Top Navigation
Main Navigation
सोमबार, पुस २८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
सोमबार, पुस २८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
स्वास्थ्य-शिक्षा
  • Home
  • स्वास्थ्य-शिक्षा
  • नेपालमा सङ्क्रमण दर बढ्यो, भेरियन्टको नयाँ प्रजातिबारे अध्ययन 
नेपालमा सङ्क्रमण दर बढ्यो, भेरियन्टको नयाँ प्रजातिबारे अध्ययन 
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, असार १८, २०७९
Ministry of Health & Population

काठमाडौ । नेपालमा पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ ।

भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी स्वास्थ्यका मापदण्ड पालना नगर्नुजस्ता कारणले सङ्क्रमण बढेको पाइएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले भारतमा सङ्क्रमण बढेसँगै नेपालमा पनि सङ्क्रमण बढेको बताएका हुन्।

उनका अनुसार ०.५ प्रतिशतसम्म झरेको सङ्क्रमणको दर अहिले ६ प्रतिशत पुगेको छ। “भारतमा जुन हिसाबले सङ्क्रमण बढेको थियो। सोहीअनुसार नेपालमा अहिले सङ्क्रमण धेरै नै बढेको हुनुपर्ने हो”, उनले भने, “तर नेपालमा भारतमा बढेको जस्तो भने बढेको छैन ।”

नेपालमा कोरोना भाइरसको सङ्क्रमण सबैभन्दा कम चार जनामा देखिएको थियो। सङ्क्रमण बढ्दा सक्रिय सङ्क्रमित पनि बढिरहेका छन् । अहिले २९७ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

असार १ गते ३ हजार ९०५ जनामा परीक्षण गराउँदा २५ जनामा सङ्क्रमण भएकामा हिजो असार १७ गते २ हजार ८१४ जनामा परीक्षण गर्दा दोब्बरमा सङ्क्रमण देखिएको छ। असार १७ गते ५० जनामा सङ्क्रमण देखिएको छ ।

असार १६ गते ५५ जना, असार १५ गते ६२ जना, असार असार १४ गते ४४ जना, असार १३ गते ४१ जना, असार १२ गते २९ जना र असार ११ गते २७ जना सङ्क्रमित रहेका छन् ।

अहिले २९१ जना होम आइसोलेशन, ६ जना संस्थागत आइसोलेशन र ३ जना सघन उपचार कक्ष (आइसियु)मा रहेका छन्।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले भारतमा सङ्क्रमण बढेका कारणले नेपालमा पनि बढेको जानकारी दिए। भारतबाट नेपालमा आउने मानिसमा सङ्क्रमण देखिएको उनको भनाइ छ।

“सङ्क्रमण बढे पनि तर ग्राफमा ठूलो नदेखिएको हो”, उनले भने, “तर हामीले जनस्वास्थ्यमा मापदण्ड पालना गर्नुपर्दछ।” उनले अहिले देखिएको सङ्क्रमणमा ओमिक्रोन भेरियन्ट (BA4 वा BA5U) प्रजातिको हो वा होइन भन्नेबारेमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अणु वाङ्शिक (जीन सिक्वेन्सिङ) अध्ययन भइरहेको बताए।

“अहिले देखिएका सङ्क्रमणमा ओमिक्रोन भेरियन्ट नयाँ हो वा होइन भनेर हामीले जीन सिक्वेन्सिङ गरिरहेका छौँ”, उनले भने, “एक दुई दिनमा रिपोर्ट आएपछि थाहा हुन्छ।”

नेपालमा अहिलेसम्म ओमिक्रोनको द्यब्द्द प्रजातिको भेरियन्ट रहेको छ । उनका अनुसार अहिलेका बिरामीमा पहिलेका सङ्क्रमतिलाई जस्तै सामान्य लक्षण रहेको छ ।

 

प्रकाशित मिति: शनिबार, असार १८, २०७९  २१:५६
##MinistryOfHealth&Population
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य-शिक्षा
जाडोलाई तह लगाउँने ११ उपाय
जाडोलाई तह लगाउँने ११ उपाय मंगलबार, पुस १५, २०८२
अस्पताल अनुगमनको क्रममा स्वास्थ्य मन्त्री गौतमले के भने ?
अस्पताल अनुगमनको क्रममा स्वास्थ्य मन्त्री गौतमले के भने ? सोमबार, मंसिर २३, २०८२
बालबालिकालाई चिसोबाट कसरी जोगाउँने ?
बालबालिकालाई चिसोबाट कसरी जोगाउँने ? आइतबार, मंसिर २२, २०८२
सिंहदवारबाट सेवा शुरु
सिंहदवारबाट सेवा शुरु बुधबार, मंसिर ४, २०८२
वीर अस्पताल किन सुध्रिएन ? स्वास्थ्य मन्त्रीको निर्देशन
वीर अस्पताल किन सुध्रिएन ? स्वास्थ्य मन्त्रीको निर्देशन मंगलबार, मंसिर ३, २०८२
निजी तथा आवासीय विद्यालय सञ्चालक समुहकाे आन्दोलन चर्कियाे
निजी तथा आवासीय विद्यालय सञ्चालक समुहकाे आन्दोलन चर्कियाे शुक्रबार, भदौ ६, २०८२
अध्यक्ष प्रचण्ड : नेपालमा विदेशी विद्यार्थी पढ्न आउने वातावरण राज्यले निर्माण गर्नुपर्छ
अध्यक्ष प्रचण्ड : नेपालमा विदेशी विद्यार्थी पढ्न आउने वातावरण राज्यले निर्माण गर्नुपर्छ शुक्रबार, साउन २४, २०८२
कविता :  मेरो देश 
कविता :  मेरो देश  शुक्रबार, साउन १०, २०८२
नेपाली कांग्रेस काठमाडौ क्षेत्र नं ७ द्वारा एसइई सम्मान कार्यक्रमको आयोजना
नेपाली कांग्रेस काठमाडौ क्षेत्र नं ७ द्वारा एसइई सम्मान कार्यक्रमको आयोजना सोमबार, असार ३०, २०८२
लाेकप्रिय समाचार
  • नंः १ ललितपुर निर्वाचन क्षेत्र नंबर २ मा बुद्धरत्न महर्जनको लहर
  • नंः २ प्रतिनिधिसभा निर्वाचन: उदयपुर –२ मा नेकपाबाट सिफारिस लक्ष्मण पौड्याल काे हुन् ?
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ पर्यटनको अथाह सम्भावना बाेकेकाे उदयपुरमा सडक पूर्वाधार अभाव
  • नंः ५ तराई क्षेत्रमा शीतलहर र चिसो हावा चल्न थाल्याे
विचार
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ विदुर कटुवाल
सत्य आफैमा एउटा ठूलो तन्त्र हो
सत्य आफैमा एउटा ठूलो तन्त्र हो प्रज्ज्वल घिमिरे
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्