Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • श्रीलंका बन्ने खतराबाट बच्ने अचुक उपचारविधि
श्रीलंका बन्ने खतराबाट बच्ने अचुक उपचारविधि नेपाल जस्तो विकासोन्मुख देशले श्रीलंकाबाट पाठ सिक्नुपर्छ
कपिल अर्याल
कपिल अर्याल शनिबार, साउन ७, २०७९
Sri-Lanka

श्रीलंकाको अप्रत्साहित राजनीतिक घटनाक्रमले विश्व जगत मा कोलाहल मच्चाएको छ । समाचार र अखबारी लेखनमा अहिलेको जल्दो बल्दो ताजा खबर नै यही बनेको छ । लंकाली सत्ताच्युत्त मात्र भएन अब सिंहासनमा कसले  राज गर्ने यो जटिल विषय प्रवेस भएको छ ।

सिंहासनमा लामो समयसम्म सासन गरेका गोटाबाय राजापाक्ष यतिबेला फरार अभियुक्त जस्तो भाग्नु परेको तितो यथार्थ संसार सामु छरपष्ट छ । आखिर श्रीलंकाको राजनीतिमा यति बिध्न संकट आउनु पछाडिको कारण के हो भनेर विवेचना गरिएन भने निर्थक बहस बाहेक अरु हात लाग्ने छैन।

मुल कुरा त श्रीलंकाको राजनीति र सत्तालाई एतिहासिक तवरबाट बिश्लेषण गर्दा बाच्छनिय होला । श्रीलंकाको भौगोलिक अबस्था अति रमणिय चौतर्फी समुन्द्रले घेरिएको एक टापु हो । पर्यटन, ब्यापार, कृर्षि, जलासय युक्त संभावनाले भरपुर श्रीलंका सिंहाली र बुद्ध शभ्यताको प्रतिक पनि हो ।  

त्रेत्रा युगमा राम र रावण बिच ठुलै घमसान युद्ध चल्यो । रावणको अंहकार र घमण्डलाई तोड्न दशरथका जेठा सुपुत्र रामले लंकामाथि विजय हासिल गरे । रावणको आधिपत्य र सिंहासन च्युत गराएर सत्य र ईमानी पुरुष बिभिषणलाई राजगद्धी सुम्पेर राम अयोधापुरीमा फर्केको कथा वाल्मिकी रामायणमा पढ्न पाईन्छ ।

लिबरेसन अफ तमिल टाईगर (LTTE) ले २२ वर्षसम्म युद्ध मच्चायो हजारौ मानिस मारिए, युद्धले बैदेशिक ढोका खोल्न प्रस्य पायो, बैदेशिक हस्तक्षेप तिब्त्रर बढीरहयो । मानौ १९७० को दशकदेखि २००९ आइपुग्दा अनेकौ झमेला श्रीलंकाले भोग्न बाध्य भयो ।

सैन्य मिसन मार्फत (LTTE) नेता प्रभाकरणको हत्या पश्चात श्रीलंकाले शान्ती स्थायित्व र विकाशमार्गी बाटो अबलम्बन गर्ने मौका पायो ।  महिन्द्रा राजापाक्षले उद्धघोष गरे आतंकबाद समाप्त भएको छ र अब श्रीलंका बिकासको गति पछ्छाउने छ।

२००९ पछि बिस्तारै श्रीलंकाले कोल्टो फेर्याे । विकाश र समृद्धिका बाटोहरु कोर्न थाल्यो । उपलब्धी हासिल गर्न युग लागेन केही दशक मै चमत्कारिक उपलब्धी अघि आए । सरदर आयु ७५ वर्ष, प्रतिव्यक्ति आय लमसम ११००० अमेरिकी डलर, मानव विकास सुचाङ्खकमा ७२औं स्थान ओगट्न सफल थियो ।

