Top Navigation
Main Navigation
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • आत्मनिर्भरताको लागि भूगोल, इतिहास र संस्कृतिको अध्यापन अनिवार्य 
आत्मनिर्भरताको लागि भूगोल, इतिहास र संस्कृतिको अध्यापन अनिवार्य 
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शुक्रबार, साउन ६, २०७९
Api Himal

विद्यालय तहमा इतिहास, भूगोल र संस्कृति विषयको अध्ययन अध्यापन हुन छाडेपछि उच्च शिक्षामा त्रिभुवन विश्वविद्यालयको प्रवीणता प्रमाण पत्र तहमा ऐच्छिक विषय छनोट गरेर पढ्ने विद्यार्थी क्रमश न्यून हुँदै आयो ।

प्रवीणता प्रमाणपत्र तह खारेज भए सँगै कक्षा ११ र १२ मा समेत ती विषयमा विद्यार्थीको रुचि नहुँदा फलस्वरुप हाल विश्वविद्यालयको तहमा इतिहास, भूगोल र संस्कृति विषय पढ्ने विद्यार्थी शून्य सरह भएपछि प्राध्यापकहरु विगत ५/६ वर्ष भन्दा अघिदेखि हाजिर गर्ने र घर फर्किने अवस्था आए पनि तलब रोक्न सकिएको छैन ।

तर ती प्राध्यापकहरुलाई पनि अन्य विषयगत क्षेत्रमा स्थानान्तरण गर्न पनि सम्भव भएन । तर पनि यदाकदा संस्कृतिको अध्यापन भए तापनि अनुसन्धान र खोजनीतिमा पर्याप्त नहुँदा आवश्यक जनशक्ति र व्याख्या विश्लेषणका लागि विदेशी विद्वान झिकाउनु पर्ने बाध्यताले नेपालको मौलिक ऐतिहासिक मूल्यमान्यता माथि प्रहार गरेको हामीले चाल पाउँदैनौं।

प्राविधिक धारका नयाँ विषयहरुको प्राथमिकताका कारण इतिहास, भूगोल र संस्कृति जस्ता विषयको अध्ययन अध्यापन क्रमश ओझेलमा परेका छन् ।

Nepal Oil Corporation
विद्यालय स्तरको सामाजिक शिक्षामा पूर्वको टिस्टादेखि पश्चिम सतलज काँगडासम्मको इतिहास, भूगोल र संस्कृति विषयगत रुपमा केही अंश राखेपनि विद्यार्थीको रुचि अन्य विषय तिर केन्द्रित छ भने कक्षा ११ र १२ मा विषयगत पाठ्यक्रम समावेश छैन ।

साथै ती विषयहरुको पाठ्यक्रमलाई समयानुकूल व्यवसायिक र रोजगारीका क्षेत्रमा परिर्वतन नगरी अनुसन्धान भन्दा सिद्धान्तको प्राथमिकता दिएका कारण विद्यार्थीमा ती विषय पढ्ने चेष्टा हराउँदा उक्त विषयमा विद्यार्थी खोज्नपुर्ने अवस्था आएको छ।

इतिहास, भूगोल र संस्कृति जस्ता विषयको अध्ययन पश्चात अब आफू कसरी पालिने भन्ने कुराको चिन्तासँगै एमसीसी लगायत एसपीपी सम्झौता तथा भारतीय अतिक्रमण र विस्तारवादी नीतिले नेपाली समाजको आफ्नै मौलिकता समेत गुम्न सक्ने अवस्था छ।

नेपाली समाजको विकासक्रममा आएका विविध घटनाहरुसँग प्रत्यक्ष सरोकारका यी विषयहरुमा नयाँ विद्यार्थीको दिनानुदिन अभावले राष्ट्रियता र देशभक्तिको भावना राम्रोसँग उजागर हुन सकेको छैन । जसले इतिहास, भूगोल र संस्कृति जस्ता विषयसँग जोडिएका ऐतिहासिक महत्व हराएर जाने र राष्ट्रियतामाथि आँच आउने हुन्छ।

जसले नेपालको पर्यटन उद्योगदेखि नेपालको ऐतिहासिक मौलिक पहिचानमा समेत धक्का पर्छ । साथै नेपालको इतिहास, भूगोल र संस्कृति जस्ता विषयको अध्ययन अनुसन्धान र व्याख्या वर्णन गर्न समेत गैरनेपाली र विदेशीलाई गुहार्नुपर्ने वा ल्याउनुपर्ने बाध्यात्मक परिस्थितिले राष्ट्रियता गुम्ने र देशको अस्तित्वमा समेत खतरा पर्छ ।

यसर्थ देशको भूगोलमा रहेका स्रोतसाधन, खनिज पदार्थको न्यायोचित प्रयोग र प्रशोधन, ऐतिहासिक कला संस्कृतिको संरक्षण एवं सम्वर्दन सहित सार्वभौम देशको स्वाधीनता, स्वाभिमानमा उभिएर आत्मनिर्भर हुँदै देशको ऐतिहासिक मौलिक पहिचान सहित सुखी समृद्ध राष्ट्र निर्माणका लागि योग्य जनशक्ति तयार गर्न अन्य प्राविधिक विषयसँगै विशेष सहुलियत वा छात्रवृत्तिमा इतिहास, भूगोल र संस्कृति जस्ता विषयको अध्ययन अध्यापन हुनु तडकारो आवश्यकता रहेको छ।

-सत्यराम कासिछ्वा, सूर्यमढी ९, भक्तपुर 
शिक्षाशास्त्रमा बिएड, नेपाली
स्नातकोत्तर राजनीति शास्त्र अध्ययनरत 

प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९  १७:५०
प्रतिक्रिया दिनुहोस्
MoHP 13th-23rd May, 2025
थप विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो सोमबार, फागुन १९, २०८१
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप आइतबार, माघ २७, २०८१
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन शनिबार, पुस १३, २०८१
बीआरआई प्राेजेक्ट नेपालका लागि अवसर कि चुनौती ?
बीआरआई प्राेजेक्ट नेपालका लागि अवसर कि चुनौती ? बिहीबार, असोज १०, २०८१
बढ्दो महिला हिंसा, हत्या र रोकथामका उपाय
बढ्दो महिला हिंसा, हत्या र रोकथामका उपाय मंगलबार, असोज ८, २०८१
मिसन २०८४ पहिलो हुने मात्र, सोचमा नयाँ छैन भिजन
मिसन २०८४ पहिलो हुने मात्र, सोचमा नयाँ छैन भिजन शनिबार, असोज ५, २०८१
प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान बुधबार, असोज २, २०८१
हामीले कृषिमा के सुधार गर्न सक्छौँ ?
हामीले कृषिमा के सुधार गर्न सक्छौँ ? मंगलबार, भदौ ४, २०८१
नजिकैबाट सगरमाथा हिमालको दर्शन गर्ने मौका पाएको त्यो क्षण
नजिकैबाट सगरमाथा हिमालको दर्शन गर्ने मौका पाएको त्यो क्षण शनिबार, साउन २६, २०८१
लाेकप्रिय समाचार
  • नंः १ भीमार्जुन आचार्यकाे "आमा-सम्झि रहेँ रातै भरि..." सार्बजनिक
  • नंः २ उदयपुरकाे बेलकामा दुई दिनमा दुईजनाकाे मृत्यु
  • नंः ३ सिद्धार्थ बैंक र लोमस डिजिटलबीच सम्झ्यौता
  • नंः ४ अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो
  • नंः ५ चितवनमा पाँच महिनामा थपिए ५२ एचआइभी संक्रमित
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्