन्ने बाटाे खुला  शुक्रबार, साउन ३, २०८२
संसद विचौलियाहरुको खेलमैदान बन्यो : अध्यक्ष प्रचण्ड
संसद विचौलियाहरुको खेलमैदान बन्यो : अध्यक्ष प्रचण्ड बिहीबार, साउन २, २०८२
साउन १६ गते कोदो दिवस मनाउँने निर्णय
साउन १६ गते कोदो दिवस मनाउँने निर्णय बुधबार, साउन १, २०८२
भिजिट भिसामा सेटिङ्गकासाथ गएका प्रमाणहरु सार्बजनिक हुँदासम्म पनि सरकार मौन किन ?
भिजिट भिसामा सेटिङ्गकासाथ गएका प्रमाणहरु सार्बजनिक हुँदासम्म पनि सरकार मौन किन ? मंगलबार, असार ३१, २०८२
मलाई स्वर्ग र नर्क देखाएर सरकारबाट हटाए जस्तै, भ्रष्टाचार गर्न दिन्छु, भ्रष्टाचारीलाई बचाउँछु भनेको सावित भएको छ : प्रचण्ड
मलाई स्वर्ग र नर्क देखाएर सरकारबाट हटाए जस्तै, भ्रष्टाचार गर्न दिन्छु, भ्रष्टाचारीलाई बचाउँछु भनेको सावित भएको छ : प्रचण्ड सोमबार, असार ३०, २०८२
तीन वटै तहका सरकारलाई अमरेशको प्रश्नै प्रश्न?
तीन वटै तहका सरकारलाई अमरेशको प्रश्नै प्रश्न? आइतबार, असार २९, २०८२
अख्तियार नाउको लागि अफिस खुल्या छ, भ्रष्टाचारीलाई कारवाही गर्दैन : अमरेशकुमार सिंह
अख्तियार नाउको लागि अफिस खुल्या छ, भ्रष्टाचारीलाई कारवाही गर्दैन : अमरेशकुमार सिंह बुधबार, असार २५, २०८२
विद्याका विरुद्ध ओली-देउवा एउटै मोर्चामा
विद्याका विरुद्ध ओली-देउवा एउटै मोर्चामा बुधबार, असार २५, २०८२
लाेकप्रिय समाचार
  • नंः १ मेरो कार्यकालमा आमूल परिवर्तन हुन्छ, त म भन्दिन, तर सकारात्मक परिवर्तनहरु भएको देख्न सक्नुहुनेछ : नगर प्रमुख श्रेष्ठ
  • नंः २ बिक्रम भक्त जोशी ।। एउटै कृतिवाट व्यापक चर्चामा आएका नेपाली लेखक ।।
  • नंः ३ उदयपुरका साहित्यकार घिमिरेले ल्याए पहिलो पुस्तक ‘बलिदानका कथाहरू’
  • नंः ४ ईमेज च्यानलको व्यवस्थापनमा परिवर्तन 
  • नंः ५ नागरिक लगानी कोषको उपदान तथा पेन्सन योजनामा नेशनल लघुवित्त आवद्ध
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्