Top Navigation
  • Contact
Main Navigation
बुधबार, असोज १४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बुधबार, असोज १४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • आत्मनिर्भरताको लागि भूगोल, इतिहास र संस्कृतिको अध्यापन अनिवार्य 
आत्मनिर्भरताको लागि भूगोल, इतिहास र संस्कृतिको अध्यापन अनिवार्य 
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शुक्रबार, साउन ६, २०७९

विद्यालय तहमा इतिहास, भूगोल र संस्कृति विषयको अध्ययन अध्यापन हुन छाडेपछि उच्च शिक्षामा त्रिभुवन विश्वविद्यालयको प्रवीणता प्रमाण पत्र तहमा ऐच्छिक विषय छनोट गरेर पढ्ने विद्यार्थी क्रमश न्यून हुँदै आयो ।

प्रवीणता प्रमाणपत्र तह खारेज भए सँगै कक्षा ११ र १२ मा समेत ती विषयमा विद्यार्थीको रुचि नहुँदा फलस्वरुप हाल विश्वविद्यालयको तहमा इतिहास, भूगोल र संस्कृति विषय पढ्ने विद्यार्थी शून्य सरह भएपछि प्राध्यापकहरु विगत ५/६ वर्ष भन्दा अघिदेखि हाजिर गर्ने र घर फर्किने अवस्था आए पनि तलब रोक्न सकिएको छैन ।

तर ती प्राध्यापकहरुलाई पनि अन्य विषयगत क्षेत्रमा स्थानान्तरण गर्न पनि सम्भव भएन । तर पनि यदाकदा संस्कृतिको अध्यापन भए तापनि अनुसन्धान र खोजनीतिमा पर्याप्त नहुँदा आवश्यक जनशक्ति र व्याख्या विश्लेषणका लागि विदेशी विद्वान झिकाउनु पर्ने बाध्यताले नेपालको मौलिक ऐतिहासिक मूल्यमान्यता माथि प्रहार गरेको हामीले चाल पाउँदैनौं।

प्राविधिक धारका नयाँ विषयहरुको प्राथमिकताका कारण इतिहास, भूगोल र संस्कृति जस्ता विषयको अध्ययन अध्यापन क्रमश ओझेलमा परेका छन् ।

विद्यालय स्तरको सामाजिक शिक्षामा पूर्वको टिस्टादेखि पश्चिम सतलज काँगडासम्मको इतिहास, भूगोल र संस्कृति विषयगत रुपमा केही अंश राखेपनि विद्यार्थीको रुचि अन्य विषय तिर केन्द्रित छ भने कक्षा ११ र १२ मा विषयगत पाठ्यक्रम समावेश छैन ।

साथै ती विषयहरुको पाठ्यक्रमलाई समयानुकूल व्यवसायिक र रोजगारीका क्षेत्रमा परिर्वतन नगरी अनुसन्धान भन्दा सिद्धान्तको प्राथमिकता दिएका कारण विद्यार्थीमा ती विषय पढ्ने चेष्टा हराउँदा उक्त विषयमा विद्यार्थी खोज्नपुर्ने अवस्था आएको छ।

इतिहास, भूगोल र संस्कृति जस्ता विषयको अध्ययन पश्चात अब आफू कसरी पालिने भन्ने कुराको चिन्तासँगै एमसीसी लगायत एसपीपी सम्झौता तथा भारतीय अतिक्रमण र विस्तारवादी नीतिले नेपाली समाजको आफ्नै मौलिकता समेत गुम्न सक्ने अवस्था छ।

नेपाली समाजको विकासक्रममा आएका विविध घटनाहरुसँग प्रत्यक्ष सरोकारका यी विषयहरुमा नयाँ विद्यार्थीको दिनानुदिन अभावले राष्ट्रियता र देशभक्तिको भावना राम्रोसँग उजागर हुन सकेको छैन । जसले इतिहास, भूगोल र संस्कृति जस्ता विषयसँग जोडिएका ऐतिहासिक महत्व हराएर जाने र राष्ट्रियतामाथि आँच आउने हुन्छ।

जसले नेपालको पर्यटन उद्योगदेखि नेपालको ऐतिहासिक मौलिक पहिचानमा समेत धक्का पर्छ । साथै नेपालको इतिहास, भूगोल र संस्कृति जस्ता विषयको अध्ययन अनुसन्धान र व्याख्या वर्णन गर्न समेत गैरनेपाली र विदेशीलाई गुहार्नुपर्ने वा ल्याउनुपर्ने बाध्यात्मक परिस्थितिले राष्ट्रियता गुम्ने र देशको अस्तित्वमा समेत खतरा पर्छ ।

यसर्थ देशको भूगोलमा रहेका स्रोतसाधन, खनिज पदार्थको न्यायोचित प्रयोग र प्रशोधन, ऐतिहासिक कला संस्कृतिको संरक्षण एवं सम्वर्दन सहित सार्वभौम देशको स्वाधीनता, स्वाभिमानमा उभिएर आत्मनिर्भर हुँदै देशको ऐतिहासिक मौलिक पहिचान सहित सुखी समृद्ध राष्ट्र निर्माणका लागि योग्य जनशक्ति तयार गर्न अन्य प्राविधिक विषयसँगै विशेष सहुलियत वा छात्रवृत्तिमा इतिहास, भूगोल र संस्कृति जस्ता विषयको अध्ययन अध्यापन हुनु तडकारो आवश्यकता रहेको छ।

-सत्यराम कासिछ्वा, सूर्यमढी ९, भक्तपुर 
शिक्षाशास्त्रमा बिएड, नेपाली
स्नातकोत्तर राजनीति शास्त्र अध्ययनरत 

प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९  १७:५०
प्रतिक्रिया दिनुहोस्
थप विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प मंगलबार, भदौ ३०, २०८३
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... आइतबार, भदौ २८, २०८३
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शनिबार, भदौ २७, २०८३
रसुवाको बाढीले सिकाएको पाठ 
रसुवाको बाढीले सिकाएको पाठ  बिहीबार, भदौ २५, २०८३
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता आइतबार, भदौ २१, २०८३
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ आइतबार, भदौ २१, २०८३
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति आइतबार, भदौ १४, २०८३
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन आइतबार, भदौ १४, २०८३
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ...
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ... शनिबार, भदौ १३, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
  • नंः ५ इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्