Top Navigation
Main Navigation
बुधबार, भदौ १८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
बुधबार, भदौ १८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • लागुऔषध दुर्व्यसनीकाे समस्या र समाधान
लागुऔषध दुर्व्यसनीकाे समस्या र समाधान सम्पादकीय
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, असार १८, २०७९
Drug abuse

जुनसुकै धर्म तथा समाजमा नशा सेवनलाई मान्यता दिइएको छैन् । यद्यपि, यसको प्रभाव सवै क्षेत्रमा व्यापक छ। नशालु पदार्थको सेवनले जीवन वर्वाद हुन्छ भन्ने जान्दा जान्दै विभिन्न वहानामा मानिसले आफ्नो सुन्दर जीवनलाई खाडलमा डुवाउने गरेका छन् । आगोले पोल्छ भन्ने थाहा पाएर पनि आफ्नै हात आगोमा हाल्ने गरेको छ। जुन दुःखद कुरा हो।

लागु औषधको दुरुपयोग तथा अवैध कारोवारले सम्पूर्ण परम्परागत, सामाजिक, राजनीतिक तथा राष्ट्रिय सीमा नाघेको छ। यसले विश्वव्यापीरुपमा समस्या र अपराधको असह्य पीडा दिएको छ। लागु औषधको दुरुपयोग र यसका दुरुपयोग कर्ताले आफ्नै शरीर परिवार, समुदाय र राष्ट्रकै भविष्यमा कुठाराघात गरेका छन्।

नेपालका शहरी क्षेत्रमा लागु औषधका कारण कतिपय युवायुवती यसबाट पीडित छन्। तिनका बाबु आमा र इष्टमित्रहरु पनि यसरी नै प्रताडनामा परेका छन् । यसतर्फ समाज, राजनीतिक दल र बुद्धिजीवीहरुले चासो राख्नुपर्दछ। परिवार र समाजलाई यसले पारेको असरप्रति राज्य मुकदर्शक भएर बस्न मिल्दैन। उद्योगधन्दा खोलेर युवाहरुलाई रोजगार दिनुपर्ने अवस्थामा पुनस्र्थापना केन्द्र खोल्नु परेको छ । यो बाध्यता हो, समाजको पीडा पनि हो।

Nepal Oil Corporation

युवाका लागि हिजोआज लागुऔषध जीवनसाथी बनिरहेको छ । मुलुकका ऊजावार्न युवा शक्तिहीन भई समाजको एक कलंक हुन वाध्य हुनु साँच्चिकै यो उदेकलाग्दो र दुर्भाग्य हो । नेपालका शहरी क्षेत्रका अदालतहरुमा सम्बन्ध बिच्छेद मुद्दापछि बढी मुद्दा भएको लागु औषधको मुद्दा नै हो । नेपालमा मात्र नभइकन संसारभर आज लागुऔषध विकराल समस्याको रुपमा खडा भएको छ। दिनानुदिन युवापिँडी यस्ता कुलतको शिकार बनिरहेका छन्।

दुर्व्यसन रोक्नका लागि सबैभन्दा पहिलो पहल घरबाटै गरिनुपर्छ । काम र पैसामा सधैँ अल्झेका अभिभावकले आफ्ना सन्तान कति एक्लो र मानसिक रूपमा कमजोर भइसकेका छन् भन्ने विषयमा ध्यान दिनु अत्यन्त जरुरी भईसकेको छ। त्यसपछि सन्तानको साथी कस्ता छन् र तिनको ध्यान के मा छ? त्यसतर्फपनि वेलैमा चनाखो हुनुपर्ने देखिन्छ।

घरबाट बाहिर जान सोध्न नपर्ने, फर्कने समयको टुंगो नहुने, घण्टौ कोठाभित्र एक्लै बस्ने आदि व्यवहारले अभिभावकलाई समयमै संकेत गरेको हुन्छ तर नेपाली अभिभावक अझै त्यस्ता विषयमा अभ्यस्त भइसकेका छैनन्। आफ्ना सन्तानलाई पैसाको कमी हुन नदिने बा-आमाको कमजोरीले पनि युवा वर्गलाई दुव्र्यसनी हुन सहज वनाईदिएको छ।

सरकारी निकाय लागु पदार्थ दुर्व्यसनका घटनामा प्रचारमुखी कारवाहीमा देखिन्छ तर त्यो भन्दा बढी प्रभावकारी समयमै बाउ-आमा र निजका सन्तानहरुलाई सचेत वनाउनु पर्ने कुराले समेत महत्वपूर्ण भूमिका खेल्दछ भन्नेतर्फ हेक्का हुनुपर्दछ। राज्यले सचेतनाका साथसाथै खेलकुद विकासमा ध्यान दिने, युवाहरुका लागि रोजगारमूलक कार्यक्रम ल्याउने र वृत्ति विकासका अन्य विकल्पका विषयमा सोच्नु जरुरी भइसकेको छ। यसो मात्र गर्न र गराउन सकेमा कम्तिमा पनि लागु औषध दुर्व्यसनीको संख्यामा कमी हुने निश्चित छ।

-नामी साप्ताहिकबाट

प्रकाशित मिति: शनिबार, असार १८, २०७९  १४:२४
##Drugabuse
प्रतिक्रिया दिनुहोस्
थप विचार
अतिवाद आफैंमा गलत हुन्छ  
अतिवाद आफैंमा गलत हुन्छ   मंगलबार, भदौ १७, २०८२
लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग 
लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग  आइतबार, भदौ १५, २०८२
आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस    
आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस     बिहीबार, भदौ १२, २०८२
धर्म र अध्यात्मबीच भिन्नता र यथार्थता
धर्म र अध्यात्मबीच भिन्नता र यथार्थता बुधबार, भदौ ११, २०८२
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो सोमबार, फागुन १९, २०८१
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप आइतबार, माघ २७, २०८१
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन शनिबार, पुस १३, २०८१
बीआरआई प्राेजेक्ट नेपालका लागि अवसर कि चुनौती ?
बीआरआई प्राेजेक्ट नेपालका लागि अवसर कि चुनौती ? बिहीबार, असोज १०, २०८१
बढ्दो महिला हिंसा, हत्या र रोकथामका उपाय
बढ्दो महिला हिंसा, हत्या र रोकथामका उपाय मंगलबार, असोज ८, २०८१
लाेकप्रिय समाचार
  • नंः १ रम्भा गाउँपालिका दूध, अण्डा र मासुमा आत्मनिर्भर बन्दैछ : अध्यक्ष भण्डारी
  • नंः २ अतिवाद आफैंमा गलत हुन्छ  
  • नंः ३ धर्म र अध्यात्मबीच भिन्नता र यथार्थता
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस    
विचार
अतिवाद आफैंमा गलत हुन्छ  
अतिवाद आफैंमा गलत हुन्छ   प्रज्ज्वल घिमिरे
लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग 
लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग  NamiNews- नामीन्यूज
आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस    
आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस     NamiNews- नामीन्यूज
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्