शिक्षा र स्वास्थ्यका ईण्डिकेटर राम्रै थिए । समयको खेल न हो नेतृत्वमा देशप्रेम भन्दा निजत्व स्वार्थ हावी भएपछि एकाएक दक्षिण अफ्रिकामा आर्थिक स्वार्थ उन्मुखताका उपज गुप्ता ब्रदर्शको आर्थिक ज्यादतीका कारण ज्याकोव जुमाको सत्ता पलट भए जस्तै राजपाक्षको घरानामा एकएक आर्थिक र राजनीतिक स्वार्थ केन्द्रीत हुनु श्रीलंकाका लागि आत्मघाती निर्णय बन्यो।

जनता जर्नादन हुन्छन्, जनताका अधिकार र आवश्यकतामा शासकले अर्थपूर्ण निर्णय गर्न सक्यो भने देशमा परिवर्तन हुन्छ। जनता सार्वभौम हुन्छन्, सार्वभौम जनताका आधारभुत आवस्यकतामा नेतृत्वको लगाव र उत्तरदाहित्व हुनुपर्दछ ।

तर श्रीलंकाली राज्यसत्तामा यसो भएन राजापाक्ष घरानाको बढ्दो महत्वकांक्षा, बिलासी जिवनसैली, शक्तिको दुरपयोग, परिबारबाद, आर्थिक अननियमितता, भ्रष्टचार र कुशासन, बैदेशिक ऋण र करको अस्थिर अपचलन जस्ता संवेदनशिल मुद्धाप्रतिको गैर जिम्मेवारीपनले श्रीलङ्काको सुदुर भविष्य संकटमा पर्याे।

राज्यशक्तिको आडम्बरमा सुरवीर बन्न खोजेका गोटाबाय राजापाक्ष गुप्ताबासमा सिमित हुन पुगे । कोलम्बोको सिनेटमा जनताको आसन भयो । राष्ट्रपतिले प्रयोग गर्ने श्रोत र साधनमाथि जनताले रझाई गरे । नेतागण, राजनितीक दल कुना पसे। सुरक्षाका निकाय मुकदर्शक भएर हेर्न शिवाय अरु विकल्प रहेन ।

के यति मात्रै कारणले श्रीलङ्काको राजनीतिमा अतिबृष्टि वा अनाबृष्टि उत्पन्न भएको  हो त ? पक्कै पनि यी मात्र कारण पर्याप्त छैनन्। अन्त्यमा विवेचना गर्न विश्व राजनीतिको भू-सामरिकता र भू- राजनीतिमा समेत प्रबेश गर्न उचित होला।

हेभनटोटा बन्दरगाहा चीनलाई लिजमा दिएपछि पश्चिमा गठजोड अर्थात (LTTE) व्यबस्थापनका मुल संवाहकहरुलाई चित्त बुझने कुरो नै थिएन । एकातिर ग्लोबल पोलिटिकल अर्डर र विश्व धु्रवीकरणका कारण दक्षिण एसियामा पावर सेन्टर एलाईन्स निर्माण गर्ने र चीन आईसोलेटिङ फ्याक्टरलाई प्रभाव पार्ने नया संयन्त्र मा श्रीलङका सामेल नहुनुले पनि पश्चिमा चिडिनुको कारण हुन सक्छ ।

एमसिसि परियोजनालाई श्रीलङकाले तिरस्कृत गर्नु र बिआरआई परियोजना स्वीकारोक्तिले पनि अन्तर्राष्ट्रिय सम्बन्धमा असन्तुलन निम्तिएको हो कि भन्ने आशंका गर्न सकिन्छ ।

हिन्द प्रशान्त क्षेत्रमा पश्चिमी राष्ट्रले जन्माएको ईण्डो प्यासिफिक स्ट्रेटेजी सुरक्षा संयन्त्रमा श्रीलंकाको भूमिकाको विषय पनि कुटनीतिक तवरबाट एक कारण मध्य लिनुपर्छ भन्ने मान्यता हुनुपर्दछ ।

जहानियाँ शासन यो शब्दावली प्रयोग गर्न उचित होला किनकि यो शब्दावली प्राय नेपालको राणाकालिन समयसँग संबद्ध पनि छ अर्थात जहानहरुको शासन नै जहानियाँ शासन भन्ने अर्थ हुन्छ। राजापाक्ष घरानाले जहानियाँ शासन लाद्न खोजे जुन अशोभनिय र असह्य थियो श्रीलंकाली जनताका लागि।

