Top Navigation
  • Contact
Main Navigation
बुधबार, असोज १४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बुधबार, असोज १४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • शिक्षक र विद्यार्थीवीचको सम्बन्ध
शिक्षक र विद्यार्थीवीचको सम्बन्ध सम्पादकीय
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, असार २९, २०७९
Teacher and Students

हिजोआजका विद्यार्थीले शिक्षकलाई आफूले तिरेको शुल्कबाट तलब खाने कर्मचारी भन्ने बुझ्ने गरेको पाइएको छ। जुन दुःखद कुरा हो। त्यस्तै, शिक्षकले सोही बमोजिम पैसा या तलबका लागि काम गरेको सोच राखेर पढाउने कार्यको विकास हुँदै गएको छ। जसको कारण शिक्षक र विद्यार्थी  दुवैमा ज्ञानप्रतिको समर्पण कम हुँदै गएको छ ।

वास्तवमा एउटा गुरुले दिएको शिक्षाको कुनै मोल हुँदैन । शिक्षकले विद्यार्थी पढाएवापत आफ्नो र परिवारको गुजारा धान्नको निम्ति केही पारिश्रमिक लिनुपर्दछ । त्यसो त परापूर्व कालदेखि हालसम्म पनि गुरुकुल शिक्षामा पनि दक्षिणाको चलन थियो। त्यतिखेर गुरुलगायत गुरुआमालाई समेत पुग्ने गरी दाल, चामल, घिउ, नून आदि दिइन्थ्यो।

त्यतिखेरका विद्यार्थीले कहिल्यै गुरुलाई तलवदार कहिल्यै सम्झेनन । गुरु र चेलाको सम्वन्ध भनेको नङ र मासुको जस्तो हुनुपर्दछ, नदी र पुल जस्तो हुनुपर्दछ, माझी र बटुवा जस्तो हुनुपर्दछ, बावु र छोराको जस्तो हुनुपर्दछ।

गुरुलाई अप्ठ्यारो पर्दा विद्यार्थीले सहयोग गर्नुपर्दछ, विद्यार्थीलाई अप्ठ्यारो पर्दा गुरुले सहयोग गर्नुपर्दछ भन्ने भावना र संस्कार थियो। जुन संस्कार आजको युगमा पनि आवश्यक छ ।

विद्यार्थीले आफ्ना गुरुप्रति गर्व गर्नुपर्छ । गुरुले आफ्नो शिष्य अर्थात् विद्यार्थीप्रति गौरव गर्नुपर्दछ। वास्तविक गुरु र चेलाबीच हुनुपर्ने सम्बन्ध यस्तो हो । तर अफशोच हिजोआज गुरु र चेलाबीच पहिला जस्तो न सुमधुर सम्बन्ध नै छ, न अटल विश्वास नै छ।

हिजोआज त यी २ वर्ग आपसमा विपरीत वर्ग जस्तै देखिएका छन् । विद्यार्थी फेल हुँदा पनि विद्यार्थीले गुरुमाथि हातपात गर्ने गरेका छन्। पहिला पहिला जस्तो गुरु र विद्यार्थीबीचको घनिष्ठता र आत्मीयता विरलै देख्न पाइन्छ । यसका लागि जिम्मेवार पक्ष पनि दुवै हुन् ।

गुरुहरू पनि हिजोआज विद्यार्थीका बारेमा त्यति चिन्तित देखिन्नन्। गुरुहरू पैसाको पछि पछि लाग्दै ज्ञानलाई पैसामा मात्र तुलना गर्न लागेका छन् भने विद्यार्थीचाहि बढी भौतिकवाद भई गुरु र ज्ञानको वास्तविक महत्व नबुझी गुरुलाई अवहेलना गरिरहेका छन् ।

गुरुपूर्णिमाको सन्देश भनेको गुरु र शिष्यबीच बढ्दै गएको दूरीलाई कम गरी सम्बन्ध सुमधुर बनाउनु हो । अब मानवताको शिक्षा कति पाए भन्ने कुरा खोतल्ने बेला भएको छ । वर्तमानका विद्यार्थीको गुरुप्रति सकारात्मक धारणा बनाउने बेला भएको छ। गुरुको महत्वको वारेमा विद्यार्थीले बुझ्नु आवश्यक छ।

गुरु विनाको पढाई सफल नहुने र गुरु विनाको शिक्षा अधुरो हुने कुरा मात्र बुझेमा गुरुकुलमा जसरी गुरु अर्थात शिक्षकको व्यापक महत्व भएजस्तै वर्तमान शिक्षा प्रणालीमा महत्व बढ्ने निश्चित छ। यसमा शिक्षकले सोही अनुरुपको वातावरण तयार गर्नुपर्दछ र विद्यार्थी पनि त्यसमा समर्पित हुनुपर्दछ ।

शिक्षकले शिक्षक जस्तो बनेर विद्यार्थीप्रति व्यवहार गर्न सकेमा र विद्यार्थीले पनि शिक्षकलाई आफ्नो मार्गदशर्क तथा अध्यारोवाट उज्यालोतिर लाने सारथीको रुपमा लिने कार्य हुनु जरुरी छ । यसो भएमा शिक्षक र विद्यार्थीको महत्व अनि गरिमा बढ्ने निश्चित छ।

जसवाट पैसाको लागि पढाएको तथा पैसा तिरेर पढेको भन्ने भावनाको अन्त्य भएर शिक्षक र विद्यार्थीको संवन्धमा अत्यन्त न्यानोपन, सम्मान तथा आदरभावको विकास हुन्छ । यसवाट वर्तमान शिक्षक र विद्यार्थी वीच वढ्ेको संवन्धमा सुधार हुने निश्चित छ ।

अनि याे पनि :

- नामी साप्ताहिक ई-पेपर

प्रकाशित मिति: बुधबार, असार २९, २०७९  ०८:००
##gurupurmina
प्रतिक्रिया दिनुहोस्
थप विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प मंगलबार, भदौ ३०, २०८३
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... आइतबार, भदौ २८, २०८३
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शनिबार, भदौ २७, २०८३
रसुवाको बाढीले सिकाएको पाठ 
रसुवाको बाढीले सिकाएको पाठ  बिहीबार, भदौ २५, २०८३
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता आइतबार, भदौ २१, २०८३
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ आइतबार, भदौ २१, २०८३
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति आइतबार, भदौ १४, २०८३
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन आइतबार, भदौ १४, २०८३
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ...
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ... शनिबार, भदौ १३, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
  • नंः ५ इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्