Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • लागुऔषध दुर्व्यसनीकाे समस्या र समाधान
लागुऔषध दुर्व्यसनीकाे समस्या र समाधान सम्पादकीय
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, असार १८, २०७९
Drug abuse

जुनसुकै धर्म तथा समाजमा नशा सेवनलाई मान्यता दिइएको छैन् । यद्यपि, यसको प्रभाव सवै क्षेत्रमा व्यापक छ। नशालु पदार्थको सेवनले जीवन वर्वाद हुन्छ भन्ने जान्दा जान्दै विभिन्न वहानामा मानिसले आफ्नो सुन्दर जीवनलाई खाडलमा डुवाउने गरेका छन् । आगोले पोल्छ भन्ने थाहा पाएर पनि आफ्नै हात आगोमा हाल्ने गरेको छ। जुन दुःखद कुरा हो।

लागु औषधको दुरुपयोग तथा अवैध कारोवारले सम्पूर्ण परम्परागत, सामाजिक, राजनीतिक तथा राष्ट्रिय सीमा नाघेको छ। यसले विश्वव्यापीरुपमा समस्या र अपराधको असह्य पीडा दिएको छ। लागु औषधको दुरुपयोग र यसका दुरुपयोग कर्ताले आफ्नै शरीर परिवार, समुदाय र राष्ट्रकै भविष्यमा कुठाराघात गरेका छन्।

नेपालका शहरी क्षेत्रमा लागु औषधका कारण कतिपय युवायुवती यसबाट पीडित छन्। तिनका बाबु आमा र इष्टमित्रहरु पनि यसरी नै प्रताडनामा परेका छन् । यसतर्फ समाज, राजनीतिक दल र बुद्धिजीवीहरुले चासो राख्नुपर्दछ। परिवार र समाजलाई यसले पारेको असरप्रति राज्य मुकदर्शक भएर बस्न मिल्दैन। उद्योगधन्दा खोलेर युवाहरुलाई रोजगार दिनुपर्ने अवस्थामा पुनस्र्थापना केन्द्र खोल्नु परेको छ । यो बाध्यता हो, समाजको पीडा पनि हो।

युवाका लागि हिजोआज लागुऔषध जीवनसाथी बनिरहेको छ । मुलुकका ऊजावार्न युवा शक्तिहीन भई समाजको एक कलंक हुन वाध्य हुनु साँच्चिकै यो उदेकलाग्दो र दुर्भाग्य हो । नेपालका शहरी क्षेत्रका अदालतहरुमा सम्बन्ध बिच्छेद मुद्दापछि बढी मुद्दा भएको लागु औषधको मुद्दा नै हो । नेपालमा मात्र नभइकन संसारभर आज लागुऔषध विकराल समस्याको रुपमा खडा भएको छ। दिनानुदिन युवापिँडी यस्ता कुलतको शिकार बनिरहेका छन्।

दुर्व्यसन रोक्नका लागि सबैभन्दा पहिलो पहल घरबाटै गरिनुपर्छ । काम र पैसामा सधैँ अल्झेका अभिभावकले आफ्ना सन्तान कति एक्लो र मानसिक रूपमा कमजोर भइसकेका छन् भन्ने विषयमा ध्यान दिनु अत्यन्त जरुरी भईसकेको छ। त्यसपछि सन्तानको साथी कस्ता छन् र तिनको ध्यान के मा छ? त्यसतर्फपनि वेलैमा चनाखो हुनुपर्ने देखिन्छ।

घरबाट बाहिर जान सोध्न नपर्ने, फर्कने समयको टुंगो नहुने, घण्टौ कोठाभित्र एक्लै बस्ने आदि व्यवहारले अभिभावकलाई समयमै संकेत गरेको हुन्छ तर नेपाली अभिभावक अझै त्यस्ता विषयमा अभ्यस्त भइसकेका छैनन्। आफ्ना सन्तानलाई पैसाको कमी हुन नदिने बा-आमाको कमजोरीले पनि युवा वर्गलाई दुव्र्यसनी हुन सहज वनाईदिएको छ।

सरकारी निकाय लागु पदार्थ दुर्व्यसनका घटनामा प्रचारमुखी कारवाहीमा देखिन्छ तर त्यो भन्दा बढी प्रभावकारी समयमै बाउ-आमा र निजका सन्तानहरुलाई सचेत वनाउनु पर्ने कुराले समेत महत्वपूर्ण भूमिका खेल्दछ भन्नेतर्फ हेक्का हुनुपर्दछ। राज्यले सचेतनाका साथसाथै खेलकुद विकासमा ध्यान दिने, युवाहरुका लागि रोजगारमूलक कार्यक्रम ल्याउने र वृत्ति विकासका अन्य विकल्पका विषयमा सोच्नु जरुरी भइसकेको छ। यसो मात्र गर्न र गराउन सकेमा कम्तिमा पनि लागु औषध दुर्व्यसनीको संख्यामा कमी हुने निश्चित छ।

-नामी साप्ताहिकबाट

  • नामी साप्ताहिक
प्रकाशित मिति: शनिबार, असार १८, २०७९  १४:२४
##Drugabuse
प्रतिक्रिया दिनुहोस्
थप विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प मंगलबार, भदौ ३०, २०८३
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... आइतबार, भदौ २८, २०८३
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शनिबार, भदौ २७, २०८३
रसुवाको बाढीले सिकाएको पाठ 
रसुवाको बाढीले सिकाएको पाठ  बिहीबार, भदौ २५, २०८३
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता आइतबार, भदौ २१, २०८३
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ आइतबार, भदौ २१, २०८३
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति आइतबार, भदौ १४, २०८३
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन आइतबार, भदौ १४, २०८३
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ...
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ... शनिबार, भदौ १३, २०८३
लाेकप्रिय समाचार
  • नंः १ १६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न
  • नंः २ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः ३ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ४ बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
  • नंः ५ नामी साप्ताहिक
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्