आज श्रीलंकालाई बिभिषणको खाँचो छ । सर्बदलिय सरकार निर्माणका लागि आहवान गरियता पनि शान्ति र स्थिरता निर्माणका लागि कैयौ चुनौति सामना गर्नु पर्नेछ ।

हुन त अन्तरिम राष्ट्रपति घोषणा गर्ने चर्चा चलेको छ । बिक्रमासिंघे अन्तरिम राष्ट्रपति हुनेछन् तर यथास्थितिमा के लंकाली राजनीति स्थिरता तर्फ जाला ? शंकाका अनैकौ अड्कलबाजी विश्वजगतमा भइरहेका छन्। अर्कोतर्फ  जनता अभाव र भोेकमरीका कारण आक्रोसित छन ।

बैदेशिक ऋण र आर्थिक चापका कारण कैयौ जटिलता थप हुँदै जानेछन् । यो अवस्थामा त्रेता युगमा लक्ष्मणलाई सञ्जिबनी बुटीको आवश्यकता परेजस्तै आज श्रीलंकाली जनतालाई अमृततुल्य सञ्जिबनी बुटी चाहिएको छ । श्रीलंकाको सत्तामाको बिभिषण बनेर आउला ? यो चाहि हेर्न बाँकी नै छ ।

अन्त्यमा नेपाल जस्तो विकासोन्मुख देशले श्रीलंकाबाट पाठ सिक्नुपर्छ । राजनीतिक नेतृत्वले समयमा आर्थिक सुधारका कार्यक्रम अघि बढाउनु पर्दछ । आत्मनिर्भर र स्वभीमानी नेपाली बन्न सबै एकजुट हुनुपर्दछ ।विश्वमानचित्रमा भएका उतारचढावबाट शिक्षा लिएर प्रगतिपथका मार्गमा अघि बढ्नुको विकल्प छैन ।

एशिया महादेश र दक्षिण एसियाली मुलुकमा देखा परेका नव चुनौतीलाई सकारात्मक र उर्जाशिल तवरबाट हेर्न राज्यले पर्यत्न गर्नुपर्छ । सरक्षा र शान्ति सुव्यबस्था कायम गर्न वा निगरानि, अनुगमन जस्ता गतिबिधिप्रति चनाखो हुनुपर्दछ।

परनिर्भता र आयातलाई सन्तुलित राखी उत्पादन र आन्तरिक अर्थतन्त्र निर्माण मा अग्रसर हुनु पर्दछ । हाम्रो धरातलिय स्थिति ,अर्थतन्त्रको आकार, हासिल गरेका परिणाम र उपलब्धि, ऋण ग्रहण गर्ने हाम्रो सामथ्र्यप्रति पनि हाम्रो गहिरो चिन्तन हुनुपर्दछ ।

यो शिक्षापथ मार्ग अवलम्बन गर्नु श्रीलंका बन्ने खतराबाट बच्ने अचुक उपचारविधि पनि हो । हामी एकजुट भएर तमाम हालका समस्यालाई हल गर्न तिर केन्द्रित भयौ भने मात्र हामी सबैको जय हुनेछ ।

नामी साप्ताहिक ई-पेपर

प्रकाशित मिति: शनिबार, साउन ७, २०७९  १२:२६
##Srilanka
प्रतिक्रिया दिनुहोस्
थप विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प मंगलबार, भदौ ३०, २०८३
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... आइतबार, भदौ २८, २०८३
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शनिबार, भदौ २७, २०८३
रसुवाको बाढीले सिकाएको पाठ 
रसुवाको बाढीले सिकाएको पाठ  बिहीबार, भदौ २५, २०८३
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता आइतबार, भदौ २१, २०८३
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ आइतबार, भदौ २१, २०८३
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति आइतबार, भदौ १४, २०८३
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन आइतबार, भदौ १४, २०८३
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ...
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ... शनिबार, भदौ १३, २०८३
लाेकप्रिय समाचार
  • नंः १ १६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न
  • नंः २ बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ ग्रान्ड फिनालीमा २२ प्रतिस्पर्धी भिड्दै
  • नंः ५ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्